समाचार

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण

फागुन २७ काठमाण्डौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीका कर्मचारीले आफूलाई सुम्पिएको जिम्मेवारी कानुनी परिधिमा रहेर निर्वाह गर्नुपर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालयको आज निरीक्षण गर्दै उनले प्रहरी कर्मचारीको वृत्तिविकासको सुनिश्चितता सङ्गठनले गर्नुपर्नेमा जोड दिए । गृहमन्त्री लामिछानेले भने, “कर्मचारीहरूको सरुवा, बढुवा तथा वृत्तिविकासका लागि आवश्यक पर्ने नीति र योजना बनाएर ल्याउनुहोस् । त्यसको कार्यान्वयनका लागि के कसरी गर्नुपर्ने हो सहजीकरण गर्न तयार छु ।” निर्धक्क भएर नीति र विधिको परिधिमा रहेर काम गर्नुपर्नेमा उनले जोड दिए… पुरा पढौ

बड्स एकेडेमीमा पुरस्कार वितरण

फागुन २७ पोखरा । पोखराको लेकसाइडस्थित बड्स एकेडेमीमा उत्कृष्टता हाँसिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । शैक्षिकतर्फ वर्ष २०७९ मा तथा २०८० को अतिरिक्त क्रियाकलापतर्फ विभिन्न विधाहरुमा उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई आइतबार विद्यालय प्राङ्गणमा आयोजित समारोहमा पुरस्कृत गरिएको हो । समारोहका प्रमुख अतिथि शिक्षासेवी नरेन्द्रमान लालचनले विद्यार्थीहरुलाई पुरस्कृत गर्दै बड्स एकेडेमीले शिक्षासंगै अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्टता हाँसिल गर्दै गएको बताए । निजी विद्यालयहरुले यसरिनै विद्यार्थीभित्रका प्रतिभाहरुको प्रस्फुटन गर्दै जानुपर्नेमा उनले जोड दिए । विशेष अतिथि एन प्याप्सन कास्कीका अध्यक्ष हेमन्त… पुरा पढौ

फ्याफुल्ला महिला सहकारीमा नेतृत्व विकाससम्बन्धी प्रशिक्षण

पोखरा । फ्याफुल्ला विकल्प महिला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा नेतृत्व विकासका लागि सकरात्मक सोचसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा तामाङ बौद्ध सेवा समितिको व्यवस्थापनमा आयोजित प्रशिक्षण कार्यक्रमको सहकारीका अध्यक्ष विष्णु योञ्जन तामाङले उद्घाटन गरिन् । कार्यक्रममा प्रमुख प्रशिक्षक विकास देव योञ्जनले असल नेतृत्व, सकरात्मक सोच तथा प्रभावकारी पब्लिक स्पिकङको बारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा संस्थाका सल्लाहकार कुम बहादुर योञ्जन तामाङ, राष्ट्रिय आदिवासी जनजाती महिला महासंघ जिल्ला समन्वय परिषद् कास्कीका… पुरा पढौ

लेकबेँसी गर्ने परम्परा छोडेपछि गोठ रित्तै

ढोरपाटन । लेकबेँसी गरेर जीवन निर्वाह गर्ने पश्चिम बागलुङको ग्रामीण क्षेत्रका नागरिकको चलन नै हो । एकै परिवारले सयौँ पशुचौपाय पाल्ने हुँदा पुखौँदेखि लेकबेँसी गर्दै आएका हुन् । लेकबेँसी गर्दै आएका अधिकांशको लेकमा अस्थायी गोठ बनाउने र बँेसीमा घर हुन्छ । बेँसीमा मात्रै पशुचौपाया पाल्न नसकिने हुँदा जेठदेखि कात्तिक महिनासम्म लेकमा बस्ने गर्छन् । लेकमा काठैकाठ र ढुङ्गाले गोठ बनाइएका हुन्छन् । एक दशक अगाडिसम्म ती गोठमा पुग्दा गोठालासहित भेडाबाख्रा, गाईगोरु र भैँसी भेटिन्थे । तर पछिल्लो समय ती गोठ… पुरा पढौ

धम्पुस ढाँडा सृजनाटोलमा शिव मन्दिर निर्माण

पोखरा । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ धम्पुस ढाँडाको सृजना टोलमा पुनः निर्माण गरिएको शिव मन्दिर पूर्ण रुपमा सम्पन्न भएको छ । २०५५ सालमा तत्कालिन वडा अध्यक्ष कृष्ण प्रसाद भण्डारीको नेतृत्वमा सो मन्दिर निमार्ण गरिएको थियो भने अहिले मन्दिर पुरानो भएर जिर्ण हुन माछापुच्छ्रे गाउँपालिका कार्यालयद्धारा रु २ लाख रुपैया र माछापुच्छ्रे गाउँपालिका वडा कार्यालय ७ धम्पुसले रु ४ लाख रुपैयाको सहयोग र स्थानीय, स्वदेश तथा विदेशमा रहेका चन्दाताहरुको करीब १८ लाख रुपैया चन्दा संकलन र स्थानीय तहको… पुरा पढौ

