समाचार

पाल्पाली सहकारी पत्रकारिता पुरस्कारबाट नेपाल सम्मानित

पोखरा, ३ असोज । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सहकारी पत्रकारिता पुरस्कार–२०८३ बाट पत्रकार विजय नेपाल सम्मानित भएका छन् ।संस्थाको शनिबार आठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन अवसरमा उनलाई नगद, दोसल्ला, टीका र सम्मानपत्रसहित सम्मान गरिएको हो ।पाल्पाली समाज पोखराको पहलमा २०७६ असार १३ गते खोलिएको उक्त सहकारीले प्रत्येक ४ वर्षमा सहकारी पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।सहकारी अध्यक्ष चिरञ्जीवी श्रेष्ठको अध्यक्षतामा भएको समारोहमा प्रमुख अतिथि डा. हुमप्रसाद न्यौपाने, पाल्पाली समाज पोखराका अध्यक्ष श्रीधर पराजुली, सहकारीका पूर्व अध्यक्ष कुलप्रसाद… पुरा पढौ

नेपाल भूतपूर्व खेलाडी मञ्चको मासिक दौड : कर्पोरेटमा आइला र भीमकुमारी, आमा समूहमा आशा र खुल्लामा अमन बने बिजेता

पोखरा, असोज ३। पोखरामा शनिबार भएको दौड प्रतियोगितामा कर्पोरेट पुरुषतर्फ प्रतिभा माविका आइला साई, कर्पोरेट महिलातर्फ माउन्ट अन्नपूर्ण माविकी भीमकुमारी पुन, आमा समूहमा आशा राना र खुला पुरुषतर्फ माउन्ट अन्नपूर्णका अमन तिलिजा पहिलो भएका छन्। १६ वर्षमुनिको छात्रातर्फ कालिका स्कुलकी शनिसा सापकोटा र छात्रतर्फ छोरेपाटन माविका सुवान विक पहिलो भए।नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरा रंगशालामा भएको २१औँ श्रृंखलाअन्तर्गत विभिन्न विधाको दौडमा ४ सय ५० भन्दा बढी धावक सहभागी भएको स्वयंसेवक संयोजक ओम गुरुङले बताए।कर्पोरेट पुरुषतर्फ कान्तिपुर एकेडेमीका कुल चन्द्र… पुरा पढौ

तमु धिं नेपालको अध्यक्षमा सुवेदार मेजर श्रीप्रसाद गुरुङ

पोखरा, ३ असोज। तमु धिं नेपालको आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्षमा सुवेदार मेजर श्रीप्रसाद गुरुङसहित सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्।तमु धिं नेपालको असोज ९ र १० गते पोखरामा हुने ४२औँ वार्षिक साधारणसभा तथा १७औँ महाधिवेशनअन्तर्गत निर्वाचन समितिले तोकेको कार्यतालिकाअनुसार शनिबार पदाधिकारीका लागि एकल उम्मेदवारी दर्ता भएपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन्। निर्वाचित भएको औपचारिक घोषणा भने असोज ९ गते गरिने प्रमुख निर्वाचन अधिकृत एवं तमु धिं नेपालका संस्थापक उपाध्यक्ष शंकर गुरुङले बताए।निर्वाचन कार्यक्रमअनुसार अध्यक्षमा सुवेदार मेजर श्रीप्रसाद गुरुङ,… पुरा पढौ

पोखरामा कर्पोरेट र आमा समूह दौड

पोखरामा कर्पोरेट पुरुष, बिद्यार्थी छात्र÷छात्रा, खुला÷महिला ÷पुरुष ५ किलोमिटर, आमा समुह र कर्पोरेट महिला समूहको ३ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ । पोखरा अन्तराष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिवार कर्पोरेट ÷महिला पुरुष, पोखरा १० का आमा समुह तथा टोल विकास संस्थाका महिला सदश्यहरु, बिद्यार्थी छात्र–छात्रा र खुला महिला–पुरुष दौड सम्पन्न भएको हो । मञ्चले नियमित रुपमा आयोजना गदै आइरहेको साप्ताहिक तथा मासिक दौड अन्तगर्त प्रत्येक महिनाको पहिलो शनिवार आयोजना गर्दै आएको २१ औँ श्रृंखला अन्तरगर्त… पुरा पढौ

पाल्पाली बहुउद्देश्यीय सहकारीमा रेशमराज थापा

पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा रेशमराज थापा चयन भएका छन् । सहकारीको शनिबार सम्पन्न आठौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले सर्वसम्मत रूपमा थापाको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सुनिलप्रसाद अर्याल, सचिवमा युमाया पुन पचभैया र कोषाध्यक्षमा पदमप्रसाद पोखरेल चयन भएका छन्। यसैगरी सञ्चालक समितिको सदस्यहरूमा रमेशकुमार पौडेल, गिरीराज पोखरेल, इन्दिरा कँडेल, निर्मला विक र अनुपमान कर्माचार्य छन्।अधिवेशनले सहकारीको लेखा समिति संयोजकमा दामोदर बस्याल र सदस्यहरूमा ऋषिराम सिग्देल र डिलेश्वर आचार्य चुनिएका छन्। संयोजक श्यामनाथ कुँवरको… पुरा पढौ

