प्रवास

पाकिस्तानी सेनाको आक्रमण हुँदा भारतीय ११ जनाको मृत्यु

पाकिस्तानी सेनाको आक्रमणमा परेर भारतीय सेनासँगै बीएसएफका ५ जवान र ६ सर्वसाधारण गरी ११ जनाको मृत्यु भएको छ। शुक्रबार बिहान पाकिस्तानी सेनाले गरेको आक्रमणमा उनीहरुको मृत्यु भएको हो। जम्मु कश्मिरको पुंछ, केरन र गुरेज क्षेत्रमा पाकिस्तानी सेनाले युद्धविराम भंग गरेको आरोप भारतीय पक्षले लगाएको छ। बारमुला क्षेत्रमा पाकिस्तानी सेनाको आक्रमणमा परेर बीएसएफका सब इन्स्पेक्टर राकेश डोभालको मृत्यु भएको हो। सो क्षेत्रमा अन्य २ जना जवानको पनि मृत्यु भएको छ। अन्य ३ जवान र ८ भारतीय नागरिक गम्भीर घाइते भएका दैनिक… पुरा पढौ

गण्डकी प्रदेश मुख्यमन्त्री गुरुङद्वारा तिहारको शुभकामना व्यक्त

तिहार पर्व, २०७७ को अवसरमा गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा स्वदेश तथा विदेशमा रहेका संपूर्ण नेपाली दाज्यूभाई तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्री गुरुङले आफ्नो शुभकामना मन्तव्यमा भनेका छन्, ‘तिहार पर्व, २०७७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।’ कोभिड–१९ को सन्दर्भमा उत्सव मनाउँदा सरकारले जारी गरेको जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेका छन्। ‘कोभिड–१९ का सन्दर्भमा सरकारले जारी गरेको चाडपर्व, जात्रा… पुरा पढौ

तपाँई कुवेतमा हुनुहुन्छ ? त्यहाँको सरकारले भिसासम्बन्धी नयाँ नियम ल्यायो

कुवेत सरकारले भिसासम्बन्धी नयाँ नियम जारी गरेको छ। कुवेतको मन्त्रीमण्डलको निर्णयअनुसार त्यहाँको आन्तरिक मन्त्रालयले भिसासम्बन्धी नयाँ नियममा जारी गरेको हो। मन्त्रालयले जारी गरेको नयाँ नियममा आवासीय र प्रवेश भिसासम्बन्धी नयाँ नियम तोकेको हो। जारी नयाँ नियमअनुसार आवासीय भिसा भएकाहरुको हकमा भिसा सकिएकाले नोभेम्बर ३१ भित्र नविकरण गर्नुपर्ने र भिसा नविकरण नगरे कुवेत छाड्नुपर्ने हुन्छ। आवासीय भिसा पाएर कुवेत पुगेका श्रमिकहरुले आफ्नो भिसा नवीकरण गर्न सक्ने त्यहाँको नयाँ नियममा उल्लेख छ । ३१ नोभेम्बरभित्र आवासीय भिसा नविकरण नगरिए स्वदेश फर्कनुपर्ने हुन्छ।… पुरा पढौ

विश्वमै कोरोना भाइरसबाट सबैभन्दा बढि अमेरिका प्रभावित

कोरोना भाइरसको संक्रमणबाट विश्वमै सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा दैनिक संक्रमण पनि सबैभन्दा बढी छ। विगत केहि साता अघिदेखि अमेरिकामा संक्रमण विगतको तुलनामा व्यापक रुपमा बढेको छ।अमेरिकामा एकैदिनमा करिब १ लाख भन्दा बढिको संख्यामा कोरोना भाइरसका नयाँ संक्रमित थपिने गरेका छन्। बुधबार मात्रै अमेरिकामा एकैदिन १ लाख २६ हजार भन्दा बढिलाई कोरोना संक्रमण भएको समाचार छ। अमेरिकामा भएको राष्ट्रपति निर्वाचनको दौरान भएका प्रचार प्रसार लगायतका सार्वजनिक कार्यक्रमहरुले पनि संक्रमण बढाएको अनुमान गरिएको छ। अमेरिकामा हालसम्म संक्रमित हुनेको संख्या १ करोड… पुरा पढौ

म्यानमारमा सूचीको पार्टीलाई बहुमत

म्यानमारका सत्तारुढ दल नेश्नल लिग फर डेमेक्रेसी (एनएलडी) ले बहुमत प्राप्त गरेको छ। प्रजातन्त्रवादी नेतृ आङ साङ सूची नेतृत्वको पार्टीले आइतबार भएको निर्वाचनबाट प्रतिनिधि सभामा बहुमत प्राप्त गरेको हो। सूचीको पार्टीले बहुमत प्राप्त गरेको केन्द्रीय निर्वाचन आयोगले मंगलबार घोषणा गरेको छ। निर्वाचनमा कुल ५ हजार ६ सय ३९ जना उम्मेदबार मध्ये सूचीको सत्तारुढ दलको तर्फबाट एक हजार १०६ जना उम्मेदबार रहेका छन्। म्यानमारका १ हजार १ सय १७ संसद सदस्यका लागि निर्वाचन भएको हो। मंगलबार विहानसम्ममा कुल ४७ जना निर्वाचित… पुरा पढौ

