समाचार

डुलुवाको अध्यक्षमा योगेश भट्टराई निवाचित

डुलुवाको दोस्रो अधिवेशन तथा तेस्रो वार्षिक साधारणसभबाट योगश भट्टराई निवाचित भएका छन् । गोरखा जिल्लाको अजिरकोट गाउँपालिकास्थित नम्की होमस्टेमा सम्पन्न अधिवेशनले योगेश भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। समितिको उपाध्यक्ष सुनिल बहादुर भट्टराई, सचिबमा ठाकुर प्रसाद बराल, कोषाध्यक्षमा विकास भट्टराई, सदस्यमा अनिल केसी, विशेष थापा, सरोज भट्टराई, बसन्त महत, घनश्याम गौतम, भरत प्रसाद तिमिल्सिना र अभित थापा चयन भएका छन् । अधिबेसनको उद्घाटन गर्दै दीपेन्द्र पहारीले डुलुवाले नेपालका विभिन्न नयाँ तथा ओझेलमा परेका गन्तव्यको खोजी, पहिचान र प्रवर्द्धन… पुरा पढौ

सृजनामा नेपाली कविता प्रतियोगिता सम्पन्न

पोखरा–८, सृजनाचोकस्थित सृजना सेकेन्डरी स्कुलमा नेपाली कविता प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको आयोजना तथा युवा रेडक्रस सर्कल, सृजना मा.वि.को व्यवस्थापनमा कक्षा ११ र १२ विज्ञान तथा व्यवस्थापन समूहका विद्यार्थीहरूबीच भएको प्रतियोगितामा कक्षा ११ विज्ञान समूहकी छात्रा प्रतिष्ठा सुवेदीले प्रथम स्थान हासिल गरेकी छन् भने कक्षा ११ व्यवस्थापन समूहकी छात्रा मेनुका पौडेलले द्वितीय स्थान हासिल गर्न सफल भएकी छन् । त्यसैगरी कक्षा १२ व्यवस्थापन समूहकी छात्रा सुस्मिता ढकालले तृतीय स्थान हासिल गरेकी छन् भने कक्षा १२ विज्ञान समूहकी छात्रा सन्ध्या… पुरा पढौ

पेन्सन पट्टाको कमाई २ करोड १२ लाख, पोखराबाट मात्रै ५१ लाख माथि

माओत्से गुरुङ निर्देशित चलचित्र ‘पेन्सन पट्टा’ले प्रदर्शनको पहिलो सातामै २ करोड १२ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । चलचित्रले पोखराबाट मात्रै ५१ लाख रुपैयाँभन्दा बढीको व्यापार गरेको छ भने श्रीकृष्ण चलचित्र मन्दिरको कलेक्सनसमेत जोड्दा पोखराको कुल ग्रस कलेक्सन ५५ देखि ६० लाख रुपैयाँसम्म पुगेको अनुमान गरिएको छ ।चलचित्रले दोस्रो सातामा समेत दर्शकको उत्साहजनक साथ पाइरहेको छ । माउथ पब्लिसिटीका कारण दर्शकको उपस्थिति बढ्दै गएको निर्माण पक्षको भनाइ छ । दोस्रो साताको पहिलो शुक्रबार पोखरा लगायत विभिन्न ठाउँका हलमा हाउसफुल… पुरा पढौ

काजिपोखरीमा महिलाका लागि यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना

नेपाल परिवार नियोजन संघ कास्कीले महिलाका लागि यौन तथा प्रजनन् स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ । १३ औं परिवार योजना दिवस तथा नेपाल परिवार नियोजन संघको ६७ औं स्थापना दिवसको अवसरमा पोखरा १४ काजिपोखरीमा कार्यक्रम गरिएको हो । जलेश्वर आमा समूह र प्रगतिशील टोल विकास संस्थाको समन्वयमा कार्यक्रम गरिएको थियो । समुदायमा परिवार नियोजनका सेवा बारे जानकारी दिने र महिलासँग सम्वन्धित स्वास्थ्य समस्या बारे सचेतना गर्ने उद्देश्यले कार्यक्रम गरिएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिए ।… पुरा पढौ

जनप्रियमा भ्वाईस अफ चिल्ड्रेनको अभिमुखीकरण

पोखराको सिमलचौरस्थित जनप्रिय माध्यमिक विद्यालयमा भ्वाईस अफ चिल्ड्रेन गण्डकी प्रदेशले अभिमुखीकरण दिएको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र प्रतिनिधि शिक्षकलाई १ दिने अभिमुखीकरण दिएको हो । बाल अधिकार, बालसंरक्षण तथा अनलाइन बालयौन दुव्र्यवहार रोकथाम सम्वन्धी अभिमुखीकरण प्रदान गरिएको भ्वाईस अफ चिल्ड्रेन कास्कीकी प्राजेक्ट अफिसर अप्सरा गुरुङले जानकारी दिइन् । सडक बालबालिका तथा विभिन्न हिंसाबाट पीडित बाबुनानीहरुको विशेष सरोकार राख्ने ५० जिल्लामा सेवा विस्तार भएको भ्वाईस अफ चिल्ड्रेनले न्याय पूर्ण समाजको परिकल्पना गर्दै दुव्र्यहार, शोषण, अपहेलना र पिछडिएका… पुरा पढौ

