समाचार

पर्वतका दुई विकट बस्तीमा खानेपानी सुविधा

वषौँदेखि खानेपानीको समस्या झेल्दै आएका पर्वतका दुई विकट बस्तीमा खानेपानीको सुविधा पुगेको छ । फलेवास नगरपालिका–३ पुर्कोट र जलजला गाउँपालिका–८ नाङलीवाङको लुप्राङ गाउँमा खानेपानी सुविधा पुगेको हो । आकासे पानी घैँटामा सङ्कलन गर्ने र दैनिक एक गाग्री पानीका लागि घण्टौँ समय लगाएर पानीको जोहो गर्नुपर्ने यहाँका नागरिकको समस्या अब समाधान भएको छ । पुर्कोटमा डिप बोरिङ खानेपानी आयोजनामार्फत खानेपानी सुविधा उपलब्ध गराइएको हो । बस्तीभन्दा तल रहेको चाम्लेस्वारा धारापानीमा जमिनमुनिको पानी उत्खनन गरेर माथि डाँडामा पु¥याइएको छ । स्थानीय दुई… पुरा पढौ

सुनको मूल्य बढ्यो , आज कतिमा हुदैँछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु छ सयले वृद्धि भएको छ । आइतबार प्रतितोला रु एक लाख ३५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३६ हजार दुई सय कायम भएको छ । तेजाबी सुन तोलामा रु एक लाख ३५ हजार पाँच सय ५० तय भएको छ । आइतबार तेजाबी सुन तोलामा रु एक लाख ३४ हजार नौ सय ५० मा… पुरा पढौ

एमाले स्याङ्जाको अध्यक्षमा पुनः गैह्रे

स्याङ्जा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे निर्वाचित भएका छन् । उनी यसअघि पनि एमाले स्याङ्जाको अध्यक्ष थिए ।उपाध्यक्षमा महेश पुरी, सचिवमा रामचन्द्र भट्टराई, उपसचिवमा अमृत श्रेष्ठ र चीनमाया गुरुङ निर्विरोध चयन भएको नवौँ अधिवेशन निर्वाचन कमिटीका संयोजक टङ्कप्रसाद न्यौपानेले जानकारी दिए । निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई आज शपथ खुवाइने छ । नवौँ अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र एक सय सदस्य गरी एक सय पाँच जनाको जिल्ला कमिटी चयन गरेको हो । एमाले स्याङ्जामा नौ… पुरा पढौ

जनतामा आशा जगाउने काम मात्र गर्छौं: कानुन मन्त्री गिरी

सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नयाँ समीकरणबाट बनेको वर्तमान सरकारले जनतामा आशा जगाउने काम मात्र गर्ने बताएका छन । प्रेस चौतारी कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गिरीले भने– “केही वर्षयता सरकार र राजनीतिक पार्टीप्रति जनतामा पैदा भएको निराशालाई मेटेर सरकार र दलहरुप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने छौँ ।” सङ्कटमा आएको सरकार भएकाले जनातामा आशा जगाउने काम गरेरै छाड्ने उनको भनाइ थियो । देशको अर्थतन्त्र धराशायी, विकास निर्माणको काम सुस्त, सुशासन प्राप्त गर्न नसक्नु,… पुरा पढौ

पोखराका होटलमा पर्यटकको चहलपहल बढयो

नयाँ वर्ष २०८१ को छेकोमा पर्यटकीय राजधानी पोखरामा पर्यटकको आउजाउ बढेको छ । चैत-वैशाख दोस्रो मुख्य पर्यटकीय याम पनि रहेकाले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो । यहाँका होटलमा पाहुनाको सङ्ख्या क्षमताको ५० प्रतिशतसम्म पुगेको होटल सङ्घ पोखराका अध्यक्ष अध्यक्ष लक्ष्मण सुवेदीले बताए । “शुक्रबार-शनिबार त होटलको अकुपेन्सी ६० प्रतिशतसम्म पनि पुग्छ”, उनले भने, “नयाँ वर्षका बेला ९० प्रतिशतभन्दा माथि पुग्ने हाम्रो अपेक्षा छ ।” पर्यटनका लागि ‘अफ सिजन’ मानिने गत पुस(माघमा पोखराका होटलको ‘अकुपेन्सी’ दस प्रतिशतभन्दा कममा… पुरा पढौ

