स्वास्थ्य

जर्मनीमा फेरि बढे कोरोना सङ्क्रमित

जर्मनीमा फेरि पनि कोरोना भाइरसका सङ्क्रमितहरु बढ्न थालेका छन् । यहाँका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका अधिकारीहरुले पछिल्ला दिनमा दैनिक करिब एक लाख सङ्क्रमित पाइने गरेको पाइएको बताएका छन् ।यहाँ मङ्गलबार मात्र १ लाख भन्दा बढी सङ्क्रमित देखिएका छन् । ती सङ्क्रमितहरु गएको अप्रिल महिनादेखि पहिलो पटक यतिधेरै सङ्क्रमित देखिएका बताइएको छ ।जर्मनीको रोबर्ट कोच इन्स्टिच्युटले दिएको जानकारी अनुसार यहाँ पछिल्लो समयमा कारोनाा सङ्क्रमित बढेका छन् र मङ्गलबार मात्र १ लाख जना भन्दा बढीमा सो सङ्क्रमण पाइएको छ ।यहाँ गएको… पुरा पढौ

भारतमा आठ हजार ५८२ नयाँ सङ्क्रमित

भारतमा शनिबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा आठ हजार ५८२ कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ ।हाल भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४४ हजार ५१३ रहेका छन् । यो कुल सङ्क्रमितको ०।०६ प्रतिशत भएको जनाइएको छ । शनिबार मध्यरातिसम्म अर्थात् २४ घण्टाको समयावधीमा चार हजार ४३५ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड ३० लाख भन्दा बढी पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८।७१ प्रतिशत रहेको छ ।कोरोना… पुरा पढौ

स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग

प्रतिनिधिसभाका सांसदहरुले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।आर्थिक वर्ष २०७९÷८० को बजेटको विभिन्न शीर्षकमाथि मन्त्रालयअन्तर्गतको छलफलका क्रममा दलीय आधारमा सांसद डा भीम रावलले भारतसँग जोडिएका सिमानाका बारेमा सरकारको जवाफ माग गरे । उनले नेपाललाई शान्ति क्षेत्र घोषणा गरिनुपर्ने र संविधानविपरीत कुनै पनि गतिविधि गर्न नहुनेमा जोड दिए । सांसद खगराज अधिकारीले सहरी विकासमन्त्रीले कास्कीको पोखरामा सबै बजेट कटौटी गरिएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा बजेटको कमी भएको तथा जनताको स्वास्थ्यप्रति सरकार गम्भीर नभएको बताए । सांसद शक्तिबहादुर… पुरा पढौ

२१ दिने साइकलिङ च्यालेन्जको उपाधि सुनिलले जिते

सुनिल सुवालले २१ दिने साइकलिङ च्यालेन्जको उपाधि जितेका छन्। च्यालेन्जमा कुल ६ हजार ९ सय अंकसहित प्रथम स्थान हासिल गरेर उनले प्याङ्क कस्टम माउन्टेन बाइक पुरस्कार हात पारेका छन्। दोस्रो स्थानमा सुधीर पराजुलीले इन्डकसन हिटर पुरस्कार हासिल गरेका छन्। तेस्रो विकास तमाखु र चौथो स्थान निशान त्वायनाले ताम्राकार कर्पोरट ग्रुपको तर्फबाट वाटर बोटल प्राप्त गरेका छन्। च्यालेन्जमा मोस्ट कन्सिस्टेन्त राइडरको उपाधि निर्जला कोजु, कमिनिका न्याइच्याई र निर्मला कुटुवले जितेका छन्। उनीहरुले जुजु बाइक्सको तर्फबाट विषेश उपहार प्राप्त गरेका छन्। साइकलप्रति… पुरा पढौ

लमजुङमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम

लमजुङमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ। जिल्लाका सहिद र बेपत्ताका परिवार, जनयुद्ध, द्वन्द्व, जनआन्दोलनका घाइतेहरु, ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र भएकाहरुको निःशुल्क स्वास्थ्य बीमा भएको छ। यस्तै, अस्पतालमा डाइलेसिस सेवा लिइरहेका बिरामीहरुले पनि निःशुल्क स्वास्थ्य बीमाको सुविधा पाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गण्डकी प्रदेश पोखराको आर्थिक वर्ष २०७८÷०७९ को स्वीकृत स्वास्थ्य बीमा कार्यक्रम अनुसार लमजुङमा पनि कार्यक्रम सञ्चालन भएको हो। स्वास्थ्य बीमा बोर्ड शाखा कार्यालय बेंसीशहरका अनुसार सहिद र बेपत्ताका परिवार, जनयुद्ध, द्वन्द्व, जनआन्दोलन, मधेश आन्दोलन र थारुहट… पुरा पढौ

