समाचार

अठार वर्षपछि स्वदेश फर्केर बाख्रापालनमा लालप्रसाद गुरुङ

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका–६ पिडीँखोलास्थित सिस्नेरीका लालप्रसाद गुरुङले गाउँमा बाख्रापालक किसानको पहिचान बताएका छन् । भारत, सिङ्गापुर, मलेसिया, कङ्गो, कुवेतलगायत देशमा १८ वर्ष रोजगार गरेर फर्किएपछि उहाँले गाउँमै बाख्रापालन व्यवसाय सुरु गरेका हुन् । परम्परागत रूपमा बाउबाजेले गरेको बाख्रापालनलाई विस्थापित गरेर आधुनिक बाख्रापालन गर्ने सोचसहित गुरुङले अढाई वर्षपहिले रु पाँच लाख लगानी गरेर कृष्टिना गुरुङ बोयर बाख्रा तथा कृषि पशुपक्षी फार्ममार्फत १२ बाख्राबाट व्यवसाय सुरु गरेका थिए । गुरुङले २०७८ सालमा म्याग्दीबाट रु एक लाख ५० हजार बोयर बाख्राको… पुरा पढौ

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ५८ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ११ दशमलव २४ अङ्कमा कायम भएको छ । करिब एक महिनापछि आज नेप्से परिसूचक दुई हजार एक सयको बिन्दु नाघेको छ । विभिन्न तीन सय पाँच कम्पनीका एक करोड छ लाख नौ हजार पाँच सय ९७ कित्ता शेयर ८२ हजार सात सय ४६ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ५५ करोड १६ लाख ३२ हजार तीन सय… पुरा पढौ

पोखरामा गणित समाज गण्डकीको म्याथम्याटिक्स इन स्ट्रिट कार्यक्रम

पोखरा । अन्तर्राष्ट्रिय गणित दिवस (मार्च १०)का अवसरमा नेपाल गणित समाज गण्डकीले हालै म्याथम्याट्रिक्स इन स्ट्रिट कार्यक्रम सम्पनन भएको छ । पोखराका खुदीलगायत विभिन्न सडकहरूमा भव्यताका साथ उक्त कार्यक्रम हालै सम्पन्न गरेको हो । कार्यक्रम पोखरा विश्वविद्यालयका उपकूलपति प्रा। डा। प्रेमनारायण अर्यालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा गणित समाज, गण्डकीका अध्यक्ष प्रा. डा. त्रिभुवन शर्माले गणितको महत्त्व र यसको व्यावहारिक ज्ञान जनसमक्ष पुर्याउने कार्यक्रम‌को मुख्य उद्देश्य रहेको बताए । भने प्रमुख अतिथिले खेलका माध्यमबाट कार्यक्रमको उद्‌घाटन गर्दै गणित विषय… पुरा पढौ

राष्ट्रियसभाको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित

राष्ट्रियसभाको अध्यक्षमा सांसद नारायणप्रसाद दाहाल निर्वाचित भएका छन । राष्ट्रिसभाको आजको बैठकमा भएको मतविभाजन प्रक्रियाको मत–परिणाम सुनाउँदै सभाको अध्यक्षता गरिरहेका उपाध्यक्ष उर्मीला अर्यालले दाहालका पक्षमा ३९ मत परेकाले दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पारित भएको घोषणा गरिन । त्यसअघि दाहालका प्रतिस्पर्धी विपक्षी दलका उम्मेदवार नेपाली काँग्रेसका सांसद युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १७ मत परेको थियो । दुवै प्रस्तावको मतदानमा ५६ सांसद सहभागी भए भने एक सांसद तटस्थ बसेका थिए । कुल ५९ सदस्यीय हुने सो सभामा हाल… पुरा पढौ

मेलाबाट भएको आम्दानीबाट पर्यटकीय पूर्वाधार निर्माण

म्याग्दी । मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा पर्यटकीय पूर्वाधार निर्माण भएको छ । मच्छिमको भूमे युवा क्लबले गत वर्ष श्रीपञ्चमी पर्वका अवसरमा आयोजना गरेको मेलाबाट भएको आम्दानीले मच्छिमको डाँडामा पर्यटकीय पूर्वाधार निर्माण गरेको हो । क्लबका पूर्वअध्यक्ष मिलन छन्त्याल ९शेरबहादुर०ले मच्छिमको डाँडामा दृश्यावलोकनस्थल, सार्वजनिक शौचालय र प्रतिक्षालय निर्माण गरिएको जानकारी दिए । “मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर मच्छिम भ्यू स्टेशनमा पूर्वाधार बनाएका हौँ”, उनले भने, “पूर्वाधार… पुरा पढौ

