समाचार

प्रधानमन्त्री बालेन्द्र शाह भारत प्रस्थान,भोलि भारतीय समकक्षी नरेन्द्र मोदीसँग वार्ता हुने

प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज दिउँसो २ः०५ बजेको नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँ दिल्लीतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले बिदाइ गरे । प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मी… पुरा पढौ

कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात

नेपाल–चीन सीमा कोरलानाबाट चालु वर्षको पहिलो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन नेपाल भित्र्याइएको छ । कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार गत वर्ष तीन हजार २२३ विद्युतीय सवारी गाडी उक्त नाकाबाट नेपाल भित्रयाइएको थियो । भन्सार कार्यालयका अनुसार, त्यस नाकाबाट छोटो समयमै यति धेरै सङ्ख्यामा विद्युतीय सवारी गाडी नेपाल भित्रिएको पहिलो घटना हो । गत भदौ १० गते रसुवाको भोटेकोसी बाढीका कारण रसुवागढी नाका पूर्ण रुपमा बन्द भएकाले विद्युतीय सवारीसहितका मालसामान यस नाकाबाट आउने क्रम वृद्धि भएको हुन सक्ने भन्सार… पुरा पढौ

मधेसका मुख्यमन्त्री यादवले लिए शपथ,सर्वदलीय सरकार निर्माण गर्ने घोषणा

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशप्रमुख सुरेन्द्रलाभ कर्णसँग उनले आज बिहान प्रदेशप्रमुखको कार्यालयमा शपथ लिएका हुन् । मुख्यमन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै नवनियुक्त मुख्यमन्त्री यादवले मधेस प्रदेशमा सर्वदलीय सरकार बनाउने बताएका छन् । उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई सहभागी गराई सर्वदलीय सरकार बनाउने बताए । “मेरो चाहना सबै दल मिलेर सरकार बनाउने हो, म त्यही भावनाअनुसार दलहरुसँग छलफल अगाडि बढाउछु,” मुख्यमन्त्री यादवले भने, “मेरो नेतृत्वको सरकारमा सबै दल सहभागी… पुरा पढौ

विन्ध्यवासिनी मा.विका प्रअ आचार्यलाई विशेष राष्ट्रिय शैक्षिक सम्मान

विन्ध्यवासिनी माध्यमिक विद्यालय, बाटुलेचौरका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले विशेष राष्ट्रिय शैक्षिक सम्मान प्राप्त गरेका छन्। प्रधानाध्यापक संघ नेपालले तेस्रो राष्ट्रिय सम्मेलनका अवसरमा संघका केन्द्रीय सदस्य समेत रहेका आचार्यलाई विशेष राष्ट्रिय शैक्षिक सम्मान प्रदान गरेको संघका अध्यक्ष सुदाम प्रसाद गौतमले जानकारी दिए। जनकपुरमा आयोजित कार्यक्रममा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले सो सम्मान प्रदान गरे ।नेपालको सामुदायिक विद्यालय शिक्षाको शैक्षिक गुणस्तर अभिवृद्धी, शैक्षिक सुशासन तथा संस्थागत नेतृत्वमा पुर्याएको योगदान स्वरुप सम्मान प्रदान गरिएको संघले जनाएको छ । सम्मानित आचार्यले गतबर्ष देशभरका सामुदायिक… पुरा पढौ

तनहुँको ब्यासमा तीनदिने पुरातात्विक सम्पदा तथा ग्रामीण पर्यटन मेला हुने

पोखरा ।तनहुँको व्यास नगरपालिकामा पुरातात्विक सम्पदाको संरक्षण र ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तीनदिने ‘व्यास नगर पुरातात्विक सम्पदा एवं ग्रामीण पर्यटन मेला–२०८३’ आयोजना हुने भएको छ।व्यास नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा आगामी मंसिर २५ देखि २७ गतेसम्म व्यास नगरपालिका–३ स्थित दमौली सभा हल, विपी वन बाटिकामा मेला सञ्चालन हुन लागेको शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । मेला बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुने जनाइएको छ।‘सांस्कृतिक सहर, व्यास नगर’ मूल नारासहित आयोजना हुने मेलाले नगरको ऐतिहासिक, धार्मिक,… पुरा पढौ

२३ औँ श्रृङ्गखलाको मासिक दौडमा महेन्द्र घर्तिमगर र ओममाया गुरुङलाई उपाधि

पोखरामा विद्यार्थी छात्र–छात्रा तथा खुला महिला–पुरुषतर्फको ५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ। पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार प्रतियोगिता सम्पन्न भएको हो।मञ्चले नियमित रूपमा सञ्चालन गर्दै आएको साप्ताहिक तथा मासिक दौड कार्यक्रम अन्तर्गत २३ औँ श्रृङ्गखलाको प्रतियोगिता पोखरा रङ्गशालामा आयोजना गरिएको रेस डाइरेक्टर तेजबहादुर गुरुङले जानकारी दिए ।पोखरा रङ्गशालाको फुटबल मैदानबाट सुरु भएको दौड पोखराका विभिन्न स्थानको परिक्रमा गरी पुनः रङ्गशालामै पुगेर सम्पन्न भएको थियो ।प्रतियोगिताको ५ किमि खुला पुरुषतर्फ पोखराका ६ का महेन्द्र… पुरा पढौ

