प्रवास

बाल्टिमोर गोलीबारीमा एक को मृत्यु, छ घाइते

मेरिल्याण्ड । अमेरिकाको मेरिल्याण्ड राज्यमा बुधबार दिउँसो गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइतेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पीडित सबै वयस्क पुरुष रहेका छन् । पीडित सबै वयस्क पुरुष हुन् । बन्दुकको गोली लागेर घाइते भएका पाँच जना घाइतेहरूलाई उपचारको लागि क्षेत्रीय अस्पतालहरूमा पुर्याएको छ। घटना बारे थप अनुसन्धान जारी छ।रासस पुरा पढौ

रकेट आक्रमणमा तीन सैनिक घाइते

रकेट हमलामा सिरियामा तीन अमेरिकी सेना घाइते भएका छन् । अमेरिकाले आक्रमणको हेलिकप्टरबाट हमला गरेर जवाफ दिएको अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले विज्ञप्ति मार्फत जनाएको छ। मिसन सपोर्ट साइट कोनोकोमा एक सैनिक सामान्य चोटपटक लागेको छ। अन्य दुई जनालाई भने सामान्य चोटपटक लागेको छ । संदिग्ध इरान समर्थित लडाकुहरूले बुधबार साँझ उत्तरपूर्वी सिरियाको कोनोको र ग्रीन गाउँमा अमेरिकी सेनाहरू बस्ने दुईवटा अमेरिकी बेसमा रकेटहरू प्रहार गरेका थिए। अमेरिकी सेनाले भने सो आक्रमणको हेलिकप्टर प्रयोग गर्दै जवाफ दिएको छ र प्रक्षेपणमा… पुरा पढौ

इथियोपियामा पुनः हिंसा बढेकामा संयुक्त राष्ट्रसङ्घीय महासचिव स्तब्ध

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसले इथियोपियामा पुनः हिंसाको सुरुवात भएकामा आफू स्तब्ध भएको बताएका छन् । उनले भनेका छन् – इथियोपियामा बढेको हिंसाले मलाई निकै दुःखी तुल्याएको छ, म स्तब्ध भएको छु । उनका गिरे, अमराह, ओरोमस, अफ्रासलगाायतका क्षेत्र यसअघि नै निकै लामो समदेखि हिंसाको चपेटामा परेका छन्, यहाँ थप हिंसा भड्किएको छ यसले मलाई स्तब्ध बनाएको छ । उनले यहाँका विद्रोहीहरु र सरकारका बीचमा जतिसक्दो चाँडो शान्ति वार्ताका लागि पनि जोड दिएका छ न्। तर वार्ताका माध्यमबाट समस्याको समाधान… पुरा पढौ

सोमालियामा बालबालिकाको संरक्षणका लागि आग्रह

सोमालियाका बालबालिकाको संरक्षणका लागि आवश्यक सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसङ्घले आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्च आयोगले सो आग्रह गरेको समाचारमा जनाइएको छ । सो आगोगले सोमालियाका बालबालिकाको वर्तमान अवस्था निकै नाजुक रहेकाले तत्कालका लागि कम्तीम पनि ९० लाखभन्दा बढी अमेरिकी डलर उपलब्ध गराउन आग्रह गरेको हो । बुधबार सो संस्थाले संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुका साथै विभिन्न दाता देश तथा संस्थाहरुलाई सो आग्रह गरेको हो । त्यहाँका बालबालिका द्वन्द्वको चपेटामा परेकाले उनीहरुमाथि शोषण भइरहेको, विद्यालय जान पनि नपाएका तथा… पुरा पढौ

पेरुले समुद्रमा तेल पोखाउने कम्पनीसँग अर्बौं डलर माग्दै

पेरुको उपभोक्ता संरक्षण निकायले समुद्रमा विशाल परिमाणमा तेल पोखेको भन्दै स्पेनी तेल कम्पनी रेप्सोलसँग क्षतिपूर्ति मागेको छ । सो घटनाको कारण गत जनवरीमा राजधानी लिमाको समुद्री तट नै पूरै कालो भएको थियो । पेरुले पछिल्लो समयमा भएको यो सबैभन्दा भयावह वातावरणीय दुर्घटना भएको जनाएको छ । १० हजार ब्यारेल भन्दा बढी तेल प्रशान्त महासागरमा पोखिएको हो । उक्त कम्पनीविरुद्ध दायर भएको सार्वजनिक मुद्दामा वातावरणीय क्षतिका लागि तीन अर्ब र स्थानीय वासिन्दाले बेहोर्नुपरेको क्षतिका लागि एक करोड ५० लाख अमेरिकी डलर… पुरा पढौ

