समाचार

अन्तरिक्षमा आणविक हतियार राख्ने रुसको कुनै मनसाय छैन : रुसी राष्ट्रपति

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तरिक्षमा आणविक हतियार राख्ने मस्कोको कुनै मनसाय नरहेको मङ्गलबार घोषणा गरेका छन् । उनले अमेरिका समान रुसले अन्तरिक्ष क्षमता विकसित गरेको दाबी गरे । रुसले ‘चिन्तित तुल्याउने’ उपग्रह–विरोधी हतियार क्षमता हासिल गरेको ह्वाइट हाउसको गत साताको पुष्टिपछि पुटिनको उक्त भनाइ आएको हो । यद्यपि अहिलेसम्म यस्तो प्रकारको कुनै पनि हतियार सञ्चालनमा छैन । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले यो अन्तर्राष्ट्रिय बाह्य अन्तरिक्ष सन्धिको उल्लङ्घन हुने बताए । यद्यपि उनले हतियार आणविक–सक्षम हो… पुरा पढौ

नागार्जुन घटनाः तीन जनाको हत्या गरी आत्महत्या गरेको आशङ्का

फागुन ९ काठमाण्डौं । काठमाडौँको नागार्जुन नगरपालिका - ६ भैरबटोलमा एकै परिवारका तीन जनाको आज हत्या भएको छ । सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका(६ भैरबटोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, निजकी आठ वर्षीया छोरी अनिशा श्रेष्ठ र साढे दुई वर्षकी नातिनी सिवानी श्रेष्ठको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । सो हत्यामा निज ईश्वरीका श्रीमानको संलग्नता रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । ईश्वरीका श्रीमान् राजु घिमिरे भनिने काजी विकको… पुरा पढौ

मादी गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गर्ने

पोखरा, फागुन ९ कास्कीको मादी गाउँपालिकाको स्थापना दिवसको अवसरमा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ । मादी गाउँपालिकाले स्थापना दिवसको अवसर पारेर यहि फागुन २७ गतेदेखि २९ गतेसम्म गण्डकी प्रदेश भरका गाउँपालिकाहरुले सहभागिता जनाउन पाउने गरी अन्तर पालिका अध्यक्ष कप भलिबल प्रतियोगिता गर्ने बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । प्रतियोगितामा गण्डकी प्रदेशभरिका गाउँपालिकाहरुले सहभागिता जनाउन पाउने मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले जानकारी दिए । प्रतियोगितामा स्थानिय गाउँपालिकामा बसोबास गर्ने राष्ट्रिय, अन्र्तराष्ट्रिय सबै खेलाडी समावेश गरेर सहभागिता… पुरा पढौ

लघुवित्त र सहकारी पीडितका प्रतिनिधिलाई समस्या चाँडै समाधान हुने प्रधानमन्त्री प्रचण्डको आश्वासन

फागुन ९ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघुवित्त तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गरिरहेको बताएक छन् । लघुवित्त र सहकारी पीडितका प्रतिनिधिलाई सिंहदबारमा बोलाएर छलफल गर्दै उनले चाँडै लघुवित्त र सहकारी समस्या समाधान गरिने विश्वास दिलाए । प्रधानमन्त्री प्रचण्डले भने, “विगतमा ग्रामीण र विपन्न वर्गका नागरिकको सेवा प्रवाहमा यो क्षेत्रले राम्रो काम गर्दै आएको हो तर पछिल्लो समय यो ठूलो समस्यामा फस्दै गएको छ । यसमा कतिपय परिस्थितिजन्य अप्ठ्यारा र कतिपय सञ्चालकको बेइमानी जिम्मेवार… पुरा पढौ

पुस्तकालय स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारको अनुदान

फागुन ९ गण्डकी । सामुदायिक तथा सार्वजनिक पुस्तकालय स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारले अनुदान दिएको छ । प्रदेशका १५ वटा पुस्तकालय छनोट गरी कार्यक्रम कार्यान्वयनका लागि सम्झौता गरिएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका उपसचिव भोजराज न्यौपानले प्रस्ताव पेस गर्नेमध्ये मापदण्ड पूरा गरेका १५ वटा पुस्तकालय अनुदानका लागि छनोटमा परेको बताए । चालु आवमा मन्त्रालयले सामुदायिक तथा सार्वजनिक पुस्तकालय स्तरोन्नतिका लागि रु ३० लाख बजेट छुट्याएको उहाँले जानकारी दिए । “अनुदानका लागि छनोटमा परेका पुस्तकालयले रु एक… पुरा पढौ

