नेकपा एमालेका सचिव खगराज अधिकारीले पार्टीलाई एकताबद्ध बनाएर जानुको विकल्प नरहेको बताएका छन् । कास्कीका पुराना कम्युनिष्ट नेता स्वर्गीय मिनराज पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गर्न पुरञ्चौरमा आयोजित कार्यक्रममा सचिव अधिकारीले ठुलो र लोकतान्त्रिक पार्टीमा आन्तरिक मतभेद हुनु स्वभाविक भए पनि त्यसलाई पार्टी एकताको पक्षमा लगाउनु पर्नेमा जोड दिए । पछिल्लो समय पार्टीका कार्यकर्तामा निराशा देखिएको उल्लेख गर्दै उनले भने, 'कार्यकर्ताको बलमै पार्टी बाँचेको छ, निराशालाई चिर्दै पार्टी एक ढिक्का बनाउनुको विकल्प छैन ।'पार्टीप्रति चौतर्फी आक्रमण भईरहेका बेला नेता, कार्यकर्ता संयमित बनेर…
पुरा पढौ