समाचार

सत्ता गठबन्धनलाई बामदेवको समर्थन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका अध्यक्ष बामदेव गौतमले सोमबार निर्माण भएको नयाँ सत्ता गठबन्धनको समर्थन जनाएका छन् । उनले आज विज्ञप्ति प्रकाशन गरी अहिलेको नयाँ सत्ता गठबन्धनले सही राजनीतिक दिशा लिएको भन्दै समर्थन गरेका हुन् । सोमबार नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको नयाँ सत्ता समीकरण बनेको छ । नेता गौतमले २०७७ सालमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गर्नु एउटा भूल थियो भन्ने कुरा नयाँ सत्ता समीकरणले पुष्टि गरेको पनि सो… पुरा पढौ

गण्डकी प्रदेश सरकारका दुई मन्त्री बर्खास्त

गण्डकी । गण्डकी प्रदेश सरकारका दुई मन्त्री बर्खास्त भएका छन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट सरकारमा सहभागी बनेका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका हुन्। मन्त्रीद्वयले सम्हाल्दै आउनुभएको मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले आफैँ मातहत राखेका छन् । प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीको सिफरिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा, १६८ को उपधारा ९ अनुसार मन्त्रिपरिषद्को गठन गरी कार्यविभाजन गरेको उल्लेख गरेको छ । सूचना… पुरा पढौ

भानुभक्त जन्मस्थललाई सङ्घीय सरकार मातहत राख्न माग

तनहुँ । भानु चुँदीरम्घामा रहेको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिलाई सङ्घीय सरकार मातहतमा राख्न भानु नगर कार्यपालिकाले निर्णय गरेको छ । नेपालीको भाषिक एकताको प्रतीक राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल विकास समितिलाई नेपाल सरकारको स्वमित्वमा राख्ने गरी सञ्चालन गर्न नगरपालिकाले निर्णयसहित माग गरेको हो । आचार्यको जन्मस्थल क्षेत्रको महत्व सङ्कुचनमा पर्ने हुँदा उक्त क्षेत्रलाई बृहत्तर सोचका साथ विकास गर्न पुनः विकास समिति ऐन २०१३ बमोजिम गठन र सञ्चालन गर्न सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको नगर प्रमुख आनन्दराज त्रिपाठीले… पुरा पढौ

रत्यौली संरक्षणमा आमा समूहको सक्रियता

‘हे.....खुसी हुँदै जाउ है बाबु दुलही लिएर आएबाबा आमा दिदीबहिनी कहिल्यै नरुवाएआमाको पियारो छोरो, अब माया बाँडियो दोहोरो.....हे...बिहे गरे छोरा विदेश सहरमा बुहारीघरमा भने बाउ आमा र बाँझो खेतबारीआफ्नै देश केही गरी खानु वृद्धाश्रम बा–आमा नलानुआमाको पियारो छोरो, अब माया बाँडियो दोहोरो.... गलकोट । बागलुङ नगरपालिका–८ सिगाना सायकोटको सृजनशील आमा समूहले तयार पारेको रत्यौली गीतको टुक्का हो यो । विवाह संस्कारमा गाइने गीतमध्यको रत्यौली अहिले लोप हुने अवस्थामा आएपछि यहाँका आमा समूह मिलेर संरक्षणमा जुटेका छन् । वैवाहिक सम्बन्धको विषय… पुरा पढौ

‘डम्पिङसाइट’ भरिएपछि कोरिडोर दुर्गन्धित,सयौँ सवारीसाधन र यात्रु प्रभावित

ढोरपाटन । बागलुङ नगरपालिकाले काठेखोला र कालीगण्डकी करिडोर नजिकैको सुतुर्केमा फोहोर फाल्न थालेको एक दशक भयो । त्यसअघि नगरपालिकाले २०५४ सालदेखि कालीगण्डकी किनारमा फोहोर व्यवस्थापन गर्दै आएको थियो । तर अहिले सुतुर्केको ‘डम्पिङसाइट’ पनि भरिएपछि फोहोर व्यवस्थापनमा चुनौती थपिएको छ । अव्यवस्थित फोहोर व्यवस्थापनबाट सोही स्थान हुँदै दैनिक गुड्ने सयौँ सवारीसाधन र यात्रु प्रभावित भएका छन् । कुहिने र नकुहिने फोहोर नछुट्याइ व्यवस्थापन गर्दा त्यहाँको १० रोपनी जग्गा भरिएको छ भने सुतुर्केको ‘डम्पिङसाइट’को असर नजिकैको प्रसिद्ध बागलुङ कालिका मन्दिरमा पनि… पुरा पढौ

