समाचार

म्याद गुज्रेको सामान बेच्ने इमान ट्रेडर्स कारवाहीमा

पोखरा । पोखराको लामाचौरस्थित एक ट्रेडर्सले म्याद गुजे्रको पेय पदार्थ विक्री वितरण गरेको पाइएको भन्दै एक लाख रुपैयाँ जरिवाना तिराइएको छ । पोखरा १६ स्थित इमान ट्रेडर्सले उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराको अगुवाईमा भएको अनुगमनमा म्याद गुज्रेका पेय पदार्थ बजार पठाएको पाइएपछि एक लाख रुपैयाँ जरिवाना तिराइएको हो । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडको वितरक रहेको उक्त ट्रेडर्सले बजारमा म्याद नाघेका पेय पदार्थ पठाएको गुनासो आएपछि अनुगमन गरिएको निर्देशनालयका निर्देशक इश्वरी प्रसाद रेग्मीले जानकारी… पुरा पढौ

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक

चैत २६ काठमाण्डौं । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले देशभरका ८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको जनाएको छ । चैत १३ गतेसम्म कूल एक करोड ७० लाख थान पुस्तक छपाई गरी हालसम्म ८० प्रतिशत पुस्तक बिक्री गरिसकेको केन्द्रका महाप्रबन्धक अनिलकुमार झाले जानकारी दिए । उनले आजसम्म ७५ जिल्लामा पुस्तक पुगिसकेको जानकारी दिए । उनका अनुसार आजदेखि सोलुखुम्बु, बाँकै र बर्दियामा पाठ्यपुस्तक वितरण सुरु भएको छ । कैलालीमा भने भोलिदेखि पुस्तक बिक्री सुरु गरिनेछ । उनले यही चैत २८ गतेसम्म सबै जिल्लामा… पुरा पढौ

कोशी एमाले र माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

चैत २६ मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) ले प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्तासहित चार छुट्टाछुट्टै पत्र आज संयुक्तरुपमा बुझाएका छन् । प्रदेश प्रमुख खापुङलाई एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्रका संसदीय दलका इन्द्रबहादुर आङवोले ५२ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित उक्त पत्रहरु बुझाएका हुन् । प्रदेश प्रमुख खापुङलाई उनीहरुले एमाले संसदीय दलका नेता कार्कीको नेतृत्वमा नयाँ सरकार गठन, प्रदेशको विशेष अधिवेशन आह्वान गर्न, वैकल्पिक सरकार गठन… पुरा पढौ

सडक पहुँचले ग्रामिण क्षेत्रका नागरिकको जीवनशैली फेरिँदै

ढोरपाटन । करिब एक दशकअघिसम्म बागलुङका धेरै बस्तीमा मोटरेबल सडकको पहुँच नै थिएन । केही बजारी क्षेत्रमा कच्ची सडकको पहुँच पुगे पनि ग्रामीण क्षेत्रमा यातायतको सुविधा पुग्न सकेको थिएन । सङ्घीयता कार्यान्वयनपछि स्थापना भएको स्थानीय तहले पहिलो प्राथमिकतामा सडकमार्गलाई राखेपछि यतिबेला यहाँका १० वटै पालिकाका बस्तीमा सडकको पहुँच पुगेको छ । दुरदराजका बस्तीसम्म सडक पु¥याएपछि अहिले केही विकट बस्तीमा बाहेक अधिकांश स्थानमा गाडी गुड्न थालेका छन् । घरै अगाडिबाट गाडी गुड्न थालेपछि यहाँका पाका मानिसहरु दङ्ग छन् । जिल्लाको सबैभन्दा… पुरा पढौ

पर्यटकीय गन्तव्य पहिचान एवम् प्रवर्द्धन गर्दै पोखरादेखि हिँडेको टोली नवलपुरमा

गण्डकी । नेपाल एशोसिएशन अफ टुुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रवद्र्धनमा शनिबार पोखरादेखि हिँडेको टोली नवलपुर पुुगेको छ । सञ्चारकर्मीसहितको पर्यटन व्यवसायीको १९ सदस्यीय टोली तीन दिने कार्यक्रम अन्तर्गत पोखराबाट गन्तव्य पहिचान एवम् प्रवद्र्धन यात्रा सुरु गरेको थियो । पोखरा पर्यटन राजधानी घोषणा भइसकेका अवस्थामा पोखरासँगै आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन जरुरी रहेको अवस्थालाई दृष्टिगत गरी पोखराबाट बागलुुङ हुँदै नवलपुरसम्मको गन्तव्य पहिचान एवम् प्रवद्र्धन कार्यक्रम तय गरिएको नाट्टा गण्डकी प्रदेशका… पुरा पढौ

