समाचार

गण्डकीमा आम सञ्चार विधेयक पारित

पोखरा, फागुन २१ गण्डकी प्रदेशमा आम सञ्चार विधेयक बल्ल पारित भएको छ । गण्डकी प्रदेश सभामा प्रस्तुत भएको ‘गण्डकी प्रदेशमा आम सञ्चार सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयक’ सोमबार बल्ल पारित भएको हो । यसअघि यो विधेयक पटक÷पटक दर्ता भएरपनि पारित हुन सकेको थिएन । तीन वर्षअघि संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको पालामा पहिलो पटक प्रदेश सभामा यो विधेयक दर्ता भएको थियो । तर पत्रकारलाई कारवाही गर्ने अधिकार कर्मचारीलाई दिइएको तथा स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउन खोजिएको भन्दै विरोध भएपछि त्यसबेला स्थगित… पुरा पढौ

संघीयता विरोधीलाई शब्दले होईन कामले जवाफ दिऔं: कार्की

पोखरा । गण्डकी प्रदेश सभा सदस्य भीम कार्कीले संघीयता विरोधीलाई कामले जवाफ दिनुपर्ने बताएका छन् । गण्डकी प्रदेश सभाको आजको बैठकमा आज विशेष समयमा बोल्दै एमाले नेतासमेत रहेका प्रदेश सभा सदस्य कार्कीले प्रदेश सरकारको कार्यशैलीका कारण संघीयतामाथि प्रश्न चिह्न उठेको बताएका हुन् । धेरै भ्रम, अफवाह, र असफलताको दोषारोपण संघीयतामाथि आएको छ,उनले भने,‘त्यसैले संघीयता विरोधीहरुलाई शब्दले होईन, कामले जवाफ दिऔं ।’ प्रदेश सांसद कार्कीले संघीयतालाई बलियो बनाउन दल र नेताहरुको सोंच, चिन्तन र शैली बदल्नुपर्ने बताए । लामो समयदेखि एकात्मक… पुरा पढौ

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि फागुन २२ गते दिउँसो ३ बजे बस्ने भएको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ ।रासस पुरा पढौ

गोरखामा प्रहरीमा उजुरी र गुनासो गर्न क्युआर कोड सञ्चालनमा

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले प्रहरीलाई उजुरी गर्न तथा गुनासो र सुझाव दिनका लागि क्युआर कोड प्रयोगमा ल्याएको छ । कार्यालयले प्रवाह गर्ने सेवा प्रवाहलाई छिटोछरितो, पारदर्शी र जवाफदेही बनाउन क्युआर कोड प्रयोगमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिए । “अबदेखि प्रहरी कार्यालयमा उजुरीका लागि सेवाग्राहीले क्युआर कोड पनि प्रयोग गर्न सक्छन्”, उनले भने, “त्यसबाहेक प्रहरी कार्यालयमा गुनासो तथा सुझाव दिन चाहेमा पनि सेवाग्राहीले क्युआर कोडको प्रयोग गर्नसक्ने व्यवस्था कार्यालयले गरेको छ ।”… पुरा पढौ

वडा कार्यालयद्वारा पाँच सामुदायिक विद्यालयलाई ल्यापटप वितरण

बलेवा । बागलुङको जैमिनी नगरपालिका–१ को वडा कार्यालयले वडाभित्र रहेका पाँच सामुदायिक विद्यालयलाई ल्यापटप उपलब्ध गराएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले विद्यालयबाट माग भई आएका निवेदनका आधारमा ल्यापटप वितरण गरिएको हो । प्राथमिक तह सञ्चालनमा रहेका विद्यालयलाई प्रविधिमैत्री शिक्षण सिकाइका लागि ल्यापटप उपलब्ध गराइएको वडाध्यक्ष विष्णु आचार्यले बताए। विद्यालयमा मात्रै नभई प्रयोगात्मक काममा विद्यालय बाहिर जाँदा पनि ल्यापटप लैजान सजिलो हुने भएकाले विद्यालयलको मागका आधारमा ल्यापटप हस्तान्तरण गरिएको उनले बताए । वडाध्यक्ष आचार्यका अनुसार कुश्मी प्राथमिक विद्यालय, सिद्धिगणेश प्राथमिक… पुरा पढौ

