अर्थ

मन्त्री भुसाल

उद्योग ब्यापार सङ्गठन रुपन्देहीको भवन शिलान्यास कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाल । तस्बिर ः नरेश केसी÷रासस पुरा पढौ

पोल्याङ खानेपानी योजनालाई बहुवर्षीय बजेट

तनहुँको व्यासनगरपालिका–११ स्थित पोल्याङ लिफ्ट खानेपानी योजना निर्माणको लागि सङ्घीय सरकारको सहयोगमा बहुवर्षीय बजेट विनियोजन भएको छ । चार वर्ष अघि इष्टिमेट भएको उक्त खानेपानी योजनाको लागि सङ्घीय सरकारबाट रु।पौने चार करोडको बहुवर्षीय बजेट विनियोजन भएको हो ।चालु आर्थिक वर्षको लागि रु।८० लाख विनियोजित भई टेन्डर गरिएकोमा रु।६० लाखमा स्वीकृत भई काम भईरहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दमौलीले जनाएको छ । तीनवर्ष अघि बोरिङ खन्ने कार्य सम्पन्न गरेपनि अघिल्लो वर्ष फलामेपाइप खरिद गरेपछि अहिले पम्प हाउस निर्माण गरिएको छ… पुरा पढौ

व्यास नगरपालिकाको आन्तरिक आम्दानी चार करोड

तनहुँको व्यास नगरपालिकाले तीन महिनाको अवधिमा रु चार करोडभन्दा बढी आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म नगरपालिकातर्फ रु तीन करोड १६ लाख ८६ हजार र जग्गा रजिष्ट्रेशन दस्तुरबापत रु ८५ लाख आन्तरिक आम्दानी भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजश्व सङ्कलन गरेको थियो । कोभिड–१९ को प्रभावका कारण गत आर्थिक वर्षमा लक्ष्यभन्दा रु ६ करोड कम राजश्व सङ्कलन भएको थियो । गत आर्थिक वर्षमा रु १६ करोड ६… पुरा पढौ

झिलिङ्गा बनाएर सुकाउने तयारी गर्दै

तनहुँको व्यासनगरपालिका–३ देउराली नगर निवासी दुई महिला मिलेर व्यावसायिकरुपमा बनाएको झिलिङ्गा सुकाउने तयारी गर्दै । तारादेवी श्रेष्ठ र विष्णुकुमार मानन्धरले गर्दै आएको होटल व्यावसाय छाडेर झिलिङ्गा बनाउन थालेका हुन् । तस्वीर ः सानेबहादुर नेपाली, रासस पुरा पढौ

महिला उद्यमशील केन्द्र सञ्चालनमा

चितवनमा महिला उद्यमशील केन्द्र सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिका–२१ पार्वतीपुरमा स्थापना गरिएको सरस्वती महिला उद्यमशील महिला तालिम केन्द्र सञ्चालनमा ल्याइएको हो । भरतपुर महानगरपालिकाको रु २५ लाख र समूहको सहभागितामा थप रु सात लाख रकम गरी रु ३२ लाखको लागतमा तालिम केन्द्रको निर्माण गरिएको हो । केन्द्रको उद्घाटन कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले नवनिर्मित तालिम केन्द्र यस क्षेत्रका महिला उद्यमी र उद्यम गर्न चाहने महिलाको सीप र क्षमताको आधारमा बहुउपयोगी हुने बताउनुभयो । उहाँले भन्नुभयो, “उद्यमशीलताले मात्र परिवार… पुरा पढौ

आजदेखि ५ दिन बैंक नखुल्ने

नेपालीको महान चाँड बडादशैंको सातौं दिन अर्थात आज फूलपातीदेखि पाँच दिन बैंकहरु नखुल्ने भएका छन् । विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) को संक्रमणका कारण बैंकहरुले शाखाहरु नखोल्ने जनाएका हुन् । बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले बैकिङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्नसक्ने सम्भावना देखिएकाले दशैंको सातौं दिन फूलपातीदेखि दशैंको मुख्य दिन बिजयादशमीको भोलिपल्टसम्म नखोल्ने निर्णय गरिएको जनाएको छ । विगतका भने बैंकहरुले दशैंको बिदाका दिनहरुमापनि सिमित शाखाहरु खोलेर सेवा प्रवाह गरेका थिए । बैंकर्स संघका प्रमुख… पुरा पढौ

