गण्डकी

३ क्याम्पसका विद्यार्थी र प्राध्यापकलाई युआरएलमा छुट

पोखरा, २८ जेठपोखरा महानगरका ३ क्याम्पसका प्राध्यापक, विद्यार्थी, कर्मचारी र क्याम्पस परिवारले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)का सेवामा छुट पाउने भएका छन् । गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युआरएलसँग कालिका बहुमुखी क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पस र कालिका बहुमुखी क्याम्पसको छुट्टाछुट्टै सम्झौता भएको छ ।यी क्याम्पसका विद्यार्थी, प्राध्यापक, कर्मचारी तथा क्याम्पस सञ्चालक समितिका सदस्य र सिनेटरले युआरएलका हरेक रक्त परीक्षणमा ३० प्रतिशत छुट पाउने छन् । सेवा लिन उनीहरुले क्याम्पसले जारी गरेका परिचयपत्रसहित आउनुपर्ने र यो सम्झौता… पुरा पढौ

दुबई-पोखराको उडानका लागि टिकट बुकिङ खुल्ला, आउन ४० हजार, जान ५७ हजार

पोखरा दुबई उडानका लागि टिकट बुकिङ खुलेको छ। पोखराबाट सिधैं मध्यपूर्वको गन्तव्यसम्म जोड्नेगरि आगामि सेप्टेम्बर २३ देखि हुने पोखरा–दुबई उडानका लागि टिकट बुकिङ खुल्ला भएको हो । यसअघि यो रुटमा हवाई सेवा सञ्चालन गर्ने तय भएको थियो । प्रारम्भिक रुपमा एकमहिनाका लागि यो रुटमा उडान गर्नका लागि फ्लाई दुबईले नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०बाट अनुमति लिएको छ। २३ सेप्टेम्बरबाट सुरु हुने पहिलो उडान एकमहिनापछि २४ अक्टोबरमा सकिनेछ। दुबईबाट पोखरा आउँदा यात्रुले कम्तिमा ४० हजार ६ सय ७८ रुपैयाँ भाडा तिर्नुपर्नेछ।… पुरा पढौ

विन्ध्येश्वरी आदर्श स्कुलमा अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न

पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । आधारभुत तहमा अध्ययनरत विद्यार्थी सहभागि भएको प्रतियोगितामा पहेँलो सदनबाट कक्षा ८ की छात्रा सृष्टिका कोइराला, कक्षा ७ का छात्रछात्राद्वय साधना गिरी र बसन्त न्यौपाने र कक्षा ६ की छात्रा दिया क्षेत्री प्रथम र रातो सदनबाट कक्षा ८ का छात्र आदित्य लम्साल, कक्षा ७ का छात्राहरु रुपा ठकुरी र अदिती तिमिल्सिना र कक्षा ६ का छात्र सखिम बास्तोला प्रथम भएका छन् । विजयी विद्यार्थीलाई विद्यालयका प्रिन्सिपल कृष्णकुमार… पुरा पढौ

‘पुरुषलाई नाई भन्न नसक्दा महिलाको यौन तथा प्रजनन् अधिकार असुरक्षित’

सन्देश श्रेष्ठपोखरा, जेठ २८ नेपालको कानूनले महिलाको यौन तथा प्रजनन् अधिकार सुरक्षित गरेको छ । यहि कानूनले महिलालाई ‘मेरो शरीर, मेरो अधिकार’ प्रदान गरेको छ । तर कानूनले दिएको यहि अधिकार महिलाले प्रयोग नगर्दा अहिले पनि यौन तथा प्रजनन् अधिकार सुरक्षित नरहेको पोखरामा फोरम फर वीमन ल एण्ड डेभलभपमेन्ट (एफडब्लुएलडी)ले ‘महिलाको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार’ सम्बन्धी विहीबार कार्यक्रमका सहभागीहरुले बताएका छन् । उनीहरुको निश्कर्ष छ कि ‘नाई नभनेकै कारण महिलाको यौन तथा प्रजनन् अधिकार कुण्ठित छ । कार्यक्रममा सहजीकरण… पुरा पढौ

कन्चन क्यापिटलले रक्तदान गर्ने

कन्चन क्यापिटल प्रा.लिले रक्तदान कार्यक्रम गर्ने भएको छ । संस्थाको सातौं वार्षिकोत्सवको अवसर पारेर यही असार ४ गते बिहीबार कार्यक्रम आयोजना गरिएको हो । अर्चलवोटस्थित कञ्चन डिपार्टमेण्टल स्टोर परिसरमा विहान ८ बजेदेखि रक्तदान कार्यक्रम शुरु हुने प्रा.लिका अध्यक्ष नितिन बज्राचार्यले जानकारी दिए । पोखरामा रगत अभाव भईरहेका बेला सामाजिक उत्तरदायित्व बहन गर्दै कार्यक्रम आयोजना गरिएको अध्यक्ष बज्राचार्यले बताए । उनले मानव सेवाको ठुलो कार्य रक्तदान नै भएकाले सो कार्यक्रममा सहभागि हुन आग्रह समेत गरेका छन् । केही दिन अगाडी प्रादेशिक… पुरा पढौ

