प्रवास

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख ५७ हजारभन्दा बढी

नयाँदिल्ली। भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म एक करोड पाँच लाख ५७ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १५ हजार १४४ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ५ लाख ५७ हजार ९८५ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण १८१ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५२ हजार २७४ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड एक… पुरा पढौ

जर्मनीका चान्सलर मर्केलको उत्तराधिकारीमा लश्चेत चयन

जर्मनीमा चान्सलर एन्जेला मर्केलको नेतृत्वमा रहेको गठबन्धन (सीडीयू)ले नयाँ नेतृत्वमा अर्मिन लश्चेतलाई चयन गरेको छ। लश्चेतलाई मर्केलको निकट सहयोगी र बहुसांस्कृतिक रक्षकका रूपमा हेर्ने गरिएको छ। लश्चेतले चान्सलर एन्जेला मर्केलको राजनीतिक मार्गलाई जारी राख्ने प्रतिबद्धता जाहेर गरेका छन्। कर्पोरेट वकिल फ्रेडरिक मर्ज र विदेश मामिलाविज्ञ नोर्बर्ट रोत्जेनलाई पराजित गर्दै शनिबार ५९ वर्षीय लश्चेत सीडीयू प्रमुख चयन भएका हुन्। सीडीयू अध्यक्षले परम्परागतरूपमा पार्टी र यसको भगिनी बभेरियाली सीएसयू पार्टीलाई निर्वाचनमा अघि सार्छ । यसको अर्थ लश्चेत जर्मनीको चान्सलरमा प्रतिस्पर्धा गर्ने संभावना… पुरा पढौ

१० नेपालीले के टू हिमालको सफल आरोहण गरेर विश्व रेकर्ड बनाए

पाकिस्तानमा रहेको के टू हिमालको सफल आरोहण गरेर १० जना नेपाली आरोहीहरुको समूहले विश्व कीर्तिमान बनाएका छन्। अत्यन्तै खतरनाक मानिने के टू हिमालमा हिउँदयाममा अहिलेसम्म कोही पनि पुगेको थिएन। सबैभन्दा कम समयमा विश्वका १४ वटै हिमाल आरोहणको रेकर्ड बनाएका आरोही निर्मल पूर्जासहितको टोली शनिबार बेलुकी सवा ५ बजे शिखरमा पुगेको टोलीमा सहभागी मिङ्मा डेभिड शेर्पाले जानकारी दिए। ८ हजार ६ सय ११ मिटर अर्थात् विश्वकै दोश्रो अग्लो के टू हिमालमा अहिले माइनस ६२ डिग्री सेल्सियस तापक्रम रहेको र प्रतिघण्टा एक… पुरा पढौ

रंगभेद तथा जातीय विभेद बिरुद्ध रणनीति बनाउन बेलायती सांसदको अध्यक्षतामा गठित स्थानीय समितिमा श्रेष्ठ

रंगभेद तथा जातीय विभेद बिरुद्ध रणनीति बनाउन बेलायती सांसदको अध्यक्षतामा गठित स्थानीय समितिमा श्रेष्ठ। रंगभेद एबम जातीय आधारमा हुने असमानता र विभेदबारे अनुगमन गरी त्यसको रोकथामका लागि रणनीति तय गर्न पुर्ब मंत्री समेत रहेका सत्तारुढ पार्टीका एक बेलायती सांसदले गठन गरेको समितिमा शिवजी श्रेष्ठ नियुक्त भएका छन् ।  बेलायतको बेजिङस्टोक क्षेत्रकी सांसद मारिया मिलरद्धारा गठित ‘द रिफरेन्स ग्रुप’मा बेजिङस्टोक मल्टिकल्चरल फोरमका अध्यक्ष समेत रहेका श्रेष्ठ नियुक्त भएका हुन् ।  सांसद मिलरको नेतृत्वमा रहेको उच्चस्तरीय समितिमा स्थानीय बेजिङस्टोक काउन्सिलका मेयर डायनी टेलर, बेजिङस्टोक जिल्ला… पुरा पढौ

भारतमा कोरोनाविरुद्धको खोप लगाउन शुरु, प्रधानमन्त्री मोदीद्धारा उद्घाटन

भारत । भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि शुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गरेका हुन् । यस अभियानलाई विश्वकै सवैभन्दा ठूलो खोप अभियान भनिएको छ । अभियानअन्तर्गत सवैभन्दा पहिला कोरोनाविरुद्धको लडाईमा अग्रपक्तिमा खटिएकाहरुलाई खोप लगाउने मापदण्ड बनाइएको छ । अग्रपक्तिका सेवाप्रदायकसहित पहिलो चरणमा झण्डै तीन करोड मानिसलाई खोप लगाउने भारतीय सरकारको तयारी छ । खोप लगाउनका लागि देशभरी तीन हजार ६ ठाउँमा खोप केन्द्रको व्यवस्था गरिएको र ती सवै भर्चुअल माध्यमबाट एक अर्कामा… पुरा पढौ

