समाचार

गण्डकीमा नयाँ सरकार गठनमा राप्रपा निर्णायक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले साथ नदिएसम्म गण्डकी प्रदेशमा नयाँ सत्तासमीकरण अनुसार सरकार बन्न सक्ने अवस्था छैन । नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का सात (सभामुखबाहेक) र नेकपा (एकीकृत समाजवादी)का एक गरी ३० प्रदेशसभा सदस्य नयाँ गठबन्धन दलसँग छन् । कुल ६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ बहुमत सदस्यको समर्थन चाहिन्छ । गठबन्धनलाई बहुमत पुर्याउन एक प्रदेशसभा सदस्य अपुग भइरहेका बेला दुई प्रदेशसभा सदस्य रहेको राप्रपा सरकार निर्माणमा निर्णायक देखिएको छ । नयाँ सरकार गठनका लागि प्रदेशसभाको गणित अनुकूल नभएपछि… पुरा पढौ

रुसी सेनामा भर्ना भएका तनहुँका ८ जना सम्पर्क विहिन, खोजीको माग गर्दै परिवार

फागुन २८ तनहुँ । भिजिट भिसामा गएर रुसी सेनामा भर्ना भएका तनहुँका आठ जना सम्पर्कविहीन भएका छन् । व्यास नगरपालिकाका तीन, देवघाट गाउँपालिकाका एक, भानु नगरपालिकाका दुई, शुक्लागण्डकी नगरपालिकाका एक र म्याग्दे गाउँपालिकाका एक गरी आठ युवा सम्पर्कविहीन भएका हुन् । भिजिट भिसामार्फत रुसी सेनामा गएका तनहुँका आठ युवा सम्पर्कविहीन भएपछि खोजी दिन पीडितका परिवारले माग गरेका छन् । खोजीका लागि परिवारले निवेदन दिएका छन् । सुरक्षित आप्रवासन कार्यक्रम (सामी) तनहुँकी कार्यक्रम संयोजक लुना रानाले रुसी सेनामा भर्ना हुन गएका… पुरा पढौ

पौडेल वंश महासंघको दोस्रो गण्डकी प्रदेश अधिवेशनका लागि उपसमिति

फागुन २८ पोखरा । पौडेल वंश महासंघको आगामी चैत २४ गते गर्न लागिएको दोस्रो गण्डकी प्रदेश अधिवेशनलाई भव्य र सभ्य बनाउने लक्ष्यका साथ विभिन्न उपसमिति गठन गरिएको छ । महासंघ गण्डकी प्रदेश समितिका सचिव रामजी पौडेलको अध्यक्षता एवम् पौडेल वंश महासंघका केन्द्रीय अध्यक्ष हरिराम पौडेलको प्रमुख आतिथ्यतामा पोखरामा आज सम्पन्न बैठकले आसन्न प्रदेश अधिवेशनलाई लक्षित गरी विभिन्न उपसमितिहरू गठन गर्ने निर्णय गरेको हो । बैठकले पौडेल वंश महासंघ गण्डकी प्रदेश समितिका सचिव रामजी पौडेलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको… पुरा पढौ

विन्दुवासिनी संस्कृत विद्यापीठका प्राचार्य रेग्मी सम्मानित

फागुन २८ पोखरा । बागलुङ नगर पालिकाद्वारा स्थापित वीरशाली पन्त गौरवमय पुरस्कारबाट पोखरास्थित विन्दबासिनी संस्कृत विद्यापीठका प्राचार्य प्रा.डा.जगन्नाथ रेग्मी सम्मानित भएका छन् । वीरशाली पन्त स्मृति कोषले सोमबार एक कार्यक्रमका बीच विन्दबासिनी संस्कृत विद्यापीठका प्राचार्य डाक्टर जगन्नाथ रेग्मीलाई नगद रु. २५ हजार सहित सम्मान पत्र र दोशल्ला ओढाएर सम्मान गरिएको हो । सो पुरस्कार कोषका अध्यक्ष प्राज्ञ प्रेम छोटा र बागलुङ नगरपालिकाका नगर उप–प्रमुख राजु खड्काले संयुक्तरुपमा प्रदान गरेका थिए । तत्कालीन मुलपालीको ढिकीचौरमा जन्मनु भएका नेपाली र संस्कृत साहित्यका… पुरा पढौ

एमालेलाई सुदृढ बनाउनुको विकल्प छैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

