स्वास्थ्य

मनाङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

मनाङलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । यहाँका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । स्वास्थ्य कार्यालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख सुरेन्द्र गुरुङले मनाङलाई पूर्ण खोप सुनिश्चित घोषणा गरेका हुन् । प्रत्येक घरघरमा पुगेर पूर्ण खोप लगाएको तथ्याङ्क सङ्कलनपश्चात् जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले जानकारी दिए । उनका अनुसार जिल्लाका आठ हजार आठ सय २१ जनाको… पुरा पढौ

मोबाइल प्रयोगले बालबालिकामा एकोहोरो हुने, रिसाउने, झर्किनेजस्ता समस्या

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालायले बालबालिकामा मोबाइलको प्रयोगले सर्वाङ्गीण विकासमा असर पार्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा बालबालिकाको सर्वाङ्गीण विकासमै असर पुग्ने बताउछन् । बालबालिकाले मोबाइल फोन चलाउँदा निद्रा ढिलो लाग्ने, निद्रा पातलो हुने र निद्राबाट पटक पटक ब्युँझिने समस्या देखिन सक्नेजस्ता समस्या हुनेमा जोड दिँदै उनले बालबालिकालाई मोबाइल फोनसँग टाढा राख्न अभिभावकलाई अनुरोध गरेका छन् । यसैगरी बालबालिकाका आमा र बुबा तथा अभिभावकलाई आफ्नो सजिलो र छिटोका लागि बालबालिकालाई… पुरा पढौ

नियमित जाँच गरी सुत्केरी भएमा रु. १० हजार प्रोत्साहन: नासो गाउँपालिका

हिमाली जिल्ला मनाङको नासो गाउँपालिकाले स्वास्थ्य संस्थामा नियमित जाँच गरी सुत्केरी भएमा रु. १० हजार प्रोत्साहन रकम दिने निर्णय गरेको छ । स्वास्थ्य संस्थामा पुगेर नियमित स्वास्थ्य परीक्षण नगराइ सुत्केरी हुने प्रचलनलाई निरुत्साहित गर्न गाउँपालिकाले यो नीति लिएको हो । पालिका अध्यक्ष धनबहादुर गुरुङले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा सो विषय सार्वजनिक गरेका हुन्। “स्वास्थ्य संस्थामा जाँच गराई शिशु जन्माउने सुत्केरीलाई रु. १० हजार उपलब्ध गराइनेछ”, उनले भने । क्यान्सर, मिर्गौलामा समस्या र अन्य जटिल रोगको उपचार… पुरा पढौ

मनसुनको समयमा पनि तातो हावाको लहर फैलिनसक्ने

यसपटकको मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्नेतर्फ सचेत हुन राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । प्रि–मनसुनका समयमा फैलिएको तातो हावाको लहरका कारण मानिसको जनजीवन प्रभावित भएको र खेतीबालीमा नराम्ररी असर परेका अवस्थामा मनसुनका समयमा समेत छोटो समयमा देखिन सक्ने भन्दै त्यसतर्फ प्राधिकरणले ध्यानाकर्षण गराएको छ । यस वर्ष मनसुन प्रक्षेपणमा पानी सरदरभन्दा कम पर्ने तथा न्युनतम तापक्रम औषतभन्दा बढी हुने अनुमान गरिएको छ । यसले गर्दा मनसुनको अवधिभित्र पनि छोटो समयमा खडेरी पर्ने… पुरा पढौ

आँबुखैरेनी गाउँपालिकामा जनतासँग स्वास्थ्य कार्यक्रम

तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनतासँग स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको शनिबारदेखि सुरु तेह्रौँ गाउँसभाका अवसरमा आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष शुक्र चुमानले स्वास्थ्य सेवालाई विशेष प्राथमिकता दिई जनतासँग स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने बताए । यो सेवाअन्तर्गत गाउँपालिकाका सबै वडामा रहेका ज्येष्ठ नागरिकलाई महिनाको एक पटक घरमै पुगेर सेवा प्रदान गरिने अध्यक्ष चुमानले बताए । उनले भने, “गाउँपालिकाले स्वास्थ्यलाई विशेष जोड दिएर नीति तथा कार्यक्रम बनाएको छ, ज्येष्ठ नागरिकलाई सहजरुपमा सेवा दिन घरमै… पुरा पढौ

