समाचार

जनतालाई भ्रमित पार्न गणतन्त्र विरोधीले षडयन्त्र गरिरहेका छन्: प्रधानमन्त्री

गोरखा ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरोधी शक्तिहरु अहिले जनतालाई भ्रमित पार्न षड्यन्त्र गरिरहेको बताए । नेकपा (माओवादी केन्द्र) विशेष रुपान्तरण अभियानअन्तर्गत गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ मा पार्टीको वडा समितिको बैठकलाई आज सम्बोधन गरे प्रधानमन्त्री दाहालले जनतालाई निराश बनाउन गणतन्त्रविरुद्ध भ्रम फैलाउने षड्यन्त्र गणतन्त्र विरोधीबाट भइरहेको बताए । “जनतालाई निराश हुनबाट तपाई हामी सबैले बचाउनुपर्छ”, उनले भने, ‘‘एकथरी व्यक्ति सरकारबाट भएका राम्रा काम पनि देख्न नसक्ने, जनतालाई नदेखाउने र सकारात्मक कुनै पनि कुरा नगर्ने, खाली नकारात्मक मात्र… पुरा पढौ

मादीमा माओवादीको पार्टी स्कुलिङ कार्यक्रम : प्रचण्ड सरकारका राम्रा कामको प्रचार गर्न निर्देशन

पोखरा, पुस ११ कास्कीको मादीमा नेकपा माओवादी केन्द्रले पार्टी स्कुलिङ कार्यक्रम गरेको छ । नेकपा माओवादी केन्द्र मादी गाउँपालिकाको आयोजनामा एक दिने पार्टी स्कुलिङ कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै नेकपा माओपादी कास्की ईन्चार्ज एवं गण्डकी प्रदेशका पुर्व सभामुख नेत्रनाथ अधिकारी (हिमाल)ले माओवादी नेतृत्वको सरकारले गरेका कामहरुको प्रचार नहुँदा पार्टी पछि परेको बताए । माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको वर्तमान सरकारले गरेका कामहरुको प्रचारप्रसार गर्ने हो भने माओवादी २०८४ सालको चुनावमा २०६४ सालकै अवस्थामा फर्काउन सकिने उनको दाबी छ । कार्यकर्ताहरुलाई… पुरा पढौ

ल्होसारका अवसरमा पर्यटन विषयक अन्तरक्रिया

पोखरा । तमुुहरूको महान पर्व मुप्री ल्होसार÷ल्होछार का अवसरमा गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशले मंगलबार पोखरामा ‘पर्यटन उद्यमशीलता, राजनीतिमा गुुरुङहरूको सहभागिता एवम् गुुरुङ संस्कार र संस्कृति’ विषयक अन्तरक्रिया सम्पन्न गरेको छ । अन्तरक्रियामा वक्ताहरूले पर्यटन क्षेत्रको विकासमा गुरुङ समुदायको विशिष्ट योगदान भएको बताउँदै पर्यटन आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएकोमा जोड दिए । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले गण्डकी प्रदेशको समृद्धिको प्रमुख आधार पर्यटन भएको बताए । समृद्धिका अन्य विभिन्न आधार रहे पनि यस प्रदेशको प्रमुख… पुरा पढौ

हिसानको निवन्ध लेखनमा प्रतिभाकी अनुष्का आचार्य प्रथम

पोखरा,उच्च माविहरुको छाता संस्था (हिसान) गण्डकीले आयोजना गरेको प्रदेशस्तरीय निवन्ध लेखन प्रतियोगितामा पोखराको पालिखेचोकस्थित प्रतिभा माविकी छात्रा अनुष्का आचार्य प्रथम भएकी छिन ।त्यस्तै तालचोकस्थित डायमन्ड माविकी कला भूजेल द्वितीय र करुणानिधी एजुकेसन फाउन्डेसन (केफ)की कृतिका गौतमले तेश्रो स्थान हात पारेकी छिन् । मासबारको स्टेप बाइ स्टेप विद्यालयकी निशा पोखरेल चौथो बनिन ।विद्यार्थीमा भएको क्षमता बाहिर ल्याउने उद्देश्यले निवन्ध प्रतियोगिता आयोजना गरेको कार्यक्रम संयोजक तथा हिसान गण्डकीका सचिव डा. पुन्यप्रसाद शर्माले जानकारी दिए । गण्डकी हिसानका अध्यक्ष रमाकान्त बरालको अध्यक्षतामा भएको… पुरा पढौ

जरोटुप्पोमा भूपीका कवितामा विश्वदृष्टिको परिचर्चा

पोखरा । पोखरामा ८९ औं भूपी जयन्ती विविध कार्यक्रमका साथ मनाइएको छ । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको आयोजना तथा पोखरा प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा भूपी विमर्श र काव्य उत्सवसहित जन्मजयन्ती मनाइएको हो । ‘भूपीका कवितामा विश्वदृष्टि’ अवधारणापत्र प्रस्तुत गर्दै अध्येता गौरी तमूले साहित्यका विविध विधामा विश्वदृष्टिको परिचर्चा भए तापनि कवितामा न्यून रहेका बेला भूपीका कविताको विश्वदृष्टिको चर्चा वर्तमानको आवश्यकता रहेको बताइन् । अवधारणामाथि टिप्पणी गर्दै सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानका अध्यक्ष उप–प्राध्यापक विष्णुप्रसाद शर्माले भूपी शेरचनका कविताको आयाम बृहत् हुँदाहुँदै सबै आयामबाट परिचर्चा… पुरा पढौ