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको सपथ

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनीयताको सपथ लिएका छन । नयाँ वानेश्वरस्थित संसद भवनमा सङ्घीय संसद सचिवालयद्वारा आज आयोजित समारोहमा सभाका उपाध्यक्ष उर्मीला अर्यालले उनीहरुलाई सपथ दिलाएका हुन। सो अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्यहरुलाई सभाको प्रतीक चिन्ह लगाइदिए भने सचिवालयका कर्मचारीले अध्ययन सामग्री वितरण गरे । राष्ट्रियसभा सदस्यका १९ पदका लागि गत माघ ११ गते निर्वाचन भएको थियो । समारोहमा उपप्रधानमन्धी एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि उपस्थिति थियो । रासस पुरा पढौ

नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि आजका लागि कारोबार स्थगित

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक छ प्रतिशतले बढेपछि आजको शेयर कारोबार स्थगित भएको छ । आज बजार खुले लगत्तै परिसूचक चार प्रतिशतले वृद्धि भएको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्स)का अनुसार चार प्रतिशतले बजार बढेपछि पहिलो पटकका लागि २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । त्यसपछि खुलेको बजारमा परिसूचक पाँच प्रतिशतले बढेपछि दोस्रो पटक ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । त्यसपछि पुनःकारोबार सुरु भएपछि नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धि भएपछि आजको कारोबार स्थगित भएको नेप्सेका… पुरा पढौ

लोकसेवा र शिक्षक सेवाका कक्षा चलाउँदै पर्वतका पालिका

युवायुवतीलाई निजामती सेवा र शिक्षक सेवा आयोगको रोजगारीतर्फ आकर्षित गराउने उद्देश्यले यहाँका विभिन्न स्थानीय तहले लोकसेवा आयोग र शिक्षक सेवा आयोगका कक्षा सञ्चालन गर्न थालेका छन् । ग्रामीण क्षेत्रमा रहेका पालिकामा कर्मचारी सरुवा भएर आउन नमान्ने र आइहाले पनि लामो समय नबस्ने समस्या भएपछि स्थानीय जनशक्ति नै तयार गर्ने उद्देश्य यस्ता कक्षा सञ्चालन गर्न लागिएको हो । जिल्लाका विहादी गाउँपालिका र महाशिला गाउँपालिकाले शिक्षक सेवा आयोग र लोक सेवा आयोगका कक्षा सञ्चालन गर्न थालेका हुन् । महाशिला गाउँपालिकाले यसअघि नै… पुरा पढौ

देशमा परिवर्तन आवश्यक छः अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुुकको विकास र समृद्धिका लागि देशमा परिवर्तन आवश्यक भएको बताएका छन । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को ७७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले देशको परिस्थिति छिटोछिटो हिँडेको उल्लेख गर्दै यथास्थितिको अन्त्य र अग्रगमनका लागि देशमा परिवर्तन आवश्यक भएको उल्लेख गरे। अध्यक्ष ओलीले भने, “अहिलेको भताभुङ्ग अवस्थाबाट मुलुकले आंशिकरुपमा भए पनि केही सकारात्मक परिवर्तन हुन्छ तर जे सुकै परिवर्तन भए पनि हामी ‘मिसन-२०८४’ छाड्दैनौँ । अब हुने २०८४ सालको… पुरा पढौ

राष्ट्रियसभाको बैठक आगामी फागुन २४ गते सम्म स्थगित

आजका लागि निर्धारित राष्ट्रियसभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ः१७ बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणबस स्थगित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभाको आगामी बैठक यही फागुन २४ गते बिहीबार अपराह्न १ः१७ बजे बस्ने छ । रासस पुरा पढौ