स्वास्थ्य

पोखराका मेकानिक्सलाई निःशुल्क टि.टि खोप

गण्डकी अटो मेकानिकल वक्र्स एशोसिएसनले मेकानिक्सहरुलाई निशुल्क टि।टि खोप सहित स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ । एशोसिएसनले पश्चिमाञ्चल सामूदायिक अस्पतालको सहकार्यमा मेकानिक्सहरु धेरै रहेको स्थान, पृथ्वीचोक बसपार्क, औधोगिक क्षेत्र,बाग्लुङ्ग बसपार्क र याम्दीमा घुम्ती शिविर मार्फत ४८६ जनालाई निःशुल्क खोप लगाइएको अध्यक्ष सन्तोषकुमार मिश्रले जानकारी दिए । प्राणघातक रोगको रुपमा धनुष्टङ्गकारलाई लिने गरिएको धातुका कारण शरीरको कुनै पनि भागमा रगत आउने गरी काटेमा सो बाट शरीरभरि फैलन गई शरीर बाङ्गीने लामो समय उपचार गराउँदा धेरै खर्च हुने हुदाँ टिटानसको खोप प्रभावकारी… पुरा पढौ

मुक्तिनाथ बाहिनीको साप्ताहिक कार्यक्रमः निशुल्क स्वास्थ्य शिविरमा ४ सय ७६ जनाले सेवा लिए

पोखरा । सशस्त्र प्रहरी बल नेपाल नं ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखराले आफ्नो २२ औं स्थापना दिवसमा आयोजित साप्ताहिक कार्यक्रम अन्र्तगत निशुल्क स्वास्थ्य शिविरसँगै रक्तदान कार्यक्रम गरेर सम्पन्न गरेको छ । सशस्त्र प्रहरी बल नेपाल न. ४ मुक्तिनाथ बाहिनी मुख्यालयले स्थापना दिवसको अवसरमा नं २४ हेडक्वार्टर कालिका मालेपाटनमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा ४ सय ७६ जनाले स्वास्थ्य जाँच गरेका छन् । नेपाल एपिएफ अस्पताल र गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको सहयोगमा सञ्जालित निशुल्क स्वास्थ्य शिविरमा साधारण स्वास्थ्य जाँच… पुरा पढौ

आइएनएफले शुरु गर्यो ‘शुन्य कुष्ठरोग रणनीति’

पोखरा,२६ जेठ । इन्टरनेशनल नेपाल फेलोशिप(आइएनएफ) नेपालले कुष्ठरोगमुक्र समाजका लागि शुन्य कुष्ठरोग रणनीति सुरु गरेको छ । नेपाल सरकारले सन् २०३० सम्ममा कुष्ठरोगलाई पूर्ण रुपमा निवारण गरी कुष्ठरोमुक्त नेपाल बनाउने लक्ष्य लिएकामा सो लक्ष्यलाई साकार पार्न आइएनएफले रणीनितिक योजना मार्फत सहयोग गर्ने भएको हो ।आइएनएफका कार्यकारी अध्यक्ष रामचन्द्र तिमोथीले सरकारको कुष्ठरोग निवारणको अभियानलाई आइएनएफले पूर्ण सहयोग गर्ने गरी कार्ययोजना बनाइएको बताए । नेपालमा कुष्ठरोगको बिरामी पत्ता लगाउनेदेखि रोगको उपचार गर्न, उनीहरूलाई पुनस्र्थापना र कुष्ठरोगको प्रकोप दरमा कमी ल्याई मुलुकलाई राष्ट्रिय… पुरा पढौ

चरक हस्पिटल नागढुंगामा चार दिने निःशुल्क मुटुरोग स्वास्थ्य शिविर शुरु

पोखरा, जेठ २७ पोखराको चरक मेमोरियल हस्पिटल नागढुंगा पोखरामा चार दिने निःशुल्क मुटुरोग स्वास्थ्य शिविर शुरु भएको छ । चरक मेमोरियल हस्पिटल प्रालि नागढुंगा पोखराले टाईगर ग्रुप आफ पोखरासँगको सहकार्यमा सर्वसाधारणका लागि निःशुल्क मुटुरोग स्वास्थ्य शिविर आयोजना गरेको हो । कार्यक्रमको मनोक्रान्ति अभियन्ता डा.योगी विकाशानन्दले उद्घाटन गरे । जेठ ३० गतेसम्म हुने शिविरमा मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटलमा कार्यरत बरिष्ठ मुटुरोग विशेषज्ञ डा.सूर्य देवकोटा, चरक मेमोरियल अस्पताल नागढुंगा पोखराका बरिष्ठ मुटुरोग विशेषज्ञ डा.एसके जयसवालसहितका मुटुरोग विशेषज्ञ चिकित्सकहरुले मुटु जाँच… पुरा पढौ

