शिक्षा

पश्चिम म्याग्दीको मालिकाको पन्थोकमा दशकोठे पक्की विद्यालय भवन निर्माण

गलेश्वर । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा भीम माध्यमिक विद्यालयको १० कोठे भवन निर्माण भएको छ । गैरसरकारी संस्था पाहार ट्रष्ट नेपाल पोखराको ५०, गाउँपालिकाको ४० र स्थानीयबासीको १० प्रतिशत आर्थिक साझेदारीमा निर्माण भएको उक्त भवनको बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच पाहार ट्रष्ट युकेका प्रेसिडेन्ट हवार्ड ग्रिन ९एमबीई० र मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले संयुक्तरुपमा उद्घाटन गरेका छन् । गाउँपालिकाका अध्यक्ष गर्बुजाले पाहार ट्रष्टले भवन निर्माणमा ठूलो योगदान पु¥याएको बताउदै आगामी दिनमा पनि अन्य विद्यालयमा भवनलगायत पूर्वाधार निर्माण गर्न चाहेमा… पुरा पढौ

पुस्तकालय स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारको अनुदान

फागुन ९ गण्डकी । सामुदायिक तथा सार्वजनिक पुस्तकालय स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारले अनुदान दिएको छ । प्रदेशका १५ वटा पुस्तकालय छनोट गरी कार्यक्रम कार्यान्वयनका लागि सम्झौता गरिएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका उपसचिव भोजराज न्यौपानले प्रस्ताव पेस गर्नेमध्ये मापदण्ड पूरा गरेका १५ वटा पुस्तकालय अनुदानका लागि छनोटमा परेको बताए । चालु आवमा मन्त्रालयले सामुदायिक तथा सार्वजनिक पुस्तकालय स्तरोन्नतिका लागि रु ३० लाख बजेट छुट्याएको उहाँले जानकारी दिए । “अनुदानका लागि छनोटमा परेका पुस्तकालयले रु एक… पुरा पढौ

सनफ्लावर बोर्डिङको ३५ औं वार्षिकोत्सव सम्पन्न

पोखरा । पोखरा–२, अर्चलबोट स्थित सनफ्लावर बोर्डिङ स्कुलको ३५ औं वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण समारोह सोमवार सम्पन्न भयो । समारोहको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले राष्ट्रलाई माया गर्ने विद्यार्थी एवम् अभिभावक चाहिएको औल्याए ।उनले बाबुनानीलाई बढी माया नदीन अभिभावकलाई सुझाव दिर्दै होहल्ला नगरी प्रगति गर्ने विद्यालयका रुपमा सनफ्लावरलाई चिनाए ।अहिलेका विद्यार्थीमा संस्कारयुक्त शिक्षा अपरिहार्य रहेको तर्क गर्दै प्रमुख आचार्यले शिक्षकलाई प्रविधिमैत्री बन्न सुझाव दिए । प्याब्सन केन्द्रीय उपाध्यक्ष कृष्ण केसीले हरेक आमाबुबा… पुरा पढौ

त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ: प्रधानमन्त्री ‘प्रचण्ड’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको नियुक्ति प्रक्रियामै रहेको स्पष्ट पारेका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आज गोरखा पत्रकार समाज नेपालका पदाधिकारीसँगको भेटमा सोधिएको जिज्ञासामा उनले भने, “त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ, सामाजिक सञ्जालमा आएको विषयमा कुनै सत्यता छैन ।” पत्रकारिताजगत्ले सत्यतथ्य र विश्वसनीय सूचनामा विश्वास गर्नुपर्नेमा जोड दिँदै उनले सामाजिक सञ्जालमा आएका विषयलाई लिएर धारणा नबनाउन आम नागरिकलाई आग्रह गरे । प्रधानमन्त्री दाहालले गत पुसमा भएको बालकुमारी घटनाका सम्बन्धमा प्राप्त प्रतिवेदन आफूले अध्ययन गरिरहेको जानकारी दिँदै त्यस विषयमा… पुरा पढौ

ढोरपाटन उपत्यकाका विद्यालय खुले: चिसोले शिक्षक र विद्यार्थी बिरामी

ढोरपाटन । अत्यधिक चिसो बढेपछि बन्द भएका बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय सञ्चालनमा आएका छन् । गत पुस १५ गतेदेखि बन्द भएका विद्यालय फागुन पहिलो सातादेखि सञ्चालनमा आएका हुन् । विद्यालय सञ्चालनमा आए पनि चिसोका कारण विद्यार्थी तथा शिक्षक बिरामी परेका छन् । विद्यार्थी बिरामी परेपछि पठनपाठनमा समस्या आएको छ । हरेक वर्ष हिउँदमा बन्द हुने ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय वर्षामा भने सञ्चालन हुने गर्छन् । ढोरपाटन नगरपालिका–९ स्थित पाखाथरको ज्योति विकास माध्यमिक विद्यालय, छेन्तुङको सिद्धबराह प्राथमिक विद्यालय, सहलथानस्थित सहलथान… पुरा पढौ

