स्वास्थ्य

भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा चिसोले दुईको मृत्यु

चिसोका कारण जाजरकोटमा दुई जना वृद्धको मृत्यु भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो । कार्की र सिंह दुवै दमका दीर्घरोगी भएको र चिसोका कारण रोगले च्याप्दै गएपछि दुवैको मृत्यु भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए । उनका अनुसार भूकम्पपछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजारभन्दा बढी घरपरिवार त्रिपालमुनि बस्दै आएका छन् । त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी… पुरा पढौ

प्रधानमन्त्री दाहालद्वारा आँबुखैरेनीमा अस्पतालको उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तनहुँको आँबुखैरेनी–३ मा निर्मित अस्पतालको आज उद्घाटन गरेका छन । सञ्चालनमा आएको एक वर्षपछि उक्त अस्पतालको प्रधानमन्त्री दाहालले उद्घाटन गरेका हुन। आँबुखैरेनी गाउँपालिकाले गत वर्षको मङ्सिर १ गतेदेखि स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पतालका रुपमा सेवा सुरु गरेको थियो । अस्पतालबाट आकस्मिक, आधारभूत प्रयोगशाला, एक्स–रे, भिडियो एक्स–रे, इसिजी, फार्मेसीलगायत सेवा सुरु गरिएको छ । अस्पतालमा एक जना वरिष्ठ चिकित्सक र दुई जना मेडिकल अधिकृतको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । अस्पतालमा एक्स–रे सेवासमेत सञ्चालनको तयारी… पुरा पढौ

गाउँगाउँमा पुगेर गर्भवतीको निःशुल्क भिडियो एक्सरे

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा गर्भवतीका लागि गाउँगाउँमा पुगेर निःशुल्क अल्ट्रासाउण्ड (भिडियो एक्सरे) सेवा प्रदान गर्न सुरु गरिएको छ । गर्भमा रहेको शिशु र आमाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन वडामा रहेका स्वास्थ्यचौकी तथा आधारभूत स्वास्थ्य एकाइमार्फत स्वास्थ्यकर्मीले निःशुल्क भिडियो एक्सरे सेवा दिन सुरु गरेका गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले जानकारी दिए। विभिन्न नौ वटा संस्थाबाट पालिकाभित्र रहेका एक सय ६० गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गरेको उनले बताए । भिडियो एक्सरेबाट आमा र गर्भमा रहेको बच्चाको… पुरा पढौ

गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकलाई राहतमा प्राथमिकता: प्रधानमन्त्री

जानकी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई राहत वितरणमा प्राथमिकता दिएको बताएका छन् । रोल्पा जिल्ला अस्पताल र थबाङको मोटरेवल पुल उद्घाटनका लागि नेपालगञ्जबाट रोल्पा प्रस्थान गर्ने क्रममा पत्रकारसँग कुरा प्रधानमन्त्री दाहालले सरकारले भूकम्पपीडितका लागि राहत वितरणमा कुनै कसर बाँकी नराखेको समेत बताए। “राहत व्यवस्थापनका लागि सरकारले पहिलो प्राथमिकतामा महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई प्राथमिकतामा राखेको छ”, प्रधानमन्त्रीले दाहालले भने, “राहत वितरण प्राथमिकताका आधारमा भइरहेको छ ।” नेकपा ९माओवादी केन्द्र०का… पुरा पढौ

मनाङमा अस्पताल निर्माण गर्न जग्गा दान

‘एउटा स्थानीय तह, एउटा अस्पताल’अन्तर्गत हिमाली जिल्ला मनाङमा अस्पताल निर्माण गरिने भएको छ । नासो गाउँपालिकामा अस्पताल निर्माणका लागि स्थानीय डा. देवीजङ्ग गुरुङले जग्गा दान गरेका छन । गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङको समन्वयमा उनले जग्गा दान गरेका हुन । नासो–५ थोचेस्थित ‘हिमालयन फ्यामली हेल्थकेयर’को स्वामित्वमा रहेको उक्त जग्गा अस्पताल निर्माणका लागि पालिकालाई दिएको अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार छ रोपनी ११ आना जग्गामध्ये पाँच रोपनी अस्पताल निर्माण गर्न पालिकालाई दान गरिएको छ । मनाङमा जन्मिएर अमेरिकामा बस्दै आउनुभएका… पुरा पढौ

