प्रवास

प्रेस स्वतन्त्रता दिवसमा मुख्यमन्त्री पोखरेलको शुभकामना

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्वतन्त्र पत्रकारिता लोकतन्त्रको सबैभन्दा ठूलो उपलब्धि रहेको बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवस २०२२ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको मजबुत र सुन्दर पक्ष रहेकाले यसको जगेर्नाका लागि सबै पक्ष अग्रसर हुनुपर्ने बताएका हुन्। नेपालको सन्दर्भमा लोकतन्त्र स्थापनाका लागि पत्रकार र पत्रकारिता जगतको अतुलनीय योगदान रहेको विषय स्मरण गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको महत्व र विशेषता उजागर गरी यसलाई थप संस्थागत गर्न नेपाली पे्रस जगत सजगरुपमा… पुरा पढौ

आज अन्तर्राष्ट्रिय श्रमिक (मे) दिवस

आज मे १ तारिक अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस। प्रत्येक वर्ष मे १ तारिखको दिन नेपाल लगायत विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाइने उत्सव श्रमिक दिवस। १ मे १८८६ का दिन औद्योगिक राष्ट्र विशेष गरी अमेरिका र युरोपका मजदुरहरूले समानता, उपयुक्त श्रमज्याला, उचित विदा सुविधा, र श्रम वातावरणको लागि एकीकृत हुने उद्घोषस गर्दै ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरन्जनको एक दिवसीय समय विभाजनको माग गरेको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाइन्छ। शिकागोमा यही माग सहितको श्रमिकहरूको… पुरा पढौ

एकै दिनमा ८० हजारभन्दा बढी संक्रमित

दक्षिण कोरियामा कोभिड १९ को संक्रमण बढ्दो देखिएको छ । त्यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टाभित्र मात्र ८० हजार जना भन्दा बढीमा कोभिडको संक्रमण भएको छ । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टा यतामात्र कम्तीमा पनि ८० हजार ३६१ जना संक्रमित भेटिएका छन् । त्यहाँ पछिल्ला हप्ताहरुमा कोभिडका संक्रमित बढ्दै गएकाले अहिले १ करोड ७० लाख मानिसमा कोभिडको संक्रमण पुगेको पाइएको नि समाचारमा जनाइएको छ । यहाँ अघिल्लो हप्तासम्ममा दैनिक कम्तीमा पनि १ लाख… पुरा पढौ

रुसद्धारा तेस्रो विश्वयुद्धको चेतावनी

रुसी विदेशमन्त्री सर्गेई लाभारोभले युक्रेनलाई पश्चिमा राष्ट्रहरुले सहयोग जारी राखे तेश्रो विश्वयुद्ध हुनसक्ने चेतावनी दिएका छन । अमेरिका लागायत पश्चिमा राष्ट्रहरुले युक्रेनको डोनबास क्षेत्रमा भारी मात्रामा हतियार पठाएको विषय उठाउदै विदेशमन्त्री लाभारोभले यस्तो चेतावनी दिएका छन् । विदेशमन्त्री सर्गेई लाभारोभले पश्चिमा देशहरुले युक्रेनमा पठाएको हतियारको निशाना रुसी सेना भएको बताएका छन । उनले नाटोले रुससँगै युद्ध चाहेको देखिएको समेत बताएका छन । रुसी सेनाले युक्रेनमा हतियार पठाउने ६ वटा च्यानल ध्वस्त बनाएको जानकारी पनि विदेशमन्त्री लाभारोभले दिएका छन । यता… पुरा पढौ

पछिल्लो २४ घण्टामा थप २२ हजारमा कोरोना पुष्टि, ३९ जनाको मृत्यु

काठमाडौं । चीनको सांघाई शहरमा पछिल्लो २४ घण्टामा थप २२ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । साढे २ करोड जनसंख्या भएको सांघाई पछिल्लो समय कोरोना संक्रमणको चपेटामा परेको छ । वृद्धवृद्धा र खोप नलागाएको ठूलो जनसंख्या कोरोनाको जोखिममा रहेको चीनको स्वास्थ मन्त्रालयले जनाएको छ । संक्रमितहरूको मृत्यु बढेसँगै चीनमा निर्मित खोपको प्रभावकारीतामाथि पनि प्रश्न उठाउन थालिएको छ । राजधानी बेइजिङमा पनि २२ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा थप ३९ जनाको कोरोना संक्रमणका कारण मृत्यु… पुरा पढौ