अल्जेरियामा कार बम बिस्फोट, पाँच सर्वसाधारणको मृत्यु

अल्जेरियामा कार बम बिस्फोट हुँदा पाँच जना सर्वसाधारणको मारिएका छन्। पूर्वी अल्जेरियाको तेब्बास क्षेत्रमा सर्वसाधारणलाई लक्षित गरी कार बम बिस्फोट हुँदा अन्य ३ जना घाइते भएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ। अघिल्लो हप्ता सैनिक कारवाहीमा हतियारधारी समूहका केही व्यक्तिको मृृत्यु भएलगत्तै सो आक्रमण भएपनि घटनाको कसैले पनि हालसम्म जिम्मा नलिएको सरकारी अधिकारीहरुले जनाएका छन्। सन् १९९० को दशकदेखि अल्जेरियामा विभिन्न सशस्त्र समूहले हिंसात्मक गतिविधि संचालन गर्दै आएका छन्। सन् २००० मा सेनाको कारवाहीमा त्यहाँ हजारौं सर्वसाधारणको मृत्यु भएको थियो। एजेन्सी पुरा पढौ

इन्डोनेसियाको भूकम्पमा परि मृत्यु हुनेको संख्या ४२ पुग्यो

इन्डोनेसियाको सुलावेसी द्वीपमा आएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या ४२ जना मृत्यु भएको छ । शुक्रबार बिहान एउटा सानो भूकम्प गएको एक घण्टापछि ६ दशमलव २ म्याग्निट्यूडको ठूलो भूकम्प आएको थियो। उद्धारकर्मीहरूले भग्नावशेषमा जीवित मानिसहरुको खोजी भइरहेको स्थानीय प्रहरीका अधिकारीले जानकारी दिएको छ। भूकम्पका कारण सयौं मानिस घाइते भएका छन् भने हजारौं विस्थापित भएका छन्। विनाशकारी भूकम्प र सुनामीका कारण हरेक वर्ष इन्डोनेशिया प्रभावित हुने गरेको छ। सन् २०१८ मा सुलावेसीमा भूकम्पका कारण २ हजार जनाभन्दा बढी मानिसको मृत्यु भएको… पुरा पढौ

कोरोनाबाट मृत्यु २० लाख नाघ्यो, सबैभन्दा बढी अमेरिकामा

कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या २० लाख नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयद्वारा जारी पछिल्लो तथ्यांकअनुसार तीमध्ये सबैभन्दा बढी मृत्यु अमेरिकामा भएको छ। कोरोना संक्रमणले अमेरिकामा अहिलेसम्म ३ लाख ९० हजार जनाको मृत्यु भएको हो। यसपछि, ब्राजिलमा करिब २ लाख र भारतमा करिब डेढ लाख जनाको मृत्यु भएको छ। यस्त,ै अहिलेसम्म विश्वभर ९ करोड ३० लाखभन्दा बढी व्यक्ति कोरोनाबाट संक्रमित भएका छन्। पुरा पढौ

बस र ट्रक आपस ठोक्किदा एघारको मृत्यु

भारत । भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा भएको एक सडक दुर्घटनामा परेर कम्तीमा पनि ११ जना व्यक्तिको मृत्यु भएको बताइएको छ । समाचारमा बताइएअनुसार एउटा मिनीबस विपरीत दिशाबाट आएको अर्को एक ट्रकसँग एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो । त्यसमा परी अरु सात जना घाइते भएका छन् । उनीहरुलाई अस्पताल पुर्याइएको छ । सो दुर्घटनामा परेर उक्त बसमा रहेका एकजना पुरुष सवारी चालक सहित ११ जनाको ज्यान गएको बताइएको छ । मृत्यु हुनेमा दश जना यात्रु महिला रहेको प्रहरीले जानकारी दिएको… पुरा पढौ

इन्डोनेसियामा शक्तिशाली भूकम्प, ३४ जनाको मृत्यु

एजेन्सी । इन्डोनेरियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । यस भूकम्पमा परी कम्तीमा ३४ व्यक्तिको मृत्यु भएको प्रारम्भिक जानकारी दिएको छ । यस भूकम्पमा परेर एक अस्पताल र कयौँ भवन भत्किनुको साथै र क्षतिग्रस्त भएको बताइएको छ । बिहान सबेरै आएको यस भूकम्पमा परी सुलावेसी द्वीपका सयौँ व्यक्ति घाइते भएका जनाइएको छ । यस द्वीपमा साढे दुई वर्षअघि आएको भूकम्प र सुनामीमा परी हजारौँ व्यक्तिको मृत्यु भएको थियो ।सुलावेसी द्वीपको मामुजु शरहमा मात्र यस भूकम्पको… पुरा पढौ