अर्थ

घरवासमा घुम्न आउने पर्यटक बढ्दै

जिल्लाको राइनास नगरपालिका ९ स्थित राइनासकोट घरवास होमस्टे घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । लकडाउन तथा निषेधाज्ञा अन्त्य भएसँगै विस्तारै पर्यटकको आगमनमा वृद्धि हुन थालेको हो । राइनासकोट होमस्टे व्यवस्थापन समितिका अध्यक्ष खड्काबहादुर गुरुङले यहाँका घरवासमा आउने पर्यटनमा वृद्धि हुँदै गएको र कोरोनाका सङ्क्रमणको त्रासले पर्यटकलाई घरवासमा बाँस बस्न भने नदिएकोे बताए । उनका अनुसार दैनिक एक सय जनाको हाराहारीमा आन्तरिक पर्यटकहरु आउने गरेका छन् । घरवासमा आएका पर्यटकहरुमध्ये अधिकांशले घरवासमा बस्ने चाहना राख्दै आएपनि कोरोनाको… पुरा पढौ

पुरानो तुइनको ठाउँमा झोलुङ्गे पुल निर्माण गरिने : मन्त्री फुयाँल

वाग्मती प्रदेशको भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले पुरानो तुइनको ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने प्रदेश सरकारको प्रतिबद्धता रहेको बताएका छन् । उनले आज रासससँग कुराकानी गर्दै प्रदेशका १३ वटै जिल्लामा रहेको पुरानो तुइनलाई विस्थापित गरी उक्त स्थानमा चालू आर्थिकभित्र नै झोलुङ्गे पुल निर्माण गर्ने सरकारको प्रतिबद्धता रहेको बताएका छन् ।“यसका लागि भौतिक पूर्वाधार मन्त्रालयले प्राविधिक टोली जिल्ला÷जिल्लामा खटाइसकेको र प्रतिवेदन आउन बाँकी रहेको छ”, उनले भने, “प्राविधिक प्रतिवेदन आउनसाथ सोही अनुरुप आवश्यक कार्य अगाडि बढाइनेछ ।” मन्त्री फुयाँलले उपत्यकाबाहेक… पुरा पढौ

पर्यटन प्रवद्र्धनका लागि ‘नेपाल साइकल यात्रा’

कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रको पुनःस्थापित गर्नका लागि ‘नेपाल साइकल यात्रा’ गरिएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल टान, नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल एजेन्ट नाट्टा, नेपाल पर्वतारोहण सङ्घ एनएमए को सहयोगमा नेपाल साइकल यात्रा गरिएको हो । नेपाल साइकल यात्रा समूहले आज नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपबाट साइकल यात्रा शुरु गरेको हो । उक्त समूहलाई पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले बिदाइ गरेका छन् । साइकल यात्रा समूहले पश्चिमको… पुरा पढौ

बोबाङमा बाढी–पहिरो : दुई महिना बित्यो, भेटिएनन् बेपत्ता

बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोबाङमा बाढीपहिरोले नरसंहार मच्चाएको आज दुई महिना पुगेको छ । भदौ १७ गते आएको बाढीपहिरोमा परी बेपत्ता भएका १५ जनाको दुई महिनासम्म पनि केही पत्तो लागेको छैन । पहिरोमा परी २२ जनाको मृत्यु भएको थियो । लामो समयसम्म खोजी गर्दासमेत बेपत्ताको अवस्था पत्ता नलागेपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालय हुँदै देशभर उनीहरूको हुलियासहितको जानकारी पठाएको छ । खोला किनार र बाढीपहिरो प्रभावित क्षेत्र आसपास सक्रिय खोजी भने रोकिएको छ । “हामीले खोजी रोकेका छैनौँ, खोज्ने प्रक्रिया… पुरा पढौ

झोलामा खोला राख्ने परिपाटीको अन्त्य गरौंः मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जलविद्युत् योजनाका नाममा झोलामा खोला राख्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताएका छन्। कास्कीको माछापुच्छे« गाउँपालिकास्थित सार्दीखोलामा निर्माणाधिन सेती नदी हाइड्रोपावरको अवलोकन गर्दै मुख्यमन्त्री गुरुङले भने, ‘जलविद्युत आयोजनाका नाममा झोलामा खोला राख्ने परिपार्टीको अन्त्य हुनुपर्छ ।’ उनले जलविद्युत् नेपाल विकासको प्रमुख आधार भएको उल्लेख गरे । संघ, प्रदेश र स्थानीय तहले तत्काल जलविद्युतसम्बन्धी कानुन बनाउनुपर्ने मुख्यमन्त्री गुरुङको धारण थियो । मुख्यमन्त्री गुरुङले गुणस्तर ख्याल गर्दै समयमै कार्य सम्पन्न गर्न निर्माण व्यवसायी भिजन लुम्विनी उर्जा कम्पनीलाई निर्देशन समेत… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष अधिकारीसहित परिवारका ६ जनालाई कोरोना