पचासी उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही

नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर ऐनअनुसार सञ्चालन नभएका ८५ उद्योग तथा व्यावसायिक फर्मलाई कारबाही गरेको छ । विभागले स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ बमोजिम चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ८५ फर्मलाई कारबाही गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले तोकिएको समयमा फर्मको नवीकरण नगराउने, अनुमतिपत्र नलिई नापतौल यन्त्र प्रयोग गर्दै आएका ती फर्मलाई कारबाही गरिएको जानकारी दिनुभयो । तीन महिनाको अवधिमा विभागले ६९० फर्मको अनुगमन गरेको थियो । जसमा १५१ किराना पसल, ३२ होलसेल बिक्रेता, ६०… पुरा पढौ

सुलभ सहकारीको नयाँ उपहार योजना

पोखराको  जरेबरस्थित सुलभ डिपार्टमेन्टल स्टोर्सले दशैं तिहारको अवसरमा ग्राहकहरुलाई लक्षित गरी नयाँ योजना ल्याएको छ ।  प्रत्येक एक हजारको खरिदमा ग्राहकहरुलाई एउटा उपहार कुपन प्रदान गरिने स्टोर्सले बताएको छ । उपहार कार्यक्रमको नतिजाको घोषणा आउँदो माघको १ गते औपचारीक कार्यक्रमबीच सार्वजनिक गर्ने बताइएको छ। प्रथम पुरस्कारमा टिभिएसको स्कुटर, द्धितिय पुरस्कार एलसिको वासिङ मेसिन, तेस्रो पुरस्कार फ्रिज, चौथो पुरस्कार एलइडी टेलिभिजन, पाँचौ पुरस्कार माईक्रो वेभन र धेरै मात्रामा सान्त्वना पुरस्कार रहेको छ। १० वर्ष अगाडीबाट पोखराका पर्यटन व्यवासायीहरुको संयुक्त लगानिमा स्थापना… पुरा पढौ

गण्डकी प्रदेश सांसद कोईरालाको प्रस्ताव : दशैं भत्ता सँधैका लागि खारेज गरौं

गण्डकी प्रदेश सांसद दीपक कोईरालाले दशैं भत्ता सँधैका लागि हटाउन प्रस्ताव गरेका छन् । दशैं भत्ताबारे आम सर्वसाधारणको बिरोध रहेको उल्लेख गर्दै उनले यसलाई सँधै हटाउन प्रस्ताव गरेका हुन् । सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै उनले भनेका छन्,‘दशैं भत्ता लिने र फिर्ता गर्ने राजनीति किन गर्ने ? त्यसैले मेरो प्रस्ताव छ कि सरकारी ढुकुटीबाट सुविधा लिने सबैको चाँडपर्व जिे सबैको चाँडपर्व भत्ता संघीय कानूनबाटै खारेज गरिदिऔं ।’ https://m.facebook.com/story.php?story_fbid=3968517629844034&id=100000575086783 सांसद कोईरालाले सामान्यतया १२ महिनाको तलब र एक महिना बराबरको चाँडपर्व मनाउन… पुरा पढौ

सूर्योदय हेर्न हाँडीकोट

सूर्योदय हेर्न बागलुङको जैमिनी नगरपालिकास्थित पर्यटकीय लेक हाँडीकोट पुगेका आन्तरिक पर्यटक । दुई हजार १९५ मिटरको उचाइमा रहेको हाँडीकोटबाट सूर्योदय÷सूर्यास्तसँगै मनोरम हिमश्रृङ्खलाको अवलोकन गर्न सकिन्छ । तस्बिर ः रामबहादुर थापा÷ रासस पुरा पढौ