पोखरामा आगलागी हुँदा एकै परिवारका ४ जना घाइते


     एभरेस्ट आवाज    
     कार्तिक १५ गते २०७७ मा प्रकाशित




सांकेतिक तस्विर


कार्तिक १५ पोखरा । पोखरामा ग्यास लिक भएर आगलागी हुँदा एकै परिवारका ४ जना घाइते भएका छन् ।

पोखरा महानगरपालिका–१९ पुरन्चौरमा डेरा गरि बस्ने गोरखा स्थायी घर भएका शेर बहादुर गुरुङले चुरोट सल्काउने क्रममा ग्यास लिक भइरेका कारण आगलागी हुँदा गुरुङ सहित उनकी श्रीमति र दुई छोरा घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

घाइतेलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा ल्याइएको प्रहरीद्वारा प्रेसित विज्ञप्तीमा जनाइएको छ ।

सो घटनामा ५४ वर्षिय गुरुङ र उनकी ४५ वर्षिया श्रीमति देउकुमारी को अवस्था मध्यम रहेको छ भने छोरा वर्ष १५ को कृष्ण र उनका भाईका छोरा वर्ष ३७ का मन बहादुरको अवस्था सामान्य रहेको जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।