अर्थ

उखु किसान र सरकारविच ४ बुँदे सहमती

काठमाडौं । आन्दोलनरत उखु किसान र सरकारबीच सोमबार चार बुँदे सहमती भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको सहमतिअनुसार किसानले चिनी उद्योगीबाट २१ दिनभित्र ६५ करोड रुपैयाँ भुक्तानी गराउने सहमती भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टका स्वकीय सचिव हितेश ओझाले जानकारी दिए । २१ दिनभित्र भुक्तानी नभएमा मन्त्रालयले सबै उद्योगको सम्पत्ति रोक्का राख्ने र किसानको पैसा उपलब्ध गराउन पहल गर्ने सहमति भएको हो । सहमतिसँगै किसानले भोलि (मङ्गलबार) देखि सबै आन्दोलनका कार्यक्रम बन्द गर्ने उखु किसान… पुरा पढौ

पो.उ.वा.संघको एशोसियट सदस्यमा सापकोटा र अधिकारीको उमेदवारी घोषणा

पोखरा उद्योग वाणिज्य संघको एशोसियट सदस्यमा हरिहर सापकोटा र हरिबहादुर अधिकारी (मिराज)ले उमेदवारी घोषणा गरेका छन् । उनीहरुले नारायण कोईराला प्यानलबाट उमेदवारी घोषणा गरेका हुन् । सापकोटा र अधिकारी दुबै वर्तमान कार्यकारिणी सदस्य हुन् । दुबैले एशोसियट सदस्यमा दोहोरिनका लागि उमेद्वारी दिएको बताएका छन् । सापकोटा एचके ईन्भेस्टमेन्ट लिमिटेड र एएस रियलस्टेट एण्ड मार्केटिङकाका सञ्चालक हुन् । पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघमा नारायण कोईरालाको प्यानल घोषणा

पोखरा उद्योग वाणिज्य संघको नया नेतृत्वका लागि नारायण कोईरालाले प्यानल घोषणा गरेका छन् । संघका वर्तमान बरिष्ठ उपाध्यक्ष कोईरालाले सोमबार अपराह्न पत्रकार सम्मेलन गर्दै प्यानल घोषणा गरेका हुन् । संघको अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका कोईरालाको प्यानलमा बरिष्ठ उपाध्यक्षमा पवन प्रजापति रहेका छन् । उनी हाल वाणिज्य तर्फका उपाध्यक्ष हुन् । संघको वाणिज्यतर्फको उपाध्यक्षमा वर्तमान महासचिव अर्जुन पोखरेल रहेका छन् भने उद्योगतर्फको उपाध्यक्षमा वर्तमान उपमहासचिव चिनुकुमारी गुरुङ रहेकी छन् । त्यस्तै महमासचिवमा वर्तमान कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे रहेका छन् । संघको उपमहासचिवमा… पुरा पढौ

मनकामना केबुलकार भोलीबाट एक साताका लागि बन्द हुने

गोरखा । मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको हो । यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । कोरोनाको महामारीसँगै नौ महिना बन्द रहेको केबुलकार गत मङ्सिर २८ गतेबाट पुनः सञ्चालनमा आएको थियो । सञ्चालनको पहिलो दिन नै एक हजारभन्दा बढी भक्तजनलाई सेवा दिन सफल मनकामना केबुलकारमा दिनानुदिन यात्रु एवं भक्तजनको भीड बढ्ने क्रम जारी नै रहेको नायब महाप्रबन्धक… पुरा पढौ

प्रवद्र्धनात्मक कार्यक्रम सहित पोखरेली पर्यटन व्यवसायी ढोरपाटनमा

पोखरा । गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि जारी पर्यटन पुर्नउत्थान एवम् ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रम सहित पोखरेली पर्यटन व्यवसायीको टोली ढोरपाटन पुगेको छ । नेपाल पर्यटन बोर्ड पोखराको प्रवद्र्धन र पोखरा पर्यटन परिषद्को सहयोगमा सञ्चालित उक्त कार्यक्रम अन्तर्गत यात्रामा रहेको टोलीले आइतबार सरोकारवालाबीच गरेको अन्तरक्रियामा वक्ताहरूले ढोरपाटनको विकाससँगै आसपासका पर्यटकीय गन्तव्य समेट्नुपर्ने आवश्यकता औंल्याए । तमानखोला गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले ढोरपाटन जाने मार्गमा पर्ने तमानखोलाका धेरै पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्नुपर्ने बताए । बराह ताल… पुरा पढौ