ट्र्याक खुलेको २० वर्षपछि गलुवा-भकुण्डे सडक कालोपत्र हुँदै

गलकोट । २०६० सालमा ट्र्याक खोलिएको बागलुङको गलुवा–भकुण्डे सडक कालोपत्रको चरणमा पुगेको छ । जनश्रमदान र चन्दा उठाएर खनेको सडक कालोपत्र हुन लागेपछि स्थानीयवासी हर्षित छन् । बागलुङ नगरपालिका र सङ्घीय सरकारको समपुरक बजेटमा सडक कालोपत्र गर्न लागिएको हो । गलुवा–काउले–देउराली सडक अन्तर्गत रहेको ६ किमि सडकमध्ये पहिलो चरणमा तीन किमि सडक कालोपत्रको अन्तिम तयारीमा पुगेको छ । बागलुङ नगरपालिकाको रु पाँच करोड र सङ्घीय सरकारको रु पाँच करोड गरी रु १० करोड लागत अनुमान गरिएको सडक रु सात करोड… पुरा पढौ

व्यास नगरपालिकाको गौरवको अयोजनाअन्तर्गत परासर मार्ग कालोपत्र गरिँदै

तनहुँ । व्यास नगरपालिकाको गौरवको अयोजनाअन्तर्गत पर्ने परासर मार्गमा पक्की नालासहित कालोपत्र गरिने भएको छ । विश्व बैंकको अनुदान सहयोगमा १० दशमलव ५५० किलोमिटर दूरीमा कालोपत्र गर्न लागिएको हो । उक्त मार्गअन्तर्गत पर्ने बुल्दीखोला, घाँसीकुव बेल्टारी, अधेरी भञ्ज्याङ, पोख्रेलफाँट, कुमाल गाउँ, समता विद्यालय, नराङ हुँदै कलेस्ती सडकमा जोडिनेछ । व्यास–७, ९, १० र ११ गरी चार वडालाई जोड्ने गरी रिङरोड बनाउन लागिएको नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीले जानकारी दिए । “कालोपत्रपश्चात् यहाँका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन्”, उनले भने, “कृषि,… पुरा पढौ

तमानखोलामा कृषि सङ्कलन केन्द्र बन्दै

ढोरपाटन । बागलुङको तमानखोला गाउँपालिकामा कृषि सङ्कलन केन्द्र निर्माण गर्न थालिएको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु ४० लाखबाट सङ्कलन केन्द्र निर्माण गर्न थालिएको हो । गाउँपालिकाअन्तर्गतका किसानले उत्पादन गरेको कृषिउपज÷वस्तुलाई सङ्कलन गरी बजारीकरण गर्नका लागि केन्द्र निर्माण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए । “तमानखोलाका अधिकांश नागरिक कृषि पेसामा आबद्ध भए पनि हालसम्म सङ्कलन केन्द्र नहुँदा बजारीकरणमा समस्या हुँदै आएकामा अब समस्या समाधान हुनेछ”, उनले भने । अध्यक्ष मगरले तमानखोला–१ स्थित बोङ्गादोभानमा केन्द्र… पुरा पढौ

वालिङको चिहानडाँडामा बन्यो ‘शवदाह स्थल’

वालिङ । वालिङ–७ को चिहानडाँडामा आधुनिक शवदाह स्थल निर्माण गरिएको छ । पानी र हावाहुरी परेका बेला शव जलाउन निकै सास्ती खेप्दै आएका स्थानीय गुरुङ समुदायले वालिङ नगरपालिकाको सहयोगमा आधुनिक शवदाह स्थल निर्माण गरेका हुन् । शवदाह स्थल निर्माणसँगै अन्त्येष्टि कर्म सहजरुपमा गर्न सकिने भएको स्थानीय समाजसेवी भोजराज गुरुङले बताए। “सामान्य समयमा शव जलाउन समस्या थिएन”, उनले भने, “वर्षाका समयमा र ठूलो हावाहुरी चलेका बेला शव जलाउन निकै समस्या हुन्थ्यो, आधुनिक शवदाहस्थल निर्माण भएसँगै अब सहज हुने भएको हो ।”… पुरा पढौ

दुलेगौँडा–लिलाचोक खण्ड कालोपत्र गरिँदै

विश्व बैंकको सहयोगमा तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौँडा लामागाउँ मोटरमार्गअन्तर्गत दुलेगौँडा–लिलाचोक खण्ड कालोपत्रको तयारी गरिएको छ । नगरपालिकाको हालसम्मकै ठूलो आयोजनाअन्तर्गत रहेको उक्त खण्ड कालोपत्रका लागि निर्माण कम्पनीसँग नगरपालिकाले सम्झौता गरेको छ । विश्व बैंकको सहयोग र नेपाल सरकारको अनुदानमा सञ्चालित सहरी शासन र पूर्वाधार परियोजना (एनयुजिआइपी) अन्तर्गत उक्त मोटरमार्गको ७.१ किलोमिटर दूरी कालोपत्रका लागि बानियाँ निर्माण सेवा हेटौँडासँग सम्झौता गरिएको नगरपालिकाका इन्जिनियर तारापति भट्टराईले राससलाई जानकारी दिए । उनका अनुसार उक्त ठेक्काको रकम रु २७ करोड ३४ लाख ७९ हजार… पुरा पढौ