अर्थ

बागलुङमा एक वर्षमा सवा अर्ब राजस्व सङ्कलन

बागलुङ । गत आर्थिक वर्षमा बागलुङमा झण्डै रु सवा एक अर्ब राजस्व सङ्कलन भएको छ । यहाँ रहेका सङ्घीय तथा प्रदेश सरकार माताहतका कार्यालयले मात्रै उक्त राजस्व सङ्कलन गरेका हुन् ।बागलुङमा रहेको आन्तरिक राजस्व कार्यालयसहितका कार्यालयले विभिन्न शीर्षकमा रु एक अर्ब २१ करोड छ लाख १७ हजार ९७७ राजस्व सङ्कलन गरेका छन् । असार मासन्तमा मात्रै यहाँका कार्यालयमा रु २२ करोड ५७ लाख ८२ हजार ८४२ राजस्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०७८÷७९ मा सङ्घीय सरकार मातहतका ४२ कार्यालय… पुरा पढौ

सुनको मूल्य एक हजारले ओरालो

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले ओरालो लागेर रु ९३ हजार तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएका थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार १५५ तोकिएकोे छ… पुरा पढौ

पिपुल्स पावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

पिपुल्स पावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेको आइपीओमा आवेदन दिने आज (बिहीबार) साउन ५ गते अन्तिम दिन रहेको छ। कम्पनीले आफ्नो जारी पँुजी ६३ करोड २६ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका दरले ६ लाख ३२ हजार ६०० कित्ता शेयर असार ८ गतेदेखि निष्कासन गरेको हो। सोमध्ये कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा नं १ र ४ स्थित अति प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १ लाख ८९ हजार ७८० कित्ता र सो बाहेकको इलाम… पुरा पढौ

कोषले सगरमाथा जलविद्युत्को शेयर प्रत्याभूति गर्ने

नागरिक लगानी कोषले सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलविद्युत्को तर्फबाट डा भूषण गुरागार्इंले हस्ताक्षर गरेका हुन । सगरमाथा जलविद्युत्को ५४ लाख ८८ हजार कित्ता साधारण शेयरमा रु १०० अङ्कित दरले हुन आउने रु ५४ करोड ८८ लाख बराबरको शेयर कोषले प्रत्याभूति गर्ने छ । पुरा पढौ

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४।८९ अङ्कले उकालो लागेर दुई हजार ५०।५९ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।९७ अङ्कले उकालो लागेर ३९२।५० मा पुगेको छ । कूल २१७ कम्पनीको ४१ लाख ३३ हजार ७०९ कित्ता शेयर रु एक अर्ब ७३ करोड १८ लाख ३२ हजार २७० मूल्यमा खरिद बिक्री भयो । कारोबार भएका कूल… पुरा पढौ

आगलागीबाट २० लाख २५ हजारको क्षति

झापा । झापाको झापा गाउँपालिका–५ स्थित सिमलडाँगीमा आज बिहान आगलागी हुँदा रू २० लाख २५ हजार बराबरको क्षति भएको छ । झापा–५ सिमलडाँगीका अब्दुल करिम अलीको घरमा विद्युत् चुहावट भई आगलागी हुँदा अलीसहित छ जनाको घर जल्दा उक्त मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । आगलागीबाट अलीको टिनको छाना, बाँसको टाटिबेराले बनेको एकतले घर र घरभित्र रहेको लत्ताकपडा, अन्नपात, भाँडावर्तन जलेर नष्ट हुँदा रू तीन लाख बराबरको क्षति भएको छ ।… पुरा पढौ

इञ्जिनीयर सम्मानित

काठमाडौ । साठीऔँ इञ्जिनीयर दिवसको अवसर पारेर आज नेपाल इञ्जिनीयर्स एशोसिएशनले वरिष्ठ इञ्जिनीयरलाई सम्मान गरेको छ । नेपाल इञ्जिनीयर्स एशोसिएशन मधेस प्रदेश समितिद्वारा जनकपुरधाममा आयोजित शुभकामना तथा सम्मान कार्यक्रममा वरिष्ठ इञ्जिनीयस चन्देश्वर रौनियार, प्रकाश चन्द्र साह, गिरिधारी साह, कृष्णचन्द्र साह, ननन्दकिशोर यादव, रामरतन यादवलाई जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, नेपाल इञ्जिनियर्स एशोसिएशन मधेस प्रदेश समितिका अध्यक्ष इञ्जिनीयर गौरी पण्डितले दोसल्ला ओढाएर सम्मान गरे । यस्तै सवारी दुर्घटनामा परी निधन भएका इञ्जिनीयर सतिश गोइतको परिवारलाई सम्मान गर्दै आर्थिक सहयोगसमेत प्रदान गरिएको… पुरा पढौ

रु १३ लाख फिर्ता गर्न बुद्धशान्ति गाउँपालिकालाई महालेखाको निर्देशन

बुद्धशान्ति गाउँपालिकाका निवर्तमान पदाधिकारी तथा कर्मचारीले नियम विपरीत पालिकाको कोषबाट किनेको स्मार्ट फोनको रकम फिर्ता गर्नुपर्ने भएको छ । महालेखा परीक्षकको कार्यालयले २०७८÷७९ को प्रतिवेदनमा पालिकाको कोषबाट मोबाइल फोन किन्न खर्च भएको रकम रु १३ लाख नौ हजार नियम विपरीत ठहर गरेको हो । सो रकम पालिकाको कोषमा फर्काउनसमेत कार्यालयले निर्देशन दिएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनपश्चात् बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा रमेश भुजेल र उपाध्यक्षमा मीरा भुर्तेल निर्वाचित भएका थिए । महालेखाको प्रतिवेदनमा प्रदेश नं १ को गाउँ तथा… पुरा पढौ

आजदेखि श्वेतगंगा हाइड्रोको आइपीओ बिक्री खुला

श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आज (बुधबार) साउन ४ गतेदेखि प्राथमिक शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरूका लागि आइपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। जसमध्ये, ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिनेछ।… पुरा पढौ

तनहुँमा कोभिडबाट मृत्यु भएका परिवारलाई ६८ लाख राहत वितरण

स्वास्थ्य कार्यालय तनहुँले कोभिडबाट मृत्यु हुनेको परिवारलाई राहत वितरण गरेको छ। कोभिडबाट मृत्यु हुनेको परिवारलाई राहत दिने गण्डकी प्रदेश सरकारको निर्णयबमोजिम कार्यालयले आर्थिक वर्ष २०७८÷०७९ मा ६८ लाख ५० हजार रुपैयाँ राहत प्रदान गरेको हो। कार्यालयले कोभिडबाट मृत्यु भएका १३७ परिवारलाई ५० हजार रुपैयाँका दरले राहत रकम वितरण गरेको कार्यालय प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिएकाम छन्। कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउनेसम्बन्धी अवधारणापत्र, २०७८ बमोजिम राहत प्रदान गरिएको अधिकारीले उल्लेख गरे। कार्यालयले जिल्लाका १० वटै… पुरा पढौ