आजको मौसम:पोखरा लगाएत देशभरि मौसम सफा रहने

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसमविद् सरोज पुडासैनीले जानकारी दिए । उनका अनुसार गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । वर्षा आजको लागि छैन, मौसम आज सफा नै रहने… पुरा पढौ

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार निर्धारण गरिएकोे छ । अघिल्लो दिन प्रतितोला रु एक लाख २१ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु दुई हजारले बढेर नयाँ बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख २२ हजार चार सय कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु… पुरा पढौ

निसेलढोरवासी भन्छन्– ‘सडक आयो, मोबाइलटावर भयो, विद्युत् सुविधा भएन ’

ढोरपाटन । बागलुङको निसीखोला गाउँपालिका–५ निसीलढोरका स्थानीय बिरामी परे उपचारका लागि एक दिन पूरै धाएर बुर्तिबाङ बजार आउनुपथ्र्यो । आफन्तलाई फोन गर्न गाउँमाथिको अग्लो डाँडामा पुग्नुपथ्र्यो । तर अहिले त्यो दुवै समस्या समाधान भएको छ । एक दशक अगाडि नै मोटरबाटो पुगेको हुँदा यात्रामा पनि सहज नै छ । तर अहिलेसम्म अन्धकारमा बस्न बाध्य स्थानीयले गाउँमा विद्युत् ल्याइदिन माग गरेका छन् । जिल्लाको सबैभन्दा दुर्गम मानिने निसलढोरका स्थानीयले गोबरको गुइठा, दियालो र टुकीको भरमा रात कटाउने गरेका छन् । सामान्य… पुरा पढौ

तनहुँको म्याग्दे गाउँपालिकामा घुम्ती शिविर सञ्चालन

दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले सबै सेवा एकै ठाउँबाट दिन घुम्ती शिविर सुरुआत गरेको छ । जनतालाई सहजरूपमा वडास्तरबाटै पालिकाका सेवा प्रदान गर्न गाउँपालिकाले सोमबारदेखि एकीकृत घुम्ती शिविर आयोजना गरेको हो । वडाबाटै सेवा प्रदान गर्दा सेवाग्राहीलाई सहज हुने र समयको बचत हुने भएकाले वडा नं ३ बाट घुम्ती शिविर सुरु गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए। सिहंदरबरको अधिकार गाउँगाउँमा भन्ने नारालाई प्रत्याभूत गर्न घरआँगनबाटै सेवा प्रदान गरिएको श्रेष्ठको भनाइ छ । उनले भने, “गाउँपालिकाको कार्यालयमै आएर लिनुपर्ने सेवालाई… पुरा पढौ

गठबन्धन परिवर्तनले गण्डकीका मुख्यमन्त्री आक्रोसित : गरे दुई मन्त्री बर्खास्त

पोखरा, फागुन २२ केन्द्रमा गठबन्धन परिवर्तन भएसँगै त्यसको प्रभाव प्रदेशमापनि देखिन थालेको छ । केन्द्रमा सत्ता समीकरणमा फेरबदल आएसँगै गण्डकीमा त्यसको प्रभाव स्वरुप दुई मन्त्री बर्खास्तमा परेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादीबाट मन्त्री बनेका दुई मन्त्रीलाई सोमबार विहानै बखास्त गरेका हुन् । मुख्यमन्त्री पाण्डेले स्वास्थ्य तथा सामाजिक विकास मन्त्री सुशीला सिंखडा र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली मगरलाई बर्खास्त गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । गठबन्धन परिवर्तनबाट आक्रोसित बनेका मुख्यमन्त्री पाण्डेले बर्खास्तमा परेका… पुरा पढौ