समाचार

गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट

चैत २७ काठमाण्डौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति असंवैधानिक भएको उल्लेख गर्दै बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मुख्यमन्त्री अधिकारीले सभामुखलाई समेत जोडेर बहुमत पु¥याउनु असंवैधानिक भएको भन्दै रिट निवेदन दायर गरेका हुन् । उक्त रिट निवेदनमा यही चैत २५ गते अधिकारीले जालझेल गरी दूषित तबरले दाबी पत्र पेश गरेको र अधिकारीलाई मुख्यमन्त्रीका रुपमा कामकारबाही गर्न नदिने आदेशको माग गरिएको… पुरा पढौ

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कँडेल नियुक्त

चैत २७ कर्णाली । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि सत्ता गठबन्धन दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का नेताहरुको समर्थनसहितको हस्ताक्षर पत्र कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष पेश गरेसँगै प्रदेश प्रमुख परियारले नेता कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कर्णाली प्रदेशसभा ४० सदस्यीय छ । प्रदेश सरकार गठनका लागि २१ प्रदेशसभा सदस्य… पुरा पढौ

आगलागीबारे छानबिन समिति गठन

चैत २७ काठमाण्डौं । सोमबार साँझ चन्द्रागिरि नगरपालिका–१२ बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय भण्डारणमा भएको आगलागीबारे छानबिन गर्न समिति गठन गरिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको निर्णयबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । छानबिन समितिलाई आगलागीको कारण खोज्ने, क्षतिको विवरण सङ्कलन गर्ने तथा जोखिम न्यूनीकरणका लागि गरेको पूर्वतयारी एवं आगामी दिनमा यस्तो घटना घट्न नदिनका लाग गर्नुपर्ने सुधारलगायतका विषयमा सत्यतथ्य छानबिन… पुरा पढौ

उपनिर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू हुँदै

चैत २७ काठमाण्डौं । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न यही चैत २८ गतेदेखि सम्बन्धित क्षेत्रमा निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ । आयोगमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको सिफारिससमेतका आधारमा प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा आचारसंहिता लागू गराउन जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने निर्णय पनि गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा आज जारी विज्ञप्तिमा… पुरा पढौ

नयाँ वर्षमा लेखनाथ हाफ म्याराथन, विजेतालाई ६० हजार रूपैयाँ पुरस्कार

चैत २७ पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी १ वैशाखमा लेखनाथ हाफ म्याराथन हुने भएको छ । कास्की जिल्ला एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथन हुने आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दियो । पुरुषतर्फ २१ किलोमिटर हाफ म्याराथन, १० किलोमिटरको महिला/पुरुष राष्ट्रिय खुला दौड, विद्यालयतर्फ ५ किलोमिटर छात्रछात्रा र भेट्रान्सतर्फ ५ किलोमिटर दौड हुने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । चार वटा विधामा गरेर करिब एक हजार धावक सहभागी हुने… पुरा पढौ

गण्डकी प्रदेश सरकार चार वर्षसम्मै टिक्ने मुख्यमन्त्री अधिकारीको दाबी

पर्वत । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आफू नेतृत्वको गण्डकी प्रदेश सरकार चार वर्षसम्मै टिक्ने दाबी गरेका छन् । नेपाल कम्युुनिष्ट पार्टी (एमाले) पर्वतको दशौँ जिल्ला अधिवेशनलाई आज कुश्मामा सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले अहिलेको नयाँ गठबन्धन कुनै हालतले छिन्नभिन्न नहुने भन्दै यो सरकार चार वर्षसम्मै टिक्ने दाबी गरे । फाइदाका लागि मात्र गठबन्धन गर्नु उचित नहुने भन्दै मुलुक बनाउनका लागि गठबन्धनमा सामेल भएका सबै दल एकजुट भएको उनको भनाइ छ । मुख्यमन्त्री अधिकारीले केही दिनमै गण्डकी प्रदेश सरकारले पूर्णता… पुरा पढौ

ताराखेल संरक्षण गर्दै तमानखोला गाउँपालिका

गलकोट । बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले ताराखेल (धनुषबाण) संरक्षणको काम सुरु गरेको छ । आदिवासी जनजाति समुदायमा लोकप्रिय ताराखेल लोप हुने अवस्थामा पुगेपछि तीन वर्षदेखि प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको हो । गाउँपालिकाले ताराखेलको संरक्षण गर्दै नयाँ पुस्ताका खेलाडी उत्पादनमा जोड दिएको छ । परम्परागत र आधुनिक दुई विधामा तारा खेल प्रतियोगिता हुन थालेका छन् । खासगरी मगर, छन्त्याल, थकालीलगायत आदिवासी जनजाति समुदायमा यो खेल प्रचलित छ । जनजातिको बाहुल्यता रहेको तमानखोलामा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको गाउँपालिकाका… पुरा पढौ

तनहुँमा प्रदेशस्तरीय क्रिकेट मैदान बनाइने

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ गणपतिस्थित गाउँफर्कोदय माध्यमिक विद्यालयको खेलमैदानलाई प्रदेशस्तरीय क्रिकेट मैदान बनाइने भएको छ । प्रदेश सरकारको यही चैत ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले शुक्लागण्डकीमा प्रदेशस्तरीय क्रिकेट मैदान बनाउने निर्णय गरेको हो । त्यसका लागि सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमार्फत रु ४० लाख बजेट विनियोजन भएको पत्र नगरपालिकालाई प्राप्त भएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिए । पण्डितले भने, “मन्त्रिपरिषद्ले निर्णय गरेबमोजिम रु ४० लाख बजेट विनियोजन भएको औपचारिक पत्र नगरपालिकालाई आएको छ, क्रिकेट मैदान निर्माणका लागि प्रदेश सरकारसँग… पुरा पढौ

पोखरामा जैविक कृषि विविधतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरु, ३२ देशका झण्डै दुई सय सहभागि

पोखरा । पोखरामा कृषि जैविक विविधतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ । फरेष्ट एण्ड फार्म प्रोड्यूसर अर्गनाइजेसनको आयोजनामा पोखराको पाँचतारे होटलमा कृषि जैविक विविधतासम्बन्धी अन्र्तराष्ट्रिय सम्मेलन शुरु भएको हो । सम्मेलनमा ३२ देशका झण्डै दुई सय जना कृषि विशेषज्ञ, कृषि क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधि तथा सरकारी अधिकारीहरुको सहभागिता रहेको छ । सम्मेलनको मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी शाहले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शाहले नेपाल जैविक विविधताको धनी देश भएको बताईन् । उनले नेपालमा ६… पुरा पढौ

पार्टी र संगठनमा व्यापक सुधारको खाँचो: कांग्रेस सचेतक लम्साल

पोखरा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक गोविन्द लम्सालले पार्टी र संगठनमा व्यापक सुधारको खाँचो रहेको बताएका छन् । कांग्रेसको शुभेच्छुक संस्था धादिङ–पोखरा सम्पर्क समितिद्वारा सोमबार आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा सचेतक लम्सालले कांग्रेस पार्टी कार्यकर्ता र जनताले अनुभूति हुनेगरी सुधार गर्नुपर्नेमा जोड दिए । अस्थिर राजनीतिका कारण संघीयताप्रति विभिन्न टिकाटिप्पणी भइरहेको भन्दै उनले यसतर्फ दलहरुले ध्यान दिनुपर्ने बताए । रास्वपा र एमालेप्रति लक्षित गर्दै सचेतक लम्सालले मुलुकको समृद्धिका लागि ०८४ कुर्न नपर्ने टिप्पणी गरे । कास्की कांग्रेस सचिव… पुरा पढौ