आज मे १ तारिक अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस। प्रत्येक वर्ष मे १ तारिखको दिन नेपाल लगायत विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाइने उत्सव श्रमिक दिवस।
१ मे १८८६ का दिन औद्योगिक राष्ट्र विशेष गरी अमेरिका र युरोपका मजदुरहरूले समानता, उपयुक्त श्रमज्याला, उचित विदा सुविधा, र श्रम वातावरणको लागि एकीकृत हुने उद्घोषस गर्दै ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरन्जनको एक दिवसीय समय विभाजनको माग गरेको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाइन्छ।
शिकागोमा यही माग सहितको श्रमिकहरूको शान्तिपूर्ण प्रर्दशनकारीहरूमाथि गोली चलाउँदा थुप्रै प्रदर्शनकारीको हत्या गरिएपछि ४ मे का दिन आक्रोसित प्रर्दशनकारीद्वारा बम विष्फोट गर्दा ४ प्रहरी सहित ७ जनाको मृत्यु भएको थियो।
त्यसपश्चात घटनाको मुख्य षड्यन्त्रकारी र दोषीको रूपमा ८ जना निर्दोषलाई पक्राउ गरी फाँसी दिइयो। यसकै ३ वर्षपछी फ्रेन्च सोसियलिस्ट पार्टीले मे १ लाई (श्रमिकहरु एकीकृत हुने घोषणा गरेको दिन) International Workers Day को रूपमा मनाउने घोषणा गरेको थियो।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो।
त्यस यता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरेको हो। विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन्।
हाल, यस दिन विश्वका ८० भन्दा बढी देशहरूमा आधिकारिक सार्वजनिक विदा दिइन्छ। विश्वका धेरै देशहरूमा यही दिनलाई आधिकारिक मजदुर दिवस मनाइन्छ। नेपालमा सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै आएको छ।
नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो। विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा महानगरपालिकाले चीनको मितेरी सहर लिञ्जीबाट उपहारस्वरुप पाएका स्वास्थ्य सामग्री अन्ततः साढे…






