प्रवास

बिहारको विधान सभा निर्वाचनको मतगणना आज गरिँदै

कार्तिक २५ पोखरा । भारतको बिहारमा सम्पन्न विधान सभाको मत गणना आजदेखि सुरु गरिने भएको छ । शनिबार सम्पन्न तेस्रो चरणको विधान सभा निर्वाचनको मत परिणाम आज राति सम्म आउने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । निर्वाचनमा वर्तमान मुख्यमन्त्री नितिश कुमार र प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी गठबन्धन र पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजश्वी नेतृत्वको गठबन्धन विच कडा कडा टक्कर हुने बिश्लेषण गरिएको छ । बिहार बिधानसभामा कुल २ सय ४३ सीट रहेकोमा सरकार गठनका लागि १ सय २२ सीट… पुरा पढौ

भारतीय पत्रकार अर्नबलाई रिहा गर्न उच्च अदालतद्वारा अस्वीकार

कार्तिक २४ काठमाडौं । आत्महत्या दुरुत्साहनको मुद्दामा प्रहरी हिरासतमा रहेका भारतीय पत्रकार अर्नब गोस्वामीलाई जमानतमा रिहा गर्न अदालतले अस्वीकार गरेको छ । आत्महत्या दुरुत्साहनको मुद्दामा एक सातादेखी हिरासतमा रहेका पत्रकार अर्नवलाई मुम्बईको उच्च अदालतले जमानतमा रिहा गर्न अस्वीकार गरेको हो । भारतको रिपब्लिक टेलिभिजनका संस्थापक समेत रहेका ४७ वर्षीय अर्नबलाई स्टुडियो डिजाइन गर्ने इन्टेरियर डिजाइनरलाई आत्महत्याका लागि बाध्य पारेको आरोप छ । मुम्बई उच्च अदालतले आफ्नो फैसलामा भनेको छ– अनर्बले चाहेको अवस्थामा न्यायालयमा जमानतको लागि आग्रह गर्न सक्नेछन् । अर्नबको… पुरा पढौ

आईपीएलको इतिहासमै दिल्ली पहिलो पटक फाइनलमा

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। दिल्ली आईपीएलको इतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेको हो। गएराति भएको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै दिल्ली फाइनलमा प्रवेश गरेको हो। शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ९० रनको लक्ष्यसहित जवाफी ब्याटिङ उत्रिएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन मात्रै बनाउन सक्यो। यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर… पुरा पढौ

यो साता विदेशमा ५४४ नेपाली सङ्क्रमित, एकको निधन

कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएयता थप दुई देशका नेपालीमा सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा सङ्क्रमण देखिएको हो । सङ्घका अनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार, यो साता विदेशमा रहेका थप एक हजार १६३ जना नेपालीलाई कोरोनामुक्त भएका छन् भने थप ५४४ जनामा सङ्क्रमण देखिएको छ । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार, विदेशमा ४४ हजार ११३… पुरा पढौ

ढाकामा रहेको नेपाली फुटबल टोलीको प्रशिक्षण आज (आइतबार) बाट

बंगलादेशसँगको मैत्रीपुर्ण खेलका लागि हाल ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आज (आइतबार)बाट प्रशिक्षण सुरु गर्ने भएको छ। ढाका पुगेपछि गरिएको कोरोना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएपछि नेपाली टिमले बंगलादेशको स्वास्थ्य मन्त्रालयबाट प्रशिक्षणका लागि स्विकृती पाएको हो। नेपालले आज (आइतबार) शेख जमल धनमुण्डी फुटबल मैदानमा प्रशिक्षण गर्नेछ। मैत्रीपुर्ण खेलका लागि नेपालबाट २५ खेलाडी ११ अफिसियल ढाका पुगेका छन्। ढाका पुगेको ३ दिनमै नेपाली टिमले प्रशिक्षण सुरु गर्ने मौका पाएको हो। प्रशिक्षक बालगोपाल महर्जनको प्रशिक्षणमा रहेको नेपाली फुटबल टिमले ढाका पुगेपछि… पुरा पढौ

मुलुकलाई विभाजित गर्दिन, रातो र निलो रंग भन्दिन : जो बाइडेन

अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएपछि जो बाइडेनले देशवासीलाई सम्बोधन गर्दै अमेरिकी मुलुकलाई विभाजित नगरी जोड्ने बताएका छन्। गृहराज्य डेलवरको विलमिङटनबाट सम्बोधन गर्दै बाइडेनले भनेका छन्, ‘मुलुकलाई विभाजित नगरी जोड्नेछु, रातो निलो रंगको राज्यलाई हेर्दिन, संयुक्त राज्य अमेरिका आफ्नो दृष्टिमा रहनेछ, तीतो बयानबाजी छोडेर एक अर्कालाई मौका दिएर हेर्नुपर्नेछ।’ उनले आफ्नो विजयी सम्बोधनमा एकता र सहकार्यका लागि आह्वान गरेका छन्। जनताको भरोसालाई विनम्रतापूर्वक स्वीकार गरेको बताउँदै बाइडेनले आफू कुनै पार्टीको नभई अमेरिकाको राष्ट्रपति बनेको उल्लेख गरे। सबैको साथ र सहयोगले अमेरिकालाई… पुरा पढौ

