अर्थ

गण्डकी सरकारले सवारी करको जरिवाना घटायो

कास्की । गण्डकी प्रदेश सरकारले सवारी करको जरिवाना शुल्क घटाएको छ । चालु आर्थिक वर्षदेखि सवारी करको जरिवानामा वृद्धि गरेर एक आर्थिक वर्ष नाघ्दा २०० प्रतिशतसम्म जरिवाना लिन थालेपछि सरकारको सर्वत्र आलोचना भएको थियो । मुख्यमन्त्री निवासमा बुधबार साँझ बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले प्रदेश सवारी तथा यातायात व्यवस्थासम्बन्धी ऐन २०७६ को व्याख्या गर्दै बाधा अड्काउ फुकाउने सुविधाको प्रयोग गरेर जरिवानाको दर घटाएको हो । गण्डकीमा आर्थिक ऐनमार्फत यसअघिका वर्षमा कर र जरिवाना लाग्दै आएकामा सरकारले चालु वर्षदेखि सवारी तथा यातायात… पुरा पढौ

सवारी जरिवाना व्यवस्था संशोधनको मागसहित मन्त्री खड्कालाई चेम्बर्स अफ कमर्शको ज्ञापन पत्र

पोखरा । नेपाल चेम्बर्स अफ कमर्श गण्डकीले भौतिक, पूर्वाधार शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कालाई ज्ञापनपत्र बुझाएको छ । यातायात व्यवस्थाले सवारी साधनको नवीकरण र जरिवानावापत चर्काे शुल्क असुलेपछि संशोधनको मागसहित आज (बुधबार) मन्त्री खड्कालाई चेम्बर्स अफ गण्डकीका अध्यक्ष किसान सुनार नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको हो । आर्थिक ऐनमा स्पष्ट व्यवस्था उल्लेख नगरिइकन चर्काे शुल्क असुल्ने निर्णय नागरिकको हितविपरित भएको भन्दै डेलिगेशन गएको कमर्शका अध्यक्ष किसान सुनारले बताए । उनले सो व्यवस्था संशोधन हुने विश्वास व्यक्त गर्दै भने, ‘नागरिक… पुरा पढौ

आन्तरिक पर्यटकको गन्तब्य बन्दै हेम्जाको सुईखेत रिभर भ्याली रिसोर्ट

पोखरा। ताल छेउमा होटल, रेष्टुरेन्ट तथा रिसोर्ट पोखरामा धेरैनै छन त्यो पनि पोखरा शहर भित्र । पोखरा भ्यालि बाहिर पहिलोपटक कास्कीको पोखरा महानगरपालिका वडा नम्वर २५ सुईखेत खोला छेउमा सुईखेत रिभर भ्याली रिसोर्ट सञ्चालनमा आएको छ । हालै सञ्चालनमा आएको सुईखेत रिभर भ्याली रिसोर्टले पर्यटकको मन जित्न सफल भएको छ । सुईखेत रिभर भ्यालि रिसोर्ट आन्तरिक पर्यटकहरुको लागि नया गन्तव्य बनेको छ । रिसोर्टमा राखिएको एटिभि बाईक राईड र स्वीमिङ पुल संगै रहेको प्राकृतिक मनोरम दृश्यले त्यहा जाने पर्यटकहरुको पहिलो… पुरा पढौ

रुपाताल माथि १ करोड ३७ लाख लागतमा २ सय ६९ मिटर लामो झोलुङ्गे पुल निर्माण

पोखरा । पोखराको पर्यटकीय गन्तव्य रुपातालमाथि झोलुङ्गे पुल निर्माण भएको छ । पोखराको लेखनाथस्थित रुपातालमाथि २ सय ६९ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । महानगरपालिका वडा नम्बर–३१ र रुपा गाउँपालिका वडा नम्बर–६ को मिलनविन्दु सिमलटुँडामा बनेको झोलुङ्गे पुलको मंगलबार उद्घाटन गरियो । पुलको गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति तथा सांसद दीपक कोईरालाले उद्घाटन गरेका हुन् । भंगारा पचभैया ट्रेल ब्रिज नामाङ्करण गरिएको सो पुल गण्डकी प्रदेश सरकारको १ करोड ३६ लाख ९६ हजार ७ सय ३०… पुरा पढौ

लमजुङमा राहदानीबाट २ करोड बढी राजस्व संकलन

लमजुङमा यस आर्थिक वर्षको अवधिमा राहदानीबाट मात्रै २ करोडभन्दा बढी राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको श्रावणदेखि असारसम्म राहदानी सेवा प्रवाहबाट मात्रै २ करोड ६७ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रशासन कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत जगदीश मिश्रले जानकारी दिएका छन्। कार्यालयले एक आर्थिक वर्षमा करिब ३ करोड रुपैयाँ राजस्व संकलन गरेको समेत मिश्रले बताए। आर्थिक वर्ष ०७८÷७९ मा विभिन्न शीर्षकमा २ करोड ८७ लाख २७ हजार २ सय ५३ रुपैयाँ राजस्व संकलन गरेको… पुरा पढौ

