शिक्षा

पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि सरस्वती आदर्शलाई

पोखरा । अमरसिंह खेल मैदानमा जारी बाह्रौं पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि सरस्वती आदर्श विद्या आश्रमले जितेको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनमा सम्पन्न विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधी संगै सरस्वती आदर्श विद्या आश्रमले नगद ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा वेसलाइन एकेडेमीले दोश्रो स्थान सहित नगद ३५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । त्यस्तै प्रतियोगितामा मेरिगोल्ड बोर्डिङ स्कुल र ज्ञान ज्योती विद्या कुञ्जले क्रमश तेश्रो र शान्तवना स्थान… पुरा पढौ

शिक्षा विधेयकमाथि संवैधानिक आयोगका पदाधिकारीको सुझाव

माघ ७ काठमाण्डौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकका सम्बन्धमा आज विभिन्न सात संवैधानिक आयोगसँग सुझाव लिएको छ । समितिको बैठकमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विक, आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा, मधेसी आयोगका अध्यक्ष विजयकुमार दत्त, थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, राष्ट्रिय समावेश आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सिना, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली र मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले विधेयकलाई थप परिमार्जन गर्न आग्रह गरे । उनीहरुले विधेयकमा देशभक्ति, रैथाने सीप,… पुरा पढौ

नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकीमा पौडेल

माघ ६ पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशको अध्यक्षमा रोमहर्षण पौडेल (कास्की) निर्वाचित भएका छन् । संगठन गण्डकीको शनिबार पोखरामा सम्पन्न अधिवेशनबाट पौडेलले अध्यक्षका अर्का प्रत्यासी हरिबहादुर लामिछाने (पर्वत)लाई २८ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । कास्कीका पौडेलले १५८ मत प्राप्त गर्दा लामिछानेले १३० मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा बलराम रानाभाट (नवलपुर)ले निर्वाचित भए । उनले प्रत्यासी चिरञ्जीवी अधिकारी (तनहुँ)लाई ११ मतान्तरले पराजित गरे । रानाभाटले १४९ मत प्राप्त गर्दा अधिकारीको पक्षमा १३८ मत खसेको थियो… पुरा पढौ

गुप्तेश्वर क्याम्पसमा एक करोड छ लाखको अक्षयकोष

माघ ६ पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनस्थित गुप्तेश्वर महादेव वहुमुखी क्याम्पसमा एक करोड छ लाख ८७ हजार ४८५ रुपैया बराबरको अक्षयकोष स्थापना भएको छ । क्याम्पसको १६ औं बार्षिकोत्सव समारोहमा स्थानीय समाजसेवी हरिप्रसाद लम्साल र सुमित्रा लम्साल दम्पत्तिले पुर्खाको सम्झनामा टिकाराम लम्साल स्मृति गरिव तथा जेहेन्दार छात्रवृत्ति अक्षयकोष स्थापनार्थ एक लाख ११ हजार १११ रुपैया बराबरको चेक हस्तान्तरण गरेसंगै अक्षयकोषको रकममा बृद्धि भएको हो । यसअघि गुप्तेश्वर गुफा महादेव अक्षयकोष एक करोड, इन्द्रेणी बचत तथा ऋण सहकारी… पुरा पढौ

नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकीको स्थगित अधिवेशन भोलि

पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशको नयाँ नेतृत्वका अन्तः निर्वाचनबाटै टुंगो लाग्ने भएको छ । प्रदेशको नेतृत्वकालागि आंकाक्षीहरुविच सहमती हुन नसकेपछि स्थगित भएको अधिवेशनले भोलि निर्वाचनमार्फत नै नयाँ नेतृत्व चयन गर्ने तयारी गरिएको हो । यसअघि गत पौष २७ गतेदेखि पोखरामा शुरु भएको संगठनको प्रहिलो प्रदेश अधिवेश मार्फत नयाँ नेतृत्व सहमतीमा चयन गर्ने भन्दै शुक्रबारसम्मका लागि स्थगित भएको थियो । तरपनि आंकाक्षीहरुविच सहमती हुन नसकेपछि भोलि निर्वाचनमार्फत नेतृत्व चयन गरिने श्रोतले जनाएको छ । श्रोतका अनुसार संगठन गण्डकी… पुरा पढौ

