स्वास्थ्य

वात्सल्य आई. भि. एफ. सातौं वर्षमा प्रवेश, ७ हजार बढी दम्पत्ती लाभान्वित

भदौ २० पोखरा । निःसन्तान दम्पत्तीहरुको सन्तान प्राप्तीको उपचार पद्धतीका क्षेत्रमा काम गर्दै आइरहेको वात्सल्य आई. भि. एफ. क्लिनिक स्थापनाको सातौं वर्षमा प्रवेश गरेको छ । नेपालमा आधुनिक आई.भी.एफ.मा अग्रणी भूमिका खेल्दै आएको संस्था बुधबारबाट सातौं वर्षमा प्रवेश गरेको हो । स्थापनको सात वर्षमा प्रवेश गरेको क्लिनिकबाट हालसम्म सात हजार बढी दम्पत्तीले लाभ लिएको जनाइएको छ । क्लिनिकबाट सेवा लिने मध्य आई. भी. एफतर्फ तीन हजार बढी, आई. भी.एफतर्फ एक हजार ८ सय बढी, आई. यू. आई.मा दुई हजार दुई… पुरा पढौ

लम्पी स्किन रोगबाट देशभर ५२ हजारभन्दा बढी पशुको मृत्यु

काठमाडौँ । कृषि तथा पशुपक्षीमन्त्री डा बेदुराम भुसालले लम्पी स्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म १५ लाख १९ हजार सात सय ७९ पशु सङ्क्रमित भएको जानकारी दिएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले सरकारले उपचारमा सक्दो प्रयास गरिरहेको समेत दाबी गरे । हालसम्म उपचार पश्चात् १३ लाख ८३ हजार पाँच सय ९५ पशु निको भएको र अहिले बिरामी अवस्थामा ७३ हजार ६ सय ३६ पशु रहेको मन्त्री भुसालले बताए । रोगको सङ्क्रमणबाट हालसम्म ५२ हजार पाँच सय… पुरा पढौ

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप भदौ २७ देखि

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले एचपीभी खोपको शुभारम्भ परोपकार प्रसूति तथा रोग अस्पतालबाट गर्ने तयारी भइरहेको जानकारी दिए । अस्पतालको ६४ औँ वार्षिकोत्सव समारोहमा आयोजित कार्यक्रममा भिडियो सन्देशमार्फत उनले सातै प्रदेशका सात अस्पतालबाट एचपीभी खोप लगाउने बताए । उनका अनुसार गत असारमा सरकारले चीनबाट २० हजार मात्रा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप खरिद गरेर ल्याएको थियो । अस्पतालका निर्देशक डा श्रीप्रसाद… पुरा पढौ

स्याङ्जाको वालिङमा रक्त सञ्चार केन्द्र स्थापना

स्याङ्जाको वालिङमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ । रगतको अभावका कारण अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उक्त केन्द्र स्थापना गरिएको हो । केन्द्र सञ्चालनमा आएसँगै वालिङमा सञ्चालनमा रहेका डायलायसिस सेन्टर, प्रसूतिगृह तथा आकस्मिक दुर्घटनाका बिरामीलाई सहज हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले बताए । यहाँ स्थापना भएको केन्द्रमार्फत स्याङ्जाको वालिङ, भिरकोट, चापाकोट, गल्याङ, कालीगण्डकीसहित दक्षिण पर्वतका बिरामीलाई सहज हुने छ । “वालिङका बिरामीका लागि पाल्पा, पोखरालगायत ठाउँबाट रगत ल्याउनुपथ्र्यो”, उनले भने, “अब… पुरा पढौ

गण्डकी प्रदेश: १८ विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम

गण्डकी प्रदेशमा गत वर्षदेखि कार्यान्वयनमा आएको ‘विद्यालय नर्स’ कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको छ । प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार ११ जिल्लाका १८ विद्यालयमा यो कार्यक्रम सञ्चालित छ । विद्यालय तहमै प्राथमिक स्वास्थ्य सेवा, सरसफाइ, पोषण, महिनावारी तथा प्रजनन स्वास्थ्यजस्ता सेवाको पहुँच पुर्याई विद्यार्थीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन ‘विद्यालय नर्स’ कार्यक्रम सुरु गरिएको हो । मन्त्रालयका सचिव डा. विनोदबिन्दु शर्माले बालबालिकाको आनीबानी र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सो कार्यक्रमबाट टेवा पुगेको बताए । “छोटो समयमै विद्यालय नर्स… पुरा पढौ

