स्वास्थ्य

नेलम्बो नेपाल र लायन्स क्लबको संयुक्त दन्त शिविर सम्पन्न

पोखरा । पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बोले पोखरा १२ ढिकालेथरमा रहेको श्री सरस्वती आधारभूत विद्यालयमा निःशुल्क दन्त शिविर सम्पन्न गरेको छ । उक्त दन्त शिविरमा २०४ जना विद्यार्थी र शिक्षकहरुको चेक जाँच तथा औषधी उपचार गरिएको थियो । संस्थाले गरेका कार्यक्रम तथा उद्देश्यको वारेमा संस्थाका अध्यक्ष एक देव देवकोटाले प्रष्ट पार्नु भएको थियो । उनले एक गाडीमा अत्याधिक सुविधा सम्पन्न उपकरणहरु जडान गरी लक्षित समूदायलाई निःशुल्क दन्त चिकित्सा सेवा प्रदान गर्दै आईरहेको बताए । उक्त शिविरमा दाँतको परिक्षण, दँतको एक्सरे,… पुरा पढौ

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा नौ सय किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोप

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आजदेखि किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप दिन सुरु गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पाठेघरको मुखको क्यान्सर रोकथामका लागि गण्डकी प्रदेशमा १४ वर्ष लागेर १५ वर्ष उमेर पूरा नभएका किशोरीलाई ‘एचपिभी’ खोप दिइएको हो । विसं २०६५ भदौ ३० देखि २०६६ भदौ २० गतेसम्म जन्मेका किशोरीलाई खोप दिइएको अस्पतालले जनाएको छ । किशोरीलाई पाठेघरको क्यान्सर लाग्न नदिनका लागि सरकारले सात प्रदेशका सात अस्पतालमा खोप कार्यक्रम सञ्चालन गरेको हो । पोखरा स्वास्थ्य… पुरा पढौ

तनहुँमा सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण

तनहुँमा सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । साउन महिनायता जिल्लाका विभिन्न ठाउँका सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । डेङ्गु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । व्यास नगरपालिकामा कार्यरत इन्जिनियर कमलप्रसाद शर्माको डेङ्गुबाट मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जिल्लामा डेङ्गुको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गर्नुभयो । अधिकारीले डेङ्गु सङ्क्रमण परीक्षणका लागि किट पर्याप्त मात्रामा रहेको जानकारी दिए । उनले भने, “दमौली अस्पतालमा डेङ्गु परीक्षणका… पुरा पढौ

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप आजदेखि सातै प्रदेशमा

किशोरीलाई आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ दिइँदै छ । सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष पूरा नभएका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि खोप ‘डेमोस्ट्रेशन’का रूपमा दिइन थालिएको हो । खोप २०६५ भदौ ३० देखि २०६६ भदौ २० गतेम्म जन्मेका किशोरीलाई दिइने छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’को उद्घाटन परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आयोजित कार्यक्रमबाट शुभारम्भ गर्नेछन । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य… पुरा पढौ

पोखरामा इनोफेस्ट कार्यक्रम हुँदै, फोहोर व्यवस्थापन र उद्यमलाई प्रविधिसँग जोड्ने लक्ष्य

पोखरा । पोखरामा इनोफेस्ट कार्यक्रम हुँदैछ । पोखरा सभागृह हलमा भाद्र २७ गते बुधबार बिहान ११ बजेबाट हुने कार्यक्रमलाई पोखरा महानगरपालिका, कोरिया अन्तर्राष्ट्रिय सहयोगी नियोग(कोइका) र युएनडीपीले आयोजना गरेका हुन् । खासगरी पोखराको फोहोर व्यवस्थापनलाई प्रविधिसँग कसरी जोड्न सकिन्छ र उद्यमशिलताको विकासमा प्रविधिको प्रयोग कसरी हुन्छ भन्ने विषयको जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको युएनडीपी गण्डकी र लुम्बिनी प्रदेशका फिल्ड कार्यालयका सुदिप अर्यालले जानकारी गराए । उनका अनुसार साँझ ५ बजेसम्म हुने कार्यक्रममा २० वटा स्टल रहनेछन् । पोखराको सौन्दर्यतालाई… पुरा पढौ

