अर्थ

कर्जा चुक्ताको ताकेता नगर्न बैंक तथा वित्तीय संस्थासँग पोखरा उद्योग वाणिज्य संघको माग

पोखरा उद्योग वाणिज्य संघले कर्जाको साँवा र ब्याज चुक्ता नगर्न र्बैंक तथा वित्तीय संस्थाहरुसँग माग राखेको छ। संघले कर्जा र चुक्ताको लागि तारन्तार ताकेता गर्दै उद्योगी÷व्यवसायी अनावश्यक मानसिक तनाव हुने खालका धम्कीपूर्ण व्यवहार तत्काल रोक्न बैंक तथा वित्तीय संस्थाहरुसँग जोडदार माग गरेको हो। संघले एक विज्ञप्ति जारी गर्दै केही बैंक तथा वित्तीय संस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरुले तारन्तार टेलिफोन गर्दै भुक्तानीको ताकेता गर्ने तथा धितो लिलाम एवं कालोसूचीमा नाम निकाल्ने धम्कीसमेत दिने गरेको उल्लेख गरेको छ। संघले बैंक तथा वित्तीय… पुरा पढौ

टान पश्चिमाञ्चलको अध्यक्षमा सुशील पौडेल, उपाध्यक्षमा पन्थी र आचार्य

ट्रेकिङ एजेन्सिज एशोसियसन अफ (टान) पश्चिमाञ्चल अध्यक्षमा सुशील पौडेल सर्वसम्मत चयन भएका छन् । टान पश्चिमाञ्चलको बुधबार भएको सोह्रौं अधिवेशनले पौडेलको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा धर्मराज पन्थी र द्वितीय उपाध्यक्षमा कृष्ण आचार्य निर्वाचित भएका छन् । त्यस्तै सचिवमा मिलन तिवारी निर्विरोध चयन भएका छन् भने सहसचिवमा रेशव अधिकारी र कोषाध्यक्ष्ँमा किसमकुमारी गुरुङ चयन भएका छन् । अधिवेशनले सदस्यमा दीपक सापकोटा, अनिल थापा, मोहन सुवेदी, गोपाल संग्रौला, लक्ष्मी कोईराला र विकास गुरुङ चयन भएका छन्… पुरा पढौ

बट्टाई पालनमा आकर्षित गुरुङ

बेँसीशहर नगरपालिका–७ का खेमजङ्ग गुरुङले व्यावसायिकरूपमै बट्टाई चरा पाल्न थालेका छन् । भारतीय सेनाबाट सेवा निवृत्त भएपछि उनले आफ्नै घरमा शुरु गरेको यो व्यवसायबाट राम्रो आम्दानी हुनाका साथै समयको पनि सदुपायेग हुने भएकाले यसलाई व्यावसायिकरूप दिन थालेका हुन।पछिल्लो समय बट्टाईको माग बढ्दै गएकाले बजारको मागलाई दृष्टिगत गरी रू ५० लाख लगानी गरेर ७०० वटा बट्टाई अट्ने खोर निर्माण गरी पहिलो चरणमा २०० वटा चल्लाबाटै व्यवसाय शुरु गरेको उनको भनाइ छ । गुरुङ भनछन्, “राम्रो हुँदै गएमा आगामी दिन यो व्यवसायलाई… पुरा पढौ

जन्म दिनमा अध्यक्ष श्रेष्ठद्वारा कोषमा सहयोग

युथ कम्युनिटी क्लव नेपालका अध्यक्ष पूर्णकुमार श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा बिपत व्यवस्थापन कोषमा रकम सहयोग गरेका छन् । जन्मदिनको अवसरमा अनावश्यक हुने खर्चलाई कटौति गर्दै उनले युथ कम्युनिटी क्लवद्वारा सञ्चालित विपत व्यवस्थापन कोषमा उनले १० हजार १०७ रुपैयाँ प्रदान गरेका हुन् । उनले कोष संयोजक शर्मिला लामालाई रकम हस्तान्तरण गरे ।जन्मदिनको अवसरमा शुभकामना दिने सबैलाई धन्यवाद दिदै श्रेष्ठले अनावश्यक हुने खर्चलाई कोषमा जम्मा गर्दा आफ्ना क्लवका सदस्यहरुलाई विपत समस्या पर्दा सहयोग गर्न सकिने भन्दै सुरुवात आफैबाट गरेको बताए । बिपदमा… पुरा पढौ

