समाचार

विपक्षीलाई सरकार बनाउन गण्डकीमा बहालवाला मन्त्रीकै समर्थन

पोखरा, चैत २५ गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ उर्फ दीपक मनाङेलाई पिपलपाते चरित्र भएको भनेर आरोप लाग्दै आएको छ । अर्थात उनी सत्ताका लागि जतापनि पल्टिन्छन् भन्ने आरोप छ । यसअघि चारपटक मन्त्री भइसकेका मनाङे सत्ताका लागि जुनसुकै बेला ढलपल हुने पात्रका रुपमा चित्रित गरिन्छ । नभन्दै उनले यसपटकपनि सत्तामा रहेरै विपक्षीलाई समर्थन गरेर पिपलपाते चरित्रलाई पुष्टि गरेका छन् । सरकारमै रहेर विपक्षीलाई सरकार बनाउन उनले सहयोग गरेको यो पहिलो पटक होईन । यसअघि पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारमै… पुरा पढौ

खगराज सरकारमा चुमान र मनाङे मन्त्री बन्ने

पोखरा, चैत २५ गण्डकी प्रदेशको खगराज अधिकारी सरकारमा माओवादीका हरिबहादुर चुमान र राजिव गुरुङ उर्फ दीपक मनाङे मन्त्री बन्ने भएका छन् । आजैमात्र मुख्यमन्त्रीमा नियुक्त अधिकारीले पहिलो चरणमा माओवादीबाट चुमान र मनाङे रहेको ३ सदस्यीय मन्त्री परिषद गठन गरेका हुन् । दुबैले आज विना विभागीय मन्त्रीको रुपमा सपथ खाने बताइएको छ । चुमान नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हुन् । उनी यसअघि पृथ्वी सुब्बा सरकारमा आन्तरिक मामिला मन्त्री थिए । त्यस्तै, मनाङे पाचौं पटक मन्त्री बन्न लागेका… पुरा पढौ

तनहुँमा आठ वटा सिँचाइ योजना सम्पन्न

तनहुँ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँले चालु आर्थिक वर्षमा आठ वटा सिँचाइ योजना सम्पन्न गरेको छ । चालु आवको हालसम्म पाँच सिँचाइ र तीन वटा तटबन्धनका योजना सम्पन्न गरेको कार्यालयले जनाएको छ । शुक्लागण्डकी–६ स्थित ज्याम्दी खोलामा करिब दुई सय ३३ मिटर लामो सिँचाइ योजना सम्पन्न भएको छ । उक्त योजनामार्फत १५ हेक्टर क्षेत्रफल सिँचाइ सुविधा पुग्दा ३० घरधुरी लाभान्वित भएका सिँचाइ विकास डिभिजन कार्यालयका इन्जिनियर विनोद केसीले जानकारी दिए । उनका अनुसार गण्डकी प्रदेश सरकारको रु… पुरा पढौ

प्रतिष्ठानद्वारा विद्यार्थीहरुलाई एक दिने कानूनी सचेतना एवम् वक्तृत्वकला तालिम

पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा तमु विद्यार्थीहरुका लागि एक दिने कानूनी सचेतना एवम् वक्तृत्वकला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुलाई कानुन सम्बन्धि ज्ञान प्रदान गर्ने उद्धेश्यले शनिबार पोखरा नदीपुर स्थित माउन्ट अन्नपूर्ण मा.वि.को सभाहलमा उक्त प्रशिक्षण गरिएको हो । संस्थाका सल्लाहकार एवम् मुख्यमन्त्री कार्यालय गण्डकीका उपसचिव तेज च्हाक्ली तमु, कानूनी सल्लाहकार एवम् व्यास विद्याश्रम बोर्डिङ स्कुलका फाउण्डर प्रिन्सिपल कर्ण बहादुर तमु, संस्थाका निवर्तमान अध्यक्ष चिजकाजी तमु लगायतले व्यानरमा हस्ताक्षर गरि समुद्घाटन गरिएको यस कार्यक्रममा कानूनी सचेतना सम्बन्धि नागरिक… पुरा पढौ

नेपाल तामाङ घेदुङको ६८औं स्थापना दिवसका अवसरमा विभिन्न श्रष्टा सम्मानित

पोखरा । नेपाल तामाङ घेदुङको ६८औं स्थापना दिवसको अवसर पारेर विभिन्न विधाका श्रष्टालाई सम्मान गरिएको छ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति कास्कीको आयोजनामा उक्त कार्यक्रममा गरिएको हो । सोही अवसरमामा प्रथम अमर रत्न युवा पुरस्कार तथा रमेश रत्न दीर्घ सेवा पदक पुरस्कारबाट कृष्ण कुमार तामाङ र प्रताप वाइबा तामाङलाई एक प्रदान गरिएको छ। कार्यक्रममा स्वर्गीय अमर माम्बा तामाङको स्मृतिमा प्रदान गरिएको अमर रत्न पुरस्कारद्वारा राष्ट्रिय तथा अन्तरास्ट्रिय पदक विजेता कराँते खेलाडी कृष्ण कुमार गोले सम्मानित भएका छन् भने… पुरा पढौ