नेपाल विद्यार्थी संघ कास्कीको रक्तदानमा ५२ युनिट रगत संकलन

पोखरा । नेपाल विद्यार्थी संघ कास्कीको आयोजनामा ११० औ विपि जयन्तीको अवसरमा भएको रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । नेविसंघ कास्कीका अध्यक्ष राजिव भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वोल्दै प्रमुख अतिथी नेपाली काङ्ग्रेसका नेता तथा पुर्व मन्त्री यज्ञ वहादुर थापाले विपिवादको सिद्धान्त सवै पार्टीले अवलम्वन गरेको जानकारी दिए । उनले विपिवादको चिन्तनले नै नेपाली काङ्ग्रेस देशकै उत्कृष्ट र जनता प्रेमी पार्टी वनेको बताए। सोहि कार्यक्रममा नेका क्षेत्रिय सभापति राजेन्द्र मणि लामिछाने , नेपाली काङ्ग्रेस कास्की जिल्ला उपसभापति रामवावु… पुरा पढौ

बाइस वर्षदेखि पर्वतको मिसन अस्पताल बन्द

करिब दुई दशकअघिदेखि यहाँको मिसन अस्पताल बन्द छ । विकट गाउँका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दक्षिण पर्वतको पैंयु गाउँपालिका–४ हुवासमा स्थापना गरिएको अस्पताल सम्बन्धित निकायको बेवास्ताका कारण अझै बन्द छ । सशस्त्र द्वन्द्वका क्रममा असुरक्षाका कारण बन्द भएको उक्त अस्पताल सञ्चालनमा नआउंँदा सर्वसाधरणले सास्ती खेप्दै आएका छन् । विसं २०५० मा स्थापना गरिएको सो अस्पताल सञ्चालनको आठ वर्षमै बन्द भएपछि गाउँंलेले उपचारमा सास्ती व्यहोर्नुपरेको हो । उनीहरूले पटक–पटक अस्पताल सञ्चालन गर्नका लागि आग्रह गर्दै आएका छन् । पन्ध्र… पुरा पढौ

विश्व आत्महत्या रोकथाम दिवस: रोकथाम गर्न सचेतना कम

नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा रहे पनि आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि प्रभावकारी काम हुनसकेको देखिएको छैन । मनोविद् तथा मनोचिकित्सकहरू आत्महत्या रोकथाममा सबै क्षेत्रको उत्तिकै भूमिका हुनुपर्नेमा जोड दिन्छन। आज विश्व आत्महत्या रोकथाम दिवस मनाइरहँदा एक दिन दिवस मनाउने मात्र नभई वर्षभरि नै समुदायलाई सचेत गराउने गरी कार्यक्रम गर्नुपर्नेमा विज्ञहरूको जोड छ । नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी आत्महत्या रोकथाम दिवस मनाइँदै छ । मनोविद् डा नरेन्द्रसिंह ठगुन्ना सरकारले रोकथामका नीति त्यसैगरी ल्याउनुपर्ने, सङ्घसंस्था तथा स्थानीय तहले पनि… पुरा पढौ

सहयात्रीको वार्षिकोत्सवमा शिविर

पोखरा । सहयात्री बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारणसभा शनिबार भएको छ । सभाले अध्यक्ष डा त्रिभुवन शर्माको अध्यक्षको प्रतिवेदन, लेखा समिति संयोजक हरिप्रसाद लामिछानेले पेश गरेको लेखा समितिको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ । सोही अवसरमा पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा २ सय ५ जनाको सित्तै मधुमेह र रगतमा हुने खराब बोसो (टिजी) जाँच गरिएको हो । कार्यक्रममा दुखाई विशेषज्ञ डा हरि पौडेलले तीन महिनासम्म पनि कुनै… पुरा पढौ

पोखरामा आज जयन्ती मेमोरियल ट्रस्ट र फिस्टेल लजले कोमागाने पार्कमा नि:शुल्क मुटु परीक्षण शिविर गर्ने

भदौ २० पोखरा । पोखरामा जयन्ती मेमोरियल ट्रस्ट र फिस्टेल लजको संयुक्त आयोजनामा आज शुक्रबार निःशूल्क मुटु परीक्षण शिविर हुने भएको छ । नेपाली नारीहरुको सांस्कृतिक पर्व हरितालिका तीजको अबसर पारेर आज पोखरा– ६ लेकसाइडस्थित कोमागाने पार्कमा निःशूल्क शिविर सञ्चालन हुन लागेको हो । बिहान ८ बजेबाट शुरु हुने शिविरमा मुटुसम्बन्धी इको, इसीजी र सुगर परीक्षण गरिने जयन्ती मेमोरियल ट्रस्ट पोखराका संयोजक सबिता मैनालीले जानकारी दिइन् । उनका अनुसार साँझ ५ बजेसम्म सञ्चालन गरिने शिबिरमा मुटु परीक्षण सहित परामर्श सेवा… पुरा पढौ