स्वास्थ्य

दमौली अस्पतालमा डायलायसिस सेवा पुनः सञ्चालनमा

तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा डायलायसिस सेवा पुनः सञ्चालन गरिएको छ । उपकरण बिग्रिएपछि यहाँ बिगत डेढ महिनादेखि सो सेवा ठप्प थियो । यसअघि डायलायसिस उपकरण बिग्रिँदा मिर्गौलापीडितलाई उपचारका लागि समस्या भएको थियो । गत वैशाखदेखि बिग्रिएका सातमध्ये पाँच उपकरण मङ्गलबार मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको मिर्गौला उपचार केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले जानकारी दिए । उपचार केन्द्रमा कुल ११ उपकरण रहेकामा सातवटा बिग्रिएका थिए । राष्ट्रिय मिर्गौला उपचार केन्द्रको प्राविधिक टोलीले बिग्रिएको उपकरण मर्मत गरी पुनः सञ्चालनमा ल्याएको… पुरा पढौ

सृजना बिकास केन्द्रको रक्तदानमा ४३ युनिट रगत संकलन

सृजना बिकास केन्द्र पोखराले १६ औं गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४३ युनिट रगत संकलन भएको छ । २०३७ मा स्थापित भई शिक्षा, स्वास्थ्यसहित महिला उध्मी विकाससंगै सामाजिक कार्यहरु गर्दै आएको केन्द्रले सोमबार आयोजना गरेको रक्तदान कार्यक्रममा ४३ युनिट रगत संकलन भएको केन्द्रका अध्यक्ष कृष्णबहादु्र थापाले जानकारी दिए । बार्षिक क्यालेन्डर बनाएर रक्तदान कार्यक्रम गर्दै आएको केन्द्रका ब्यवस्थापक दिलिप सुवेदीले बताए । रक्तदान कार्यक्रमको गण्डकी प्रदेश सरकारका शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री शुसिला सिङखडाले सराङकोट बहुउद्देश्यीय… पुरा पढौ

नगर अस्पताल सञ्चालनपछि बागलुङ, पोखरा र काठमाडौँ पुग्नुपर्ने विरामीको बाध्यता हट्यो

बागलुङ । बागलुङको गलकोट क्षेत्रमा कोही बिरामी पर्नासाथ बागलुङ, पोखरा र काठमाडौँका अस्पतालमा पुर्याइन्थ्यो । यहाँ स्वास्थ्य संस्था नभएर होइन, नागरिकले विश्वास नगर्दा गलकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी तथा अन्य स्वास्थ्य संस्थामा बिरामी कम जान्थे । तर पछिल्लो केही महिनायता बिरामी पर्दाबित्तिकै गलकोट बाहिर जानेको सङ्ख्या कम भएको छ । गलकोट नगरपालिकाले पुस महिनादेखि नगर अस्पताल सञ्चालनमा ल्याएपछि जिल्ला बाहिर जाने बिरामीले यही उपचार गराउन थालेका छन् । पछिल्लो समय नगर अस्पतालमा नागरिकको विश्वास बढ्दै गएको छ । अस्पतालमा विशेषज्ञ… पुरा पढौ

डेङ्गुबाट बच्न मन्त्रालयको आग्रह

काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेकाले डेङ्गुको सङ्क्रमणबाट जोगिन आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले मन्त्रालयले डेङ्गु सङ्क्रमणबाट जोगिन आग्रह गरेको हो । मन्त्रालयले एक सूचना जारी गर्दै डेङ्गुको सङ्क्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने भन्दै सधैँ झूल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ । यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित… पुरा पढौ

चेपाङ बालबालिकालाई विद्यालयमै दिवा खाना

चितवनको इच्छाकामना गाउँपालिका–१ भाराङमा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा पौष्टिक आहारसहितको दिवा खाना कार्यक्रम सुरु गरिएको छ । चेपाङ समुदायको स्वास्थ्य र शिक्षासहित जीवनस्तर उकास्न निरन्तर सक्रिय रहेको सपना भिलेज सोसियल इम्प्याक्टले राष्ट्रिय आधारभूत विद्यालय भाराङमा पौष्टिक आहारसहितको दिवा खाना कार्यक्रम सुरु गरेको हो । चेपाङ समुदायका बालबालिकालाई शिक्षामा अग्रसर गराउन विद्यालयमै खाजा तथा खाना कार्यक्रम प्रभावकारी हुने देखिएपछि आफूहरुले विद्यालयमा नै भान्छा घर निर्माण गरी पौष्टिक आहार सहितको दिवा खाना कार्यक्रम सुरु गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताए । कार्यक्रम… पुरा पढौ