कास्की मोर्डनाइज्डद्वारा बाढीपीडितलाई ४ लाख सहयोग

कास्की मोर्डनाइज्ड एकेडेमीले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्र्थापनका लागि नगद ४ लाख रुपैयाँ सहयोग गरेको छ। विद्यालयका तर्फबाट प्रदान गरिएको उक्त रकम नेसनल प्याब्सन कास्की मार्फत २ लाख, केन्द्रीय समिति मार्फत १ लाख र हिसान कास्की मार्फत १ लाख गरी जम्मा ४ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने गरी रकम हस्तान्तरण गरेको हो । कार्यक्रममा कास्की मोर्डनाइज्ड एकेडेमीका संस्थापक प्राचार्य तथा नेसनल प्याब्सन केन्द्रीय समितिका उपाध्यक्ष समेत रहेका राम बहादुर मोचीले नेसनल प्याब्सनका… पुरा पढौ

प्रधानमन्त्री शाह र जेनजी सांसदहरूबिच छलफल, नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्न सुझाव

प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरूलाई नवीन सोचका साथ आफैँ उदाहरण बनेर आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरेर काम आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित अन्तरक्रियामा प्रधानमन्त्री शाहले जनजीविकाका आधारभूत समस्या समाधानसँगै त्योभन्दा अझ अगाडि बढेर आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन आह्वान गरे । यसका लागि उनले स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने, सूचना–प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अपनाउने र पुराना तथा अव्यवहारिक सोच त्याग्न सुझाव दिए । साथै, राजनीतिलाई पेसा नबनाइ… पुरा पढौ

सरकारद्वारा १३ देशमा राजदूत सिफारिस, भारतमा निश्चलनाथ, चीनमा कल्याणराज

सरकारले १३ देशका लागि राजदूतको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिकासहित १३ देशका लागि राजनितिक कोटा अन्र्तगत राजदूतहरूको नाम सिफारिस गरेको हो ।जसमा भारतका लागि नेपाली राजदूतमा निश्चलराज पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाको लागि चिरनजंग थापा, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि सारु जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चुणामणि खरेल, दक्षिण कोरियाका लागि प्राडा संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चल झा, साउदी अरबियाका लागि गिरीबहादुर सुनारको नाम सिफारिस गरेको… पुरा पढौ

तीन दिनपछि खुल्यो बेँसीसहर–चामे सडक

पहिरोले बुधबार बिहानदेखि अवरुद्ध बनाएको बेँसीसहर–चामे सडक तीन दिनपछि सञ्चालनमा आएको छ । यस सडकअन्तर्गत मनाङको नासोँ गाउँपालिका–३ खोत्रेमा गएको पहिरो नेपाली सेनाले बम विस्फोट गराएर ढुङ्गा तथा पहिरो हटाएसँगै आज बिहानदेखि सडक सञ्चालनमा आएको डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिए । उनका अनुसार खोत्रेमा पहिरोसँगै ठूलाठूला ढुङ्गा खसेका थिए । तीमध्ये एउटा ढुङ्गा निकै ठूलो थियो । सडक अवरुद्ध भएपछि उक्त ढुङ्गा हटाउन बिहीबार पनि बम विस्फोट गराइएको थियो । पहिलो पटकको विस्फोटबाट ढुङ्गा पूर्ण रूपमा… पुरा पढौ

भोटेकोशी बाढी प्रभावितलाई जनजागरण र चण्डिका आमा समुहको सहयोग

भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावितका लागि प्रधानमन्त्री राहत तथा उद्धार कोषमा रकम जम्मा हुने क्रम जारी रहेको छ । गत भदौं १० गते आएको विनासकारी बाढीले प्रभावित बनेकाहरुको उद्धार तथा राहतका लागि स्वदेश तथा विदेशमा रहेका बिभिन्न संघ संस्थासहित व्यक्तिहरुले पनि रकम जम्मा गरेका छन् । पोखरामा पनि सामाजिक संघ संस्थादेखि व्यक्ति स्वयंले स्वतस्फुर्त स्पमा रकम जम्मा गरेका हुन् । पोखरा १६ बाटुलेचौरस्थित चण्डिका आमा समुहले पनि बाढीपीडितको सहयोगार्थ ५१ हजार १६० रुपैयाँ प्रदान गरेको छ । उक्त रकम… पुरा पढौ