दूध गाउँको पहिचान बनाउँदै ढिकुरपोखरी

अन्नपूर्ण गाउँपालिका स्थित ढिकुरपोखरीवासी (अन्नपूर्ण १, २, ३) दुध गाउँको पहिचान निर्माण गर्न लागि परेका छन्। बाँदर र असिनाले सताए सँगै त्यहाँका किसान व्यवसायिक पशुपालनतर्फ आकर्षित भई दुध गाउँ बनाउन लागि परेका हुन् ।जसका लागि स्थानीय नागडाँडा दुग्ध उत्पादक सहकारी संस्थाले सहजीकरण गरेको छ। आफूहरु दुध गाउँ बनाउने उद्देश्यका साथ पशुपालनमा होमिएको मराउँचेका बलराम पौडेलले बताए । गाउँहरुले मिनी जर्सी र होलस्टेन जातका गाई तथा मुर्रा क्रस र स्थानीय जातका भैसी पाल्दै आएका छन् । त्यस्तै अर्का किसान इन्द्रप्रसाद अधिकारीले… पुरा पढौ

डाक्टर्स गाउँलेमार्फत् मणिपालका विद्यार्थी गाउँगाउँमा

ग्रामिण भेगमा बसोवास गर्ने नेपालीहरुमा स्वास्थ्य सम्वन्धी काम गर्न र आवस्यकिय स्वास्थ्य जानकारी दिनका लागि मनिपाल शिक्षण अस्पतालमा अध्ययनरत विद्यार्थीहरुले डाक्टर्स गाउँले कार्यक्रम संचालनमा ल्याएका छन् ।मणिपाल शिक्षण अस्पतालमाअध्ययनरत २०१६ को व्याचका विद्यार्थीद्वारा २०७५ सालमा स्थापना गरिएको सो संस्थाले हृदयघात, मधुमेह, कोरोना, डेंगु, दाँत रोगलगायतका विभिन्न रोगको बारेमा आवस्यक सेवा दिईसकेको छ ।संस्थाका प्रचारप्रसार संयोजक राहुल गोईतका अनुसार आगामी दिनमा महिला र वृद्ध वृद्धाहरुमा लक्षित गरेर स्वास्थ्य सेवा रजानकारी उपलव्ध गराईने छ । रोट्र्याक्ट क्लबसंग मिलेर स्तनपानको महत्वबारे पनि सचेतना… पुरा पढौ

वार्षिकोत्सवमा घुम्ती रक्तदान

पोखरा चेम्बर अफ कमर्स कास्कीको तेश्रो वार्षिकोत्सवको अवसरमामा घुम्ती रक्तदान कार्यक्रम गरिने भएको छ ।रक्तदान जीवनदान, जीवनदान महादानभन्ने नाराका साथ चेम्बरले पोखराको विभिन्न ६ ठाउँमा रक्तदान गर्न लागेको हो । चेम्बर अफ कमर्स कास्कीका महासचिव उमराज बास्तोलाले चिप्लेढुंगा महेन्द्रपुल चेम्बर अफ कमर्सले १३ गते विपीचोकमा, दक्षिणी चेम्बर अफ कमर्स र फेवा चेम्बर अफ कमर्सले १४ गते बिरौटमा, सेती विजयपुर चेम्बर अफ कमर्सले १५ गते अमरसिंरचौरमा रक्तदान गर्न लागेको जानकारी दिए ।त्यस्तै उत्तरी चेम्बर अफ कमर्सले १६ गते बगरमा, लेखनाथ चेम्बर… पुरा पढौ

परिणाममुखी काम गर्ने पर्यटनमन्त्री ढकालको दृढता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मुलुकको अर्थतन्त्रको दरिलो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई गतिशील बनाउन नीतिगत सुधारका साथ प्रभावकारी योजना अघि बढाइने बताउनुभएको छ । शुक्रबार पर्यटन मन्त्रालयको जिम्मेवारी पाउनुभएका मन्त्री ढकालले सिंहदरबारमा आज पदभार ग्रहण गर्दै मन्त्रालयको कानूनी समस्या सुल्झाउन तत्काल गरिनुपर्ने निर्णय र मन्त्रिपरिषद्मा रोकिएका तथा सरोकारवाला मन्त्रालयसँग गर्नुपर्ने समन्वय सहजीकरणका लागि पहल गर्ने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “मन्त्री फेरिँदा झस्किनु पर्दैन, अनुशासनमा रहेर काम गर्नुस्, सबैको अभिभावकत्व ग्रहण गर्नेछु, म सपना देखाउँदिन परिणाममा विश्वास… पुरा पढौ

नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेश अध्यक्षमा सञ्जीवबहादुर कोईराला निर्वाचित

नेपाल उद्योग वाणिज्य संघ गण्डक िप्रदेशको अध्यक्षमा पोखराका सञ्जीबहादुर कोईराला निर्वाचित भएका छन् । संघको शनिबार पोखरामा भएको अधिवेशनले कोईरालालाई अध्यक्षमा निर्वाचित गरेको हो । अध्यक्षमा निर्वाचित कोईराला पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हुन् ।उनले कुल ८० प्रतिशत मतमा ५४ प्रतिशत मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी पर्वतका हरिओम शर्माले २६ मत प्राप्त गरे । नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश अध्यक्ष बन्न जिल्ला उद्योग वाणिज्य संघको अध्यक्ष भइसकेको हुनुपर्ने प्रावधान रहेको छ । पुरा पढौ