स्वास्थ्य

४१ जना सङ्क्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार तीन हजार ३५८ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार हाल २०८ जना सक्रिय सङ्क्रमित छन् । सो अवधिमा २० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ४०९ पुगेको छ । सङ्क्रमितमध्ये सङ्क्रमणमुक्त हुने दर ९८।८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । आज एक लाख २७ हजार ७९२… पुरा पढौ

उपत्यकामा १२ जनामा हैजा देखियो

काठमाडौँ । काठमाडौँ उपत्यकामा १२ जना हैजाका बिरामी भेटिएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले हालसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी दिए। तीमध्ये आठ जना उपचारपछि घर फर्किसकेका छन् भने चार जनाको उपचार भइरहेको छ । यस वर्ष उपत्यकामा पहिलो पटक यही असार ५ गते दुई जनामा हैजा पुष्टि भएको थियो । यही असार २ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका १८ र २३ वर्षीय… पुरा पढौ

भारतमा एघार हजार ५०० सय भन्दा बढी कोरोना सङ्क्रमित

शनिबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप ११ हजार ७३९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड चार करोड ३३ लाख ८९ हजार ९७३ जना पुगेको छ । हाल भारतमा ९२ हजार ५७६ सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०।२० प्रतिशत हो । पछिल्लो एक दिनमा तेह्र हजार २९ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै… पुरा पढौ

शिशुवामा पनि सुरु भयो युआरएलको सेवा

युआरएलले पोखरा–३० को शिशुवाबाट समेत सेवा आरम्भ गरेको छ। यसअघि, युआरएलले पोखरामा सभागृहचोकको केन्द्रीय कार्यालय, बाटुलेचौर हस्पिटलचोकको शाखाबाट सेवा दिइरहेको छ। पोखरा–३० को शिशुवा अस्पतालमा नभएका जाँच र वरिपारीका सेवाग्राहीलाई मध्यनजर गरी सेवा आरम्भ गरिएको युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले बताएका छन्। सेवा सुरुआतको अवसरमा शनिबार युआरएल शिशुवा परिसरमा निशुल्क शिविर आयोजना गरिएको छ। शिविरमा ३ सय ८ जनाको सित्तैमा रगत जाँच गरिएको छ। अरु सबै प्रकारका जाँच र होलबडीका प्याकेजमा समेत विशेष छुट दिइएको छ। युआरएले पोखराबाहिर लमजुङको बेसीसहर, स्याङ्जाका… पुरा पढौ

‘मङ्कीपक्स विश्वव्यापी स्वास्थ्य प्रकोप’

विश्व स्वास्थ्य सञ्जाल डब्ल्युएचएनले मङ्कीपक्स विश्वव्यापी स्वास्थ्य प्रकोप विश्वव्यापी स्वास्थ्य समस्या बनेको जनाउँदै त्यसलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।कोभिड–१९ को जोखिमविरुद्ध गठन भएको स्वास्थ्य वैज्ञानिकहरूको गठबन्धनले मङ्कीपक्सको प्रकोपलाई विश्वव्यापी चिन्ताको विषय भएको बताउँदै त्यसलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको हो । विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओका प्रमुखले ३२ देशमा मङ्कीपक्सका जीवाणु फैलिएका कारण अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपत्कालीन समितिको बैठक भएको केहीदिनपछि डब्ल्युएचएनले स्वास्थ्य आपत्काल घोषणा गरेको अधिकारीहरूले बताएका छन् । आज डब्ल्युएचएनका पदाधिकारीको बैठक हुने र त्यसमा प्रकोपबाट जोगिन… पुरा पढौ

औलो रोग निवारण कार्यक्रम जारी

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा औलो निवारणको लक्ष्य हासिल गर्नका लागि तीव्र रुपमा कार्य अगाडि बढाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले औलोका रोगीको सङ्ख्या शून्यमा झार्नका लागि र जाँच प्रतिशत निर्धारित लक्ष्यमा पु¥याउनका लागि कार्य अगाडि बढाएको हो । औलो रोग निवारणको लक्ष्य हासिल गर्न स्वास्थ्यकर्मीलाई कोचिङग, किटजन्य रोगको परिमार्जित निर्देशिका बमोजिम सरकारी तथा निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई अभिमुखीकरण दिने कार्य अगाडि बढाइएको निर्देशनालयका कार्यक्रम अधिकृत हेमराज जोशीले बताए। उनका अनुसार स्वास्थ्यकर्मीलाई तालिमको व्यवस्थासँगै औलो रोग निवारणका लागि प्रतिबद्धता कायम… पुरा पढौ

५ देखि १२ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप आजबाट

आज (बिहीबार) देखि ५ देखि ११ वर्षसम्मका बालबालिकाले बिहीबारदेखि कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन्। ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाइने भएको हो। असार ९ देखि १५ गतेसम्म बालबालिकाका लागि कोरोनाविरुद्धको फाइजर खोप अभियान नै संचालन गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा र साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइने मन्त्रालयले जनाएको छ। बालबालिकालाई दिन लागिएको फाइजर खोप सुरक्षित रहेको… पुरा पढौ

कास्कीकी एक महिला संक्रमित हुँदा ३ जना संक्रमणमुक्त

पोखरा । गण्डकी प्रदेशमा बुधबार ३ जना कोरोना संक्रमित निको भएका छन् । सोही अवधीमा कास्कीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले अध्यावधिक गरेको कोभिड – १९ सम्बन्धि पछिल्लो विवरण अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको १७ जनामा गरिएको परीक्षणमा कास्कीका एक महिलामा संक्रमण पुष्टि भएको हो । यो सहित अब प्रदेशमा ६ जना संक्रमित होमआइसोलेसनमा छन् । ती मध्य कास्कीका ५ र स्याङ्जाका एक जना हुन् । हालसम्म प्रदेशभर एक लाख २ हजार ३४… पुरा पढौ

कोभिड १९ सङ्कट व्यवस्थापन विधेयक प्रस्तुत

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा कोभिड–१९ सङ्कट व्यवस्थापन विधेयक, २०७८ प्रस्तुत भएको छ । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सो विधेयक प्रस्तुत गरेका थिए । विधेयक प्रस्तुत नगर्न कुनै पनि सदस्यबाट विरोधको सूचना प्राप्त नभएको सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले जानकारी गराए । आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विभिन्न… पुरा पढौ

भारतमा थप बाह्र हजारभन्दा बढी सङ्क्रमित

सोमबार मध्यराती अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १२ हजार २४९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।हाल भारतमा ८१ हजार ६८७ सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०।१९ प्रतिशत हो । पछिल्लो एक दिनमा नौ हजार ८६२ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २७ लाख २५ हजार ५५ पुगेको छ । कोरोना भाइरस निको भएको… पुरा पढौ