सभामुखसहितको समर्थनमा सत्ता गठबन्धनले गर्यो गण्डकीको मुख्यमन्त्रीमा दाबी पेस

पोखरा, चैत २५ सत्ता गठबन्धनले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेको छ । सत्ता गठबन्धनले सभामुख कृष्ण धितालसहितको समर्थनमा एमालेका खगराज अधिकारीलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका हुन् । खगराजलाई बहालवाला भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङेलेपनि समर्थन गरेका छन् । उनी कांग्रेसका हाल बहालवाला सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा भौतिक पूर्वाधार मन्त्री छन् । उनले हालसम्म राजिनामा दिइसकेका छैनन् । दाबी पेस गर्न प्रस्तावित मुख्यमन्त्री अधिकारी नेकपा एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपाली, नेकपा माओवादी केन्द्रका… पुरा पढौ

खेलकुद पत्रकार मञ्च गण्डकीलाई फुटसल उपाधि

चैत २४ पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले मैत्रीपूर्ण फुटसलको उपाधि जितेको छ । विश्व खेलकुद दिवसको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश शाखाले आयोजना गरेको मैत्रीपूर्ण खेल मञ्चले जितेको हो । शनिबार अमरसिंह फुटसलमा भएको फाइनल खेलमा पोखरा संगीत समूहलाई ५–२ गोल अन्तरले पराजित गर्दै पत्रकारको टिमले उपाधि जितेको हो । पत्रकारको जितमा निकोलस गुरुङले ह्याट्रिक पूरा गरे । अर्जुन गाहा ‘सुशान्त’ र प्रवेश पोखरेलले १÷१ गोलको योगदान दिए । संगीत समूहको तर्फबाट विश्वास गुरुङ… पुरा पढौ

पाल्पाली समाज पोखराको विधान संशोधन प्रस्ताव पारित

चैत २४ पोखरा । पाल्पाली समाज पोखराको २१ औं साधारणसभाले विधान संशोधन प्रस्ताव पारित गरेको छ । पोखरा न्यूरोडस्थित पाल्पा हाउसमा शनिबार भएको सभाले समाजका पूर्व अध्यक्ष एवं विधान संशोधन समिति संयोजक जगदीश गौतमले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत् पारित गरेको हो । जसअनुसार समाजको कार्यसमिति अब १५ सदस्यीय मात्र हुनेछ । गएको अधिवेशनबाट २७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको थियो । कार्यसमितिमा अध्यक्ष, निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष तथा बाँकी ८ सदस्य निर्वाचित हुने छन् । कार्यकाल… पुरा पढौ

लायन्स क्लबको सामाजिक योगदान महत्वपूर्ण : प्रदेश प्रमुख भट्ट

चैत २४ पोखरा । गण्डकीका प्रदेश प्रमुख डिल्ली राज भट्टले नेपालमा लायन्स क्लबले शिक्षा, स्वास्थ्य, प्राकृतिक विपद् र मानवकल्याणका क्षेत्रमा पु¥याएको योगदान अनुकरणीय रहेको बताएका छन् । पोखरामा शनिबार आयोजित लायन्स क्लब डिस्ट्रिक्ट ३२५ एम नेपालको दोस्रो महाधिवेशनका प्रमुख अतिथि भट्टले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा क्लबले पु¥याएको योगदानको चर्चा गर्दै त्यस्तो कार्य सरकारसहित सबैका लागि उदाहरणीय रहेको बताए । क्लबका असल अभ्यासको अनुशरण र सहकार्य गर्नुपर्ने खाँचो औंल्याउँदै प्रमुख भट्टले नेपालमा लायन्स क्लबले अस्पताल, विद्यालय, मानव स्वास्थ्य, सामाजिक सेवा, भूकम्पपीडितलाई सहायता… पुरा पढौ

इलाम–२ उपचुनाव : आठ स्वतन्त्रसहित २० जनाको उम्मेद्वारी

काठमाण्डौ । प्रतिनिधि सभाअन्तर्गत इलाम–२ मा हुन गइरहेको उपचुनावका लागि २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले तोकेको समयअनुसार आज उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउनेमा १२ जना राजनीतिक दलको तर्फबाट र आठ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । जसमा नेकपा एमालेबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट डम्बर खड्का, नेकपा एसबाट जितबहादुर राई, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेश्नल अर्गनाइजेशनका मनीबहादुर लिम्बूले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत केशव प्रसाद… पुरा पढौ