विरौटामा युआरएलको शिविर, ७२० को सित्तैमा जाँच

असार ९पोखरा । युआरएल विरौटाले शनिबार आयोजना गरेको निशुल्क रक्त परीक्षण शिविरमा ७ सय २० जनाले सेवा लिएका छन् । पोखरा १७ विरौटामा युआरएलको सेवा सुरुआतको अवसरमा भएको शिविरमा सहभागीको मधुमेह तथा रगतमा हुने खराब बोसो(टिजी) सित्तैमा जाँच गरिएको हो । कार्यक्रममा पोखरा १७ की वडाध्यक्ष राधिकाकुमारी शाही योगीले वडामा खुलेको नयाँ शाखाले सबैलाई गुणस्तरीय र सरल तवरले सेवा दिने अपेक्षा गरिन् । उनले भनिन्, ‘जनसंख्याको हिसाबले ठूलो वडा हो यो । राज्यले गर्नुपर्ने काम निजी तवरबाट भएको छ ।… पुरा पढौ

गोरखामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर

गोरखा नगरपालिका गोरखाले आयोजना भएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट दुई सय ३५ जनाले सेवा लिएका छन् । नगरपालिकाले वडा नम्बर १३ र १४ स्थित याङकोटमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ७३ जना पुरुष र एक सय ६२ जना महिलाले उपचार सेवा लिएको नगरपालिकाका आयुर्वेद शाखाका प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए । शिविरमा अम्लपित्त, पेटसम्बन्धी रोग, मधुमेह, उच्च रक्तचाप, स्त्री रोग, बाथ रोग, जोर्नी दुखाइलगायतका रोगको जाँच तथा उपचार सेवा प्रदान गरिएको उनले बताए । स्वास्थ्य शिविरमा उपचारका लागि आएका थप १६१… पुरा पढौ

अब निसेलढोरमै स्वास्थ्य सेवा

पोखरा । “केटाकेटी बिरामी भइरहन्छन्, कहिलेकाँही हामी आफै पनि बिरामी हुन्छौँ, भनेको बेला गाडी पाइँदैन, अस्पतालमा पुग्न यहाँबाट एक दिन लाग्थ्यो, तर अब गाउँमै स्वास्थ्य संस्था आएपछि भने खुसी लागेको छ”, निसीखोला गाउँपालिका–५का कमला विकले भने । विकका चार छोराछोरी छन् । उनीहरु विरामी पर्दा एक दिन खर्चेर अस्पताल जानु पर्दथ्यो । तर यसै साता गाउँपालिकाले निसेलढोरमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेपछि सामान्य उपचारका लागि अस्पताल पुग्नै पर्ने बाध्यता हटेकोमा उहाँलगायतका स्थानीय खुसी छन्। निसेलढोर बागलुङको दुर्गममा पर्ने बस्ती हो… पुरा पढौ

सुरक्षाको व्यवस्था गर्न चिकित्सकको माग

नेपाल चिकित्सक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा सुरक्षाको व्यवस्था गर्न माग गरेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गालीगलौज, हातपात तथा अस्पताल भवन नै तोडफोड जस्ता घटना बढेको उल्लेख गर्दै सङ्घले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुरक्षाको प्रत्याभूति गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ्(पहिलो) संशोधन ऐन २०७९ का सम्बन्धमा देशभरका सुरक्षा निकाय तथा न्यायिक एव अर्धन्यायिक निकाय अनविज्ञ हुनु अत्यन्तै चिन्ताको विषय बनेको छ । राज्यको तर्फबाट तर्जुमा… पुरा पढौ

बालबालिका र ज्येष्ठ नागरिकलाई ओपिडी सेवा र प्रयोगशालामा निःशुल्क गर्न बजेट विनियोजन

गण्डकी प्रदेश सरकारले बालबालिका र ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचारका लागि बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेश सरकारका तर्फबाट प्रदेश अर्थमन्त्री जितप्रकाश आलेले १० वर्ष मुनिका बालबालिका तथा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई प्रदेश मातहतका अस्पताल तथा स्वास्थ्य सेवा केन्द्रहरुमा निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचारका लागि आवश्यक बजेट विनियोजन गरेको बताए । उनका अनुसार उनीहरुको ओपिडी सेवा र प्रयोगशाला परीक्षण निःशुल्क प्रदान गर्न बजेट विनियोजन गरिएको हो । पुरा पढौ