पोखराका १८ ज्येष्ठ प्राध्यापक एकै थलोमा सम्मानित

माघ ५ पोखरा । शुक्रवार एकै थलोमा १८ ज्येष्ठ प्राध्यापक सम्मानित भएका छन् । निवृत्त प्राध्यापक समाज पोखराले जुराएको सम्मानित हुने चाँजोपाँजोमा जोर्ज जोन, डा. एलियामा जोन, प्रा.डा. भूपति ढकाल कमल, प्रा.डा. भवानीप्रसाद पाण्डे, प्रा.डा. विजयराज शर्मा, डा. गेहेन्द्रमान उदास, प्रा. कृष्णप्रसाद अर्याल, गोविन्दप्रसाद जोशी, प्रेमबहादुर राई, पीताम्बर शर्मा, बालगोपाल अमात्य, उदयबहादुर अमात्य, पवित्रमणि पौडेल, टीकाराम कोइराला, उमाकान्त शर्मा, चतुर्भुज शर्मा पौडेल, दुर्गा बराल र ओमबहादुर कार्की रहेका छन् । समाजमा आवद्ध ७५ वर्ष माथिका निवृत्त प्राध्यापकलाई सम्मान गर्ने क्रममा… पुरा पढौ

जनप्रियमा सामुदायिक विद्यालयस्तरीय हाजिरी जवाफमा बाल मन्दिर प्रथम

माघ ५ पोखरा । पोखराको सिमलचौरस्थित जनप्रिय मा वि मा महानगरका सामुदायिक विद्यालय स्तरीय हाजिरीजवाफमा बाल मन्दिर मा. वि. प्रथम भएको छ । पोखरा–८ सिमलचौरस्थित विद्यालयको ५५ औं वार्षिकोत्सव ,अभिभाबक दिवस तथा पुरस्कार वितरण समारोह २०८० को पूर्वसन्ध्यामा आयोजित हाजिरी जवाफ प्रतियोगितामा बाल मन्दिर मा.वि. प्रथम भएको हो । यस्तै छोरेपाटन मा वि द्वित्तिय र जनप्रिय मा वि ले तृतीय स्थान प्राप्त गरे । प्रतियोगिताका विजेतालाई माघ १० गते विद्यालयको बार्षिकोत्सवको अवसरमा नगद र प्रमापत्र वितरण गरिने भएको जनाइएको छ… पुरा पढौ

स्याङ्जाको चापाकोट नगरपालिकाद्धारा सामुदायिक विद्यालयका विद्यार्थीका परिवारको निःशुल्क स्वास्थ्य बीमा

स्याङ्जाको चापाकोट नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएकाले अभिभावक र विद्यार्थीलाई आकर्षित गर्न निःशुल्क स्वास्थ्य बीमाको अवधारणा अघि बढाइएको हो । चापाकोट नगरपालिकाका नगर प्रमुख देवबहादुर खाणले १४औँ नगरसभाले पालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, अतिविपन्न तथा जेहेन्दार विद्यार्थीका परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने प्रस्ताव अनुमोदन गरेको जानकारी दिए । आफ्ना बालबालिकालाई पढाउन बजार जाने वा सुविधा भएका ठूला सहर जाने प्रवृत्तिका कारण पछिल्लो समय… पुरा पढौ

सामुदायिक विद्यालयका विद्यार्थीका परिवारको निःशुल्क स्वास्थ्य बीमा

वालिङ । स्याङ्जाको चापाकोट नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएकाले अभिभावक र विद्यार्थीलाई आकर्षित गर्न निःशुल्क स्वास्थ्य बीमाको अवधारणा अघि बढाइएको हो । चापाकोट नगरपालिकाका नगर प्रमुख देवबहादुर खाणले १४औँ नगरसभाले पालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, अतिविपन्न तथा जेहेन्दार विद्यार्थीका परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने प्रस्ताव अनुमोदन गरेको जानकारी दिए । आफ्ना बालबालिकालाई पढाउन बजार जाने वा सुविधा भएका ठूला सहर जाने प्रवृत्तिका कारण… पुरा पढौ

सहमति नजुटेपछि नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकीको अधिवेशन स्थगित

पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशको नयाँ नेतृत्वका लागि आंकाक्षीहरुविच सहमती हुन नसकेपछि अधिवेशन स्थगित भएको छ । यही पौष २७ गतेदेखि पोखरामा जारी संगठनको प्रहिलो प्रदेश अधिवेशमा संगठन कास्कीका जिल्ला अध्यक्ष रोमहर्षण पौडेल र वर्तमान कार्यवाहक अध्यक्ष हरिबहादुर लामिछानेविच सर्वसम्मत चयन हुन नसक्दा अधिवेशन स्थगित भएको हो । श्रोतका अनुसार संगठनको आगामी नेतृत्व सर्वसम्मतको प्रयासमा चयन गर्ने भन्दै यही माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ ।अध्यक्षको दौडमा रहेका कास्की जिल्ला समितिका वहालवाला अध्यक्ष पौडेल कोरोना कालमा… पुरा पढौ