सहकारी र सहकार्यबाट सबल बन्दै म्याग्दीका ग्रामीण भेगका महिला

गलेश्वर । म्याग्दीका ग्रामीण भेगका महिला सहकारी र सहकार्यको माध्यमबाट सबल तथा सक्षम बन्दै गएका छन् । सहकारी संस्थामा आवद्ध भएपछि महिलाले बचत गर्ने बानीको विकास मात्र गरेका छैनन् उनीहरुको व्यक्तित्व विकास र क्षमता अभिवृद्धि हुँदैगएको छ । म्याग्दीको सदरमुकाम बेनीस्थित दोभान कृषि सहकारी संस्थामा आवद्ध बेनी नगरपालिका–५ पुलाचौरकी सरिता किसान, मञ्जु पौडेल, शारदा विक लगायतले सहकारीमा बचत गर्ने र सहकारीबाटै ऋण लिएर कृषि उद्यम गरी आत्मनिर्भर बन्न सफल भएका छन् । त्यसैगरी बेनी–२ खबराको राधाकृष्ण सहकारी संस्थाको सहयोगमा त्यस… पुरा पढौ

नेपाल र हङकङबीचको खेल बर्षाले प्रभावित

काठमाडौँ । हङकङमा भएको त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा हङकङले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो । तर पहिलो पारीको आठौँ ओभरमा चलिरहँदा पानी परेपछि खेल रोकिएको हो । हङकङले आठ ओभरमा दुई विकेट गुमाउँदै ६५ रन बनाएको थियो । त्यसअघि पाँच ओभर पूरा हुँदा पनि वर्षाका कारण खेल प्रभावित भएको थियो । हङकङका लागि अंशुमन रथले ३६ र बाबर हायत तीन रन बनाएका थिए… पुरा पढौ

मुआब्जा लिएपछि दमौलीमा घर भत्काउन थालियो

तनहुँ । मुग्लिन–पोखरा सडक विस्तार आयोजना अन्तर्गत तनहुँको सदरमुकाम दमौलीका बासिन्दाले मुआब्जा लिएर घर भत्काउन थालेका छन् । दमौलीमा भत्किने सत्तरी घरमध्ये पचास जनाले पहिलो किस्ता बापतको मुुआब्जा बुझेर घर भत्काउन सुरु गरेका हुन् । पहिलो किस्ता लिएकामध्ये तेह्र जनाले आफैँ घर भत्काउन सुरु गरेका छन् । जिल्लाको बन्दीपुर डुम्रेदेखि दमौलीतर्फ सडक विस्तारका कार्य अघि बढाइएपछि सडक मापदण्डमा पर्ने दमौलीका घर भत्काउन थालिएको हो । घर भत्काइसकेपछि बाँकी दोस्रो किस्ता बापतको मुआब्जा प्रदान गरिने मुग्लिन–पोखराको पूर्वी खण्डका इञ्जिनीयर विष्णु पाण्डेले… पुरा पढौ

विद्यालय परिसरमै च्याउ र तरकारीखेती :पढ्दै कमाउँदै विद्यार्थी

गलेश्वर । विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन् । पश्चिम म्याग्दीको मङ्गला –२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका –७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा प्राविधिक धारअन्तर्गत बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले तरकारी, फलफूल र च्याउ उत्पादन गरी बिक्री गरेर आम्दानी गर्न थालेका हुन् । मङ्गला माध्यमिक विद्यालयमा प्राविधिक धार कक्षा ९९–१२०मा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थी कक्षाकोठाबाहेक खेतबारीमा समेत पुगेर… पुरा पढौ

आलुको ‘ब्राण्डिङ’ गर्दै गण्डकी प्रदेश : बीउदेखि बजारीकरणसम्म किसानलाई अनुदान

गलकोट । चालु आर्थिक वर्षमा बागलुङमा आलुको व्यावसायिक खेती प्रवर्द्धनका लागि बीउदेखि बजारीकरणसम्म किसानलाई अनुदान दिन थालिएको छ । बागलुङका १० वटै पालिका समेट्नेगरी समूह र सहकारीमार्फत आलुखेतीको व्यावसायीकरण गर्न थालिएको छ । एक सय ५० हेक्टर जग्गामा आलुखेती विस्तार गर्न रैथाने र उन्नतजातको आलुको बीउ प्रदान गर्ने, आलु गोडमेलमा यान्त्रिकीकरणको प्रयोग गर्ने, सिँचाइको व्यवस्था गर्ने, आलु खन्ने औजार वितरण गर्नेदेखि उत्पादनका आधारमा अनुदान र बजारीकरणमा सहयोग पुर्याउने गरी कृषि ज्ञान केन्द्रले धमाधम आलुखेती विस्तारका लागि किसानलाई प्रेरित गरेको छ… पुरा पढौ