विहारमा फेरि नितिशकुमार मुख्यमन्त्री बन्दै, भाजपा-जेडीयू गठबन्धनलाई पूर्ण बहुमत

भारतको बिहार राज्यमा फेरि नितिशकुमार मुख्यमन्त्री बन्दैछन्। त्यस राज्यको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी र जनतादल युनाइटेडसहितको गठबन्धनले पूर्ण बहुमत ल्याएपछि नितिशकुमार फेरि मुख्यमन्त्री बन्ने निश्चित भएको हो। त्यहाँको २ सय ४३ विधानसभा सीटका लागि भएको निर्वाचनमा एनडीएले १ सय २५ सीट जितेको छ। भाजपाले ७५ र जेडयूले ४३ सीट जितेको हो। विहारमा सरकार बनाउन १ सय २२ सीटको बहुमत आवश्यक पर्छ। यो जितसँगै गठबन्धनले मुख्यमन्त्री रुपमा अघि सारेको नितिशकुमार फेरि मुख्यमन्त्री बन्ने निश्चित भएको हो। एनडीएको प्रतिस्पर्धी पूर्व मुख्यमन्त्री… पुरा पढौ

आईपीएलको उपाधिका लागि आज (मंगलबार) दिल्ली र मुम्बई फाइनल खेल्ने

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज (मंगलबार) दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स फाइनल खेल्ने भएका छन्। यूएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा खेल बेलुका पौने ८ बजे सुरु हुनेछ। मुम्बई साविक विजेता टिम हो भने दिल्ली पहिलो पटक आईपीएलको फाइनलमा पुगेको हो। दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो। पहिलो क्वालिफायरमा दिल्ली मुम्बईसँगै ५७ रनले पराजित भएको थियो। यस सिजनमा मुम्बईले दिल्लीलाई ३ पटक हराएको छ। मुम्बईले यसअघि ४ पटक आईपीएलको उपाधि जितिसकेको छ। दिल्लीमा आबद्ध नेपाली… पुरा पढौ

राष्ट्रसंघीय महिलाविरुद्ध हुने भेदभाव अन्त्यसम्बन्धी समिति सदस्यमा बन्दना राणा

महिलाविरुद्ध हुने भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समितिको सदस्यमा बन्दना राणा निर्वाचित भएकी छन्। सोमबार राति भएको चुनावमा उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन्। चुनावमा जम्मा १ सय ८९ मतमध्ये राणाले १ सय ३७ मत प्राप्त गरिन्। समितिको ११ सदस्यीय पदका लागि २० जनाको उम्मेदवारी थियो। दोस्रो कार्यकालमा पनि मानवअधिकारका विषयमा सजिलोसँग काम गर्न पाउने राणाले बताएकी छन्। संयुक्त राष्ट्रसंघीय परिषद्मा मानव अधिकार उच्च आयोग मातहतमा रहने महिलाविरुद्ध हुने विभेद उन्मूलनको समिति सिडको चालु कार्यसमितिमा पनि राणा सदस्य छन्। पुरा पढौ

पाकिस्तानमा बिहेका लागि मापदण्डः समारोमा भाग लिने सबैको ज्वरो परीक्षण अनिवार्य

पाकिस्तानमा वैवाहिक समारोह आयोजनाका लागि नयाँ मापदण्ड तथा निर्देशिका जारी गरिएको छ। कोरोना भाइरसको दोस्रो चरणको संक्रमण बढ्दै गएपछि सरकारले वैवाहिक कार्यक्रमका लागि नयाँ निर्देशिका जारी गरेको हो। संक्रमित र मृतकको संख्या दोस्रो चरणमा बढ्दै गएपछि महामारी न्युनिकरण गर्न नेसनल कमाण्ड एण्ड अपरेसन सेन्टरले वैवाहिक कार्यक्रमका लागि नयाँ निर्देशिका जारी गरेको हो। पाकिस्तानभित्र हुने जुनकुनै वैवाहिक समारोहमा सहभागी हुने सबैको ज्वरो परीक्षण गर्नुपर्ने, भोजनका बेला आफैं झिक्ने व्यवस्था गर्न नपाइने, वितरण गर्ने छुट्टै व्यवस्था हुनुपर्ने लगायतका नियमहरु पनि निर्देशिकामा राखिएको… पुरा पढौ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षामन्त्री मार्क एस्परलाई पदबाट हटाए

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रक्षा मन्त्री मार्क एस्परलाई पदबाट हटाएको बीबीसीले समाचारमा उल्लेख गरेको छ। उनले ट्वीटरमार्फत् एकजना उच्च अधिकारीलाई पदबाट ‘बर्खास्त’ गरिएको घोषणा गरेका हुन्। बीबीसीका अनुसार, सोमवार गरिएको घोषणामा के कारण एस्परलाई निष्कासित गरिएको हो भन्ने कुरा भने खुलाइएको छैन। न्याशनल काउन्टर टेररीजम सेन्टरका प्रमुख क्रिस्टोफर मीलरले रक्षा मन्त्रीको भूमिका निर्वाह गर्ने बताइएको छ। पछिल्ला केही हप्ताहरूमा ट्रम्प र एस्परबीच सार्वजनिक रूपमै फरक मत देखिन थालेको थियो। अमेरिकामा डेमोक्र्याटिक दलका उम्मेदवार जो बाइडन राष्ट्रपति निर्वाचित भइसकेको भएपनि ट्रम्पले… पुरा पढौ