फाइल तस्विर
पोखरामा शनिबार एक जना कोरोना संक्रमित महिलाको मृत्यू भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत पोखरा महानगरपालिका वडा नम्बर ९ की ६२ वर्षिया महिलाको कोरोनाका कारण मृत्यू भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यू हुनेको संख्या ७६ पुगेको छ ।

कात्तिक १३ गते संक्रमण पुष्टि भएकी ती महिलाको शनिबार विहान ८ बजे मृत्यू भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएकी उनमा मधुमेह र निमोनियाको समस्यापनि रहेको अस्पतालले बताएको छ ।
मृतक महिलाको शव ब्यबस्थापनको तयारी भइरहेको जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,साउन १४जापानको आइची नागोया सहरमा आयोजना हुने २० औँ एसियाली खेलकुदका सहभागी…





