प्रवास

भारतमा ८४ लाख ६२ हजार बढीमा कोरोना संक्रमण

कार्तिक २२ पोखरा । भारतमा ८४ लाख ६२ हजार बढीमा हाल सम्म कोरोना संक्रमणको पुष्टि भएको छ । वल्डोमिटरका अनुसार हालसम्म भारतमा कोरोना संक्रमण हुनेको संख्या ८४ लाख ६२ हजार ८० पुगेको हो । कोरोना संक्रमणका हिसावले विश्वको दोस्रो स्थानमा रहेको भारतमा हालसम्म १ लाख २५ हजार ६०५ जनाले ज्यान गुमाएका छन् । ७८ लाख १९ हजार ८८६ जना संक्रमण मुक्त भएको वल्डोमिटरले उल्लेख गरेको छ । हाल ८ हजार ९४४ जना गम्भिर अवस्थामा उपचाररत छन् भने पाँच लाख १६… पुरा पढौ

अमेरिकी राष्ट्रपतीय चुनावी दौडमा जो बाइडेनको अग्रता कायमै

अमेरिकी राष्ट्रपति निर्वाचनको दौडमा डेमोक्रेट तर्फका उम्मेद्वार जो बाइडेनले आफ्नो अग्रता कायमै राखेका छन्। मतगणना भइरहेका राज्यमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन अग्रस्थानमा छन् । जर्जिया, नेभादा, पेन्सिलभेनिया, एरिजोना राज्यमा राष्ट्रपति डोनल्ड ट्रम्पपछि परेका छन्। ताजा मत परिणामलाई हेर्दा बाइडेन राष्ट्रपति निर्वाचित हुने करिव सुनिश्चित जस्तै देखिएको छ। राष्ट्रपति ट्रम्पले अलास्का र नर्थ क्यारोलिनामा अग्रता कायम गरेका छन्। गणना हुन बाँकी रहेको मत हुलाकमार्फत् हालिएको मतपत्र भएको र मेल इन बक्समा आएका धेरैजसो मत डेमोक्रेटका पक्षमा देखिएकाले बाइडेनले अन्तिमसम्म आफ्नो अग्रता… पुरा पढौ

अमेरिकी राष्ट्रपतीय निर्वाचनको मत गणना जारी, बाइडनको अग्रता कायमै, ट्रम्पद्वारा अझै जीतको दाबी

अमेरिकी राष्ट्रपतीय निर्वाचनको मत गणना जारी छ। हाल, अमेरिकाको एरिजोना, जर्जिया निभाडा, पेन्सिलभिनियालगायतका महत्वपूर्ण राज्यहरूमा हुलाकबाट आएको मतदानको गणना भइरहेका छन्। हालसम्मको मत गणनाको परिणाममा रिपब्लिकन पार्टीका उम्मेदवार तथा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पार्दै डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेनले अग्रतालाई कायमै राखेका छन्। हुलाकबाट आएको मतदानमा सर्वाधिक ७ करोड १५ लाख मत ल्याएर इतिहास रचेका बाइडनको अग्रता निरन्तर बढी रहेको संचार माध्यमहरुले उल्लेख गरेको छ। यसैबीच, डेमोक्राटिक पार्टीका उम्मेदवार जो बाइडनले शान्ति र संयमताको कामनासमेत गरेका छन्। उता, मत गणना… पुरा पढौ

आज भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवणेले मानार्थ सेनापतिको दज्र्यानी चिह्न लगाउँदै

भारतीय सेनाका प्रमुख मनोजमुकुन्द नरवणेले आज (बिहीबार) नेपाली सेनाको मानार्थ सेनापतिको दज्र्यानी चिह्न लगाउँदै छन्। शीतलनिवासमा एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ महारथीको दज्र्यानी चिह्न लगाउनेछन्। उनले राष्ट्रपति भण्डारीका हातबाट नेपाल(भारत दुवै मुलुकका सेना प्रमुखलाई एक(अर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने चलन छ। जसअनुसार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले २८ पुस २०७५ मै भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ महारथीको दज्यानी चिह्न लगाइसकेका छन्। शीतलनिवासमा दर्ज्यानी चिह्न लगाउनुअघि नरवणेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पणका लागि पुग्नेछन्। उनले जंगीअड्डामा सैनिक… पुरा पढौ

अमेरिकी राष्ट्रपति निर्वाचन : बाइडेन जितको नजिक रहँदा ट्रम्प अदालतमा

अमेरिकी राष्ट्रपति निर्वाचनमा प्रतिद्वन्द्वी जो बाइडेनले अग्रता लिदाँ राष्ट्रपति डोनाल्ड ट्रम्प भने अदालत पुगेको अमेरिकी संचार मध्यमहरुले जनाएका छन्। संचार माध्यमहरुका अनुसार ट्रम्पले मत गणनामा धाँधली भएको भन्दै कानूनी दाउपेचमा लागेका छन्। ट्रम्प क्याम्पेनका अधिकारीहरुले मिचिगन राज्यका कतिपय स्थानको मत गणना प्रक्रियामा आफूहरुलाई समावेश नगराएको भन्दै अदालत गएका हुन्। साथै, राष्ट्रपति ट्रम्पले पोस्टल ब्यालेट (हुलाकमार्फतको मतदान) मा धाँधली भएको भन्दै ती मत गणना हुन नहुने बताउँदै आएका छन्। कोरोना महामारीका कारण डेमोक्रेटहरुले आफ्ना समर्थकलाई बढी भन्दा बढी पोस्टल ब्यालेटमार्फत मतदान… पुरा पढौ

