अर्थ

पोखरा उद्योग वाणिज्य संघको चुनावमा २३६५ मत खस्यो, मतगणना भोलि

पोखरा उद्योग वाणिज्य संघको नया नेतृत्वका लागि शनिबार भएको मतदानमा ७५ प्रतिशत मत खसेको छ । संघको ३३ औं महाधिवेशनमार्फत नया नेतृत्वका लागि आज विहान १० बजेदेखि अपराह्न ५ बजेसम्म भएको मतदानमा ७४.९८ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका संयोजक तीर्थ श्रेष्ठका अनुसार कुल ३ हजार १ सय ५४ मत मध्ये शनिबार भएको मतदानमा २ हजार ३ सय ६५ मत खसेको छ । अपराह्न ५ बजेसम्म भनेपनि सो समयसम्म लाईनमा बसेकाहरुलाई साँझ ६ बजेसम्मै मतदान गर्न… पुरा पढौ

आज शनिबार पनि बैंकहरु खुल्ने

आज (शनिबार) पनि बैंकहरु खुल्नेछन्। नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै आज (शनिबार) दोस्रो त्रैमासको अन्तिम शनिबार भएकोले बैंक खुला गर्न निर्देशन दिएको छ। दोस्रो त्रैमासको अन्तिम शनिबार भएकाले राजश्व संकलनमा सहयोग गर्न बैंकका काउन्टर खुला गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो। राष्ट्र बैंकका अनुसार आज राजश्व लिने सबै बैंकका शाखा कार्यालय र काउन्टरहरु खुला रहनेछन्। कोरोना महामारीका कारण चालु आर्थिक वर्षको बितेका पाँच महिनामा अपेक्षाकृत रूपमा राजस्व उठ्न नसकेसँगै अहिले सरकारले राजस्व संकलनका लागि सम्बन्धित व्यवसायी एवं सेवाग्राहीलाई… पुरा पढौ

जीवन रक्षा कोषको कार्यान्वयन छिट्टै : अर्थमन्त्री किरण गुरुङ

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशन शुक्रबारबाट सुरु भएको छ । महाधिवेशनको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले समुद्घाटन गर्नुभयो । महाधिवेशनअन्तर्गत शनिबार हुने निर्वाचन कार्यक्रमले संघमा नयाँ नेतृत्वसमेत चयन गर्दैछ । महाधिवेशनको उद्घाटन गर्दै गण्डकीका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकी सरकारले स्थापना गरेको व्यवसाय जीवन रक्षाकोषलाई छिट्टै कार्यान्वयनमा ल्याइने बताए ।गण्डकी प्रदेश सरकारले बजेट भाषणमार्फत् कोभिड–१९ को प्रकोपबाट पीडित भएका व्यवसायीको जीवन रक्षाको लागि भन्दै १ अर्ब रुपैयाँको व्यवसाय जीवन रक्षा कोष… पुरा पढौ

वाणिज्यतर्फ विनायक र उद्योगतर्फ गण्डकी मेसिनरी सर्वोत्कृष्ट

पोखरा उद्योग वाणिज्य संघले वाणिज्यतर्फ विनायक फ्रेस हाउस चिप्लेढुंगा र उद्योगतर्फ गण्डकी मेसिनरी प्रोडक्टस् औद्योगिक क्षेत्रलाई सर्वोत्कृष्ट घोषणा गरेको छ । संघले ६६ औं साधारण सभा तथा ३३ औं महाधिवेशनको अवसरमा विनायक र गण्डकी मेसिनरीलाई सर्वोत्कृष्ट घोषणा गर्दै सम्मान गरेको हो । कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले विनायकका कैलाश पालिखे र गण्डकी मेसिनरीका युवराज शर्मालाई सम्मानित गरे ।संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेको संयोजकत्व तथा संघका साधारण सदस्य राजेन्द्र बाटाजु,बलभद्र नकर्मी ज्ञानेश्वर श्रेष्ठ सदस्य रहेको… पुरा पढौ

पोखरा अन्तरराष्ट्रिय विमानस्थल छ महिनाभित्र निर्माण सकिने

पोखरा । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल अबको छ महिनाभित्र निर्माण सकिने भएको छ ।हाल ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको पोखरा विमानस्थलको निर्माण कार्य छ महिनाभित्र सकिने विमानस्थल आयोजनाले जनाएको छ । हालको निर्माण प्रगतिलाई हेर्दा पोखरा अन्तरराष्ट्रिय विमानस्थल कोभिड महामारी भए पनि तोकिएकै समयमा सम्पन्न हुने देखिन्छ । यो विमानस्थल भैरहवामा निर्माणाधीन अन्तरराष्ट्रिय विमानस्थलभन्दा पहिले नै सञ्चालनमा आउने आँकलन गरिएको छ । भैरहवा विमानस्थलको ९३ प्रतिशत भौतिक प्रगति छ । यो विमानस्थलमा पनि… पुरा पढौ

