शिक्षा

राष्ट्रिय माविको हीरक महोत्सव : निःशुल्क स्वास्थ्य शिविरमा पहिलो दिन तीन सय १० जनाको परिक्षण

फागुन २२ पोखरा । स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । विद्यालयमा अध्य्यनरत विद्यार्थीहरुको लागि आयोजना गरिएको दुई दिने शिविरको पहिलो दिन मंगलबार तीन सय १० जना विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको छ । शिविर बुधबारसम्म चल्नेछ । विद्यालयका पुर्व विद्यार्थी समेत रहेका हिरक महोत्सव स्वास्थ्य शिविर कार्यक्रम उपसमितिका संयोजक वरिष्ठ फिजिसियन डा वसन्त ताम्राकार, अर्का पुर्व विद्यार्थी वालरोग विशेषज्ञ डा… पुरा पढौ

वडा कार्यालयद्वारा पाँच सामुदायिक विद्यालयलाई ल्यापटप वितरण

बलेवा । बागलुङको जैमिनी नगरपालिका–१ को वडा कार्यालयले वडाभित्र रहेका पाँच सामुदायिक विद्यालयलाई ल्यापटप उपलब्ध गराएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले विद्यालयबाट माग भई आएका निवेदनका आधारमा ल्यापटप वितरण गरिएको हो । प्राथमिक तह सञ्चालनमा रहेका विद्यालयलाई प्रविधिमैत्री शिक्षण सिकाइका लागि ल्यापटप उपलब्ध गराइएको वडाध्यक्ष विष्णु आचार्यले बताए। विद्यालयमा मात्रै नभई प्रयोगात्मक काममा विद्यालय बाहिर जाँदा पनि ल्यापटप लैजान सजिलो हुने भएकाले विद्यालयलको मागका आधारमा ल्यापटप हस्तान्तरण गरिएको उनले बताए । वडाध्यक्ष आचार्यका अनुसार कुश्मी प्राथमिक विद्यालय, सिद्धिगणेश प्राथमिक… पुरा पढौ

मोटोपना : कारण, संभाबित रोग र बच्ने उपाय (टिप्ससहित)

आज ४ मार्च । बिश्व मोटोपना दिवस (World obesity day) विविध सचेतनामूलक कार्यक्रमका साथ मनाइदैछ । आज भोलिको प्रमुख रोग र अन्य रोगहरुको मुख्य कारण : मोटोपना : पहिले-पहिले मोटाउनुलाई निकै राम्रो पनि मानिन्थ्यो ।अस्वस्थ जिवनशैली र अस्वस्थ खानपानले कयौ प्राणघातक रोगहरु शिकार बनाउन सक्छ ।संभाबित रोगहरु : निरन्तररुपमा मोटाउँदै जाँदा शरीरमा विभिन्न रोग लाग्ने सम्भावना पनि बढेर जान्छ।# उच्च रक्तचाप (हाई ब्लड़ प्रेसर)# हृदयाघात (मुटुको हार्ट एटैक)# मधुमेह (डाइबेटीज)# कलेजोमा बोसो (फ्याटी लिवर)# मस्तिकघात (प्याराल्याइसिस)# घुर्ने र निन्द्रामा  सास… पुरा पढौ

समकालिन साथीहरूविच सम्मान, वनभोज तथा पुनर्मिलन कार्यक्रम

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-२ स्थित माछापुछ्रे माध्यमिक विद्यालयमा २०४७ सम्म अध्ययन गरेका समकालिन साथीहरूको समूहले सम्मान, वनभोज तथा पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको छ । शनिबार माछापुछ्रे मावि एसएलसी ब्याची समूह-२०४७ को ब्यानरमा अन्नपूर्ण गाउँपालिकाको वडा नं। ३, लार्केस्थित पिक्निक स्पोर्टस् मा पुनर्मिलन, सम्मान एवं बनभोज कार्यक्रमको आयोजना गरेको हो । ०४७ समूहका बिधार्थी एवं अन्नपूर्ण गाउँपालिका कास्कीका निवर्तमान अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तत्कालीन प्रधानाध्यापक रामचन्द्र सुवेदी, शिक्षकहरू कृष्ण बहादुर कुँवर, शिवकुमार सुवेदी, हरिकुमार श्रेष्ठ, तेजप्रसाद काफ़्ले, गमबहादुर… पुरा पढौ

नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशको अभिमुखीकरण सम्पन्न

फागुन १८ पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशको अभिमुखीकरण सम्पन्न भएको छ । शिक्षक सेवा आयोगको लिखित परीक्षामा सफल प्राथमिक तहका शिक्षकहरुले अन्तर्वार्ताका लागि गर्नुपर्ने तयारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । अभिमुखीकरण कार्यक्रमको नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका राष्ट्रिय उपाध्यक्ष जंगबहादुर गर्बुजाले उद्घाटन गरे । नेपाल राष्ट्रिय राष्ट्रिय शिक्षक संगठन गण्डकीको आयोजना र जिल्ला समिति कास्कीको व्यवस्थापनमा भएको अभिमुखीकरण कार्यक्रममा नेपाल सरकारका उपसचिव पदमराज आचार्य र शिक्षक केशवराज घिमिरेले सहजीकरण गरेका थिए । कार्यक्रममा गण्डकी… पुरा पढौ