अमेरिकी राष्ट्रपति निर्वाचनः जो बाइडेन जितको नजिक

अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन जितको नजिक पुगेका छन् । फक्स न्युजका अनुसार जितका लागि २ सय ७० इलेक्टोरल मत आवश्यक पर्नेमा बाइडेनले २ सय ६४ र ट्रम्पले २ सय १४ प्राप्त गरेका छन् । बाइडेनले राष्ट्रपति चुनाव जित्नका लागि आवश्यक राज्यमा विजयी हुने स्पष्ट भएको उल्लेख गरेका छन्। मिसिगनमा जित सुनिश्चितअघि संक्षिप्त मन्तव्य दिँदै बाइडेनले मतगणना सकिएपछि आफू विजयी हुने आश्वस्त पारेका छन्। अन्तिम परिणाम भने एरिजोना, जर्जिया, विसकन्सिन र पेन्सिलभेनियाजस्ता ब्याटलग्राउण्डराज्यका परिणाम आएपछि आउनेछ । डोनाल्ड… पुरा पढौ

भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ

कार्तिक १९ पोखरा । भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ परेका छन् । रिपब्लिकन टेलिभिजनका प्रधान सम्पादक समेत रहेका गोस्वामीलाई मुम्बई प्रहरीले आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ गरेको भारतीय मिडियाहरुले जनाएका छन् । गोस्वामीले सन् २०१८ मा एक इन्टेरियर डिजाइनर र उनकी आमाको आत्महत्यामा दुरुत्साहन गरेको आरोप लागेको थियो । सो मुद्दा यसअघि बन्द गरिएको भए पनि महाराष्ट्र प्रहरीले यो मुद्दामा पुनः अनुसन्धान गर्न निर्देशन दिएपछि उनलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो । नेपाल–भारत सीमा विवादको बेला गोस्वामीले कांग्रेस नेता मिनेन्द्र रिजालसँग… पुरा पढौ

भारतीय सेना प्रमुख जनरल नरवणे आज (बुधबार) नेपाल आउँदै

भारतीय सेनाका प्रमुख जनरल मनोज मुकुन्द नरवणे बुधबार (आज) नेपाल आउँदैछन्। नेपाली सेनाले दिने मानार्थ महारथीको उपाधि ग्रहण गर्न प्रमुख जनरल नरवणे नेपाल आउन लागेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ रथीको दर्जा दिनेछिन्। सेनापति मनोजकुमार नरवणे नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा नेपाल आउन लागेका हुन्। नेपाल र भारत दुई देशका सेना प्रमुखलाई एक–अर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने चलनअनुसार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले २०७५ सालमै भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ महारथीको दज्र्यानी चिह्न लगाइसकेका… पुरा पढौ

अमेरिकी राष्ट्रपतीय निर्वाचन : इलेक्ट्रोरल मत परिणाममा जो बाइडेन अगाडी

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कतिपय निर्वाचनका मत परिणामहरु आउन थालेका छन् । यो समाचार पार्दासम्म ५० राज्यमध्ये ९ राज्यको मत परिणाम सार्वजनिक भएको छ । बीबीसीले जनाएअनुसार घोषित परिणममध्ये डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले ४४ र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले ३७ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् । अमेरिकी राष्ट्रपति पदमा निर्वाचित हुन २ सय ७० इलेक्ट्रोरल मत चाहिन्छ । राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडनबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। कोरोनाभाइरस महामारीबीच लामो र तिक्ततापूर्ण चुनावी प्रचार अभियान चलेको… पुरा पढौ

फिलिपिन्समा आएको ‘गोनी’ आँधीबाट कम्तिमा पनि १६ जनाको मृत्यु

फिलिपिन्समा आएको ‘गोनी’ नामको आँधीका कारण त्यहाँ कम्तीमा पनि १६ जनाको मृत्यु भएको समाचार छ । त्यहाँ थप अरु केही व्यक्ति सो आँधीका कारण बेपत्ता भएका छन्। यसको साथै दक्षिणी फिलिपिन्सको ‘आइपुइ लुजन’को मुख्य टापुमा शक्तिशाली आँधी आएको छ।सो आँधीका कारण अल्बे प्रान्तका मात्र १० जनाको ज्यान गएको समाचार छ। त्यहाँको क्यान्डुआनेस टापुमा थप अरु केही मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। त्यहाँको दक्षिणी क्षेत्र बढी प्रभावित भएको बताइएको छ। त्यस क्षेत्रका मात्र करिब ४ लाख सर्वसाधारण विस्थापित… पुरा पढौ