स्वास्थ्य

‘कुनमिङ सहरले पठाएको स्वास्थ्य सामाग्री पोखरा आईपुग्यो’

पोखरा महानगरपालिकालाई चीनको भगिनी सहर कुनमिङले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कुनमिङ सहरबाट आएको स्वास्थ्य सामाग्री आइतबार पोखरा महानगरलाई हस्तान्तरण गरिएको छ ।पोखरा महानगरका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृतलाई संयूक्त रुपमा नेपाल चीन जनमैत्री संघ पोखराका अध्यक्ष विश्वशंकर पालिखेले हस्तान्तरण गर्नुभयो । कुनमिनले २० हजार सर्जिकल मास्र्क, दुई हजार पीस केएन९५ मास्र्क, ७ सय ५० पीस पिपिई ग्राउण्ड र चार सय थर्ममिटर सहयोग गरेको पालिखेले बताउनुभयो । पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले कोरोना भाइरससंगको… पुरा पढौ

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ८५ पुग्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ८५ पुगेको छ। स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार बिहान पौने १० बजे अद्यावधिक गरेको विवरण अनुसार प्रदेशमा हालसम्म ५ हजार ६ सय ८५ कोरोना संक्रमितको संख्या उल्लेख छ। स्वास्थ्य निर्देशनालयले जनाए अनुसार प्रदेशको नवलपरासी सुस्ता पूर्व जिल्लामा एकैपटक ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तिमध्ये गैँडाकोट नगरपालिकामा ३ र देवचुली पालिकाको २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। गैडाकोट नगरपालिकाका ४० वर्षीय २७ वर्षीय र ४२ वर्षीय पुरुषहरुमा कोेरोना संक्रमण पुष्टि… पुरा पढौ

कोभिड–१९ को संक्रमणका कारण ७ सय १५ जनाले ज्यान गुमायो

कोरोना भाइरसका कारण हालसम्म नेपालमा ७ सय १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शुक्रबार मात्रै २१ जना संक्रमितको ज्यान गएको छ। कोरोना भाइरसको संक्रमण बढेसँग ज्यान गुमाउनेको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको हो। पछिल्लो २४ घन्टामा ४ हजार ३ सय ९२ जनामा कोरोना देखिएको छ भने २१ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २१ जनाको संक्रमितको ज्यान गएको पुष्टि भएको छ। त्यस्तै, काठमाडौंमा सबैभन्दा बढी सक्रिय संक्रमितको संख्या १६… पुरा पढौ

कास्की प्रशासनले भन्यो : घरमै बसेर दशैं मनाउनु, मठ मन्दिर नधाउनु

जिल्ला प्रशासन कार्यालय कास्कीले आफू जहाँ बसेको छ त्यहिं बसेर दशैं मनाउन कास्केली जनतालाई अपिल गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले एक सूचना जारी गरी विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) को जोखिम कायम रहेको र बडादशैंको समयमा भीडभाड र चहलपहल बढ्दा संक्रमणको जोखिम थप बढ्ने भन्दै घरमै बसेर दशैं मनाउन अपिल गरेका हुन् । प्रशासनले जारी गरेको सूचनामा दशैंको अवसरमा शक्ति पीठहरु नखोल्न, नखोलाउन आग्रह गरिएको छ । कोरोना संक्रमणको जोखिम उच्च हुने भएकाले… पुरा पढौ

अत्यावश्यक पर्दा ३ घण्टामै पिसीआर रिपोर्ट दिने दाबी

पोखरामा नीजि क्षेत्रले सञ्चालन गरेको कोरोना परिक्षणको रिपोर्ट ३ घण्टामै आउने भएको छ । सरकारले कोभिड–१९ को परिक्षण गर्ने अनुमति दिएपनि पिसीआर जाँच गर्न शुरु भइनसकेको पोखरामा लाइफकेयर डाइग्नोस्टिक प्रा.लि. (लाइफकेयर ल्याब)ले पिसीआर परिक्षण शुरु गर्दै त्यसको रिपोर्ट सामान्यतया २४ घण्टामा दिने भएपनि अत्यावश्यक परेको खण्डमा ३ घण्टामै दिने दाबी गरेको हो । पोखरामा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र प्रदेश स्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेशमा मात्र पिसीआर जाँच हुँदै आएको थियो । पोखराको चरक हस्पिटलसहित विभिन्न अस्पतालले स्वाब संकलन गरेपनि पिसीआर जाँच… पुरा पढौ

चापाकोटमा रेबिज विरुद्धको खोप लगाउने कार्यक्रम सम्पन्न

हिमालयन एनिमल रेस्क्यु ट्रस्ट ९हार्ट नेपाल०को आयोजनामा पोखरा महानगरपालिका वडा नम्बर २३ चापाकोटमा रहेका सडक सामुदायिक एवं घर पालुवा कुकुर बिरालोलाई रेबिज विरुद्धको खोप लगाइएको छ । विश्व पशु दिवस अवसर पारेर हार्ट नेपालले निशुल्क रेबिज विरुद्धको खोप लगाएको हो ।सो अवसरमा ४५ कुकुर बिरालोलाई खोप लगाइएको हार्ट नेपालले जनाएको छ । चापाकोटमा विगत ५ वर्षदेखि हार्टले हरेक वर्ष यसरी नै कुकुर बिरालोलाई रेबिज विरुद्धको खोप लगाउदै आएको छ । यसका साथै हार्टले पोखराभरि नै बिगत १० वर्ष देखि रेबिज… पुरा पढौ

‘देशभरका कारागारहरुमा कोरोनाको जोखिम उच्च’

राष्ट्रिय मानव अधिकार आयोगले देशभरका कारागारहरुको अवस्था बुझ्न शुरु गरेको छ । सदस्य सुदीप पाठक तथा अर्का सदस्य यज्ञ अधिकारीको नेतत्वमा राष्ट्रिय मानव अधिकार आयोगको टोली विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) कारण कैदी बन्दीहरुको अवस्था बुझ्न देशभरका कारागारहरुको अनुगमनका लागि देश दौडाहामा छुट्टाछुट्टै निस्किएको हो । पूर्व ईलामबाट कारागारको अनुगमन गर्न शुरु गरेको राष्ट्रिय मानव अधिकार आयोगको पाठक नेतृत्वको टोली झापा, सुनसरी, सिराहा, जुम्ला, सुर्खेतहुँदै कास्की आइपुगेको हो । कोरोनाको प्रभाव कैदी बन्दीमा कस्तो छ भनेर बुझ्न… पुरा पढौ

रुपाले आफ्नै एम्वुलेन्स सञ्चालनमा ल्याउने

कास्कीको रुपा गाउँपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । नेपालस्थित भारतीय दुतावासले रुपा गाउँपालिकालाई उपहार स्वरुप एम्वुलेन्स दिएपछि गाउँपालिकाले सो एम्वुलेन्स सञ्चालनमा ल्याउन लागेको हो । महात्मा गान्धीको १५१ औँ जन्म जयन्तीका अवसरमा भारतीय दुतावासले रुपा गाउँपालिकालाई एम्वुलेन्स उपहार दिएको थियो । कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद खगराज अधिकारीको पहलमा भारतीय दुतावासबाट प्राप्त सो एम्वुलेन्सको चावी अधिकारी स्वयम्ले गाउँपालिका अध्यक्ष नवराज ओझालाई हस्तान्तरण गरे । हस्तान्तरित एम्वुलेन्स १ हप्ताभित्र सञ्चालनमा आउने अध्यक्ष ओझाले बताए ।… पुरा पढौ