रूपा-२ का वडा अध्यक्ष सुवेदीद्वारा इन्द्रायणीका विद्यार्थीलाई पोसाक वितरण

फागुन ६ पोखरा । कास्कीको रूपा गाउँपालिका–७, हंसपुरस्थित इन्द्रायणी आधारभूत विद्यालयका विद्यार्थीलाई सोही गाउँपालिका, वडा नम्बर २ का वडा अध्यक्ष राजन सुवेदीले आइतवार विद्यालय पोसाक वितरण गरेका छन् । आफू जनप्रतिनिधि चुनिएपछि प्राप्त सेवा सुविधाको रकम समाजसेवामा खर्च गर्ने क्रममा उनले पोसाक वितरण गरेका हुन् । आफू भुईँ तहबाट सङ्घर्ष गर्दै अघि बढेको स्मरण गर्दै वडा अध्यक्ष सुवेदीले कुनै पनि बालबालिकाले कुनै पनि अभावका कारण शिक्षाबाट बञ्चित हुन नपरोस् भन्नेमा आफू सचेत रहेको बताए । “आमाले अदुवा, अमिलो, पिँडालु बेचेर… पुरा पढौ

नेपाल राष्ट्रिय शिक्षक संगठन माछापुच्छ्रेमा चापागाईं

पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा कृष्णप्रसाद चापागाईंको अध्यक्षतामा नयाँ कार्यसमित सर्वसम्मत चयन भएको छ । शनिबार सम्पन्न शिक्षकहरुको भेलाले आगामी ३ वर्षका लागि चापागाईंको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संगठनको महिला उपाध्यक्षमा जौमाया नेपाली, उपाध्यक्षमा जीतबहादुर क्षेत्री, सचिवमा सन्तोष देवकोटा, कोषाध्यक्षमा बलराम पौडेल, सह–सचिवमा विष्णुमाया पोखरेल, र सह–कोषाध्यक्षमा निर्मलादेवी शर्मा सर्वसम्मत चयन भएका हुन् । अध्यक्ष मण्डलमा संगठनका प्रदेश सदस्य उमनाथ गौतमको संयोजकत्वमा कास्की जिल्ला उपाध्यक्षद्वय बसन्धरा पौडेल, हर्क लामिछाने र सदस्य… पुरा पढौ

१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा क्रिस्टल मन्टेश्वरीका बिद्यार्थी पनि सहभागि

पोखरा । १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन भब्य रुपमा सम्पन्न भएको छ । नेपाल भूतपूर्व खेलाडी मन्चको अयोजनामा भएको कार्यक्रममा बिभिन्न इभेन्ट्स र उमेर समूहका गरि करिब ८ हजार सहभागि भएका मन्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताए ।म्याराथनमा पोखरा ६ जरेबर स्ट्रिट नम्बर ३१ मा अवश्थित क्रिस्टल मन्टेश्वरी किन्डरवर्ल्डका स-साना बाबु नानी पनि सहभागि भएका थिए । मन्टेश्वरीका संचालिका प्रिन्सिपल रिना पौडेलले ५० जना नानी बाबुले रन फर फनमा सहभागिता जनाउनुका साथै समापन समारोहमा प्रस्तुति समेत दिएका थिए ।केन्याली धावकको… पुरा पढौ

मित्रता माध्यमिक विद्यालयमा पढ्दै कमाउँदै : विद्यार्थी चित्रकलामा रमाउँदै

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित मित्रता माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत मनिषा भुजेल चित्रकलाको सीप सिकेपछि उत्साहित छन् । चित्रकलामा रुचि भए पनि सिक्ने अवसर नपाएकी उनी हाल आफैँले चित्र कोर्नसक्ने सक्छन् । आफैँले बुनेको बाँसको नाङ्लोमा समेत चित्र बनाएकी उनले पहिलो प्रयासमै राम्रो प्रतिक्रिया पाएको बताए । उनले भने, “चित्र कोर्न पहिल्यैदेखि एकदमै मनपथ्र्यो, सिक्ने अवसर पाएकी थिइन्, अहिले चित्रकलाको सीप सिकेपछि उत्साहित छु ।” बाँसको नाङ्लोमा कोरेको चित्र गाउँपालिकास्तरीय शैक्षिक प्रदर्शनीमा राख्दा धेरैले राम्रो प्रतिक्रिया दिएको… पुरा पढौ

एमफिल र पिएचडी गर्नबाहेक अरुलाई विदेशमा पढ्न जान नो अब्जेक्सन लेटर दिनुहुँदैन : अधिकारी

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले एमफिल र पिएचडी गर्नबाहेक अरुलाई विदेशमा पढ्न जान नो अब्जेक्सन लेटर दिन नहुने बताएका छन् । गण्डकी प्रदेश सरकार स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारीले प्लस टु सक्न नपाई विदेश जाँदा पलायन भइरहेको अर्बौं रुपैयाँ रोक्न यस्तो नीति अवलम्वन गर्नुपर्ने बताएका हुन् । यसका लागि संघ सरकारले ऐन ल्याउनुपर्ने भन्दै उनले भने,‘प्लस टु पढ्न पाएको छैन, अनि पढ्नको लागि भनेर विदेशमा खर्बौं रुपैयाँ… पुरा पढौ