शिक्षा

मदरल्याण्डमा त्रिदिवसीय बृहत् सांस्कृतिक कार्यक्रम, कला प्रदर्शनी तथा विविध सम्मान

पोखरा । जीवनोपयोगी तथा व्यावहारिक शिक्षामा जोड दिँदै आएको पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयमा कला प्रदर्शनी र विद्यार्थीरशिक्षक सम्मानसँगै त्रिदिवसीय बृहत् सांस्कृतिक कार्यक्रम विद्यालयको प्राङ्गणमा एक समारोहका साथ बुधबार उद्घाटन गरिएको छ । प्रमुख अतिथि पोखरा विश्वविद्यालयका उपकूलपति प्रा।डा। प्रेमनारायण अर्यालले विद्यालयमा प्रतिस्थापित सरस्वतीको प्रतिमामा पुष्पमाला अर्पण गरी उद्घाटन गरेको उक्त कार्यक्रममा विद्यार्थीद्वय संस्कृति थापा र जोसेफ तिमिल्सिनाका साथमा विद्यालयका तर्फबाट प्राचार्य नारायण बरालले स्वागत गरेका थिए । पहिलो दिन कक्षा नर्सरीदेखि कक्षा तीनसम्मका प्रस्तुतिहरू राखिएको उक्त कार्यक्रममा विविधतामयी नेपाली संस्कृतिलाई… पुरा पढौ

पोखरास्थित ग्लोवल कलिजियटको २८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

पोखरा । पोखराको रानीपौवास्थित ग्लोवल कलिजियट स्कूलको २८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार सम्पन्न भएको छ । सो अवसरमा मानव सेवा आश्रमलाई एक लाख रुपैयाँ सहयोग, शिक्षाविद् पवित्रमणि पौड्याललाई कार्यक्रममा सम्मान गरिएको थियो । यस्तै, शिक्षकहरु अशोक ओझा, नेपाल प्रसाद अधिकारी, नारायण प्रसाद सापकोटा, नारायण प्रसाद शर्मा, रविनाथ पन्त, विश्वशान्ति कुँवर थापा, वीरेन्द्रजंग गुरुङ, कर्मचारीहरु मोतीलाल तिमिल्सिना, कल्पना पन्त र आनन्दीदेवी रानाभाटलाई सम्मान गरिएको थियो । कार्यक्रममा गत वर्षको परीक्षामा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको… पुरा पढौ

साइनिङ स्टार बोर्डिङ्ग स्कुल २५ औं वर्षमा: विभिन्न सामाजिक कार्य गर्दै

पोखरा–६ लेकसाइडस्थित साइनिङ स्टार बोर्डिङ्ग स्कुल २५ औं वर्षमा प्रवेश गरेको छ । यसको अवसरमा विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । सोही अन्तर्गत आइतबारम रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३६ युनिट रगत संकलन भयो । प्रमुख अतिथि वडा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले पहिलो रक्तदाता विद्यालयका पूर्व विद्यार्थी सलिल बराललाई रक्तपोका हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए । प्रमुख अतिथि भट्टराईले पर्यटकिय क्षेत्र लेकसाइडमा रहेको विद्यालयले पर्यटन मैत्री शिक्षामा जोड दिनुपर्ने बताए । साथै वडाले गर्न लागेको… पुरा पढौ

चण्डी आधारभुत विद्यालयको ३७ औं वार्षिकोत्सव सम्पन्न

माघ २० पोखरा । कास्कीको रूपा गाउँपालिका वडा न १ फल्याङ्गकोटस्थित चण्डी आधारभुत विद्यालयको ३७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस शनिबार सम्पन्न भएको छ । समारोहको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरे । उद्घाटन गर्दै प्रमुख पौडेलले शिक्षाले व्यक्तित्व र संस्कार निर्माण गर्ने र समुन्नत समाज निर्माणमा महत्वपूर्ण भुमिका खेल्ने हुँदा सोही अनुसार लागि पर्न अनुरोध गरे । पौडेलले विकासमा बिना पूर्वाग्रह काम गर्नुपर्ने र त्यसबाट नै गुणस्तरीय र सबल विकास संभब हुने उल्लेख गरे । कार्यक्रममा… पुरा पढौ

पोखरा म्याराथन सफल बनाउन विद्यालय तथा विद्यालयका संस्था संग अन्तक्रिया

पोखरा । १८ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय सफल बनाउन पोखरा महानगरका विभिन्न विद्यालयहरु तथा विद्यालयका संस्थाहरु संगको एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगर शिक्षा महाशाखाको समन्वयमा शुक्रबार सम्पन्न अन्तक्रियामा सहभागिहरुले पोखरा म्याराथन सफल बनाउन प्रतिवद्धता जनाएका छन् । विशेष गरी १८ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई पूर्ण प्रविधिमैत्री बनाए संगै आयोजकले सहभागिहरुको संख्यामा समेत कोटा निर्धारण गर्दै अन्यलाई सहभागिलाई नन अफिसियल दौड ‘रन फर फन’मा सहभागि गराउने भएको छ । पोखरा म्याराथनको तयारी बारे जानकारी गराउँदै मञ्चका… पुरा पढौ