एक महिनामै कास्की प्रहरीमा २ सय ६ वटा मुद्धा दर्ता, सबैभन्दा बढी वैंकिङ कसुरका

कास्की प्रहरीमा एक महिनाको अवधिमा २ सय भन्दा बढी मुद्धा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, कास्कीले आज पत्रकार सम्मेलनको आयोजना गरी जेठ महिनामा मात्रै बिभिन्न प्रकारका २ सय ६ वटा मुद्धा दर्ता भएको जानकारी दिएको छ । जसमा सबैभन्दा बढी वैंकिङ कसुरका ६६ वटा मुद्धा परेको सुचना अधिकारी विरेन्द्र पासवानले जानकारी दिए । अभद्र व्यवहारका ४०, ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभका २० र लागु औषधका १४ वटा छन् । लागु औषधका मात्रै २ महिलासहित २० जना पक्राउ… पुरा पढौ

कास्की प्रशासनमा पत्रकार महासंघको धर्ना, सुचना तथा विज्ञापन सम्वन्धि विभेदकारी निर्णय खारेज गर्न माग

वर्तमान सरकारले ल्याएको विज्ञापन नीतिको विरोध गर्दै नेपाल पत्रकार महासंघ, कास्की शाखाले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ । सुचना तथा विज्ञापन सम्वन्धि विभेदकारी निर्णय खारेजको माग गर्दै पोखराका पत्रकारले कास्की प्रशासन अगाडी एक घण्टा धर्ना दिएका हुन् । विहान ११ देखि मध्यान्ह १२ बजेसम्म महासंघ कास्कीको अगुवाईमा भर्ना दिईएको कास्की शाखाका अध्यक्ष माधव बरालले जानकारी दिए । उनले सरकारले निर्णय नसच्चाएसम्म आन्दोलन जारी रहने बताएका छन् ।केन्द्रको सर्कुलर अनुसार शुक्रबार पनि बिहान १० वजे देखि ११ बजेसम्म धर्नालाई निरन्तरता… पुरा पढौ

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामेरा नियन्त्रणमा लिएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ खोला पुल नजिकै बुधबार साँझ ५ः०० बजे बिना अनुमति ड्रोन क्यामेरा उडाइरहेको अवस्थामा भेटिएपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङले भारतीय पर्यटकको एक थान ड्रोन क्यामेरा नियन्त्रणमा लिएको जनाएको छ ।भारत विहार प्रदेश वैशाखी जिल्लाका २६ वर्षीय नागरिक शिवम कुमारको डिजिएल कम्पनीको २४० ग्राम वजनको ड्रोन क्योमरा प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए… पुरा पढौ

नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न

कुनै पनि बिषयमा विधिसम्मत ढङ्गले गरिने अनुसन्धानले मात्रै सार्थकता पाउने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालय, अनुसन्धान निर्देशनालयद्वारा पोखरामा सञ्चालित गोष्ठीमा सहभागि शिक्षाविद्ले अनुसन्धान अघि गरिने छलफलले प्रतिवेदनलाई सार्थक बनाउने बताए । भैरहवा बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. त्रिभुवन बरई र पृथ्वीनारायण क्याम्पस पोखराका उपप्राध्यापक डा. श्रीधर न्यौपानेले प्रस्तुत गरेको ‘समसामयिक नेपाली कवितामा पर्यावरणीय सचेतता’ शीर्षकमा अनुसन्धान गर्नु पुर्व गोष्ठीको आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्रा.डा. दुविनन्द ढकालले यस प्रकारको गोष्ठीले… पुरा पढौ

बेगनासताल खुल्ला डुंगा दौड प्रतिगोगिताको उपाधी फेवालाई

लेखनाथ, २७ जेठ । बेगनासताल डुंगा व्यवसायी समितिको आयोजनामा बुधबार आयोजित छैटौं संस्करणको खुला डुंगा दौड प्रतियोगिताको उपाधि फेवा डुंगा व्यवसायी संगठनले हात पारेको छ । प्रतियोगिताको महिला र पुरुषतर्फको दुवै प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो स्थानमा जित हासिल गर्दै फेवाले उपाधी कब्जा गरेको हो । महिला तर्फ एक हजार मिटरको दुरीमा भएको प्रतिष्पर्धामा २० मिनेट १६ सेकेण्डमा निर्धारीत दुरी पार गर्दै फेवा डुंगा ब्यवसायि समितिको सन्तमाया जलारीको टिमले प्रथम स्थान हासिल ग¥यो भने फेवाकै उषा गुरुङको समुहले २० मिनेट… पुरा पढौ