आर्जना स्मृती अक्षयकोषबाट सन्ध्या र प्रतिक पुरस्कृत

पोखरा । आर्जना स्मृती अक्षयकोषबाट निलगिरी इंङ्गलिस बोर्डिङ स्कुलका सन्ध्या लामा तितुङ र प्रतिक अधिकारी पुरस्कृत भएका छन् । २०७९ सालको एसईई परीक्षामा ३.८० जिपिए ल्याई उत्र्तिण हुन सफल तितुङ र ३.५५ जिपिए ल्याई उत्र्तिण भएका अधिकारी पुरस्कृत भएका हुन् । पुरस्कृत उनीहरुलाई जनही रु. १० हजार १११ सहित कदरपत्रद्वारा पुरस्कृत गरिएको आर्जना स्मृती अक्षयकोष – २०६९ का संरक्षक दिलिप दोषीले जानकारी दिए । शुक्रबार विद्यालयमा आयोजित विद्यार्थीहरुको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराउने उद्देश्यले आयोजित ‘ट्यालेन्ट शो’ कार्यक्रमका विच उनीहरुलाई पुरस्कृत… पुरा पढौ

कुमुदिनी होम्स माविको विज्ञान तथा सामाजिक प्रदर्शनी

पोखरा–४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माविले शुक्रबार विज्ञान तथा सामाजिक प्रदर्शनी गरेको छ । कक्षा एक देखि एघार कक्षा सम्म अध्ययनरत विद्यार्थीहरुद्वारा निर्मित विभिन्न विज्ञान तथा प्रविधि र कृषि सँग सम्बन्धित विभिन्न बहुउपयोगी उपकरणहरुको प्रदर्शनी गरेका थिए । सामाजिक प्रदर्शनी अन्र्तगत विद्याथीहरुले विभिन्न अन्नबाट निर्मित सात वटा प्रदेश छुट्याएर नेपालको नक्सा समेत बनाएका थिए । उक्त प्रदर्शनीमा विद्यार्थीहरुले आफुले बनाएका विज्ञान तथा प्रविधि उपकरणहरुको प्रयोगात्मक अभ्यास देखाएर व्याख्या समेत गरेका थिए । छात्र-छात्राले सस्तो, सुलभ र घरमै उपलब्ध हुने सामाग्री… पुरा पढौ

विद्यार्थीलाई स्टेशनरी वितरण तथा सचेतना

फागुन १७ पोखरा । पोखरा २, वरपाटनस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयका विद्यार्थीलाई स्टेशनरी वितरण तथा आयोडिनबारे सचेतना कार्यक्रम गरिएको छ । रोटरी क्लब अफ पोखरा लेकसाइड, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय पोखरा र राष्ट्रिय उपभोक्ता मञ्च कास्कीको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो । सो अवसरमा कक्षा १ देखि ४ सम्मका ६० जना बालबालिकालाई झोला, स्टेशनरी तथा सचेतनाका लागि आयोडिनयुक्त नून वितरण गरिएको थियो । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय पोखराका प्रमुख सागर शेरचनले आयोडिनबारे सचेतना दिन फेब्रुअरीभरि विविध… पुरा पढौ

रामज्योती माविको ४४ औं वार्षिकोत्सव

फागुन १७ पोखरा । पोखरा महानगरपालिका वडा नं २६ मा रहेको रामज्योती माविले विविध कार्यक्रमका साथ आफनो ४४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले शिक्षाको उज्जालोवाट कुनै पनि वालवालिका बञ्चित हुन नपरोस भनि राज्यले शिक्षाको क्षेत्रमा गरेको ठुलो लगानीको सहि रुपमा सदुपयोग गरेर ब्यवहारीक र प्रयोगात्मक शिक्षा प्रणालीलाई आत्मसाथ गर्दै अगाडी वढ्नु पर्ने सुझाव राखेका थिए । सोही अवसरमा पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा… पुरा पढौ

कुश्माका सामुदायिक विद्यालयमा ‘स्मार्ट स्कुल’ कार्यक्रम सुरु

सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले पर्वतको कुश्मा नगरपालिकाले ‘स्मार्ट स्कुल’ कार्यक्रम सुरु गरेको छ । शिक्षक तथा विद्यार्थीलाई आधुनिक प्रविधिसँग जोड्नका लागि पहिलो चरणमा १३ वटा विद्यालयमा यो कार्यक्रम थालिएको हो । कार्यक्रम लागू भएका विद्यालयका हरेक क्रियाकलापलाई ‘डिजिटल’ रूपमा व्यवस्थापन गर्नका लागि ‘कोड लजिक टेक्नोलोजिज’ ले तयार पारेको ‘स्मार्ट स्कुल’ ‘एप्लिकेशन’ को प्रयोगलाई विस्तार गरिएको नगरपालिकाले जनाएको छ । कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद तिवारीका अनुसार शिवालय माध्यमिक विद्यालय कुश्मा, पाङधैरेनी माध्यमिक विद्यालय पाङ्मा, नारायण माध्यमिक विद्यालय कुश्मा,… पुरा पढौ