२४ घण्टामा थप दुई हजार ४५१ जनालाई कोरोना संक्रमण

भारत २४ घण्टाको समयावधी अर्थात बिहीबार मधयरातिसम्म दुई हजार ४५१ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि त्यहाँ कुल सङ्क्रमतिको संख्या चार करोड ३० लाख ५२ हजार ४५२ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः नयाँ संक्रमितको संख्या २ हजार नाघेको यो लगातार तेस्रो दिन हो । यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ५४ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ५ लाख २२ हजार ११६ पुगेको छ… पुरा पढौ

बेलायतका प्रधानमन्त्री जोनसन भारतमा, प्रधानमन्त्री मोदीद्वारा स्वागत

प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई नयाँ दिल्लीको राष्ट्रपति भवनमा औपचारिक स्वागत गरेका छन्। दुई दिने भारत भ्रमणमा रहेका बेलायती प्रधानमन्त्रीलाई राष्ट्रपति भवनमा गार्ड अफ अनर दिइएको थियो । बेलायत र भारतको रणनीतिक प्रतिरक्षा, कूटनीतिक र आर्थिक साझेदारीमा घनिष्ट साझेदारीलाई सुदृढ पार्ने र इन्डो-प्यासिफिकमा सुरक्षा सहयोगलाई अगाडि बढाउने विषयमा गहिरो वार्ता गर्न भारत भ्रमणको शुरुवातमा जोनसन बिहीबार गुजरात पुगेका थिए । यसअघि बेलायती प्रधानमन्त्रीले राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । बेलायती प्रधानमन्त्रीले भारतका विदेशमन्त्री एस जयशंकरसँग… पुरा पढौ

बाढीबाट मृत्यु हुनेको संख्या ४३५

दक्षिण अफ्रिकाको क्वाजुलु-नाताल बाढीबाट मर्नेको संख्या ४४८ पुगेको सार्वजनिक भएपनि ४३५ रहेको जनाइएको छ। प्रहरी मन्त्री भेकी सेलेले बिहीबार बाढीको बारेमा मिडियालाई जानकारी दिँदै उक्त कुरा बताएका हुन् । त्यहाँ ४४८ मृत्युको संख्या थियो जुन अहिले ४३५ मा परिमार्जन गरिएको छ। परिमार्जन गरिएको छ। शवको पोस्टमार्टमको नतिजा सार्वजनिक गर्दै उनले गोलीका चोटहरू फेला परेका कारण मृत्युहरू हत्यासँग सम्बन्धित भएको पुष्टि भएको पनि बताएका छन्। विपद्सँग सम्बन्धित नभएको प्राकृतिक कारणले धेरै मानिसको मृत्यु भएको निश्चित थियो। आज बिहानसम्म मृत्यु हुनेको अन्तिम… पुरा पढौ

अर्थमन्त्रीलाई कोभिड संक्रमण

जर्मनीका अर्थमन्त्री क्रिस्चियन लिन्डनरलाई कोभिड–१९ पोजिटिभ देखिएको मन्त्रालयका एक अधिकारीले बुधबार जानकारी दिएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको बैठकका लागि अमेरिकी राजधानी वासिङ्टन पुग्नु भएको लिन्डनरलाई कोरोना पोजेटिभ देखिएको समाचारमा जनाइएको छ । लिन्डनरले कोरोना पोजेटिभ देखिनुअघि अर्थमन्त्रीहरू र केन्द्रीय बैंकका अध्यक्षहरूको जी२० बैठक र जी७ बैठकमा भाग लिनु भएको अधिकारीहरुले जानकारी दिएका छन् । जर्मनीले हाल जी७ को अध्यक्षता गर्दै आएको छ । मन्त्री ठिक भएको र उनलाई हल्का लक्षण मात्रै देखिएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका… पुरा पढौ

आँधीका कारण मृत्यु हुनेको संख्या २२४ पुग्यो

फिलिपिन्समा उष्णकटिबंधीय आँधी अगाटोनका कारण मृत्यु हुनेको संख्या २२४ पुगेको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले बिहीबार जनाएको छ। प्राकृतिक प्रकोपबाट प्रभावित हुनेको संख्या २ करोड ८० लाख नाघेको छ । उष्णकटिबंधीय आँधीमा १७५, ००० भन्दा बढीले आफ्नो घर छोडेका छन्। अझै पनि ७५ बस्ती विद्युतविहीन छन् । अप्रिल ९(१२ मा फिलिपिन्समा आएको उष्णकटिबंधीय आँधीले बाढी र झण्डै ९० वटा पहिरो निम्त्याएको छ।रासस पुरा पढौ