समाचार

पर्यटकीय याम सुरु भएसँगै अन्नपूर्ण क्षेत्रमा बढ्न थाले पर्यटक

गण्डकी । दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा पर्यटकको आउजाउ बाक्लिन थालेको छ । गत पुस–माघमा उक्त क्षेत्रमा भित्रने विदेशी पर्यटकको सङ्ख्या घटेकामा फागुनयता भने विस्तारै बढिरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०ले जनाएको छ । आयोजनाका प्रमुख डा रविन कडरियाका अनुसार गत फागनमा १५ हजार तीन सय ६९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका छन् । पर्यटनका लागि ‘अफसिजन’ मानिने पुसमा आठ हजार चार सय ९२ र माघमा जम्मा छ हजार एक सय ७९ पर्यटकले… पुरा पढौ

स्थानीयको चन्दाबाट प्रसिद्ध क्यामिन कालिका मन्दिरमा तामाको छानो

दमौली । हरेक काम गर्नका लागि सरकारी बजेटको मुख ताक्ने प्रचलन छ । गाउँघरमा बाटो, मन्दिर, विद्यालय भवन निर्माणलगायतमा सरकारी बजेट पार्न दौडधुप गर्ने प्रचलन कायमै छ । तर तनहुँको व्यास नगरपालिका–७ कोटथोकमा स्थानीयको चन्दा सङ्कलनबाट प्रसिद्ध क्यामिन कालिका मन्दिरमा तामाको छानो छाउने काम सम्पन्न भएको छ । क्यासमिरी पदमार्गमा पर्ने प्रसिद्ध धार्मिकस्थल क्यामिन कालिका मन्दिरमा तामाको छानो छाउने काम सकिएपछि चन्दा दातालाई सम्मान गरिएको छ । चन्दा सङ्कलन गरी उक्त मन्दिरमा तामाको छानो छाएर चन्दा दातालाई सम्मान गरिएको मन्दिर… पुरा पढौ

मुस्ताङमा आजदेखि तोरन्ल गोल्डकप अन्तर क्षेत्रीय तारो खेल्ने प्रतियोगिता सुरु

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसामा आजदेखि १२औँ केन्द्रीय तोरन्ल गोल्डकप अन्तर क्षेत्रीय तारो खेल्ने (आर्चरी) प्रतियोगिता सुरु भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र घाँसा क्षेत्रको आतिथ्यतामा तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा देशका विभिन्न ठाउँका २९ समूहका दुई सय ३२ खेलाडी सहभागी छन् । एउटा समूहमा सात खेलाडी रहने छन् । प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सबै थकाली समुदायका खेलाडी हुन् । थकाली समुदायको पौराणिक तारो हान्ने खेलको संरक्षण, खेल पर्यटनको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको… पुरा पढौ

सिद्धार्थ क्लबको रक्तदान कार्यक्रममा ६६ यूनिट रगत संकलन

पोखरा । सिद्धार्थ क्लब पोखराको आयोजनामा भएका रक्तदान कार्यक्रममा ६६ युनिट रगत संकलन भएको छ । क्लवले सिद्धार्थटोल टोल विकास संस्था, भवानी आमा समूह, बगालेटोल दिदी बहिनी समूहको सह–आयोजना र ने.रे.सो. कास्की प्रदेशीय रक्त संचार सेवा, पोखराको प्राविधिक सहयोगमा पोखरा–४ मानवअधिकार चोकमा आज सञ्चालन गरेको कार्यक्रम उक्त रगत संकलन भएको हो । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ बरालले प्रथम रक्तदाता तथा क्लबका कोषाध्यक्ष सुनिल श्रेष्ठलाई ब्लड व्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रम शुभारम्भ गरेका थिए… पुरा पढौ

मालढुङ्गा–बेनी सडक निर्माण तीव्र

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी सडक निर्माण तीव्र गतिमा भइरहेको छ । निर्माण अवधि सकिएर पटकपटक म्याद थप गर्दासमेत कामको प्रगति नदेखिएपछि गत माघ दोस्रो साता सम्झौता रद्द गर्ने चेतावनी आयोजनाले दिएको थियो । चेतावनीपछि मुख्य ठेकेदार कम्पनीनै काममा फर्किएर निर्माणलाई तीव्रता दिएको हो । सडक निर्माणको जिम्मा लिएको एपेक्स–खड्का जेभी कन्स्ट्रक्सनले काम सम्हालेको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोमले जनाएको छ । यसअघि उक्त कम्पनीले सहायक ठेकेदार कम्पनी ओमकारेश्वर कन्स्ट्रक्सनलाई जिम्मा दिएको थियो ।… पुरा पढौ

