कास्की। राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर तालतलैया र वरिपरिका हरिया डाँडाकाँडा पर्यटनका लागि आकर्षण हुन् । उत्तरतर्फ आँखै अगाडि लहरै टल्किने चाँदीको घेरा झै अग्ला हिमशुङ्खलाको दृश्यले त झनै जोकोहीलाई मोहित तुल्याउँछ । अन्नपूर्ण, माछापुछ्रे, धौलागिरि हिमालको काखमा अवस्थित पोखरा जति प्राकृतिक र भौगोलिक विविधतायुक्त छ, त्यत्तिकै जातजातिको बासस्थन, रैथाने परिकार, वेषभूषा, आतिथ्य सत्कार आदिले पोखराको पर्यटनलाई विश्व बजारसम्म फैलाएको छ । त्यसैले वर्षेनी लाखौँ सङ्ख्यामा स्वदेशी तथा…
पुरा पढौ