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीलाई कोरोना संक्रमण भएको छ । संघका अध्यक्ष अधिकारीले आफूलाई आईतबार कोरोना संक्रमण पुष्टी भएको जानकारी दिए । अध्यक्ष अधिकारीका दाजु धर्मराज अधिकारीलाई केहि दिनअघि कोरोना संक्रमण पुष्टी भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेर स्वाब दिएका उनको आज पोजिटिभ रिपोर्ट आएको हो । अधिकारीसँगै परिवारका अन्य ६ जनामापनि संक्रमण पुष्टी भएको जनाइएको छ । अध्यक्ष अधिकारीले आफू, आफ्नो छोरी, धर्मदाईको २ छोरी, ब्यबसायी तथा साईंला दाई केशवराज अधिकारीकी श्रीमती र आमालाई कोरोना संक्रमण पुष्टी भएको उनले… पुरा पढौ

सुनको भाउ बढ्यो

कार्तिक १६ काठमाण्डौ । साताको पहिलो दिन सुनको भाउ प्रति तोला ५ सय रुपैयाँले बढेको छ । भाउ बढेसंगै आज सुन तोलाको ९५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलामा एक हजार रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ थियो । यस्तै चाँदी आज तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी भाउ पनि तोलामा १५ रुपैयाँ बढेको हो । पुरा पढौ

पूर्वाधार विकासको २५ प्रतिशत बजेट कृषि, पशुपालन र पर्यटनमा

गण्डकी प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको २५ प्रतिशत बजेट अनिवार्यरूपमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । गत वर्षदेखि प्रदेशसभा सदस्यले छनोट गर्ने गरी प्रत्येक निर्वाचन क्षेत्रमा रु दुई करोडका दरले बजेट व्यवस्था गरी निर्वाचन क्षेत्र विकास कार्यक्रम शुरु गरिएको थियो । चालु आवमा तीे कार्यक्रमका योजना छनोट गर्दा कृषि, पशुपालन र पर्यटनमा २५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरी कार्यविधि संशोधन गरिएको सरकारका प्रवक्तासमेत रहनुभएका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए । उनका अनुसार कोभिड–१९ को… पुरा पढौ

पोखरामा प्याराग्लाइडिङ बिस्थापित भए पर्यटन क्षेत्रमा असर पर्छ : सांसद बराल

कार्तिक १५ पोखरा । गण्डकी प्रदेशका सांसद रामजी प्रसाद बराल (जीवन) ले पोखराबाट सहासिक खेल प्याराग्लाईडिङ विस्थापित भए पोखरा क्षेत्रको पर्यटन व्यवसायमा ठुलो असर पर्ने बताएका छन् । शनिबार पोखरामा प्याराग्लाईडिङ गरे पश्चात सांसद बरालले प्याराग्लाईडिङ पोखरा क्षेत्रको ब्राण्ड नै भएको र पर्यटकहरुको पहिलो रोजाईको सहासिक खेल प्याराग्लाईडिङ भएकोले यसलाई बचाई राख्न नसके यसबाट पोखरा र पोखरा आसपासको पर्यटन क्षेत्रमा ठुलो असर पर्ने बताएका हुन् । पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माण भएसंगै प्याराग्लाइडिङ व्यवसाय विस्थापित हुने भनिएकोले गर्दा धेरै जना… पुरा पढौ

सेरावासी टर्कीपालनतर्फ

तनहुँको व्यास नगरपालिका–११ सेरावासी टर्कीपालन व्यवसायतर्फ आकर्षित हुँदै गएका छन् । तीन वर्षअघि स्थानीय कृष्णप्रसाद पौडेलले बुटवलबाट ५० वटा टर्की ल्याएर पाल्दा राम्रो आम्दानी भएपछि त्यहाँ टर्कीपालन बढ्दै गएको छ । टर्की व्यवसाय सञ्चालन सजिलो र राम्रो आम्दानी दिने भएपछि स्थानीयले आफ्नो क्षमता अनुरुप १० वटादेखि ७० वटासम्म टर्की पाल्न थालेको किसान पौडेलले जानकारी दिए । स्थानीय कुखुरा र बट्टाई पाल्दै आएका पौडेलले यससम्बन्धी तालीम लिएपछि टर्की पाल्न शुरु गरेका थिय । यसको मासु प्रतिकिलो रु एक हजारमा बिक्री हुने… पुरा पढौ