अर्थ

किसान जागरण सहकारीमा मोतिराम बराल

पोखरा । किसान जागरण बहुमुखी सहकारी संस्था लि.पोखरा ७ मासबारको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कोरोना महामारीका कारण सबै एकै ठाउँमा एकैदिन भेला भई साधारणसभा गर्न नसकिने भएको हुँदा ६ दिनमा पालैपालो सदस्य उपस्थित गराई साधारणसभा सम्पन्न गरिएको संस्थाका सचिव शिव प्रसाद बरालले जानकारी दिए । साथै यसै साधारणसभा मार्फत नयाँ संचालक समिति समेत चयन गरेको छ ।पुस ५ गते आइतबारदेखि दैनिक रुपमा सीमित शेयर सदस्यहरुको उपस्थिति गराई पुस १० गतेका दिन नयाँ कार्यसमिति चयन गरी कार्यक्रम… पुरा पढौ

रु १०० ले उकालो लाग्यो सुनको मूल्य

स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला रु १०० ले उकालो लागेको छ । प्रतितोला रु ९०० ले बुधबार ओरालो लागेको सुनको मूल्यमा आज झिनो सुधार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बुधबार प्रतितोला रु ९४ हजारमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला रु ९३ हजार ६०० मा कारोवार भएको छ । तेजाबी सुन बुधबार प्रतितोला रु ९३… पुरा पढौ

रु ९०० ले घट्यो सुनको मूल्य

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु ९०० ले ओरालो लागेको छ । छापावाला सुन मङ्गलबार प्रतितोला रु ९४ हजार ९०० मा कारोवार भएको थियो । प्रतितोला रु ९०० ले आज ओरालो लागी रु ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै तेजाबी सुन मङ्गलबार प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएकामा आज भने प्रतितोला रु ९३ हजार ५०० मा कारोवार हुने गरी मूल्य तोकिएको छ । यसैगरी चाँदी प्रतितोला रु ५० ले घटेको… पुरा पढौ

जनशक्ति उत्पादनमा सघाउन रु १७ करोडको परियोजना आरम्भ

उद्योग र व्यवसायीलाई आवश्यक दक्ष जनशक्ति उत्पादनमा सघाउने उद्देश्यसहित पोखरामा एक नयाँ परियोजनाको आरम्भ गरिएको छ । इम्प्लोयर लिड लेबर मार्केट सेक्रेटरियट नाम दिएको परियोजना नेपालका सातै प्रदेशमा आरम्भ गर्ने योजनाअनुरुप गण्डकी प्रदेशमा मङ्गलबार शुरु गरिएको हो । पश्चिमाञ्चल होटल सङ्घ पोखराको समन्वयमा पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरिधारी शर्मा पौडेलले परियोजनाको उद्घाटन कार्यक्रममा परियोजना दक्ष र आवश्यक श्रमशक्ति उत्पादनमा सहायक हुने जनाउँदै सरकार र निजी क्षेत्रले समन्वय गरेर श्रमशक्ति उत्पादनमा लाग्नुपर्ने बताउनुभयो ।… पुरा पढौ

आलुको बीउ अभाव

ताप्लेजुङमा आलु रोप्ने समय शुरु भए पनि आलुको बीउ अभाव हुँदा किसान चिन्तित भएका छन् । आलुको बीउ भण्डारण मानिने पक्ताङलुङ गाउँपालिका– ६ हिमाली बस्ती घुन्सा गाउँमा यस वर्ष राम्रो फल नलागेपछि बीउको अभाव भएको हो । घुन्सावासीको मुख्य बाली आलु हो । हिउँ र चिसोको कारणले अन्य बाली हुँदैन । यहाँ चैत महिनामा आलु रोप्ने र भदौमा खन्ने गरिन्छ । गत चैतमा १६ मुरी आलुको बीउ रोप्दा १० मुरीमा मात्र फलेको स्थानीय किसान टाँसी तेन्जीङ शेर्पाले बताउनुभयो । यस्तै… पुरा पढौ

‘मेरो चाहना उप वा सहायकको तहबाट महिलालाई उठाएर निर्णायक र कार्यकारिणी तहमा विराजमान गराऔं भन्ने मात्र हो’

वि.सं. २००७ को जनक्रान्तिपछि उद्योगी/व्यवसायी/व्यापारीहरुको हकहितको निमित्त नेपालको सुन्दर नगर पोखरामा वि.सं.२०११ माघ महिनामा स्थापित पोखरा उद्योग वाणिज्य संघ यस क्षेत्रको सबैभन्दा जेठो सामाजिक संस्था हो । उद्यमी, व्यवसायीको हकहितको पक्षपोषणका अतिरिक्त यस संघले अग्रदस्तामा उभिएर पोखरास्थित बालमन्दिर, पृथ्वीनारायण क्याम्पसको स्थापना, पोखरा विश्वविद्यालयको स्थापनालगायत अन्य समाजोपयोगी उल्लेख्य कामहरु गरेको छ । यस मानेमा उद्यमी, व्यवसायीहरुका अतिरिक्त अन्य सर्वसाधरणको पनि भलाईको पक्षपोषण गर्ने गरिमामय संस्था हो यो संघ । यस गौरवशाली संस्थाको पहिलो अध्यक्ष स्व. श्री अमृतप्रसाद शेरचन हुनुहुन्थ्यो र वर्तमान… पुरा पढौ