लमजुङका भूकम्पपीडित विपन्न नयाँ घरमा

आफू बस्दै आएको घर दुई वर्षअघिको भूकम्पले ध्वस्त बनाइदिएपछि मस्र्याङ्दी गाउँपालिका–९ का ७८ वर्षीय बाबुराम कामीको शिरमाथिको छानो आकाश बनेको छ । अति दुःख गरेर बनाएको एउटा घर भूकम्पमा भत्काइदिएपछि सम्हालिन नसक्नेगरी मन कुँडियो । ‘जहाँ गहिरो, त्यही पहिरो’ भनेझै उनीमाथि एकपछि अर्को समस्या थपिँदै गयो । उनले भने, “दुःखीको भरोसा भगवान् हुन्छन् भनेर सहदै गएँ, मैले हिम्मत हारिनँ । प्यारालाइसिसले हातखट्टा राम्रोसँग नचल्ने र अलिअलिमात्र बोल्ने उ र उनकी श्रीमती भूकम्पले भत्किएको घरमै जोखिम मोलेर बस्दै आएका थिए तर… पुरा पढौ

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मधेस प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रही मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज दिउँसो देशभर नै बदली र वर्षाको सम्भावना छ । तापक्रम स्थिर रहनेछ । “अहिले मधेस प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भएको छ, दिउँसो सबै प्रदेशका एक–दुई स्थानमा भए पनि वर्षा हुने देखिन्छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको… पुरा पढौ

नामिबियाविरुद्ध नेपाल एक सय ६८ रनमा समेटियो

फागुन ९ काठमाण्डौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज भएको नामिबियाविरुद्धको खेलमा नेपाल एक सय ६८ रनमा समेटिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३७ दशमलव एक ओभरमा अलआउट हुन पुग्यो । नेपालका लागि आशिफ शेखले ६४ बल खेल्दै आठ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ५८ रनको योगदान दिए । त्यस्तै कुशल मल्ल ३८ र भीम सार्की २६, कुशल भुर्तेल १८, करण केसीले १२ रन बनाए । कप्तान… पुरा पढौ

सूर्य नेपाल वेस्टर्न ओपन गल्फ प्रतियोगिता बुधबारदेखि पोखरामा हुँदै

फागुन ८ पोखरा । सूर्य नेपाल वेस्टर्न ओपन गल्फ प्रतियोगिता बुधबारदेखि पोखरामा आयोजना हुँदैछ । प्रोफेसनल गल्फ संघको आयोजना तथा नेपाल गल्फ संघ गण्डकी र नेपाल गल्फ संघ कास्कीसँगको सहकार्यमा पोखराको हिमालयन गल्फ क्लबमा हुने प्रतियोगिता बुधबारदेखि शुरु भई तीन दिनसम्म जारी रहने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो–एम प्रतियोगिता हुने आयोजकको भनाई छ । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको चौंथो प्रतियोगिता ५४ होलको हुने जनाइएको छ । काठमाडौं बाहिर हुने… पुरा पढौ

बिटी कप : लामागाउँ, रामघाट, एलसी ब्रदर्श र एट टु नाइन सेमिफाइनल प्रवेश

फागुन ८ पोखरा । बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिताको अन्तिम चारमा लामागाउँ गुम्बा एफसी, रामघाट एफसी, एलसी ब्रदर्श र एट टु नाइन एफसी प्रवेश गरेको छ । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज ९मंगलबार० भएको पहिलो क्वाटरफाइनल खेलमा लामागाउँ गुम्बा एफसीले एलबी आरवाइसी काठमाडौंलाई ४–१ गोल अन्तरले पराजित गर्दै लामागाउँ गुम्बा एफसी सेमिफाइनलमा प्रवेश गर्‍यो । लामागाउँको जीतमा सरोज तितुङ तामाङले २ गोल गरे । यस्तै अनुज भण्डारी र… पुरा पढौ