वालिङमा मोतियाविन्दुको शल्यक्रिया सेवा

वालिङ । स्याङ्जाको वालिङ स्थित गह्रौँ प्राथमिक अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया सेवा सुरुआत हुने भएको छ ।यसका लागि हिमालय आँखा अस्पताल पोखरा र जिल्ला आँखा उपचार केन्द्रका बीचमा मासिक शल्यक्रिया सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको छ । सो केन्द्र गह्रौँ प्राथमिक अस्पतालमा सञ्चालनमा रहेको छ । आँखा उपचार सेवालाई विस्तार गरी सक्दो धेरै मानिसको पहुँचमा पु¥याउने उद्देश्यले ती संस्थाबीचमा सहकार्य भएको हो । सम्झौतापत्रमा हिमालय आँखा अस्पताल पोखराका प्राडा इलिया श्रेष्ठ र गह्रौँ प्राथमिक अस्पताल वालिङका व्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणबीच… पुरा पढौ

गण्डकी प्रदेश: घरमा हुने प्रसूतिलाई शून्यमा झारिँदै

गण्डकीलाई ‘पूर्ण संस्थागत सुत्केरी’ सुनिश्चितता भएको प्रदेश घोषणाका लागि विशेष अभियान थालिने भएको छ । गर्भवती तथा सुत्केरी अवस्थामा आउन सक्ने जटिलता न्यूनीकरण गर्न स्वास्थ्य सेवा र निगरानीको पहुँच अभिवृद्धि गरिने भएको हो । पछिल्लो जनसाङ्खिक तथा स्वास्थ्य सर्वेक्षणले गण्डकी प्रदेशमा संस्थागत प्रसूति हुने दर ९६ प्रतिशत देखाएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले घरमा हुने प्रसूतिलाई शून्यमा झारिने बताए । “प्रतिशतका हिसाबले त अहिले नै घोषणा गर्न पनि सकिन्छ, तर गर्भवती पहिचान गर्नु, सुत्केरी भएपछि ४२… पुरा पढौ

रक्तदान कार्यक्रमबाट ७२ यूनिट रगत संकलन

पोखरा । लायन्स क्लब अफ अञ्जुली र लागुपदार्थ नियन्त्रण समाज सुधार आमा समुहद्वारा आयोजित रक्तदान कार्यक्रममा ७२ यूनिट रगत संकलन भएको छ । खुल्ला रुपमा आयोजित सो रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै रक्तदान अभियन्ता सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले रक्तदान मानव सेवाको महत्वपूर्ण कार्य भएको बताए । आफुले २०५५ सालदेखि निरन्तर रक्तदान गर्दै आएको स्मरण गर्दै रत्तदानले आत्मसन्तुष्टिसंगै खुसी दिएको बताए । कार्यक्रमका रत्तसंचार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले प्रत्येक ३ महिनामा गरीने रक्तदानले शरीर स्वस्थ रहने हुँदा १७… पुरा पढौ

देशभर डेङ्गु सङ्क्रमितको संख्या २१ हजार नाघ्यो

भदौ १६ काठमाण्डौं । नेपालमा डेङ्गु सङ्क्रमण बढिरहेको छ । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म डेङ्गु सङ्क्रमण २१ हजार दुई सय छ जनामा पुष्टि भएको छ । महाशाखाले भदौ र असोजमा डेङ्गु सङ्क्रमण उच्च हुने प्रक्षेपण गरेको थियो । सङ्क्रमणबाट १३ जनाको निधन भएको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले पानी परिरहेकाले डेङ्गु सङ्क्रमण दैनिकरूपमा बढेको बताए । नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । सन् २०२२ मा ५४ हजार सात… पुरा पढौ

नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेजको अन्तरक्रिया

भदौ १६ पोखरा । नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज इकाई समितिको आयेजनामा “असल श्रम समन्वय र श्रमिकका चुनौति”विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा बरिष्ठ हाडजोर्नी विशेषज्ञय प्राध्यापक डा.ईश्वर शर्मा कडेल,बरिष्ठ बाल रोग विशेषज्ञय सह–प्राध्यापक डा शंकर पौडेल र संगठन ब्यवस्थापन एंवम् परिचालन प्रमुख हरि बहादुर बस्नेतले श्रमिकका समस्या र चुनौतीका समसामयिक विषयमा बोलेका थिए । कार्यक्रममा नेपाल स्वास्थकर्मी संघ गण्डकी मेडिकल, कलेज इकाई समीतिका अध्यक्ष दिपक कार्कीले श्रमीकका समस्या समाधान गर्न युनियन सधै तत्पर रहेको भन्दै संस्थाको प्रगती… पुरा पढौ