स्वास्थ्य

महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क यातायात

कार्तिक २ काठमाण्डौं । महिला स्वास्थ्य स्वयंसेविकाहरुले कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पहलमा यातायात व्यवसायीले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको सक्रियतामा मन्त्रालयमा उक्त समझदारी भएको हो । यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँगको सहमतिपछि आज मन्त्रालयमा यससम्बन्धी समझदारी भएको हो । यही कात्तिक १५ गतेदेखि उक्त व्यवस्था लागू गर्न मन्त्री पौडेलले गरेको आग्रहमा महासङ्घका अध्यक्ष विजयबहादुर स्वारले सहमति जनाएका हुन्… पुरा पढौ

देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

कार्तिक २ काठमाण्डौं । बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीला विक्रम थापाले कात्तिक २ र ३ गते ५ वर्ष मुनिका बालबालिकालाई लक्षित गरी कार्यक्रम गरिने बताए । उनले सात सय ५३ स्थानीय तहमा यस्को व्यवस्था रहेको जनाउँदै पायकपर्ने स्थान विद्यालय, वडा कार्यालयमा स्वस्थ्य स्वयंसेविकालाई परिचालन गरिएको बताए । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत हरेक वर्ष ६ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल… पुरा पढौ

भोलि र पर्सि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

सरकारले भोलि कात्तिक २ गते शुक्रवार र पर्सि ३ गते शनिवार देशैभर भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत पाँच वर्ष मुनिका बालबालिकालाई औषधि खुवाउन लागिएको जनाएको छ । साथै, १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि नियमित खोप छुटेको छ भने पाँच वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले थप जानकारीका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा… पुरा पढौ

देशभर १९ हजार जना डेङ्गुबाट सङ्क्रमित

देशभर डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेङ्गु सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् । डेङ्गु सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेङ्गु सङ्क्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको छ । काठमाडौँमा डेङ्गु सङ्क्रमणबाट हालसम्म तीन हजार एक सय तीन जना प्रभावित बनेका छन् । यस्तै कास्कीमा दुई हजार आठ सय ४७ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ… पुरा पढौ

चितवनमा तीन सय ८६ जनामा स्क्रब टाइफस पुष्टि

असोज २९ चितवन । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन सय ८६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । साउनयता दुई हजार १४४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये एक सय ९६ जना चितवनका र एक सय ९० जना जिल्लाभन्दा बाहिरका रहेका जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पट्टेलले जानकारी दिए । सङ्क्रमितमध्ये सो अवधिमा एक जनाको मृत्यु भएको उनले बताए । जिल्लामा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा सङ्मित देखिएका छन् । पट्टेलका अनुसार भरतपुर… पुरा पढौ

दशैमा पाएनन ११ जिल्लाका शिक्षकले तलव भत्ता

पोखरा । नेपालीहरुको महान् पर्व दशै भित्रिसक्दापनि विभिन्न ४ प्रदेशका ११ जिल्लाका सामुदायिक विद्यालयका शिक्षकहरुले तलव भत्ता नपाएको गुनासो गरेका छन् । मधेश, बागमती, कर्णाली र सुदुरपश्चिमका ११ वटा जिल्लाका ३८ वटा स्थानिय तहका सामुदायिक विद्यालयका शिक्षकहरुले तलव भक्ता नपाएको जनाइएको छ । सोही सम्बन्धमा नेपाल राष्ट्रिय शिक्षक संगठनले एक प्रेस विज्ञप्ती जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संगठनका महासचिव हंसबहादुर शाहीद्वारा हस्ताक्षरित विज्ञप्तीमा विभिन्न जिल्लाका स्थानीय तहहरूले शिक्षकहरूको चाडपर्व खर्च तथा नियमित तलब भत्ता निकासा नगरिँदा आम… पुरा पढौ

गण्डकी प्रदेशमा डेङ्गुबाट ७ को मृत्यु

डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको मृत्यु भएको थियो । त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष, साउन ३१ गते कास्कीकै ५२ वर्षीया महिला र भदौ १९ गते म्याग्दीका ६१ वर्षीया पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कास्कीमा भदौ २१, असोज २ र १४ गते गरी क्रमशः ८१, ७० र ७५ वर्षीया महिलाको… पुरा पढौ

देशभर सञ्चालित आँखा अस्पतालबाट बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिने

काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घले विश्व दृष्टि दिवसका अवसरमा यही असोज २३ गते बुधबार बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने भएको छ । सङ्घअन्तर्गत देशभर सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रमा विश्वदृष्टि दिवसका अवसरमा बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्न लागिएको हो । सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार यो वर्षको विश्व दृष्टि दिवसमा विश्व स्वास्थ्य सङ्गठन र ‘इन्टरनेशल ऐजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस’ (आइएपिबी)ले बाल आँखा स्वास्थ्यलाई प्राथमिकता दिएकाले नेपाल नेत्रज्योति सङ्घले पनि बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने भएको… पुरा पढौ

समोसामा कीरा भेटिएपछि २० हजार जरिवाना

ग्राहकको स्वास्थ्यमाथि पटकपटक खेलवाड गरेको भन्दै लहानको माखन भोग होटललाई खाद्य तथा गुण नियन्त्रण कार्यालयले। रु २० हजार जरिवाना गरेको छ । लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोको नेतृत्वमा मङ्गलबार गरिएको बजार अनुगमनका क्रममा उक्त होटलका समोसामा कीरा फेला परेपछि जारिवाना गरिएको हो । उपप्रमुख महतोको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय, घरेलुु तथा साना उद्योग कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्चसहितको संयुक्त टोलीले अनुगमन गरेको हो । अनुगमन टोलीले कृष्णा सप्लायर्समा पनि लाखौँ मूल्य बराबरका म्याद गुज्रिएको पेयपदार्थ फेलापरेको छभने ऋषिजल पानी… पुरा पढौ

गण्डकी प्रदेशका स्वास्थ्यमन्त्रीको स्वास्थ्य क्षेत्र सुधार कार्ययोजना सार्वजनिक

गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्र सुधारको लक्ष्यसहित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना सार्वजनिक गरेको छ । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मङ्गलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत स्वास्थ्य क्षेत्रको नीतिगत, संस्थागत र संरचनागत सुधारको खाकासहित भावी कार्ययोजना प्रस्तुत गरेका हुन । मन्त्री पाठकले नागरिकलाई सर्वसुलभ र गुणस्तीय सेवा प्रवाहका लागि आवधिक योजना बनाएर आफूले काम सुरुआत गरेको बताए । “स्वास्थ्य क्षेत्रको आधारभूत तहदेखि सुधारका कामलाई तीव्रता दिन्छौँ, मन्त्रालयको सिङ्गो टिम कार्ययोजना कार्यान्वयनका लागि प्रतिबद्ध छ”, उनले भने, “सङ्घ र प्रदेशको स्वास्थ्य नीति,… पुरा पढौ