पाकिस्तानमा क्षेप्यास्त्र प्रहार गर्ने भारतीय वायुसेनाका तीन अधिकारी बर्खास्त

भारतको सरकारले मार्चमा पाकिस्तानमा ‘दुर्घटनावश क्षेप्यास्त्र प्रहार’ गरेको आरोपमा वायुसेनाका तीन अधिकारीलाई बर्खास्त गरेको छ । यो घटनाले दुई आणविक शक्तिसम्पन्न मुलुक भारत र पाकिस्तानबीच तनाव बढाएको थियो । दिल्लीले नियमित मर्मत कार्य भइरहेका बेला प्राविधिक गडबडीका कारण सो घटना घटेको भन्दै ‘गहिरो खेद’ प्रकट गरेको थियो । त्यतिबेला इस्लामावादले दिल्लीलाई ‘यस्ता लापरबाहीका अप्रिय परिणामहरूप्रति सजग रहन’ र त्यस्तो घटना दोहोरिन नदिन चेतावनी दिएको थियो । एउटा विज्ञप्ति जारी गर्दै भारतीय वायुसेनाले ९ मार्चमा भएको यस घटनामा जिम्मेवार अधिकारीहरूलाई सेवाबाट… पुरा पढौ

भारतका चर्चित कलाकार अमिताभ बच्चन कोरोना भाइरसबाट सङ्क्रमित

भारतका चर्चित कलाकार अमिताभ बच्चन कोरोना भाइरसबाट सङ्क्रमित भएका छन । उनले सामाजिक सञ्जाल ट्विटरमा आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको लेखेका छन । उनले आफू अहिले पहिलो पटक सक्रङ्क्रमित भएको हैन भन्दै यसलाई स्वभाविक र सहज रुपमा लिएको उल्लेख गरेका छन । यसअघि उनी सन् २०२० को जुलाईमा पहिलो पटक सङ्क्रमित भएका थिए । त्यति बेला उनी झण्डै तीन हप्ता अस्पतालमै रहेका थिए । उनी मात्रै नभई उनका छोरा तथा अभिनेता अभिषेक बच्चन, बुहारी तथा अभिनेत्री ऐश्वर्या राय र नातीनी… पुरा पढौ

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार पाँचभन्दा बढी

भारतमा पुनः एकै दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या दश हजार भन्दा बढी भएको छ । यहाँ २४ घण्टाको समयावधी अर्थात मङ्गलबार मध्यरातिसम्म दश हजार छ सय ४९ जना कोरोना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४३ लाख ६८ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । भारतमा एक दिन अगाडी अर्थात मङ्गलबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा आठ हजार पाँच सय ८६ जनामा सङ्क्रमण देखापरेको थियो । दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ ।… पुरा पढौ

नाइजेरियामा द्रुत रुपमा कुपोषण बढ्दो

संयुक्त राष्ट्रसङ्घले नाइजेरियामा निकै द्रुत मात्रामा कुपोषणको मात्रा बढ्दै गएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी निकायले हालै एक विज्ञप्तिमार्फत् सो कुराको जानकारी गराएको हो । खासगरी नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा कुपोषणका बालबालिकाको संख्या विगतका तुलनामा बढेकाले सो क्षेत्रमा उपचारका साथै आवश्यक पोषण तत्वको उपलब्धताका लागि संयुक्त राष्टसंघले आग्रह गरेको छ । सन् २०२१ को यो अवधिका तुलनामा यस वर्षको सुरुका सात महिनामा कुपोषित हुने बालबालिकाको संख्या निकै ठूलो सङ्ख्यामा बढेको पाइएको संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीले जानकारी दिएको छ… पुरा पढौ

मलेसियाका पूर्वप्रधानमन्त्री रजाक १२ वर्षका लागि जेल चलान

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १२ वर्ष कैद भुक्तान गर्न जेल चलान गरिएको छ । उक्त सजाय मिनाहाका लागि उनले गरेको अपिल उच्च अदालतले अस्वीकार गरेको हो । ६९ वर्षीय रजाकलाई सरकारी स्वामित्वमा रहेको सम्पत्ति कोष १ मलेसिया डेभलपमेन्ट बर्हाड (१ एमडीबी) मा भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर गरिएको हो । सन् २०२० को जुलाईमा अभियुक्त ठहराइएका उनी अपिल दर्ता गरी जमानतमा रिहा भएका थिए । अदालतले आफ्नो सजाय कार्यान्वयनमा ढिलाइ गर्न उनले गरेको अन्तिम अनुरोध पनि अदालतले अस्वीकार गरेको छ… पुरा पढौ