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न जनयुद्धका सहिद तथा बेपत्ता परिवारद्वारा रास्वपाको ध्यानाकर्षण

सन्देश श्रेष्ठपोखरा, मंसिर ५ जनयुद्धका सहिद तथा बेपत्ता पारिएका परिवारले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ध्यानाकर्षण गराएका छन् । सशस्त्र द्वन्द्वका क्रममा राज्यद्वारा हत्या गरिएका सहिद तथा बेपत्ता परिवारका सदस्यहरुले २० वर्ष पुग्दा पनि शान्ति प्रक्रिया टुंगोमा नपुग्दा आफूहरुमाथि अन्याय भएको भन्दै यसलाई तार्किक निश्कर्षमा पु¥याउन रास्वपा गण्डकी प्रदेशमार्फत सरकारवादी दल रास्वपाको ध्यानाकर्षण गराएको हो । जनक्रान्तिका महान सहिद परिवार समाज कास्की र राज्यद्वारा बेपत्तायोद्धा परिवार समाज कास्कीले शनिबार संयुक्त रुपमा रास्वपा गण्डकी प्रदेश कार्यालय… पुरा पढौ

कास्कीका विश्वमोहन उत्कृष्ट प्रधानाध्यापक

कास्कीको माछापुच्छ्रे गाउँपालिका,घाचोकमा रहेको मेघराज आधारभुत विद्यालयका प्रधानाध्यापक विश्वमोहन पोखरेल उत्कृष्ट प्रधानाध्यापक ठहरिएका छन् । प्रधानाध्यापक संघ नेपालले पोखरेललाई देशभरकै उत्कृष्ट आधारभुत विद्यालयको प्रधानाध्यापकको रुपमा गण्डकी प्रदेशबाट छनौट गरी अवार्ड प्रदान गरेको छ । धनुषाको जनकपुरमा आयोजित संघको तेस्रो राष्ट्रिय शिखर सम्मेलन २०८३ मा प्रथम राष्ट्रपति डा. रामवरण यादवले उनलाई सम्मान गरे । त्यस्तै उत्कृष्ट माध्यमिक विद्यालयको रुपमा गण्डकीबाट तनहुँको पञ्चदेवमुनि मा.वि र प्रधानाध्यापकमा म्याग्दीको ज्ञानप्रकाश माविका शान्त नेपाली सम्मानित भए । गाउँपालिका तथा नगरपालिका तर्फ सम्मानित हुनेमा स्याङ्जाको फेदीखोला… पुरा पढौ

उपल्लो मुस्ताङका ३६५ विद्यार्थी जाडो छल्न बेसी झारिए

उपल्लो मुस्ताङका दुई गाउँपालिकाका विद्यालयले हिमपात र अत्यधिक चिसोबाट विद्यार्थीलाई जोगाउन हिउँदयामका लागि घुम्ती कक्षा सञ्चालन गर्न विद्यार्थीलाई बेसी झारेका छन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका सामुदायिक, संस्थागत तथा गुम्बा विद्यालयले गाउँपालिकाको समन्वयमा मङ्सिर १ गतेदेखि बेसीका विभिन्न स्थानमा घुम्ती कक्षा सञ्चालन गरेका हुन् । उपल्लो मुस्ताङमा हरेक वर्ष हिउँदयाममा अत्यधिक चिसो र हिमपात हुने भएकाले विद्यालयलाई अस्थायी रूपमा बेसी सार्ने गरिएको छ । लोमान्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम गिरीका अनुसार हिउँदयाममा अत्यधिक चिसो र हिमपातका कारण विद्यार्थीको… पुरा पढौ

दैलेखमा बन्चरो प्रहारबाट श्रीमती र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलामा एक व्यक्तिले बन्चरो प्रहार गरी श्रीमती र दुई छोराछोरीको हत्या गरेका छन् । घटनामा अर्का एक छोरा गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायका अनुसार घरायसी विवादका क्रममा ३८ वर्षीय अम्बर सलामी मगरले आज बिहान दाउरा काट्ने बन्चरोले श्रीमती र तीन छोराछोरीको टाउकोमा प्रहार गरेका थिए । बन्चरो प्रहारबाट गम्भीर घाइते भएका ३५ वर्षीया श्रीमती मनिसा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र, छ वर्षीय छोरा मिलन र तीन वर्षीया… पुरा पढौ