दशैँ मनाउन बुटवलदेखि गलकोट आएकी रञ्जिता परियारले यसपालि घुमफिरका लागि नजिकको गन्तव्य टेउवालाई रोजिन । दशैँको भोलिपल्टै परियार र उहाँका साथीहरुले टेउवालाई लक्ष्य बनाए । घरदेखि झण्डै दुई घण्टा पैदलै हिँडेर उनीहरु टेउवा पुगे । त्यहाँको प्राकृतिक सौन्दर्यमा रमाए । निर्माणाधीन मूर्तिकला सङ्ग्रहालय अवलोकन गरे । दिनभरजसो त्यतै भुले । यसअघि सामाजिक सञ्जालमा टेउवाको फोटो÷भिडियो हेर्दा परियारलाई त्यहाँ कहिले पुगौँ जस्तो भइरहेको थियो । दशैँ बिदामा उहाँको धोको पुरा भएरै छाड्यो । “यहाँकोबारेमा फेसबुकबाट थाहा पाएकी थिएँ, साथीहरुले पनि भनिरहन्थे”,…
पुरा पढौ