अमेरिकामा पहिलो अस्वेत महिला उपराष्ट्रपति कमला ह्यारिस

अमेरिकी उपराष्ट्रपति पदमा कमला ह्यारिस निर्वाचित भएकी छन्। नेपाली समयअनुसार शनिबार अबेर राति आएको नतिजाअनुसार कमला विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाको पहिलो महिला अश्वेत उपराष्ट्रपतिमा चुनिएकी हुन्। उनी उपराष्ट्रपतिमा निर्वाचित हुनु निकै धेरै अर्थमा ऐतिहासिक बनेको छ। कमला, पहिलो महिला उपराष्ट्रपति हुन्, पहिले अश्वेत उपराष्ट्रपति हुन् र पहिलो दक्षिण एशियाली मूलकी उपराष्ट्रपति पनि हुन्। अमेरिकी राजनीतिक इतिहासमा कमला शीर्ष स्थानमा पुग्नु भनेको महिलाका लागि पनि ठूलो उपलब्धिका रुपमा लिइएको छ। क्यालिफोर्नियाकी सिनेटर कमलाले उपराष्ट्रपतिमा निर्वाचन जित्नुलाई अमेरिकी इतिहासमा ठूलो उपलब्धिका रुपमा… पुरा पढौ

‘जिब्रो बम’को उपमा पाएका बाईडेन को हुन् ?

सिनेट छिरेको ४७ वर्षपछि जो बाईडेनलाई राष्ट्रपति बन्ने अवसर प्राप्त भएको छ । उनी सन १९७३ मा सिनेट सदस्य बनेका थिए । जतिबेला अहिलेका कयौं परिचित र चर्चित अमेरिकी नेताहरुको नामोनिसानसमेत थिएन । उनी सातौंपटकसम्म सिनेट सदस्य बनिसकेका छन् । ४७ वर्ष पहिले सिनेट सदस्य बनेका जो बाईडेन अहिले ४७ वर्ष पछि अमेरिकी राष्ट्रपतिमा सर्बाधिक मत प्राप्त गर्दै निर्वाचित भएका छन् । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै बाईडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले जितका लागि २७० ईलेक्टोरल… पुरा पढौ

अमेरिककाको राष्ट्रपतिमा जो बाईडेन निर्वाचित

अमेरिकी राष्ट्रपतिमा जो बाईडेन बिजयी भएका छन् । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै बाईडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले जितका लागि २७० ईलेक्टोरल भोट आवश्यक पर्ने भएपनि २७३ ईलेक्टोरल भोट प्राप्त गरेका छन् । उनले समग्रमा ७ करोड ३० लाख भन्दा बढी मत प्राप्त गरेका छन् । जुन अमेरिकी निर्वाचनको ईतिहासमा निर्वाचित राष्ट्रपतिले प्राप्त गरेको ईतिहासकै सबैभन्दा धेरै मत हो । बिजयी बाईडेन अमेरिकाको ४६ औं राष्ट्रपति बन्नेछन् । यद्वपी उनलाई राष्ट्रपति बन्न कानूनी चुनौति झेल्नुपर्नेछ ।… पुरा पढौ

बाईडेनले भने : ‘म जित्दैछु, मतगणना कुनै हालतमा रोक्न दिन्न’

अमेरीकी राष्ट्रपतिका उम्मेद्वार जोन बाईडेनले आफू जितको नजिक पुगेको बताएका छन् । मतगणना अन्तिम चरणमा पुग्दा जितको नजिक पुगेका उनले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै भने,‘म जित्दैछु तर अन्तिम परिणामका लागि केहि समय धैर्य गर्नूस् ।’ उनले आफूले जित्नेमा आफू ढुक्क रहेको बताए । उनले ३ सय ईलेक्ट्रोल भोट ल्याएर आफूले जित्ने उनको दाबी छ । उनले ईतिहासकै सबैभन्दा धेरै मत ल्याएर चुनाव जित्ने ईतिहाससमेत रच्ने दाबी गरेका छन् । उम्मेद्वार बाईडेनले मतगणना रोक्ने प्रयास भईरहेपनि आफूले त्यस्तो हुन नदिने दृढता… पुरा पढौ