विश्व सिमसार दिवस : प्रतिभा माविका विद्यार्थीले चित्रमा उतारे सिमसार क्षेत्र

पोखरा, माघ १९विश्व सिमसार दिवसको अवसर पारेर पोखराको पालिखेचोकस्थित प्रतिभा माविले सचेतनामूलक चित्रकला प्रतियोगिता आयोजना गरेको छ ।विद्यालयको क्रिएटिभ माइन्डस क्लवले आयोजना गरेको उक्त प्रतियोगितामा कक्षा ११ र १२ का विज्ञान, व्यवस्थापन तथा होटल व्यवस्थापन विषयका विद्यार्थीले भाग लिएका थिए । फेवाताल सिरानको खपौदी क्षेत्रमा गएर स्थलगत रुपमै चित्र कोरेका करिब एकसय जना विद्यार्थीले शुक्रबार दिवसको अवसर पारेर विद्यालयमा प्रदर्शनी गरेका थिए ।विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार करिब एकसय जना विद्यार्थीले फेवातालको सिरान क्षेत्रमा रहेर सिमसार क्षेत्रलाई झल्काउने गरि चित्र… पुरा पढौ

लायन्स क्लव अफ साईनिङ्ग स्टारद्वारा न्यानो लुगा र शैक्षिक सामाग्री वितरण

पोखरा । लायन्स क्लव अफ साईनिङ्ग स्टारले हिमालय आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ । शुक्रवार मादी गाउँ पालिका चितेपानीमा रहेको विद्यालयका विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा सघाउ पुर्याउने उद्घेश्यले न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरिएको क्लवका अध्यक्ष पोषराज पौडेलले जानकारी दिए । विद्यालयमा आयोजित कार्यक्रममा लायन्स डिस्ट्रीक ३२५ एम का अन्र्तराष्ट्रिय गर्भनर भिमलाल पौडेल, क्लवका अध्यक्ष पोषराज पौडेलले विद्यालयमा अध्ययनरत गरिव तथा विपन्न परिवारका १४ जना विद्यार्थीलाई जाडोमा लगाउन ज्याकेट, स्वीटर र शैक्षिक सामाग्री वितरण… पुरा पढौ

दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभर्सिटी लेवल फुटसल प्रतियोगिता फागुनमा

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभर्सिटी लेवल फुटसल प्रतियोगिता फागुन पहिलो साता हुने भएको छ । फागुन ४ देखी ७ गते सम्म पोखरा रंगशालामा प्रतियोगिता हुनेछ । प्रतियोगिताको कास्की छनौट माघ २४ र २५ गते हुने आयोजकले जनाएको छ । प्रतियोगितामा हिसानमा आवद्ध विद्यालयहरुलाई सहभागीताका लागि हिसानले गण्डकीले अनुरोध गरेको छ । हिसान गण्डकीको सदस्य विद्यालय बिच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता… पुरा पढौ

शैक्षिक सुधार गर्दै गलकोट नगर

आधा दशक अगाडिसम्म गलकोटका बजारी तथा ग्रामीण क्षेत्रका विद्यालय जीर्ण थिए । काठ, माटो र ढुङ्गाले बनेका भवनमा पठनपाठन गरिन्थ्यो । डेस्क, बेञ्च अभावमा विद्यार्थी धुलोमै बसेर पढ्न बाध्य थिए । पानी पर्दा चुहिने र हावाहुरी चल्दा छानो उडाइने समस्याबाट यहाँका अधिकांश विद्यालय ग्रसित हुँदै आएका थिए । तर स्थानीय सरकार गठनपश्चात् अहिले भौतिकमात्रै होइन शैक्षिक सुधारसमेत हुँदै गएको छ । हटिया बजारदेखि गाउँगाउँका विद्यालय पक्की बनेका छन् । विद्यालयको भौतिक संरचना सुधार भएसँगै गलकोट नगरपालिकाले शैक्षिक गुणस्तरलाई अघि बढाउनतर्फ… पुरा पढौ

पोखरा महानगरको शैक्षिक गुणस्तरमा  विन्ध्यवासिनी मावि उत्कृष्ट प्रथम

पोखरा १३ माघ पोखराको बाटुलेचौरमा रहेको बिन्ध्यबासिनी माध्यमिक विद्यालय पोखरा महानगरपालिकाका सामुदायिक विद्यालय  मध्ये  उत्कृष्ट ठहरिएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ERO )को परीक्षणमा नेपाल भर प्रथम, शिक्षा विकास तथा मानवस्रोत विकास केन्द्रको परीक्षणमा नेपालभरि दोस्रो भएको सो विद्यालय पोखरा महानगरपालिका शिक्षा महाशाखा पोखराद्वारा २०७९ को एसइइ परीक्षाको नतिजा विश्लेषण गर्दा पोखरा महानगरपालिकामा संचालित ७९ ओटा सामुदायिक माध्यमिक विद्यालयमा औसत जिपिए ३.१८ प्राप्त गरी महानगर भित्रका सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजासहित प्रथम भएको हो । त्यस्तै पोखरा १२ मा संचालित… पुरा पढौ