विश्वकै अग्लो बन्जी र स्विङ व्यावसायिक सञ्चालनमा

पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने कालीगण्डकीको खोँचमा बनेको आधा किलोमिटर लामो पुलमा सञ्चालित विश्वकै अग्लो बन्जी र स्विङ पिङ व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । द क्लिफ प्रालिले निर्माण गरेको बन्जी, स्विङ र नेपालकै एकमात्र स्काई साइक्लिङ तथा गुलेली शैलीको पिङ व्यावसायिक रुपमा सञ्चालन आएका हुन् । झण्डै रु २८ करोडको लगानीमा साहसिक खेलका परियोजना तयार भएका हुन् । प्रालिले गत सोमबारदेखि औपचारिक रुपमा सबै साहसिक पर्यटकीय खेलहरु सञ्चालनमा ल्याएपछि दैनिक सयौँ आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको कम्पनीले… पुरा पढौ

सूर्योदय हेर्न दैनिक हजार पर्यटक मानहुँकोटमा

पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा सूर्योदय हेर्नका लागि दैनिक एक हजार पर्यटक पुग्ने गरेका छन् । फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल बनेको मानहुँकोटमा बिहानै आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको हो । राति मानहुँकोटमै बास बस्नेको सङ्ख्या पनि उल्लेख्य रहने गरेको छ । चितवनका मनिष थापाले सामाजिक सञ्जालमा एकदमै चर्चा भएपछि बिहानै मानहुँकोट आइपुगेको जानकारी दिए । “बिहानको समयमा सूर्योदय र कुहिरोको दृश्यले मनै लोभ्याउँछ”, उनले भने, “मानहुँकोट साँच्चिकै मनमोहक रहेछ ।” पोखरा र चितवनको… पुरा पढौ

मानहुँकोटमा पर्यटक

तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा नेपालको राष्ट्रिय झण्डा लिएर रमाउँदै आन्तरिक पर्यटक । तस्बिर ः कृष्ण न्यौपाने÷रासस पुरा पढौ

आफ्नै खेतबारीमा रमाउँदै युवा

यहाँका केही युवाले वैदेशिक रोजगारीलाई छाडेर स्वदेशमै कृषि पेशामा आफ्नो भविष्य खोजिरहेका छन् । विदेशि भूमीमा जति पसिना बगाए पनि सीमित समयको लागि मात्रै भएको भन्दै उनीहरु पछिल्लो समय कृषिमा पेशा तर्फ आर्कषित हुन थालेका हुन् । गल्याङ नगरपालिका ९ साङलिया रिपका ३० वर्षीय दीपक राना विदेशको रोजगारीलाई छाडेर अहिले आफ्नै खेतबारीमा रमाउन थालेका छन । पाँच वर्ष विदेशमा विताएका उनि विदेशमा श्रम बढि गर्नुपर्ने तर श्रम अनुसारको पारिश्रमिक नपाएपछि स्वदेश फर्किएर गत वर्षदेखि आफ्नै पाखो बारीमा अदुवा खेतीको शुरुआत… पुरा पढौ

पर्वतको नयाँपुलबाट प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी सिधा पदमार्गले जोडिँदै

पर्वत र कास्कीको सिमाना नयाँपुलबाट राउण्ड अन्नपूर्ण पदमार्गमा पर्ने म्याग्दीको घोरेपानी जोड्ने वैकल्पिक पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । नयाँपुलबाट घोरेपानीसम्मको २८ किलोमिटर वैकिल्पक पदमार्गको निर्माण अन्तिम चरणमा पुगेको हो । नयाँपुलबाट देउपुर हुँदै भमरकोटबाट घोडेपानी पुग्ने पदमार्ग निर्माणको काम अहिले पनि जारी छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु ७० लाखको बजेटबाट दुई वर्षअघि निर्माणको काम थालिएको पदमार्ग अन्तिम चरणमा पुगेको मोदी गाउँपालिकाले जनाएको छ । गत आर्थिक वर्षमा सङ्घ सरकारको समेत रु १०… पुरा पढौ

घरवासमा घुम्न आउने पर्यटक बढ्दै

जिल्लाको राइनास नगरपालिका ९ स्थित राइनासकोट घरवास होमस्टे घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । लकडाउन तथा निषेधाज्ञा अन्त्य भएसँगै विस्तारै पर्यटकको आगमनमा वृद्धि हुन थालेको हो । राइनासकोट होमस्टे व्यवस्थापन समितिका अध्यक्ष खड्काबहादुर गुरुङले यहाँका घरवासमा आउने पर्यटनमा वृद्धि हुँदै गएको र कोरोनाका सङ्क्रमणको त्रासले पर्यटकलाई घरवासमा बाँस बस्न भने नदिएकोे बताए । उनका अनुसार दैनिक एक सय जनाको हाराहारीमा आन्तरिक पर्यटकहरु आउने गरेका छन् । घरवासमा आएका पर्यटकहरुमध्ये अधिकांशले घरवासमा बस्ने चाहना राख्दै आएपनि कोरोनाको… पुरा पढौ