समाचार

महाशिवरात्रिको तयारीस्वरुप पशुपतिनाथ क्षेत्रमा सफाइ

काठमाडौँ। महाशिवरात्रिको तयारीस्वरुप आज बिहान पशुपतिनाथ मूल मन्दिर क्षेत्र सफाइ गरिएको छ । महाशिवरात्रि पर्वलाई स्वच्छ र सफा वातवरणमा सम्पन्न गराउन पशुपति क्षेत्र विकास कोषले गठन गरेको वातावरण सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था उपसमितिको आयोजनामा आज बिहान सफाइ गरिएको हो । सफाइबाट चार गाडी फोहर व्यवस्थापन गरिएको उपसमिति संयोजक एवं वाग्मती सफाइ अभियानकर्मी आशा पाण्डेले राससलाई जानकारी दिए । साधु सन्त एवं भक्तजनका लागि भण्डारा लगाएको स्थानमा बढी फोहर देखिएको पनि उनले बताए । कोषले भण्डारा लगाउने जिम्मा पाएका सङ्घ… पुरा पढौ

अन्तरराष्ट्रिय स्तरको युथ स्पिक आउट च्याम्पीयनसीपमा कुमुदिनी होम्सकी पीया गुरुङ बेस्ट अफ दी बेस्ट स्पिकर

अन्तरराष्ट्रिय स्तरको युथ स्पिक आउट च्याम्पीयनसीपमा पोखराको कुमुदिनी होम्स स्कुलकी पीया गुरुङ बेस्ट अफ दी बेस्ट स्पिकर अवार्ड जित्न सफल भएकी छन् । जिल्ला, प्रदेश र राष्ट्रिय प्रतियोगिताबाट छनौट हुँदै अन्र्तराष्ट्रिय प्रतियोगिता युथ स्पिक आउट च्याम्पीयनसीप अन्तर्गत ‘वाल अफ होप’ शिर्षकमा भाग लिएकी उनले बेस्ट अफ दी बेस्ट स्पिकरको अवार्ड जितेकी हुन् । १३ वर्षिया पीया कुमुदिनी होम्समा कक्षा ८ मा अध्ययनरत छिन् । युथ स्पिक आउट च्याम्पीयनसीपमा पीयाले नेपालको सुदूरपश्चि क्षेत्रमा हुने छाउपडी प्रथाबारे स्पिच दिएकी थिइन् । च्याम्पीयनसीपमा… पुरा पढौ

६०० ले बढ्यो पहेंलो धातुको मूल्य

काठमाडौँ। स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ । तोलामा रु ८५ हजार ६०० मा मङ्गलबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ८६ हजार २०० मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन मङ्गलबार तोलामा रु ६५ हजार १५० मा कारोवार भएकामा आजका लागि भने रु ८५ हजार ७५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी चाँदीको मूल्य पनि आज तोलामा रु १५ ले उकालो लागेको छ । रु एक हजार २५५… पुरा पढौ

कालोपत्रे हुँदै गाउँपालिकाको केन्द्र जोड्ने सडक

गलकोट। मध्यपहाडी पुष्पलाल लोकमार्गबाट काठेखोला गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डअन्तर्गत अक्षेतेबाट गाउँपालिकाको प्रशासनिक केन्द्र जोड्ने सडक कालेपत्र गर्न शुरु गरिएको हो । मध्यपहाडी पुष्पलाल लोकमार्गसमेत कालोपत्र गर्ने तयारीमा छ । लोकमार्गको अक्षेते खण्डबाट बिहुँ–सुल्डाँडा–लेखानी जोड्ने मूल सडकको ९०० मिटर सडक कालोपत्र गर्न थालिएको काठेखोला गाउँपालिकाले जनाएको छ । गण्डकी प्रदेश सरकार पूर्वाधार कार्यालय बागलुङले नयाँ युग कन्स्ट्रक्सनलाई गत वर्ष फागुन ११ गते निर्माणको जिम्मेवारी दिएको थियो । एक वर्षमा सडकमा पूर्वाधार… पुरा पढौ