सडक भासिएपछि बिरामीलाई हेलिकोप्टरबाट काठमाडौं लगियो

गोरखाको बारपाकका एक बिरामीलाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं लगिएको छ। उच्च रक्तचापका बिरामी ५२ वर्षीय बालशम्सेर गुरुङलाई एयर डाइनेष्टीको हेलिकोप्टरबाट शुक्रबार काठमाडौं लगिएको हो। तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पावरहाउसनजिक आज बिहान सडक भासिएपछि राजमार्ग अवरुद्ध छ। सडकमार्ग हुँदै जान नसकिने भएपछि दमौलीमा हेलिकोप्टर मगाएर काठमाडौं लगिएको परिवार श्रोतले जनाएको हो। रासस पुरा पढौ

जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा खाद्यान्न बितरण

पोखरा । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले पोखरा महानगरपालिका वडा नं. १७ सितापाईला स्थित पोखरा बृद्धाश्रमका जेष्ठ नागरिकको शुक्रबार स्वास्थ्य परीक्षण तथा खाद्यान्न बितरण गरेको छ । एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको १७ औं स्थापना दिवशको अवसर पारेर गण्डकी प्रदेश र कास्की जिल्ला कमिटीको आयोजनामा आश्रममा रहेका ४८ जना जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरी औषधी बितरण गरेको महासंघका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशका सहइञ्चार्ज बालकृष्ण लामिछानेले जानकारी दिए । जेष्ठ नागरिकको उच्च रक्तचाप, मधुमेह लगायतको परिक्षण गरी औषधी बितरण गरिएको लामिछानेले बताए… पुरा पढौ

गर्भावस्था र सुत्केरीपश्चात दिइने सेवा प्रभावकारी बनाइँदै

कैलालीको टीकापुर नगरपालिकाले गर्भावस्था र सुत्केरीपश्चात दिइने सेवालाई प्रभावकारी बनाउन विभिन्न स्वास्थ्य कार्यक्रम सुरुआत गरेको छ । नगरपालिकाले अनिवार्य गर्भजाँच र सुत्केरीपश्चातको स्वास्थ्य परीक्षणलाई थप प्रभावकारी बनाउन घरभेट कार्यक्रम, गर्भवतीको गर्भको विवरण मात्र नभई पारिवारिक, आर्थिक र सामाजिक विवरणसमेत लिने गरी स्वास्थ्यकर्मीलाई तालिम दिएको छ । नगरपालिकाले सरकारले लिएको दिगो विकास लक्ष्य प्राप्तिलाई सफल पार्नुका साथै मातृशिशु मृत्युदर शून्यमा झार्न यी सेवा प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई थप जिम्मेवारी र सचेत गराएको छ । गर्भजाँच तथा सुत्केरीपछिको जाँचलाई प्रभावकारी बनाउन स्वास्थ्य संस्थाले… पुरा पढौ

ब्राजिलमा मङ्कीपक्स् पहिलो घटना पुष्टि

ब्राजिलको साओ पाउला सहरमा बिहीबार मङ्कीपक्स् पहिलो घटना पुष्टि भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।भर्खरै स्पेन र पोर्चुगलको यात्रा गरेका ४१ वर्षीय पुरुषमा सो भाइरस भेटिएको सहरको स्वास्थ्य सचिवालयले एक विज्ञप्तिमा जानकारी दिएको छ । बिरामीलाई हाल एमिलियो रिबास सार्वजनिक अस्पतालमा अलग्गै राखिएको बताइएको छ ।यद्यपी यसअघि पनि साओ पाउलोमा २६ वर्षीया एक महिलालाई मङ्कीपक्स् हो कि भन्ने शङ्कामा अस्पतालमा भर्ना गरेर अनुसन्धान भइरहेको सचिवालयले जानकारी दिएको छ ।रासस पुरा पढौ

बालबालिकालाई आजदेखि बुस्टर डोज दिइँदै

सरकारले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाभाइरस (कोभिड) विरुद्धको बुस्टर डोज दिदैँछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (शुक्रबार)देखि सो उमेर समूहका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको दिने जनाएको हो। पूर्ण मात्रा खोप लगाएका यस उमेर समूहका बालबालिकालाई बुस्टर डोज मोडर्ना तथा फाइजर जुन लगाएपनि हुने मन्त्रालयले जनाएको छ। मोर्डना खोप बुस्टर लगाउँदा ०.२५ एमएल दिनुपर्ने हुन्छ भने फाइजर खोप ०.३ एमएल दिनुपर्ने हुन्छ। पुरा पढौ