गोपालधाममा १ सय १६ जनाको रक्त परीक्षण

गोपाल सेवा केन्द्र, पोखरा–१८ मा शनिबार भएको निशुल्क रक्त परीक्षण शिविरमा १ सय १६ जनाको सित्तैमा जाँच गरिएको छ । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा उनीहरुको मधुमेह र कलेजोसम्बन्धी जाँच निशुल्क गरिएको हो । कार्यक्रममा वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा शंकर बरालले पेट तथा कलेजोका विभिन्न रोगबारे प्रकाश पारे । उनले ग्यास्टिक खानपानले मात्र नभई ब्याक्टेरियाका कारणले पनि हुन सक्ने उल्लेख गरे । युआरएएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले संस्थाले गरिरहेका शिविरहरु विश्वास… पुरा पढौ

बाल दिवसमा पोखरा १९ मा बिबिध कार्यक्रम सम्पन्न

६२औँ राष्ट्रिय बाल दिवसको अवसरमा वडा कार्यालय पोखरा १९ ले बिभिन्न कार्यक्रम सम्पन्न गरेको छ । वडा बाल मञ्चको संयोजनमा वडाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बिच कविता बाचन,चित्रकला, हिसाब दौडप्रतियोगितालगायतका कार्यक्रम गरिएको वडा सदस्य विकासकुमार आचार्यले जानकारी दिए ।कक्षा ६ देखि ८ सम्मका विद्यार्थी सहभागी कविता बाचनमा विन्द्येश्वरी माविकी सुनिता विक प्रथम, भारती भवनकी प्रसन्ना आचार्य द्वितीय,महेन्द्र माविकी निमिषा सुनार तृतीय भए । त्यस्तै कक्षा ९ र १० तर्फको प्रतियोगितामा विन्द्येश्वरीकी स्वस्तिका खड्का प्रथम, भारती भवनकी दिपा… पुरा पढौ

पुरञ्चौरमा रक्तदान, ४६ युनिट संकलन

पोखराको पुरञ्चौरमा आयोजना भएको खुल्ला रक्तदान कार्यक्रममा ४६ युनिट संकलन भएको छ । संविधान दिवसको अवसरमा नेपाल रेडक्रस सोसाईटी, पोखरा १९ उपशाखाको आयोजना र प्राकृतिक स्रोत व्यवस्थापन कलेजको समन्वयमा भएको कार्यक्रममा पहिलो पटक रक्तदान गर्नेको अधिक सहभागिता रहेको थियो । कार्यक्रमको नेपाल रेडक्रस सोसाईटी, कास्की शाखाका सभापति उर्मिला खड्काले पहिलो रक्तदाता रविन चौलागाईंलाई ब्लडव्याग हस्तान्तरण गरि उद्घाटन गरिन् । उनले मानव जीवनलाई निरोगी र तन्दुरुस्त बनाउन नियमित रुपमा रक्तदान गर्नु आवश्यक रहेको बताईन् । सभापति खड्काले हालै भोटेकोशीमा आएको विनासकारी… पुरा पढौ

पोखरामा प्रभातफेरीसहित संविधान दिवस मनाईयो,संघीयता कार्यान्वयनमा संघ सरकारले सहजीकरण नगरेको मुख्यमन्त्री पाण्डेको गुनासो

संविधान दिवस, २०८३ को अवसरमा गण्डकी प्रदेश सरकारको आयोजनामा पोखरामा संविधान विशेष समारोह सम्पन्न भएको छ । दिवसका अवसरमा पोखराको शहीदचोकमा शहीदहरूको स्मृतिमा माल्यार्पणसमेत गरिएको छ ।विशेष कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानले परिकल्पना गरेको संघीयता कार्यान्वयनमा संघ सरकारबाट पर्याप्त सहजीकरण हुन नसकेको गुनासो गरेका छन् । प्रदेशले निर्माण गरेका कानुन कार्यान्वयन गर्न र संविधानले प्रदेशलाई दिएका अधिकार प्रयोग गर्न संघ सरकारसँग पटक–पटक आग्रह गर्नुपर्ने अवस्था… पुरा पढौ

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आजदेखि सुरु भएको छ । पार्टी केन्द्रीय निर्वाचन समितिले आज र आइतबार स्थानीय अनुकूलताअनुसार वडा अधिवेशन गर्न सकिने कार्यतालिका निकालेसँगै आजदेखि औपचारिक रूपमा वडा अधिवेशन सुरु भएको हो । गत पुस मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यले वडाको अधिवेशनमा भाग लिन पाउने कांग्रेस निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए । पार्टीको अधिवेशनमा वडाक्षेत्रभित्रका क्रियाशील सदस्य वडा अधिवेशनका सदस्य हुनेछन् । उक्त अधिवेशनले वडा सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव, एक… पुरा पढौ