जग्गाको मुआब्जा एवं फुकुवा गर्न रुपाताल प्रभावित बासिन्दाको माग

कास्कीमा सञ्चालित रुपाताल एकीकृत संरक्षण विकास परियोजना प्रभावित क्षेत्रका बासिन्दाले जग्गाको मुआब्जा र रोक्का रहेको जग्गा फुकुवाको माग गर्दै बुधबार प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएका छन् । अधिग्रहण गरेको जग्गाको उचित मुआब्जा र परियोजनालाई आवश्यक नपर्ने जग्गा फिर्ता पाउनुपर्ने माग आफूहरुको रहेकोे बाँध क्षेत्र समस्या समाधान समितिका संयोजक हरिप्रसाद अधिकारीले बताए । विसं २०६६ देखि स्थानीयवासीको १४ सय ७२ रोपनी जग्गा रोक्का रहेको उनको भनाइ छ । “अधिग्रहणमा परेका केहीले मुआब्जा पाए पनि अझै झण्डै तीन सय परिवार मुआब्जा पाउनबाट… पुरा पढौ

सुन-चाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुन-चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु आठ सय बढेर प्रतितोला रु एक लाख २५ हजार आठ सय कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार थियो । त्यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला रु आठ सयले वृद्धि भई प्रतितोला रु एक लाख २५ हजार दुई सय कायम भएको छ । बुधबार तेजावी सुनको मूल्य प्रतितोला रु एक… पुरा पढौ

पोखरा बृद्धाश्रमको २८ औं स्थापना दिवस

पोखरा महानगरपालिका वडा न १७ सितापाइलास्थित पोखरा बृद्धाश्रमले २८ औं स्थापना दिवस मनाएको छ। बृद्धाश्रमले बिहीवार जेष्ठ नागरिक मिलन कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए। सो अबसरमा पौडेलले जेष्ठ नागरिक ज्युदा इतिहास र भबिष्यका मार्गदर्शक भएको उल्लेख गर्दै जेष्ठ नागरिकहरूको सम्बर्द्धन र राज्यले प्रदान गरेका सेवा, सुबिधा र सम्मान निर्बाधरूपले उपयोग गर्ने बाताबरण निर्माणका लागि सबै पक्ष कटिबद्धताका साथ लागि पर्नु पर्ने उल्लेख गरे। जेष्ठ नागरिकका सबालमा बनेका… पुरा पढौ

आज ‘विश्व मिर्गौला दिवस‘ , नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदै

आज ‘विश्व मिर्गौला दिवस‘ मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ आज विश्व मिर्गौला दिवस मनाइँदै छ । विभिन्न कार्यक्रम गरी बर्सेनि मार्च १४ गते यो दिवस मनाइँदै आएको छ । यो वर्ष पनि नेपालमा विभिन्न कार्यक्रम गरी विश्व मिर्गौला दिवस मनाइँदै छ । सामान्यतया खानपानका कारणले मिर्गौला खराब हुने चिकित्सकहरूले बताएका छन् । पानी कम खानु, मद्यपान, धूम्रपान, दुखाई कम गर्ने औषधिको प्रयोग बढी गर्नले मिर्गौला खराब हुने जोखिम बढ्छ । यस्तै, यो रोग… पुरा पढौ

प्रतिनिधिसभा बैठकः गृहमन्त्रीको नियुक्तिमा प्रधानमन्त्रीबाट जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेको नियुक्तिका विषयमा सरकारसँग जवाफ माग गरेको छ । आजको बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले सांसद बद्रीप्रसाद पाण्डेलाई बोल्न समय दिएका थिए । सांसद पाण्डेले अनुसन्धानमा जोडिएका व्यक्ति सरकारमा पुगेकोमा असन्तुष्टि व्यक्त गरे। उनले सो विषयमा निष्पक्ष छानबिन हुनेमा आशङ्का व्यक्त गरे। सांसद पाण्डेले सो विषयमा प्रधानमन्त्री दाहालबाट यथाशीघ्र जवाफ दिन सभामुखसँग रुलिङको माग… पुरा पढौ