स्वास्थ्य क्षेत्रका सबै रणनीति पास भएका छन् : मन्त्री बस्नेत

कार्तिक २२ ललितपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले १६ वर्षदेखि पास हुन नसकेका स्वास्थ्य क्षेत्रका सबै रणनीति पास भइसकेको बताएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित ‘सुआहारा बहुक्षेत्रीय पोषण कार्यक्रम’अन्तर्गत दोस्रो चरणको सिकाइ तथा उपलब्धिको समीक्षा कार्यक्रममा उनले आफू स्वास्थ्यमन्त्री भएर आएपछि स्वास्थ्य क्षेत्रको सुधारका लागि गरेको प्रयासबारे जानकारी गराउँदै धेरै सुधारमा काम गरे पनि अझै धेरै काम गर्न बाँकी रहेको बताए । “१६ वर्षदेखि स्वास्थ्य क्षेत्रका रणनीति पास हुनसकेका थिएनन् । म आएपछि ती सबै पास गरेर… पुरा पढौ

कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै

कोरोना भाइरसविरुद्ध ल्याइएको ४० लाख मात्रा खोप खेर जान थालेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप ४० लाख मात्रा प्रयोग नगरी म्याद सकिने थालेको हो । बुस्टर डोजका रुपमा प्रयोग गर्न नमिल्ने भएपछि साढे दुई वर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारणमा तीन खोप थन्किएका छन् । चीन सरकारबाट अनुदानमा २०७८ वैशाख १२ र १४ गते उक्त खोप आएको थियो । वैशाख १२ गते ३४ लाख ४३ हजार तीन सय ६० मात्रा र वैशाख १४ गते… पुरा पढौ

बागलुङमा बाटोको पहुँच पुग्यो, घरमै सुत्केरी हुने घटे

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिनुपूर्व बागलुङको निसीखोला जिल्लाकै दुर्गम मानिन्थ्यो । स्वास्थ्य, शिक्षालगायतका विकासमा निकै पछाडि थियो । अशिक्षा र गरिबीका कारण यहाँका नागरिकले अनेकौँ समस्या भोग्दै आएका थिए । सानै उमेरमा विवाह गर्ने, विवाह गर्ने उमेरमा तीन–चारवटा बच्चा जन्माउने गर्थे । तर अहिले यो अवस्था निकै परिवर्तन भएको छ । नियमित गर्भ जाँचदेखि बच्चालाई खोपसमेत समयमै लगाउँदै आएका छन् । केही वर्ष अगाडिसम्म यहाँका महिलाले घरमै बच्चा जन्माउँथे । सरकारले ‘शून्य होमडेलिभरी’को नीति ल्याए पनि निसीखोलामा कार्यान्वयन गर्न… पुरा पढौ

संबृद्धि सहकारीको रक्तदानमा ६७ प्वाईन्ट रगत संकलन

पोखरा । पोखरा महानगरपालिका वडा नंं २७ मा रहेको संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार तालचोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६७ जनाले रक्तदान गरेका छन् । रगतको अभाव भएपछि रक्त संचार केन्द्रको आब्हानमा भएको रक्तदान कार्यक्रममा नयाँ र पुराना गरी ६७ जना रक्तदाताले रक्तदान गरेका हुन । पहिलो रक्तदाता कुमार पण्डित क्षेत्रीलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारंभ गर्दै, पोखरा महानगपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले अझै पनि रक्तदानका विषयमा मानिसहरुमा चेतनाको अभाव रहेको बताए । हरेक… पुरा पढौ

आज देखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकोको औषधि खुवाइँदै

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाउन थालेको हो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले देशभरिका महिला स्वास्थ्य स्वयंसेविकाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन थालेको जानकारी दिए । आर्थिक वर्ष २०८०÷८१ को नियमितरूपमा पहिलो चरणमा यही कात्तिक २ र ३… पुरा पढौ