समाचार

म्याग्दीमा ऊनबाट बनेका कपडा लगाउनु पर्ने अभियान

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका छन्त्याल समुदाय आफ्नो वेशभूषा, संस्कृति र परम्पराको संरक्षणमा जुटेका छन् । परम्परागत रुपमा भेडाको ऊनबाट बनाउने हाब्दुल, काम्लो, स्विटर, टोपीलगायतका मौलिक पोसाक लोपोन्मुख अवस्थामा पुगेपछि ती समुदाय संरक्षणमा लागेका हुन् । पुर्खाले भेडापालन गर्ने र भेडाको ऊनबाट कपडा बनाउने पेसा अँगालेकामा पछिल्लो समय ऊनबाट बनेका कपडा हराएर जान थालेपछि गाउँमा सबैले ऊनका कपडा लगाउने अभियान चलाएको स्थानीय यामबहादुर छन्त्यालले बताए। “परम्परागत भेडा बाख्रापालनलाई हामीले निरन्तरता दिँदै आएका छौँ, तर भेडाबाख्राको ऊनबाट बनाइने हाब्दुलो, काम्लोलगायत… पुरा पढौ

बागलुङमा चौतारी संरक्षण अभियान थालियो

गलकोट । पछिल्लो समय वरपीपलका चौतारी मासिँदै आएका छन् । परम्परागत तरिकाले निर्माण गरिएका उक्त सम्पदा मासिन थालेपछि बागलुङमा संरक्षण गर्न थालिएको हो । सडक विस्तारका क्रममा मासिएका चौतारीलाई यहाँ संरक्षण गर्न थालिएको हो । मासिँदै आएका वरपीपल चौतारीले मौलिक सम्पदा गुमेको भन्दै चौतारी संरक्षण अभियान थालिएको छ । सडक विस्तारका क्रममा सार्वजनिक स्थलमा रहेका चौतारी र वरपीपल मासिन थालेपछि नयाँ चौतारी निर्माण गर्ने र भइरहेका चौतारीलाई मर्मतसम्भार गर्ने अभियान थालिएको छ । बागलुङ नगरपालिका–३ देउराली चोक नजिकैको हनुमानपौवाको चौतारी… पुरा पढौ

गण्डकी प्रदेशमा कुस्ती संघ गठन, अध्यक्षमा उत्तर कुमार

पोखरा । गण्डकी प्रदेशमा कुस्ती संघ गठन भएको छ । गण्डकी प्रदेशमा कुस्ती खेलको विकास एवं प्रवर्द्धन गर्न पोखरामा बुधबार सम्पन्न भेलाले उत्तर कुमार श्रेष्ठको अध्यक्षतामा सात सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । त्यसै गरी संघको उपाध्यक्षमा योगिता शाहनी, सचिवमा दिपक प्रसाद पौडेल, कोषाध्यक्षमा डिल्लिराम सुबेदी रहेका छन भने कार्यसमिति सदस्यमा दिपक बस्ताकोटी, खड्ग श्रेष्ठ र नम्रता गुरुङ रहेका छन् । सो अवसरमा नवगिठत कार्यसमितिलाई बधाई दिंदै गण्डकी प्रदेशका पूर्व सांसद दिपक कोइरालाले नवगठित कार्यसमितिलाई अवसर र चुनौती दुबै… पुरा पढौ

परिषदमा गण्डकी प्रदेशमा फुटबल संघद्वारा मान्यता प्राप्त

पोखरा । गण्डकी प्रदेशमा फुटबल संघले प्रदेश खेलकुद परिषदमा आधिकारिक मान्यता पाएको छ । प्रदेश खेलकुद विकास ऐन २०७७ र प्रदेश खेलकुद विकास नियमावली २०७८ अनुसार प्रदेश खेलकुद परिषद गण्डकीमा दर्ता भए पछि संघले मान्यता पाएको हो । गत जेठमा गोरखामा सम्पन्न भेलाले दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा गठित कार्यसमिति गठन गरिएको भए पनि ९ महिना ढिलो परिषदमा दर्ता भएको हो । प्रदेश खेलकुद परिषद गण्डकीमा दर्ता गरिएको कार्यसमिति १३ सदस्यिय छ भने रिक्त एक कार्यसमिति सदस्यमा परिषदले मनोनयन गर्नेछ । संघको… पुरा पढौ