हुम्लाको दुर्गम गाउँ मासपुरमा पहिलो पटक स्वास्थ्य सेवा

हुम्लाको दक्षिण भेगमा रहेको ताँजाकोट गाउँपालिका–३ को दुर्गम मासपुर गाउँका बासिन्दाले पहिलो पटक स्वास्थ्य तथा अन्य सेवासुविधा पाएका छन् । सरकारी निकायको उपस्थिति हुँदै नहुने उक्त बस्तीमा गाउँपालिकाको टोली पुुगेपछि स्थानीयवासीले सेवासुविधा पाएका हुन् । यसअघि कहिल्यै सरकारी सेवा तथा सुविधा नपाएको भए पनि यस पटक गाउँपालिकाबाट खटिएको टोलीले घरमै पुुगेर विभिन्न सेवा प्रदान गरेको हो । यस वर्ष पहिलो पटक घरदैलो स्वास्थ्य सेवा र तरकारी किट स्थानीयवासीले पाएका छन् । गाउँपालिकाले यस वर्ष घरदैलो स्वास्थ्य जाँच अभियान सञ्चालन गरेको… पुरा पढौ

स्याङजा स्थित उत्तरबाहिनीमा प्राकृतिक चिकित्सालय बन्दै

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–१ महालिङ्गधामस्थित उत्तरबाहिनी क्षेत्रमा प्राकृतिक चिकित्सालय (आयुर्वेद अस्पताल)बन्ने भएको छ । सङ्घीय सरकारको सहरी विकास मन्त्रालय र नगरपालिकाको साझेदारीमा रु दुई करोड १२ लाखको लागतमा १० शय्याको अस्पताल बन्न लागेको हो । फूलजोर निर्माण सेवा बिजुलीबजार काठमाडौँसँग गत फागुन १८ गते यसै आर्थिक वर्षमा काम सक्नेगरी भएको सम्झौताको काम धमाधम चलिरहेको छ । बयालीस रोपनी क्षेत्रफल ओगट्ने सुविधा सम्पन्न २४ कोठे अस्पतालबाट पञ्चतत्व, हाइड्रोथेरापी, फिजियोथेरापी, योगथेरापी, मसाजथेरापी, स्टिमथेरापी, अकुपञ्चर, एक्युप्रेससरलगायतका पद्धतिमार्फत बिरामीको उपचार गरिनेछ । “सामाजिक… पुरा पढौ

चेम्बर अफ कमर्स दक्षिण इकाईको रक्तदान १३ गते

पोखरा । चेम्बर अफ कमर्स दक्षिण क्षेत्र इकाई पोखरा महानगरपालिका १७, २१, २२ र ३३ ले वृहत रत्तदानको आयोजना गर्ने भएको छ । ‘रक्तदान जीवनदान, जीवनदान महादान, रक्तदान गरौ पुण्य कमाऔं’ भन्ने नारासहित आगामी १३ गते शनिबार बिरौटाचोकमा रक्तदानको आयोजना गर्न लागको आयोजक संस्थाका अध्यक्ष गोकर्ण क्षेत्रीले जानकारी दिए । उनले पोखरा क्षेत्रमा भएको रक्तअभावको समस्यालाई मध्यजनर गर्दै वृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।उनका अनुसार बिरौटा चोकमा हुने रक्तदान विहान ७ बजे सुरु हुनेछ । पुरा पढौ

सिटी रेवान पोखराको रक्तदानमा ४४ युनिट रगत संकलन

पोखरा, जेठ ११ पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियसन (सिटी रेवान पोखरा)ले आयोजना गरेको बृहद रक्तदान कार्यक्रममा ४४ युनिट रगत संकलन भएको छ । सिटी रेवान पोखराको वार्षिक क्यालेन्डर अनुसार पोखराको सृजनाचोकमा विहीबार विहान आयोजना गरिएको रक्तदान कार्यक्रममा उक्त संख्यामा रगत संकलन भएको हो । रक्तदान कार्यक्रमको रेडक्रस कास्कीका अध्यक्ष दण्डराज शर्माले होटल व्यवसायी महासंघ गण्डकीका महासचिव देवेन्द्र लम्साललाई ब्लड व्याग हस्तान्तरण गरेर उद्घाटन गरेका थिए । रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा सिटी रेवान पोखरामा आबद्ध… पुरा पढौ

बागलुङको धललागिरि अस्पतालमा मेरुदण्डको शल्यक्रिया

बागलुङको धललागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया गरिएको छ । मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा परेका बागलुङकै ५२ वर्षीय एक पुरुषकोे बुधबार शल्यक्रिया गरिएको हो । धवलागिरि अस्पतालका डा. विनित ढकाल, डा. समिर लामिछाने, डा. प्रमेश थापा, डा. राजन शर्मा, डा. अमित ढुङ्गानालगायत चिकित्सक टोलीले मेरुदण्डको शल्यक्रिया गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रविरञ्जन प्रधानले जानकारी दिए । “यसअघि कम्मरको हड्डी भाँचिएको पनि शल्यक्रिया गरिएको थियो, ‘रिफर सेन्टर’का रूपमा चिनिएको अस्पतालले पछिल्लो समय विशेषज्ञ सेवालाई थप गर्दै गएको छ”, उनले भने । अहिले… पुरा पढौ