पोउवासको निर्वाचनमा स्वतन्त्र उम्मेदवार युवा व्यवसायी सुदिप प्रधानाङ्ग उत्साहित

पोखरा । पोखरा उद्योगा वाणिज्य संघको आसन्न ३३ औं महाधिबेशनका लागि स्वतन्त्र उम्मेदवार बनेका युवा व्यवसायी सुदिप प्रधानाङ्ग यति बेला उत्साहित बनेका छन् । कार्यसमिती सदस्य पदका उम्मेदवारमा उम्मेदवारी दिएका सुदिप यतिबेला मत माग्दै व्यवसायीहरुको घरदैलो र पसलमा पुगिरहेका छन् । व्यवसायीहरुले उनलाई मतदान गर्ने विश्वास दिलाएपछि सुदिप उत्साहित बनेका हुन् । पोखराको तेर्सापट्टी, बगर, सर्वेश्वर मार्ग पन्थी गल्ली , पृथ्वीचोक लगायतका क्षेत्रमा अहिले सम्म उनले घरदैलो गरि सकेका छन् । जहाँ पुग्छु त्यहाँका व्यवसायीहरुले दिनुभएको बचनले आफु उत्साहित भएको… पुरा पढौ

फुडमाण्डुले ३० रेष्टुरेण्टको स्वाद घरघरमा पुर्याउने

नेपालको सबैभन्दा पहिलो अनलाईन फुड डेलिभरी भनेर दाबी गर्दै आएको फुडमाण्डुले पोखरामा पनि सेवा बिस्तार गरेको छ । फुडमाण्डूले विहीबार पोखरामा पत्रकार भेटघाट गरी पोखरामा सेवा शुभारम्भ भएको जानकारी दिएको हो । सो अवसरमा रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराका अध्यक्ष लक्ष्मण बरालले फुडमाण्डुको शुभारम्भ घोषणा गरे । काठमाडौंमा नियमित सेवा दिदै आएको फुडमाण्डूले उपत्यकाबाहिर पहिलोपटक पोखरामा सेवा बिस्तार गरेको फुडमाण्डू कम्पनीका सल्स एण्ड मार्केटिङचिफ श्यामरत्न मालीले जानकारी दिए । सन २०२० मै सेवा बिस्तार गर्ने योजना भएपनि विश्वव्यापी महामारीका… पुरा पढौ

समृद्धिको आधार सहकारी–प्रदेश सभा सदस्य कोइराला

पोखरा । गण्डकी प्रदेश सभा सदस्य एवम् सहकारी अभियन्ता प्रभा कोइरालाले मुलुकको समृद्धिको आधार सहकारी भएको बताएकी छिन् बचत तथा ऋण सहकारीसंगको छाता संगठन जिल्ला सहकारी संघ कास्कीको २० औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले कोभिड–१९ को कारण चलायमान हुन नसकेको सहकारीको पुंजीलाई उत्पादनसंग जोडनु पर्ने बताइन् । सहकारी अभियानलाई सफल बनाउन सबै क्षेत्रको साथ र सहयोग आवश्यक पर्नेमा जोड दिंदै यसलाई सरकार र जनताले चिनेको भएपनि कर्मचारी वर्गबाट थप सहयोग गर्नु पर्ने आवश्यकता औल्याइन् । “जनता र सहकारी… पुरा पढौ

गोल्डस्टारको नयाँ स्वरुम पृथ्वीचोकमा

पोखरा । गोल्डस्टारको नयाँ स्वरुम पृथ्वीचोकमा संचालनमा आएको छ । राजन केसी र स्वस्तिका केसीले उक्त स्वरुम संचालनमा ल्याएका हुन् । दुई वर्ष अघि सिद्धार्थचोकमा स्थापना गरिएको गोल्डस्टारको अपार सफलता पछि अब पृथ्वीचोकबाट समेत सेवा प्रवाह गरिने भएको हो । विहिबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मलेनमा स्वरुमको विषयमा जानकारी दिँदै संचालक राजन केसीले औपचारिक रुपमा यही पौष २६ गते उद्घाटन गरिने बताए । उदघाटनमा नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री वर्षा राउत आउने कार्यक्रम तय भएको छ । केसीले… पुरा पढौ

तोलामा नै रु १,३०० ले घट्यो सुनको मूल्य

स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज प्रतितोला रु एक हजार ३०० ले ओरालो लागेको छ । पछिल्ला केही दिनमा लगातार उकालो लागेको सुनको मूल्यमा आज भने एकै पटक ठूलो मात्रामा ह्रास देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला रु ९५ हजार ४०० मा बिक्री गर्ने गरी मूल्य निर्धारण गरेको छ । यो बुधबारका तुलनामा रु एक हजार ३०० ले कम हो । छापावाला सुन बुधबार प्रतितोला रु ९६ हजार ७०० मा कारोवार भएको थियो ।… पुरा पढौ