नर्सहरुको मनोबल उच्च बनाउन पोखरामा क्षमता अभिवृद्धि कार्यक्रम

पोखरा । पोखराका नर्सहरुको मनोवल उच्च बनाउन अन्तरक्रिया तथा क्षमता अभिवृद्धि कार्यक्रम गरिएको छ । नेपाल युथ नर्स सोसाइटीको आयोजनामा आज (बिहीबार) पोखराका विभिन्न नर्सिङ कलेज तथा अस्पतालका नर्ससँग अन्तरक्रिया र क्षमता अभिवृद्धि कार्यक्रम गरिएको हो । कार्यक्रममा सहभागिले नर्सहरुको समस्याका विषयमा बोलेका थिए । अस्पतालमा नर्स र बिरामीको अनुपात नमिल्दा समस्या भएको, आफ्नो जिम्मेवारी अनुसारको पारिश्रमिक नभएको, सरकारले नर्सका विषयमा चासो नदिएको जस्ता कुराहरु सहभागिले बताएका थिए । अस्पताल प्रशासन र राज्यले नर्सिङ क्षेत्रमा देखाउनु पर्ने चासो नदेखाएको सहभागिहरुको… पुरा पढौ

गण्डकी प्रदेशको तेस्रो पूर्ण खोप सुनिश्चित जिल्लामा तनहुँ

तनहुँ । तनहुँ जिल्ला गण्डकी प्रदेशको तेस्रो पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । जिल्लाका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरेसँगै जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । यसअघि गण्डकी प्रदेशको लमजुङ र पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भइसकेका छन् । जिल्लाका सबै स्थानीय तहमा रहेका १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका बमोजिम १५ महिनाभित्र पाउनुपर्ने सबै खोप पाइसकेको सुनिश्चिततासहित पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले… पुरा पढौ

जन्मदिनको अवसरमा गरिएको रक्तदान कार्यक्रममा ४९ पिन्ट रगत संकलन

पोखरा । पोखरामा जन्मदिनको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४९ युिनट रगत संकलन भएको छ । लायन्स क्लव अफ पोखरा डेस्टीनेशनको आयोजनामा क्लवका पुर्व अध्यक्ष लक्ष्मण तिमिल्सिनाको जन्मदिनको अवसरमा मेडीप्लस हस्पिटल ,महेन्द्रपुलमा रक्तदान कार्यक्रम गरिएको थियो । कार्यक्रमको अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले रक्तदान जीवनदान भएको बताउदै निशुल्क दान गरेको रगत प्रयोग गर्दा कुनै शुल्क नलाग्ने बताए । उनले हाल गण्डकी प्रदेश सरकारले आवश्यक किटहरु निशुल्क प्रदान गर्ने व्यवस्था गरे संगै यो व्यवस्था लागु… पुरा पढौ

विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द

वालिङ। स्याङ्जाको वालिङ–१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ । सुरुका दिनमा केही बालबालिकामा देखिएको सङ्क्रमण फैलँदै जाँदा २३ जना तथा घरका अन्य सदस्यलाई पनि सर्न थालेपछि आउँदो शुक्रबारसम्म विद्यालय बन्द गरिएको छ । बालबालिकाको शरीरमा एकै प्रकारका पानीका फोका आउने, चिलाउने, दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिएको छ । विश्व स्वास्थ्य सङ्गठन, गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य कार्यालय स्याङ्जा र गह्रौँ प्राथमिक अस्पताल वालिङबाट चिकित्सकको टोली पुगेर औषधि उपचार गरेको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद… पुरा पढौ

पाँच दिन तातो हावा यथावत्

देशका तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रम बढेकाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । “हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषणअनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ । तसर्थ, देशका तराई… पुरा पढौ

शैक्षिक गुणस्तर सुधार गर्न ७२ घण्टे उपचारात्मक कक्षा सुरु

गोरखा । गोरखाको पालुङटार नगरपालिकाले नगर क्षेत्र भित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ७२ घण्टे उपचारात्मक कक्षा सुरु गरेको छ । कोरोना सङ्क्रमण र अन्य विपद्का कारण लामो समय विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएकाले नगर क्षेत्रका विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक अवस्था कमजोर हुन पुगेको भन्दै नगरपालिकाले उपचारात्मक कक्षा सुरु गरेको नगरप्रमुख विवस चिन्तनले जानकारी दिए । नगर क्षेत्र आधारभूत तह तथा माध्यमिक तहका सबै विद्यालयमा गएको शैक्षिक सत्रको अन्तिम परीक्षामा नतिजा कमजोर देखिएका बालबालिकाको शैक्षिक गुणस्तरमा सुधार ल्याउन… पुरा पढौ