सामूहिक ढाका बुनाइबाट आत्मनिर्भर बन्दै ताराखोलाका महिला

ढोरपाटन । ताराखोला गाउँपालिकाका महिला सामूहिकरूपमा उद्यममा लागेका छन् । ताराखोला –२ अर्गलका महिलाले गाउँमै उद्यमी बन्ने उद्देश्यले ढाका उद्योग सञ्चालनमा ल्याएका छन् । अघिल्लो वर्ष एकमहिने तालिम लिएपछि अर्गलका महिलाले सामूहिकरूपमा ढाका उत्पादनमा लागेका हुन् । गतवर्ष फागुनमा एक महिना तालिम लिएपछि रु सात लाख लगानीमा ताराखोला होजियारी लघुउद्यमी समूहमार्फत ढाकाका सामान उत्पादनमा लागेकाको समूहकी अध्यक्ष दिलकुमारी घर्तीमगरले बताए । उद्योग सातजना महिलाले सञ्चालन गरेको उनको भनाइ छ । उद्योगबाट ढाकाका विद्यालय पोशाक, स्वीटर, मफलर, आउटर, ट्राउजर, टोपी र… पुरा पढौ

त्रिकोणात्मक टि–२०ः पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि–२० शृङ्खलाको दोस्रो खेलमा नेपालले पपुवा न्युगिनीलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ८५ रनले पाखा लगाउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो । जितसँगै नेपालले दुई खेलमा तीन अङ्क जोडेको छ । यसअघि भएको नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । नेपालले प्रस्तुत गरेको एक सय ९९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै… पुरा पढौ

तीनै तहका सरकारलाई आवश्यक कानुन निर्माणमा ढिलाइ हुँदैनः मन्त्री गिरी

पर्वत । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले तीनै तहका सरकारलाई आवश्यक पर्ने कानुन निर्माण गर्न सङ्घीय सरकारले ढिला नगर्ने बताएका छन् । आज गृह जिल्ला पर्वतमा नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री गिरीले आवश्यक कानुन निर्माणमा मन्त्रालय जुटेको बताएका हुन् । “अहिले पनि कतिपय महत्वपूर्ण ऐन, कानून र नीतिको अभावमा सङ्घीय, प्रदेश र स्थानीय सरकारले काम गर्न नपाइरहेको गुनासो छ । सो समस्या समाधानका लागि छिटोभन्दा छिटो आवश्यक ऐन निर्माणका लागि गृहकार्य भइरहेको… पुरा पढौ

नेपाल एडभेञ्चर रनिङ फेड्रेसन गण्डकी गठन, अध्यक्षमा आचार्य

पोखरा, फागुन २९ नेपाल एडभेञ्चर रनिङ फेड्रेसन गण्डकी प्रदेश गठन भएको छ । गण्डकी प्रदेशमा एडभेञ्चर रनिङ खेल विकासका लागि यसमा संलग्नहरुको हालै भएको एक भेलाले कृष्णप्रसाद आचार्यको अध्यक्षतामा नेपाल एडभेञ्चर रनिङ फेड्रेसन गण्डकी प्रदेश तदर्थ समिति गठन भएको हो । अध्यक्ष बनेका आचार्य टान गण्डकीका बरिष्ठ उपाध्यक्ष तथा ईथिकल ट्रेकिङ नेपालका सञ्चालक हुन् । समितिको उपाध्यक्षमा उपाध्यक्षमा डा.उमेश पराजुली, समेजराज भण्डारी, सचिवमा रामकृष्ण पहारी, सहसचिवमा ईन्दिरा लामिछाने र कोषाध्यक्षमा डा.गौरव च्वाई सुवेदी चयन भएका छन् । समितिको सदस्यहरुमा थानेश्वर… पुरा पढौ

तनहुँको आँबुखैरेनी गाउँपालिकाका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

तनहुँको आँबुखैरेनी गाउँपालिकाअन्तर्गतका विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेका छन् । गाउँपालिका भित्रका विद्यालयका प्रधानाध्यापकको बैठकले आगामी शैक्षिकसत्रदेखि प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको हो । गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयको शैक्षिकस्तर वृद्धि र सकारात्मक सन्देश दिनका लागि सो निर्णय भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख निर्मला कुँवरले जानकारी दिए । उनले भने, “ नयाँ शैक्षिकसत्रदेखि यो निर्णय लागू हुनेछ ।” गाउँपालिकाका जनप्रतिनिधिले विसं २०७९ को शैक्षिकसत्रदेखि सामुदायिक विद्यालयमा भर्ना गर्ने अभियान… पुरा पढौ