गण्डकी प्रदेश र कास्कीमा एमालेको बोर्ड राखियो

गण्डकी प्रदेश र कास्की जिल्लामा नेकपा एमालेको बोर्ड राखिएको छ। सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि गण्डकी प्रदेशको पार्टी कार्यालयमा एमालेको बोर्ड राखेको हो। यसअघि, नेपाल कम्युनिस्ट पार्टी नेकपाको बोर्ड रहेकोमा त्यसलाई हटाएर एमालेको बोर्ड राखेको हो। नेकपा एमालेका कार्यकर्ताहरुले मंगलबार बोर्ड फेरेका हुन् । धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको थियो । नेकपाको जिल्ला पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखेको हो। नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, सचिव दामोदर बैरागी, प्रदेश सभा… पुरा पढौ

सन्दर्भः पोखरा महानगर स्थापना दिवस, आज सार्वजनिक बिदा, त्रिदिवसीय कार्यक्रमसहित दिवस मनाइदैँ

आज फागुन २६ गते, पोखरा महानगरपालिका स्थापना दिवस मनाइँदैछ । पोखरा उपमहागनरपालिकाबाट महानगरपालिका घोषणा भएको पाँच वर्ष पूरा भएको छ। २०७३ साल फागुन २७ गते महानगर घोषणा भएको थियो। फागुन २७ गते शिवरात्री परेकाले पोखरा महानगरले २६ गते दिवस मनाउन लागेको हो। उपमहानगरबाट महानगर घोषणा भएको महानगरपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा आज (बुधबार) सार्वजनिक बिदा घोषणा गरेको छ। महानगरपालिकाले एक सूचना प्रकाशित गरी मातहतका सबै कार्यालयहरु बुधबार बन्द रहने जनाएको छ। फागुन १९ गते बसेको कार्यापालिका बैठकको निर्णय अनुसार फागुन… पुरा पढौ

ओलीलाई एमाले र प्रचण्डलाई माओवादी केन्द्र दिने निर्वाचन आयोगको निर्णय

काठमाण्डौं । निर्वाचन आयोगले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अबदेखि अलगअलग राजनीतिक दलका रूपमा रहेको भनी सङ्घीय संसद् सचिवालय, प्रदेशसभा सचिवालय र सबै जिल्ला निर्वाचन कार्यालयलाई जानकारी गराउने निर्णय गरेको छ । आयोगको आजको बैठकले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सर्वोच्च अदालतको फैसलाबाट बदर भएको जनाउँदै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बेग्लाबेग्लै दल कायम भएको निर्णय गरी ती निकायलाई जानकारी गराउने भएको प्रवक्ता राजकुमार श्रेष्ठले बताए । आगामी दिनमा पुनःएकीकरण गर्ने भए राजनीतिक… पुरा पढौ

कांग्रेस नेता जोशीको अवस्था बिग्रिएपछि पुनः भेन्टिलेटरमा

काठमाण्डौं । मष्तिष्कघात भई नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई पुनः भेन्टिलेटरमा राखिएको छ । गत फागुन १४ गतेदेखि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएपछि भेन्टिलेटरबाट निकालिएको थियो । अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै जोशीको स्वास्थ्य अवस्थामा अचानक समस्या आएपछि पुनः भेन्टिलेटरमा राखेर उपचार गरिएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘शनिबार बिहानदेखि श्वासप्रश्वास र मुटुको चालमा गडबडी भएपछि अस्पतालले पुनः भेन्टिलेटरमा राखेर उपचार जारी राखेको छ । भेन्टिलेटरको सहयोगबाट उनको… पुरा पढौ

तनहुँमा ढिस्कोले पुरिएर एकको मृत्यु

तनहुँ । तनहुँको शुक्लागण्डकीमा बगरको ढिस्कोले पुरिँदा आज एकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको नेत्रावती गाउँपालिका–५ कटुन्जे घर भई हाल शुक्लागण्डकी नगरपालिका–८ किमलडाँडा बस्ने ५३ वर्षीय धनबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । किमलघाटस्थित सेतीनदी बगरमा काम गर्ने सिलसिलामा ढिस्कोले पुरिएर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिए । पुरा पढौ

एसइई जेठ १३ र कक्षा १२ को परीक्षा जेठ २६ देखि

काठमाण्डौं । विसं २०७७ को कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७८ जेठ १३ देखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आजको बैठकले एसइई परीक्षा सञ्चालनको मिति निर्धारण गर्दै जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए । यसअघि गत माघ २६ गते मन्त्रिपरिषद्ले गरेको निर्णयको आधारमा साविककै शैलीमा परीक्षा गर्ने गरी निर्णय गरिएको छ । बोर्डले परीक्षा मिति तय गरेसँगै प्रश्नपत्र निर्माण… पुरा पढौ