पर्यटन प्रवद्र्धनका लागि पृथ्वी होटल व्यवसायी समिति पूर्वी नेपालमा

पोखरा । पृथ्वी होटल व्यवसायी समिति आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पूर्वी नेपालको भ्रमणमा निस्किएको छ । समिति ‘आन्तरिक पर्यटन प्रवद्र्धन, हाम्रो अभियान’ नारासहित आजदेखि पूर्वका विभिन्न जिल्लाका विभिन्न जिल्लाको ४ दिने भ्रमणमा निस्किएको हो । शनिबार पोखराबाट निस्किएको टोलीले आज इलाममा अन्तरक्रिया तथा पोखरा भ्रमणको निम्तो बाडेर, बिर्तामोर्ड आइपुगेको छ । भ्रमणका क्रममा समितिको टोलीले होटल व्यवसायी, स्थानिय सरकार, सरोकारवाला निकाय लगायतसँग पोखराको पर्यटन प्रर्वद्धनका विषयमा छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको जनाइएको छ । समितिले पोखरा घुम्न आउने पर्यटकहरुलाईसमिति… पुरा पढौ

गलेश्वर मगर इकाईको साधार सभा तथा शुभकामना आदानप्रदान

चैत २५ पोखरा । नेपाल मगर संघ गलेश्वर इकाई समिति पोखरा १५ को प्रथम साधारण सभा एवम् नव वर्ष २०८१ सालको शुभकामना आदान प्रधान कार्यक्रम सम्पन्न भएको छ । विभिन्न जिल्लाबाट सो स्थानमा आई वसोवास गर्ने मगरहरुको संगठित इकाइले विविध कार्यक्रमका साथ साधारण सभा सम्पन्न गरेको हो । नेपाल मगर संघ जिल्ला समन्वय समिति कास्कीका कार्यवाहक अध्यक्ष चन्द्रबहादुर पुर्जामगरले साधारण सभाको उद्घाटन गर्दै मगरहरु प्राप्त संवैधानिक अधिकारको उपयोग गर्दै थप अधिकारका लागि मगरहरु संगठित भएर लाग्नु पर्ने बताए । कास्की… पुरा पढौ

पौडेल वंश महासंघ नेपाल गण्डकीको अध्यक्षमा रामजी पौडेल निर्वाचित

पोखरा । पौडेल वंश महासंघ नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनले नयाँ कार्यसमिती चयन गरेको छ । ‘पौडेल थर, हाम्रो साझा घर’ भन्ने मुल नारासहित पोखरामा सम्पन्न भएको अधिवेशनले नयाँ कार्यसमिती चयन गरेको हो । अधिवेशनबाट अध्यक्षमा रामजी पौडेल, उपाध्यक्षमा अमृत कुमार पौडेल, सचिवमा धनन्वय पौडेल, कोषाध्यक्षमा कृष्णप्रसाद पौडेल चयन गरेको छ । यस्तै सहसचिवमा भानुमक्त पौडेल चयन भएका छन् । सदस्यहरुमा हेरम्वशर्मा पौडेल, कोषराज पौडेल, पार्वती वाग्ले पौडेल, मुक्तिनाथ पौडेल र बद्री कुमार पौडेल चयन भएका छन् । अधिवेशनको उद्घाटन… पुरा पढौ

सरुभक्तलाई हेमराज पुरस्कार

चैत २५ पोखरा । हेमराज पहारी स्मृति पुरस्कार २०८० बाट साहित्यकार सरुभक्तलाई सम्मान गरिने भएको छ । पुरस्कार राशि नगद एक लाख र ताम्रपत्र छ । प्रतिभा छनोट समिति संयोजक पद्यराज ढकालले नेपाली साहित्यमा सरुभक्तको योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्न लागिएको उल्लेख गरे । प्रतिभा छनोट समितिका सदस्यमा कृष्णप्रसाद पौडेल र सरस्वती श्रेष्ठ ‘सरु’ थिए । नेपाल संगीत तथा नाट््य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपतिसमेत रहेका सरुभक्त ५ दशकदेखि नेपाली साहित्यमा क्रियाशील छन् । साहित्यका सबैजसो विधामा कलम चलाउने उनका चार… पुरा पढौ

पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप : पुरुषमा राजेश र महिलामा वर्षालाई उपाधि

चैत २५ पोखरा । पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ । पोखरा २३, वाम्दीमा २ दिनसम्म चलेको प्रतियोगितामा पुरुषतर्फ ओेपन इलाइटमा काठमाडौंका राजेश मगर र महिलातर्फ ललितपुरकी वर्षा बस्नेतले उपाधि जिते । पुरुषमा अन्जित बुढाथोकी दोस्रो र आशुतोष धोन्जु तेस्रो भए । महिलातर्फ मन्दिरा भण्डारी दोस्रो र सुरक्षा केसी तेस्रो भए । पुरुष र महिलातर्फ प्रथमले जनही १ लाख ५० हजार प्राप्त गरे । पुरुषमा दोस्रो र तेस्रोले क्रमशः १ लाख… पुरा पढौ