फागुन २८ बैतडी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई सुदृढ बनाउनुको विकल्प नरहेको बताएका छन् । बैतडीको पाटनमा आज एमाले बैतडीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीलाई सुदृढ बनाएर राष्ट्रिय शक्तिका रूपमा अगाडि बढ्नुपर्ने उल्लेख गरे । वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “एमालेलाई सुदृढ बनाउनुपर्छ, पार्टीलाई एकताबद्ध भएर लैजानुपर्छ । एमाले जनताको बलमा बाँचेको पार्टी भएकाले राष्ट्रिय शक्तिका रूपमा अगाडि बढ्नुपर्छ । यही राष्ट्रिय शक्तिले भोलि राष्ट्रको नेतृत्व गर्नुपर्छ । जनताको स्वार्थसित सम्बन्धित रहेर पार्टी अगाडि… पुरा पढौ

विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसद्वारा सांसदलाई निर्देशन

फागुन २८ काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गर्ने विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना पार्टीका सांसदहरुलाई निर्देशन (ह्विप) जारी गरेको छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज विज्ञप्तिमार्फत यही फागुन ३० गते विहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन र उक्त प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन जारी गरेका छन् । प्रधानमन्त्री दाहालले यही फागुन ३० गते विहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्ताव… पुरा पढौ

४१३ स्थानीय तहमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सम्पन्न

फागुन २८ काठमाण्डौं । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मुलुकका चार सय १३ स्थानीय तहका सबै बालबालिकाले खोप लगाएका छन् । देशका २४ जिल्लाका ती स्थानीय तहमा सबै बालबालिकालाई खोप लगाइएको छ । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार ४३ जिल्लाका एक सय ८० स्थानीय तहमा खोप अभियान जारी छ । हालसम्म करिब ६६ प्रतिशत अर्थात् ३७ लाख ९२ हजार चार सय ६८ बालबालिकाले खोप लगाइसकेका छन् । शाखा प्रमुख डा गौतमले हिमाली भेगका आठ… पुरा पढौ

नेपाली भाषा शिक्षक परिषद्, कास्कीको साधारण सभा सम्पन्न

पोखरा । नेपाली भाषा शिक्षक परिषद्, कास्कीको चौधौँ साधारण सभा सोमवार पोखरामा सम्पन्न भएको छ । `भाषा सभ्यताको संवाहक हो´ भन्ने मूल मन्त्रका साथ स्थापना भएर नेपाली भाषा शिक्षणसँग सम्बन्धित शिक्षककेन्द्रित र विद्यार्थीकेन्द्रित कार्यक्रमका साथै  भाषिक अनुसन्धानमूलक  कार्य गर्दै  आएको परिषद्ले  आफ्नो मुखपत्र ‘भाषा आलोकन’ को अङ्क ६ पनि सोही अवसरमा सार्वजनिक गरेको छ । कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्ति वरिष्ठ समालोचक प्रा. डा.दयाराम श्रेष्ठले नेपाली भाषा शिक्षक परिषद्ले भाषा र भाषिक अनुसन्धानका क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे । विगतका दिनमा भन्दा… पुरा पढौ

गण्डकी सहित तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख पठाउने मन्त्रिपरिषद् बैठकको नर्णय

फागुन २८ काठमाण्डौं । सरकारले गण्डकी प्रदेश, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्तिका लागि सिफारिस गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयम आज बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त हुने प्रदेश प्रमुख पदहरुमा नियुक्तिका लागि मधेसमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँको नाम मनोनयनका लागि सिफारिस गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । यसअघि मधेसमा हरिशङ्कर मिश्र, गण्डकीमा पृथ्वीमान गुरुङ र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुखका रुपमा रहेका… पुरा पढौ

नेपालमा सहायता बढाउन विश्व बैंकसँग आग्रह

फागुन २८ काठमाण्डौं । विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जार्बोसले आज अर्थमन्त्री वर्षमान पुनसँग भेट गरेका छन् । आज अर्थमन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पुनले नेपालमा विश्व बैंकको आर्थिक तथा प्राविधिक सहायता बढाउन उनीसँग आग्रह गरे । अर्थमन्त्री पुनले अर्थतन्त्र अझै केही दबाबमा रहेकाले नेपाललाई प्राथमितामा राख्न आग्रह गर्नुभएको उनको सचिवालयले जनाएको छ । विश्व बैंक नेपालको ठूलो मध्येको एक विकास साझेदार भएकाले समन्वय र सहकार्यको अपेक्षा पनि उच्चस्तरकै रहेको अर्थमन्त्री पुनले बताए । सरकारको… पुरा पढौ