वडाको नियम : जुवातास, धूम्रपान सेवन गरे जरिवाना

धवलागिरी गाउँपालिका–१ गुर्जामा जुवातास खेल्न, धूम्रपान र सूर्ती सेवन गर्न प्रतिबन्ध लगाइएको छ। वडाका जनप्रतिनिधीहरूको बैठकले जुवातास, धूम्रपान सेवनमा प्रतिबन्ध लगाउनुका साथै तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई जरिवाना तिराउने निर्णय गरेको छ। चुरोट, खैनी सेवनलाई पूर्णप्रतिबन्ध र बिहान ५ देखि साँझ ५ बजेसम्म जाँडरक्सी सेवन गर्न प्रतिबन्ध लगाइएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए। ‘तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई पहिलो पटक सम्झाई बुझाई, दोस्रो पटक १ सय रुपैयाँ र तेस्रो पटकदेखि दोब्बरका दरले जरिवाना तिराउने नियम बनाएका… पुरा पढौ

शित भण्डारमै उम्रियो आलु, किसानले क्षतिपूर्ति पाएनन्

भण्डारण गरेको बीउ आलु बिग्रिएपनि यहाँका किसानले क्षतिपूर्ति पाउन सकेका छैनन्। स्याङ्जाको भीरकोट नगरपालिका–५ पकानका किसानले राखेको आलु बिग्रिएको लामो समय हुँदा पनि क्षतिपूर्ति नपाएको उनीहरुको गुनासो छ। पकानका किसानले सामूहिक वा व्यक्तिगत रुपमा उत्पादन गरेको बीउ आलुको सुरक्षित भण्डारणका लागि वालिङ–११ अमलेस्थित ढुंगाना कृषि फर्मद्वारा संचालित शीत भण्डारमा राखेको पकानका अगुवा किसान शेषकान्त तिवारीले बताएका छन् । शीत भण्डारमा राखिएको बीउ आलु लगाउन योग्य नहुने गरी शीत भण्डारमा बिग्रिँदा यहाँका धेरै किसान मर्कामा परेको उनले बताए। ‘महँगो पर्ने बीउ… पुरा पढौ

जडीबुटीबाट मनाङमा ४० लाख राजस्व संकलन

मनाङ । विकट हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७८र७९ मा जङ्गली जडीबुटी सङ्कलनबाट ४० हजार १६ हजार ६४ राजस्व सङ्कलन भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने जिम्बु, वन लसुन, गुची च्याउ, निगालो, यार्सागुम्बा जस्ता जङ्गली जडीबुटी सङ्कलन र काठ बिक्रीबाट पनि उक्त राजस्व सङ्कलन भएको हो । सो आवमा जिम्बु सङ्कलनबाट ३९ हजार ९८, वन लसुनबाट ३४ हजार ५१२, गुची च्याउबाट १७ हजार २३३, निगालोबाट २२१, यार्सागुम्बाबाट ३६ लाख २९ हजार ५०१ र टिम्बरबाट दुई लाख ९५ हजार ४९९… पुरा पढौ

विश्वका १६४ देशबाट आउँछन् नेपालमा मालसामान

काठमाण्डौं । आर्थिक वर्ष २०७८/७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा ती देशबाट रु १९ खर्ब २० अर्बभन्दा बढीको सामान आयात भएको हो । तथ्याङ्कअनुसार उक्त अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । एक वर्षको अवधिमा नेपालले भारतबाट मात्रै रु १२ खर्ब १५ करोड २७ लाखभन्दा बढीको सामान आयात गरेको थियो । रु १२ खर्बभन्दा बढीको सामान आयात हुँदा रु एक खर्ब ५५… पुरा पढौ

पेट्रोलियम पदार्थको आयातमै बाहिरियो तीन खर्ब २० अर्ब

काठमाडौँ । बढ्दो मूल्य वृद्धि र खपतका कारण एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै ठूलो परिमाणमा नेपाली मुद्रा बाहिरिएको छ । एक विवरणअनुसार एक वर्षको अवधिमा रु सवा तीन खर्ब बढी नेपाली बाहिरिएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आव २०७८÷७९ को तथ्याङ्कअनुसार नेपालले भारतबाट रु तीन खर्ब २० अर्ब ३२ करोड ७४ लाख ६५ हजार बराबरको पेट्रोलियम पदार्थको आयात गरेको हो । तथ्याङ्कअनुसार एक वर्षको अवधिमा सबैभन्दा बढी डिजेल आयातमा नेपाली रुपैयाँ बाहिरिएको पाइएको छ ।… पुरा पढौ