नाट्टाद्धारा पर्यटक गाइड तालिमः पर्यटकलाई घुमाउन सहभागी आतुर

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेण्ड (नाट्टा )गण्डकी प्रदेशको आयोजना र नेपााल पर्यटन बोर्डको सहयोगमा सञ्चालित पर्यटन गाइड सम्बन्धी तीनसय घण्टे तालिमका सहभागीलाई प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. महेश्वर ढकालले पर्यटन क्षेत्रमा गाइडहरुको ‘हस्पिटालिटी’ले मुख्य भूमिका खेल्ने बताउनुभयो । “अधिकांश पर्यटकले गाइडलाई विश्वास गर्छन्, पर्यटकलाई सही सूचना र राम्रो आतिथ्यता दिएर मन जित्न सक्नुपर्छ” ढकालले भन्नुभयो “यहाँहरुले तालिमबाट धेरै कुरा सिक्नु भएको छ, आउने दिनमा व्यवहारमा पनि लागू गर्नुहुनेछ… पुरा पढौ

खुुमा क्षेत्री बनिन् पोखरामा भएको यामाहा रे जेडआर १२५ एफआई माईलेज च्यालेञ्जको बिजेता

पोखरामा भएको यामाहा रे जेडआर १२५ एफआई माईलेज च्यालेञ्जको उपाधि खुमा क्षेत्रीले जितेकी छन् । नेपालका लागि यामहा मोटरसाईकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु ईन्टरप्राईजेज प्रालिले यामाहाको नया उत्पादन रे जेडआर १२५ एफआईको अभूतपूर्व माईलेज र अन्य फिचरहरुबारे जानकारी दिन शनिबार पोखरामा गरेको यामाहा रे जेडआर १२५ एफआई माईलेज च्यालेञ्ज तथा र्यालीमा २४ जना प्रतिष्पर्धीलाई पछि पार्दै क्षेत्रीले उपाधि जितेकी हुन् । पोखरास्थित यामाहा सोरुमबाट शुरु भएको र्याली महेन्द्रपुल, रानीपौवा, चाउथे, पृथ्वीचोक, लेकसाईड, हल्लनचोक, सभागृहचोक, पृथ्वीचोकहुँदै पुनःयामाहाको सोरुम नयाबजारमा आएर… पुरा पढौ

सयपत्री सहकारीको अध्यक्षमा रवीन्द्र बास्तोला

पुस ४ पोखरा । सयपत्री बचत तथा ऋण सहकारी संस्थामा रवीन्द्रनाथ बास्तोला अध्यक्षमा निर्वाचित भएका छन् । सहकारीको ११ औं साधारण सभाले रिक्त अध्यक्ष पदमा निर्वाचन गराएको हो । संस्थाका अध्यक्ष विश्वराज बास्तोलाले दिएको राजिनामा स्वीकृत भएपछि पुस ३ गते सम्पन्न साधारण सभाले शितलादेवी पार्टी प्यालेसमा शनिबार निर्वाचनको कार्य तालिका बनाएको संस्थाका सचिव कृष्णप्रसाद आचार्यले जानकारी दिए । सहकारीका सेयर सदस्य देवेन्द्रकिश्वर बास्तोला र रवीन्द्रनाथ बास्तोलाबीच भएको निर्वाचनमा रवीन्द्रनाथ बास्तोलाले ३ सय ८९ मत प्राप्त गर्दा देवेन्द्र बास्तोलाले जम्मा ५८… पुरा पढौ

उत्पादनको क्षेत्रमा सहकारीको ध्यान जान जरुरी : सभापति कोइराला

गण्डकी प्रदेश सभाका सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले सहकारीले लगानी गर्दा उत्पादनको क्षेत्रमा गर्नुपर्ने बताएका छन् । शनिबार पोखरामा रहेको परामर्श बचत तथा ऋृण सहकारी संस्थाको सातौं बार्षिक साभारण सभाको उद्घाटन गर्देै उनले यस्तो बताएका हुन् । समाज रुपान्तरणमा सहकारीको भुमिका रहने बताउँदै सहकारीलाई ब्यस्थित बनाउन सरकारले मर्ज अभियान शुरु गरेको उल्लेख गरे । अब धेरै सहकारी भन्दा पनि गुणस्तरीय सहकारी आवश्यक रहेको उनको भनाई थियो । कोइरालाले गण्डकी प्रदेश सरकारले बचत तथा ऋृण सहकारीले अनिवार्य… पुरा पढौ