शारदा इङ्लिस बोर्डिङ स्कुलमा वार्षिकोत्सब

फागुन ३० पोखरा । नदिपुरमा रहेको शारदा इङ्लिस बोर्डिङ स्कुलले आफ्नो स्थापनाको २८ औँ वार्षिकोत्सब समारोह सम्पन्न गरेको छ । पोखरा महानगरपालिका वडा नं ३ का वडा अध्यक्ष प्रकाश उदासको प्रमुख अतिथ्यतामा उक्त कार्यक्र सम्पन्न भएको थियो । शिक्षा विना जीवन अन्धाकार छ पढ्ने अवसर पाउँदा सबैले त्यसलाई सदुपयोग गर्नका लागि प्रमुख अतिथिले सबैलाई गरे । न्युन शुल्कमा पढाइरहेको यस विद्यालयले आफ्नो क्षेत्रमा सेवा गरेको देख्दा आफूलाई खुशी लागेको भन्दै आउने दिनमा नियमसँगत रुपमा गर्न सकिने सहयोग गर्न आफू तयार… पुरा पढौ

एन्फालाई कारबाही गर्न खेलकुद मन्त्रालयलको निर्देशन

फागुन ३० काठमाण्डौं । युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का १० जना पदाधिकारी वैदेशिक भ्रमण गएकामा आपत्ति जनाएको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ को “झ’मा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को स्वीकृति लिनुपर्नेमा व्यवस्था भएबमोजिम एन्फाले सो प्रक्रिया पूरा नगरी विदेश गएकाले मन्त्रालयले एन्फालाई कारबाही गर्ने राखेपलाई निर्देशन दिएको हो ।विश्वकप छनोटको तयारीमा रहेको नेपालले आगामी चैत २ मा मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसपछि नेपाली टोलीले आगामी चैत ८ र १३ गते… पुरा पढौ

नवनियुक्त प्रदेश प्रमुखहरूद्वारा राष्ट्रपतिसमक्ष शपथ

फागुन ३० काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनीयताको शपथ गरएका छन् ।राष्ट्रपति कार्यालय आज अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मधेस प्रदेशका प्रमुख सुमित्रा भण्डारी, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । यसअघि राष्ट्रपति पौडेलले मधेश प्रदेशका प्रमुख हरिशङ्कर मिश्र, गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीलाई राष्ट्रपतिले पदमुक्त गर्दै नवनियुक्त प्रदेश प्रमुखहरुको सपथ गराएका हुन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद… पुरा पढौ

गण्डकीसहित तीन प्रदेश प्रमुख पदमुक्त

फागुन ३० काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को यही फागुन २८ गतेको सिफारिसअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड ‘ख’ बमोजिम मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्र, गण्डकी प्रदेशका पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका देवराज जोशीलाई पदमुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस पुरा पढौ

प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ५७ मत र विपक्षमा एक सय १० मत प्राप्त भएको छ । बैठकमा दुई सय ६८ सांसद उपस्थित हुनुहुन्थ्यो भने सात सांसद अनुपस्थित भएका थिए। कुल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतका लागि एक सय ३८ मत आवश्यक पर्छ । विश्वासको मतसम्बन्धी प्रस्तावलाई मत विभाजनको प्रक्रियामा लगिएको थियो । सभामुख देवराज घिमिरेले… पुरा पढौ

विद्यालयमा व्यवहारिक सिपतर्फ विद्यार्थीलाई दुनाटपरी बनाउन सिकाईदै

बलेवा । सधैँजसो कक्षा आरम्भ हुँदा हातमा हाजिर कपी र पठनपाठनका सामग्री बोकेर कक्षाकोठा प्रवेश गर्ने शिक्षिका सुशीला श्रेष्ठ सोमबार सालका पात र बाँसका सिन्का बोकेर पसे। न्यू एभरेष्ट एकेडेमीको नर्सरी कक्षाकी कक्षा शिक्षक श्रेष्ठ सोमबार कक्षा ७ मा प्रवेश गरे । उनीसँगै अन्य शिक्षिका पनि साथमै थिए । सधैँजसो दिनभर कपी र किताब बेञ्चमा फिँजाएर कलम समाउने गरेका विद्यार्थी पनि सोमबार फरक भूमिकामा देखिए । सबै विद्यार्थी कक्षा कोठाको भूइँमा बसे । उनीहरुका अघि सालका पात र बाँसका सिन्का… पुरा पढौ