चौरासी पूजाको खर्च कटाएर विद्यालयलाई चार लाख सहयोग

म्याग्दी । मालिका गाउँपालिका–४ च्युरीबोटका एक वृद्धा र उनका परिवारले चौरासी पूजामा हुने खर्च कटाएर विद्यालयलाई रु चार लाख सहयोग गरेका छन् । च्युरीबोट घर भई हाल बेलायत बसोबास गर्नुहुने घनमाया पुन र उनका छोराहरुले मङ्गलबार चौरासी वर्ष पुगेको अवसरमा सिद्धार्थ माविलाई रकम हस्तान्तरण गरेका हुन् । घनमायाले आफ्नो नामबाट रु एक लाख, दिवङ्गत श्रीमान् टेकबहादुर पुनको नाममा रु एक लाख र स्व छोरी चित्रा घर्तिको स्मृतिमा रु पचास हजार नगद हस्तान्तरण गरेको प्रअ ललितबहादुर घर्तिमगरले बताए । घनमायाका छोरा… पुरा पढौ

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट: एपिएफ विजयी

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कर्णाली प्रदेशलाई ९२ रनले पराजित गर्दै विजयी भएको छ । जितका लागि एक सय ६१ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली प्रदेश निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ६८ रनमा समेटियो । कर्णालीका लागि त्रिर्सना विश्वकर्माले सर्वाधिक १९ रन बनाइन् । उनले १९ बल खेल्दै तीन चौकाको मद्दतमा १९ रन जोडेकी हुन् । त्यस्तै गौरी बोहोराले १२ तथा रश्मी खड्काले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन… पुरा पढौ

गाउँपालिकाका अध्यक्ष गुरुङको दिनचार्यःदिनभरी सेवाग्राहीसंग बाँकी समय कृषिमा

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको सक्रियता राजनीतिकसँगै कृषि पेसामा पनि उत्तिकै छ । गत स्थानीय तहको निर्वाचनमा विजयी भएपछि उनको कृषि पेसाको लगाव घटेको छैन । धार्चे गाउँपालिका–३ स्थित खोर्लाबेँसीमा रहेकोे ‘धार्चे रेन्वे ट्राउट एण्ड अग्र्यानिक होम’ सञ्चालन गर्दै आएका अध्यक्ष गुरुङले दिनहुँ पालिकाको सम्पूर्ण जिम्मेवारी पूरा गरेर बाँकी बिहान–बेलुकीको अधिकांश समय त्यहीँ फार्ममा बिताउछन् । त्यसैबाट हुने आम्दानीले आफ्नो र सिङ्गो परिवारको जीविकोपार्जन राम्रोसँग चल्दै आएको उनी बताउछन् । पालिकाको केन्द्र रहेको माछीखोलाबाट करिब २०… पुरा पढौ

पर्यटकलाई आकर्षण गर्दै पचघैया प्राणी उद्यान केन्द्र

गण्डकी । गण्डकी प्रदेश सरकारको गौरवको आयोजना पचघैया प्राणी उद्यान केन्द्रमा पर्यटकको आकर्षण बढेको छ । पोखरा महानगरपालिकाका तीन वडा समेटेर निर्माण गरी सञ्चालनमा आएको उद्यान केन्द्र सर्वसाधारणका लागि खुला गरिएसँगै सो क्षेत्र पर्यटकीय रोजाइमा परेको हो । लेखनाथ क्षेत्रका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर निर्माण गरिएको केन्द्रमा विभिन्न २३ प्रजातिका पशु तथा चराचुरुङ्गीको प्रदर्शन गरिको छ । सो उद्यान केन्द्रको एक वर्षको अवधिमा सात हजारभन्दा बढी पर्यटकले अध्ययन अवलोकन गरेका उद्यान व्यवस्थापन समितिका अध्यक्ष दीननाथ ढकालले… पुरा पढौ

राष्ट्रपति पौडेलबाट बागलुङ कालिकामा पूजाआराधना

ढोरपाटन । राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङ कालिका भगवती मन्दिरमा पूजाआराधना गरेका छन् । सातौँ बागलुङ महोत्सव उद्घाटनका लागि आज यहाँ आउनुभएका राष्ट्रपति पौडेलले कालिका मन्दिरको दर्शन गर्नुका साथै पूजाआराधना गरेका हुन् । मन्दिरका मूल पूजारी जयबहादुर खड्काको उपस्थितिमा राष्ट्रपति पौडेलले करिब २० मिनेट पूजा आराधना गरेका थिए। सो अवसरमा कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले राष्ट्रपति पौडेललाई सम्मानपत्र र मायाको चिनो प्रदान गरे । राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टरबाट आज बिहान बागलुङ बजार पुगेका हुन् । उनलाई… पुरा पढौ